इलाम नपामा प्रोत्साहन भत्ता थप एक हजार, सडक बत्ती र दमकल प्रयोग अब सित्तैमा

हाम्रो दमक

इलाम | इलाम नगरपालिकाले सडक बत्ती र दमकल प्रयोग गरे वापत लिँदै आएको सेवा शुल्क अबदेखि नलिने भएको छ । स्थानीयको विरोधपछि नगरपालिकाले सडक बत्ती र दमकलको सेवा शुल्क खारेज गरेको हो ।

यस्तै नगरपालिकाले विभिन्न शीर्षकमा लिँदै आएको करको दर पनि घटाएको छ । नगर कार्यपालिकाको बैठकबाट करमा पुनरावलोकन गरिएको नगरपालिकाका मेयर महेश बस्नेतले जानकारी दिनु भयो । करको पुनरावलोकन गर्न बनाइएको समितिले प्रतिबेदन बुझाएपछि बैठक बसेर विभिन्न शीर्षकका करको दर घटाइएको उनले बताए ।

नगरपालिकाले एकिकृत सम्पत्ति करमा सडक बत्ती र व्यवसाय करमा दमकलबाट लिँदै आएको २० र २० प्रतिशत सेवा शुल्क खारेज गरेको छ । भूमिकरमा समेत फेरबदल गरेको नगरपालिकाले जनाएको छ । यस्तै प्रसुती गराउन आउने नगरभित्रका महिलाहरुलाई यातायात खर्च बापत एक हजार रुपैंयाँ उपलब्ध गराईने निर्णय पनि बैठकले गरेको छ ।

सरकारले स्वास्थ्य संस्थामा प्रसुती गराउदा दुई हजार रुपैंयाँ प्रोत्साहन भत्ता दिँदै आइरहेको समयमा इलामनगरपालिकाले नगरबासिका लागि थप एक हजार रुपैंयाँ दिने निर्णय गरेको हो ।

मङ्ल, अशोज ३०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राष्ट्रिय खबर बाट अन्य

मंसिरमा विवाह गर्ने सोचमा हुनुहुन्छ? यसरी छान्नुहोस् जिवनसाथी

 मंसिर महिना लाग्यो अर्थात विवाहको महिना शुरु भयो । लगनको महिना, नयाँ नाता स्थापित हुने त कती दिलहरु तोडिने समय, कतै हजार खुशी बोकेर आउने त कतै खुशी सारा खुषी खोसेर लिने जे होस्...

शरणार्थीलाई व्लिसनको सहयोग

दमक,१ मंसीर । कलाकार विह्लन विक्रम राईले दमकको भुटानी शरणार्थी शिविर भित्रका ज्येष्ठ नागरिक र विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन् । शनिवार शिविरमै पुगेर कलाकार राईले ती नगद सहयोग हस्तान्तरण गरेका छन् । उनले शरणार्थी...

दमकमा करिव १० हजार व्यवसायी करको दायरा बाहिर

दमक,१ मंसीर । झापाको दमकमा करिव १० हजार व्यवसायीहरु करको दायरामा आएका छैनन् । आन्तरिक राजस्व कार्यालय दमकमा करिव ४ हजार व्यवसायीहरु मात्र करको दायरामा आएको तथ्यांकले देखाँउछ । कार्यालयले पर्याप्त नियगमन गर्न नस्कदा...

बुद्धशान्तिमा आगामी सोमबारदेखि प्रदेश नम्बर १ स्तरीय भलिवल प्रतियोगिता हुँदै

बुद्धशान्ति । झापाको बुद्धशान्ति– ३ बुधबारेमा आगामी सोमबारबाट प्रदेश नम्बर १ स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । शनिबार रेडक्रस भवनमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुरा बताइएको हो । राष्ट्रिय युवा समाज बुद्धशान्तिको...

म रहर र साेख नभइ बाध्यताले विदेश भ्रमण गए जुन मेरो नितान्त व्यक्तिगत खर्चमा: मुख्यमन्त्रि राई

इटहरी | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफू रहरले विदेश नगएको बताएका छन्। विदेश भ्रमण कुनै रहर र साेख नभइ बाध्यताले गएकाे बताए। आज एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो अमेरीका भ्रमणको विषयमा...

देउँसीभैलीको रकम हाम्रो बालआश्रमलाई

दमक ,३० कार्तिक । यहाँस्थित शुभकामना बचत तथा ऋण सहकारीले देउँसीभैलीबाट संकलन गरेको रकम स्थानीय हाम्रो बाल आश्रमलाई प्रदान गरेको छ । दीपावालीमा सहकारीले निर्माणाधिन आश्रममा सहयोग पुरयाँउन आफना शेयर सदस्यहरुका घरमा देउसीभैली खेलेको...

थापालाई फिर्ता बोलाएर इजरायलको राजदूतमा सिफारिस भईन प्रधानमन्त्री ओलीकी ‘साली’ !

काठमाडौँ । सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएर इजरायलका लागि राजदूत सिफारिस गरेको छ अञ्जान शाक्यलाई । राप्रपाका नेता थापालाई तत्कालिन प्रचण्ड सरकारले राजदूत बनाएको थियो । कात्तिक २५ गते बसेको मन्त्रिपरिषद्...

एकसाथ फिर्ता बोलाईए दुई देशका राजदुत ! यी तीन जनालाई बनाईदैछ ३ देशका राजदुत

काठमाडौं । सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको छ । त्यस्तै दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईलाई पनि फिर्ता बोलाउने निर्णय भएको छ । राप्रपाका नेता समेत रहेका थापालाई तत्कालिन प्रचण्ड...

सगुन सांगीतिक साँझ सम्पन्न

लखनपुर,२९ कार्तिक । झापाको कमल गाँउपालिका ५ मंगलवारेमा बुधबार सगुन सांगीतिक साँझको आयोजना गरिएको छ ।सगुन युवा क्लवले बर्सेनी दीपावलीका अवसरमा आयोजना गरिआएको सगुन साँझ यसवर्ष पनि भव्य रुपले सम्पन्न भएको क्लवका अध्यक्ष देवेन्द्र...

छिन्ताङ्ग हत्या काण्डको सम्झनामा सहिद स्मृती सभा सम्पन्न

धनकुटा । स्मृती सभा छिन्ताङ्ग हत्या काण्डमा मारीएका ब्याक्तिहरुको सम्झनामा धनकुटाको छिन्ताङ्ग आज सहिद स्मृती सभा गरीएको छ । २०३६ सालमा घटेको छिन्ताङ्ग हत्याकाण्डका सहिदहरुको सम्झनामा ४० औ स्मृती सभा गरिएको हो । कार्यक्रममा सहिदको सालिकमा...