दशैंमा मेलाको उल्लास

हाम्रो दमक

दमक, ३१ असोज / झापामा यसवर्षको दशैं मेला शुरु भएको छ । विशेषत दशैंका अवसरमा लाग्दैआएका यस्ता परम्परागत मेलाहरु जिल्लामा शुरु भईसकेका छन् ।

घटस्थापनादेखि औपचारिक रुपमा शुरु हुने दशै मेला नवमीदेखि पूर्णिमासम्म बढी लाग्दैआएका छन् । ती मेलाका प्रमुख आर्कषण भनेको लोपन्मुख सन्थाल नृत्य हुने गर्छ ।

सन्थाल नृत्य प्रस्तुत गरिदै (फोटो फायल)

जिल्लामा लाग्दैआएका यी दसैं मेलाको रौनकता थप्न सन्थाल नृत्य अनिवार्य जस्तै बनेको छ । उक्त नृत्यका लागि यति बेला सन्थाल बस्तीमा धमाधम तयारी भइरहेको छ । सन्थाल नृत्य समूहले आफनो प्रस्तुति देखाउन तयारीमा जुटेका छन् भने मेला आयोजकहरु भने मेला व्यवस्थानमा तयारी तीव्र वनाएका छन् ।

जिल्लामा कनकाई नगरपालिकास्थित कालीमुडा, बाह्रदशी गाउँपालिकाको राजगढ र कमल गाउँपालिकास्थित सराङपाडाको सन्थाल नाच टोली ठूलो र आकर्षक मानिन्छन्  । यसवाहेक तोपगाछीको समयगढ,सराङपाडा, कमलको पाडाजुंगी ,मंगलवारे, गरामनी, फूलबारी, चारआली, घैलाडुब्बा, गौरीगञ्ज, जुरोपानी, टाघनडुब्बा, राजगढ, बैंसाबारी, बनियानी, लकडीगद्दी, शिवगञ्ज, कुञ्जिबारी, रंगियाथान, कुमरखोदमा ठूलो दसैं मेला लाग्ने गर्छ । यी मेलामा स्थानीय आयोजक समितिले नगद पुरस्कार राखेर सन्थाल नाचको प्रतियोगिता आयोजना गर्ने गर्छन् ।

कमल गाँउपालिका–५ स्थित मंगलवारेमा एकादशमीका दिन लाग्दैआएको दशैं मेलाको तयारी पूरा भएको आयोजक संस्था सगुन युवा क्लवका अध्यक्ष देवेन्द्रराज आङदेम्बेले बताए । उनले चारदशक अघिदेखि लाग्दैआएको सो मेलाको पनि प्रमुख आर्कषण सन्थाल नृत्यनै भएको बताए ।‘ वर्षोदेखि प्रतियोगितात्मक रुपमा लाग्दैआएको सन्थाल नृत्यलाई थप वृद्धि गर्न लागेका छौं’ अध्यक्ष आङदेम्बेले यस्ता सांस्कृतिक नृत्यलाई संरक्षण गर्न खाँचो रहेको बताँउछन् ।

जिल्लाको कमल– १ सराङपाडास्थित सन्थाल माराबुरु युवा क्लब पनि दसैं नाचको तयारीमा जुटेको छ । सन्थाल नृत्य सांस्कृतिक भएकाले पनि अधिकांश मेलाबाट नाचका लागि निमन्त्रणा आउने क्लवका अध्यक्ष प्रकाश मर्डीले बताए । केही वर्षयता दसैं मेलामा सन्थाल नाचको प्रतियोगिता आयोजना गर्न थालिएपछि आफूहरुले पनि नृत्य टोली वनाएर प्रस्तुति दिदैआएको उनको भनाई छ । उनले केही दिनअघिदेखि नै आफनो नृत्य समूह जुट्ेको समेत जानकारी दिए ।

सन्थालले दशैलाई ‘दसाई एनक’ भन्ने गर्छन् । दसैं मेलामा विशेषगरी यी जातीले रिन्जे एनक, धिम्सोर एनक र दङ एनक नामक नृत्य प्रदर्शन गर्ने गर्छन् भने  नृत्यका लागि बाजाहरू तुङ्गा, टामाट र ड्रमलाई प्रयोग गर्ने चलन रहेको कालीमुडा सन्थाल युवा परिवारका अध्यक्ष भगन टुडुले बताए । उनका अनुसार नृत्य गर्ने सबैले एकै रंगको जर्सी, घुगुरा, पैङजन, पोटु, रुमाल, मुजा, टाई लगाउने गर्छन् ।

बुध, कार्तिक १, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

बौद्ध धर्मावलम्बीहरुको आर्यताराको व्रत बासिन हिमानी !

