आफ्नै देशमा छ, करोडको कारोवार हुने अल्लोको कपडा

प्रख्यात कोसेलीका रुपमा परिचित अल्लोको कपडाको माग बिदेशमा समेत बढेको छ ।

मेघराज तामाङ

संखुवासभा | प्रख्यात कोसेलीका रुपमा परिचित अल्लोको कपडाको माग बिदेशमा समेत बढेको छ । अलैची र कृषि पेसा घाटा लागेपछि अल्लो ब्यवसायले आकर्षित बनाएको छ । सभापोखरी गाउँपालिका विश्व लिम्बूले अल्लोको कपडा सिलाइ लिएपछि उनले अहिले दैनिक रुपमा अल्लोका झोला ,लेडिज ब्याग, पर्स जस्ता विभिन्न सामग्रीहरू बनाएर बिक्री गर्ने गरेका छन् । उनकाअनुसार यहाँबाट वर्षेनी एक करोड रुपैयाँको अल्लो कपडा निकासी हुने गरेको छ । अल्लोको कपडा लिन सेना, प्रहरी, कर्मचारीका प्रमुखहरू समेत आउने गरेको बताए । जिल्लामा काम गरेर अन्य क्षेत्रमा सरुवा भएर जाने सिडियो, डिएसपी र कर्मचारीहरुले समेत कोसेलीका रुपमा लाने गरेका बताए ।

अल्लो कपडा लगाउँदा गर्मीमा चिसो र जाडोमा तातो हुने विशेषताले पनि यसको बजार पर्याप्त भएको हो । संखुवासभामा त अल्लोका कुनै न कुनै कपडा प्रयोग नगर्ने मानिस भेट्न कठिन पर्छ । बाहिरी जिल्लाबाट आएका आन्तरिक पर्यटक र कर्मचारीले नातेदार र साथीलाई अल्लोको कपडा र सामान उपहार स्वरुप लगिदिने चलन छ । जिल्लामा २९ वटा अल्लो उद्योग ब्यवसायिक रुपमा संञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालय संखुवासभाले जनाएको छ । जसअनुसार सिलिचोङ गाउँपालिकामा १६ ,खाँदबारी नगरपालिका ४ वटा ,चैनपुर २ वटा ,धर्मदेवी ३ वटा, मादी नगरपालिका २ वटा , चिचिला र मकालु गाउँपालिकामा एकरएक वटा रहेका छन् ।

अल्लो खेती २०४६ देखि व्यवसायिक रुपमा गर्न थालिएको हो । साबिक बाला, सिसुवाखोला, ताम्कु, मांतेवा, याफू, पाथिभरा, नुम, मत्स्यपोखरी, पावाखोला, बाह्रबिसे, तामाफोक गाविसका सामुदायिक र राष्ट्रिय वनमा अल्लो प्रचुर मात्रामा पाइने गरेको छ । अल्लोबाट कात्तिकदेखि जेठसम्म पाट संकलन गरेर पकाउँदै धागो बनाइन्छ । यसरी धागो बनाएपछि कपडा उत्पादन हुने र यो देशका विभिन्न बजारहुदै अमेरिका तथा जापानसम्म निर्यात गरिन्छ । अल्लोको कोट ३ हजार, टोपी ५००, सल ७००, स्याण्डल ५००, स्टकोट १५०० रुपैयाँमा बिक्री हुन्छ । मफलर, पर्स, चस्मा व्याग, लेडिज पर्स, लेडिज झोला र साइड व्याग बनाउन अल्लो प्रयोग गरिन्छ । यीवाहेक कपडाबाट बन्ने प्रायः सबै सामान अल्लोबाट बनाउने र बिक्री गरिन्छ। अल्लो उद्योगबाट ६० घर परिवारको आश्रित रहेको पाइएको छ भने २०० भन्दा बढीले रोजगारी पाएका छन् ।

यी मध्ये काठमाण्डौंमा बिक्री गर्न बसेका १७, खाँदबारीमा खरिद विक्री र कपडा उत्पादन गर्न ४५, गाविसका टोलटोलसम्म कपडा बुन्ने, पाट संकलन गर्ने, प्रशोधन गर्नेको संख्या ४३० परिवार रहेको छ । यी सबैको मुख्य पेशा अल्लो संकलन, प्रशोधन र बुनाइ तथा निकाशी गर्नु हो । गाउँमा बुनेका कपडा सदरमुकाम खाँदबारी हुँदै बिराटनगरदेखि काठमाडौंसम्मका डिपार्टमेण्टल, मिनी र सुपर मार्केटहरूमा पर्याप्त पाइन्छ । जिल्लाका बाला र सिसुवा गाविसका सबै घरको मुख्य पेशा अल्लोबाट कपडा उत्पादन गर्नु हो ।

यहाँका ४५० परिवारको मुख्य पेशा र आय स्रोत अल्लो नै भएको छ। यहाँका केटाकेटीदेखि बृ्द्धासम्म बिहान उठेदेखि हाट बजार जाँदा होस् या सबै प्रकारका काम गर्दा हातमा कुरुस र अल्लोको जाखिल्मा (कच्चा धागो) बोकेर कपडा बुन्नमा व्यस्त भेटिन्छन्। जिल्लामा २५ वटा अल्लो आश्रित उद्योग सञ्चालित छन्। यी उद्योगले मासिक तलब दिएर झण्डै ९०० जनालाई रोजगारी दिएका छन्।

