विद्यार्थी संगठनमा उमेर हदको प्रश्न

निशेष राई सत्यरुप

निशेष राई सत्यरुप

बिगत लामो समयदेखि राजनितीक क्रान्तिको मुलधारमा रहेर आम नागरिकको आवाज बोल्दै अएका विद्यार्थी संगठनहरु पछिल्लो समय निक्कै आलोचित बन्दै गएका छन् । चाहे नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु, अखिल क्रान्तिकारी होस् या नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघ ।

देशका थुप्रै ठूला–ठूला राजनीतिक आन्दोलनमा नागरिकको बलियो आधार बनेर नागरिकमाझ बिश्वास जितेका विद्यार्थी संगठनमा देखिएको पछिल्लो गतिबिधिले आम विद्यार्थीसामु ठूलो नैराश्यता श्रृजना गर्न थालेको छ भन्दा खासै फरक नपर्ला ।

विशेष गरि पछिल्लो समयमा संगठनका नेतृत्वकर्तामा देखा परेको नेतामुखी प्रवृतिको कारण, नेतृत्व कर्ताको स्वार्थपूर्ण प्रवृतिको कारणपनि यस्तो अवस्था देखा परेको हो । अर्काे कुरो भनेको विद्यार्थी संगठनमा निक्कै पाका उमेर समुहका विद्यार्थी नेताहरुको नेतृत्वको कारण पनि युवा तथा उर्जाशिल विद्यार्थी माझ नैरास्यता उत्पन्न भएकोमा दुई मत छैन ।

समय, परिबेश, वातावरण लगायत देशको अवस्था पूर्ण रुपमा बदलिँदासम्म पनि संगठनको नेतृत्व चयनको बिषयमा केही फरक आएको छैन । आम नागरिक, विद्यार्थी साथै सिङ्गो समाजले देशको संक्रमणकालिन अवस्थामा हरेक क्षेत्रको नेतृत्व युवालाई रोजेको छ, युवा पुस्ताले नै विगतमा आन्दोलनको इतिहास बनाएका थिए र संघर्षमा होमिएका बलिदानीहरुलाई नेपालको इतिहास कोहिसामु छिपाउन सकिन्न । अहिले पनि आम विद्यार्थीका हक हित र अधिकारको रक्षा युवा नेतृत्वको संगठनबाट मात्र सम्भव हुन्छ । तर युवाहरुको नेतृत्व गर्ने विद्यार्थी संगठनमा नै नेतृत्वकर्ताहरु कानुनले युवा परिभाषित गरेको ४० बर्ष भन्दा माथीका हुँदा पक्कै पनि नयाँ सोच, नयाँ जाँगर अनि नयाँ योजनाका साथ विद्यार्थी राजनीतिमा होमिएका नयाँ पुस्तामा राजनीति प्रति साथै विद्यार्थी संगठनप्रति बितिष्णा जागेको छ । यो वितिष्णाका पछाडि अरु केहि नभएर यो वा त्यो बहानामा ३० बर्ष मुनिका युवा पुस्तालाई नेतृत्वमा जान छेकिनु नै हो ।

सम्पूर्ण विद्यार्थीहरुको साझा संगठन स्ववियुमा २०७३ मा सम्पन्न निर्वाचन बाट नै २८ वर्षे उमेर हद लागु गरियो । त्यसैगरी उमेर हदको बिरोध गर्ने नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले पनि केहि साता अघि नेतृत्वकर्ताको उमेर हद ३२ बर्ष तोक्यो यो साच्चै नयाँ जोश र जाँगरका साथ विद्यार्र्थी राजनीतिमा होमिनेहरुका लागि केहि आशलाग्दो पक्ष भने अवश्य हो । नेविसंघको यो कदमलाई सकारात्मक रुपमा लिनुपर्छ ।
नेपालको राजनीतिमा सडक आन्दोलनको बाघ भनेर चिनिने नेकपा निकट विद्यार्र्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीमा पनि उमेर हदबन्दीको बिषयले बिगतका बर्षहरुदेखिनै बहशको रुपमा स्थान पाउँदै आएको छ । केही बर्ष अघि तत्कालिन नेकपा एमाले निकट अनेरास्ववियुमा नेतृत्वकर्ताको उमेर हदबन्दी ३० बर्षको तोकिने कुरोले निकै चर्चा पायो । तर कार्यान्वयनको बिन्दुमा पुग्नै लाग्दा सेलाएर गएको थियो । प्रत्येक दुई बर्षमा हुँदै आएको अखिलको राष्ट्रिय महाधीवेशनमा बन्ने कमीटीको नेतृत्वकर्ता प्राय ३० बर्ष मुनिकै हामीले पाउने गरेका छौँ । तर कतिपय अवस्थामा ३० नाघेका नेतृत्वकर्ता पनि हाम्रौ भन्नु परेको अवस्था छ ।