काठमाडौँ, १ मंसिर । पूर्व युवराज्ञी हिमानी शाह शनिबार बौद्ध धर्मावलम्बीहरुको एक कार्यक्रममा सहभागी भएकी छिन् । सानेपा ज्ञानमाला भजन संघले आयोजना गरेको उक्त कार्यक्रममा राजतीर्थमा आज हिमानीले आर्यताराको व्रत बसी पूजा अर्चना गर्नुको साथै...

नेपालले शरणार्थी मामिला सम्बन्धमा १६ वर्षपछि भुटानसँग वार्ता गर्ने तयारी गर्दै

करिब तिन दशक अघिदेखि झापा र मोरङका विभिन्न शिविरमा शरणागत करिब ९५ प्रतिशत भुटानी शरणार्थी तेस्रो देश पुनर्वासमा गइसकेपछि नेपालले भुटानसँग वार्ता पुनः शरणार्थी मामिलामा बार्ताशुरु गर्ने तयारीमा लागेको छ । यस अघि भएका...

म रहर र साेख नभइ बाध्यताले विदेश भ्रमण गए जुन मेरो नितान्त व्यक्तिगत खर्चमा: मुख्यमन्त्रि राई

इटहरी | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफू रहरले विदेश नगएको बताएका छन्। विदेश भ्रमण कुनै रहर र साेख नभइ बाध्यताले गएकाे बताए। आज एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो अमेरीका भ्रमणको विषयमा...

ट्याक्टर पल्टिदा दुईको मृत्यु

दमक,३० कार्तिक । पाँचथरको रविबाट अदुवा बोकेर झापाको दमक तर्फ आउँदै गरेको ट्याक्टर पल्टिदा दुई जनाको ज्यान गएको छ । दमक–रवि सडक अन्तर्गत इलामको माङ्गसेवुङ्ग गाँउपालिका वडा नम्बर –३ स्थित भञ्याङ्ग खण्डमा भएको ट्याक्टर...

थापालाई फिर्ता बोलाएर इजरायलको राजदूतमा सिफारिस भईन प्रधानमन्त्री ओलीकी ‘साली’ !

काठमाडौँ । सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएर इजरायलका लागि राजदूत सिफारिस गरेको छ अञ्जान शाक्यलाई । राप्रपाका नेता थापालाई तत्कालिन प्रचण्ड सरकारले राजदूत बनाएको थियो । कात्तिक २५ गते बसेको मन्त्रिपरिषद्...

एकसाथ फिर्ता बोलाईए दुई देशका राजदुत ! यी तीन जनालाई बनाईदैछ ३ देशका राजदुत

काठमाडौं । सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको छ । त्यस्तै दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईलाई पनि फिर्ता बोलाउने निर्णय भएको छ । राप्रपाका नेता समेत रहेका थापालाई तत्कालिन प्रचण्ड...

मन्त्रिपरिषद् बैठकले उल्टाएको थियो प्रचण्ड सरकारको निर्णय ! निर्णय ढिला सार्वजनिक गर्नुको यस्तो रहस्य

काठमाडौं। सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको छ । राप्रपाका नेता समेत रहेका थापालाई तत्कालिन प्रचण्ड सरकारले राजदूत बनाएको थियो । तर, कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले थापालाई फिर्ता बोलाउने...

आखिर के रहेछ त एक सातासम्म लुकाएर सार्वजनिक गरिएको मन्त्रिपरिषदको निर्णयमा ?

काठमाडौं, २९ कार्तिक । सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको छ । राप्रपाका नेता समेत रहेका थापालाई प्रचण्ड सरकारले राजदूत बनाएको थियो । तर, कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले थापालाई फिर्ता...

संसद भवनभित्रै सांसदहरुबीच हात हालाहालदेखि लात हानाहानसम्म !

श्रीलंका। संसद भवनभित्रै सदन चलिरहेको बेला सांसदहरुबीच हात हालाहाल भएको छ। बिहीबार दिउँसो बसेको संसद बैठकमा सरकार पक्षधर र विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो। राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपक्षले आफूलाई ध्वनीमतबाट...

भारतसगको ५० को मैत्री तथा शान्ति सन्धि यथावत, मोदी सरकार दङ्ग ओली सरकारका दाँतमा ढुंगा !

डिराज कोइराला भारतीय कृपाबाट बहुदल र गणतन्त्र भित्र्याएर सत्ता कब्जा गर्ने उद्देश्य लिएका यो देशका तात्कालिन अराष्ट्रियतत्व अर्थात टेररिष्टहरूले भारतलाई खुशी राख्नकालागि परराष्ट्र मन्त्रालयको जैसी कोठामा र नारायणहिटी राजदरवारको लाल बाकसमा सुरक्षित रहेको तथाकथित २...