अल्लो कपडा बुन्ने उद्योग सञ्चालन गर्दै आएका छन्। अल्लो एकवर्षे वुट्यान हो। यो १र२ मिटर उचाईको भएपछि काटेर ल्याउने र बोक्रा निकालेर पाट बनाइन्छ। यसरी काटेपछि पुनः रोपण नगर्दा अल्लो जंगल मासिने क्रममा छ। यसको संरक्षणमा ध्यान नदिएपछि मासिने क्रम बढेको हो। सामुदायिक र राष्ट्रिय वनमा अल्लो संकलनमा रोक लगाएपछि ती वनमा पर्याप्त रहे पनि प्रयोगविहीन भएको र अन्यत्र मासिने क्रममा रहेको हो। अधिकांश गाविसमा यसको रोपण भएको छैन। अहिले जिल्लाका मत्स्यपोखरी, तामाफोक, जलजला, सिद्धपोखरी र नुनढाकी गाविसमा सामुदायिक वनको माध्यमले यसको संरक्षण सुरु गरिएको छ।

मङ्ल, अशोज ३०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

परिवारका तीन जना थलिएपछि बज्रपात

गौरादह,८ माघ । झापाको गौरादह १ को एक परिवारका बाबु छोरा तीनै जना जटिल किसिमका रोगबाट पीडित भएपछि परिवारमाथिनै बज्रपात परेको छ । गौरादह १ का परमेश्वर साहको जिव्रोको क्यान्सर भई उपचार गराएपनि पुन क्यान्सरको...

प्रअ झा हटाईए, आचार्य नियुक्त भए

दमक,८ माघ । पूर्वकै अग्रडी सामुदायिक विद्यालयका रुपमा परिचित दमक २ स्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुकान्त झालाई पदबाट हटाईएको छ । काम चलाउ विद्यालय व्यवस्थापन समितिले झालाई प्रअको जिम्मेवारीबाट हटाएर सहायक प्रधानाध्यापक ओमप्रसाद...

युवालाई लिम्बू भाषा सिकाउँदै

झापा , ७ माघ । शनिबार उमा अधिकारी ‘नित्साम हिम्मो पेगिआङ् सकसक निरुम्लो’ अर्थात ‘स्कुलमा पढ्न जाऔँ’ भन्ने शब्द कापीमा कोर्दै भन्दै थिईन्–‘‘बल्ल लेख्न त आयो, बोल्न अझै मुश्किल छ ।’’ किरात याक्थुङ चुम्लुङ मेचीनगरका...

मिगौला रोगी शाहलाई रु ६ लाख बढी सहयोग

दमक,७ माघ । दुवै मिगौलाले काम गर्न छाड्ेपछि डाइलोसिस गरिआएका झापा,गौरादह नगरपालिका वडा नम्बर १ का सुरज शाहका उपचारका लागि रु ६ लाख बढी सहयोग उपलब्ध गराईएको छ । ल्याव असिस्टेन्ट २८ बर्षिय शाहको उपचारमा...

दमकमा सानीमा लाइफ इन्स्योरेन्स

दमक,६ माघ । सानीमा लाइफ इन्स्योेरेन्स लिमिटेडले आफ्नो ३३ औ शाखा झापाको दमकमा बिस्तार गरेको छ । शाखाको आज एक कार्यक्रमका बिच दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले उद्घाटन गरे । जीवन बिमा कम्पनीको रुपमा स्थापित...

घुस लिएको आरोपमा वडा सचिब प्रहरी नियन्त्रणमा

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं. २ भृकुटीका वडा सचिब सुरेश घिमिरेलाई घुस लिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय पूर्णबहादुर तामाङसंग नागरिकता सिफारिस बापत ९ हजार रुपैया घुष लिएको आरोप लागे पछि...

दर्लामीद्धारा २ करोडका विभिन्न योजनामा वजेट बिनीयोजित

दमक, ६ माघ । झापा क्षेत्र नम्बर ४ ( १ ) प्रदेश सभाका सदस्य झलकसिंह दर्लामी मगर ‘शन्देश’ ले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत विभिन्न शिर्षकमा २ करोड रूपैयाँ वजेट विनियोजन गरेका छन्...

नयाँ सोचका साथ अगाडी वढ्न नेता सिटौलाको जोड

गौरादह ,५ माघ । नेपाली कांग्रेसका नेता एवम् पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सुढिढकरण गर्दै संगठनलाई मजवुत गराउन नयाँ सोच र कार्यनीतिका साथ अगाडी वढ्न आवश्यक रहेको जोड दिएका छन् । कांग्रेस गौरादह नगर समितिले...

कृषि र पर्यटनको प्रवद्र्धन गर्न आवश्यक : मुख्यमन्त्री राई

दमक,५ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले देशलाई समृद्धि तर्फ अगाडी लैजान प्रचुर संभावना बोकेको कृषि र पर्यटनको प्रवद्र्धन गर्न आवश्यक रहेको औल्याएका छन् । देशको विकास र समृद्धि कृषि र पर्यटन क्षेत्रको...

गौरादह फर्निचर तथा फर्निसिङ व्यबसायी संघ नेतृत्व

गौरादह,४ माघ । यहाँस्थित गौरादह फर्निचर तथा फर्निसिङ व्यबसायी संघ नगर समितिको अध्यक्षमा प्रकाश बाँस्कोटा चुनिएका छन् ।     संघको आज सम्पन्न व्यबसायीहरुको भेला बाँस्कोटाको अध्यक्षतामा सर्बसम्मत कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा सन्तकुमार...