तर अहिले ४५ बर्ष भन्दा माथीको नेतृत्वकर्ताले नेतृत्व गरीरहेको नेपाल विद्यार्थी संघले ३२ बर्षको उमेर हद बन्दी तोकेर नेकपाको बाघ शक्ति मानिएको विद्यार्र्थी संघठनहरुलाई चुनौति दिएको छ । परिर्वतन भनेकै प्रतिश्पर्धाबाटै हुने हो । समयको माग र परिवेशसंगै हामी प्रगतीशिल, जनवादी विद्यार्थीहरु पनि सक्षम नेतृत्व चयनको बिषयमा चनाखो हुनुपर्ने बेला आएको छ । यो अर्थमा पनि की, पहिले देशको परिवेश निकै कठिन थियो तर अहिले त्यो अवस्था हामीले पार गरिसकेका छौँ ।

देशको संक्रमणकालिन अवस्थामा अहिले हामी पार्टी र मातहातका संगठनहरु एकताको प्रक्रियामा छौ । एकताका केहि चरणहरु पार गर्दै यहाँ सम्म आईपुगेका छौँ, साथसाथैे पार्टीभित्र रहेका भातृ संगठनहरुको एकताको प्रक्रियामा पनि हामी छौँ । अहिले प्रत्येक जिल्लाका विद्यार्थी नेताहरुमा यो बिषयले ध्यान खिचि रहेको छ । आन्तरिक तयारीहरु भइरहेका छन् । त्यसैले हामी अग्रगामी, जनवादी अनि प्रगतीशिल विद्यार्थी संगठनभित्र पनि नेतृत्वकर्ताको उमेर हद तोकिन नितान्त आवश्यक छ । सक्षम युवाहरुको संगठन विना मुलकको परिर्वतन सम्भव छैन ।

अर्को भाषमा भन्ने हो भने, अहिले हामी काँचो माटो जस्तै बनेका छौँ । अबको हाम्रो यात्रा कस्तो र कसको हातमा भन्ने कुरोको निर्माण हामीले अहिले नै गर्न सक्यौ भने पक्कै पनि हामीलाई उद्धेश्य अनुरुपको यात्रामा लम्किन सहज हुनेछ ।

गतबर्ष सम्पन्न तीनै तहको निर्वाचनको बेला पनि नेपालका पार्टीले उठाएका प्रतिनिधी मध्ये युवाको कममात्र प्रतिनिधित्व भएको भनेर नेपालको राजनितीक दलहरुको आलोचना भएकै हो । त्यसमा हामी पनि मुछिएका छौँ । अहिलेसम्मपनि हामीले आरोपहरु खेपि रहेका छौँ । यो एउटा दुखद उदाहरण मात्र हो । यस्ता आरोप चिर्दै आउदो समयमा मातृपार्टीको साख जोगाउन र तत्कालको मागलाई सम्बोधन गर्न पनि हामीले हाम्रो दुई गौरवशाली संगठन मिलेर बनेको अनेरास्ववियूमा उमेरको हद बन्दी तोक्न आवश्यक छ । शैक्षिक क्षेत्रको आमूल परिवर्तनकोलागि युवा नेतृत्वको विकल्प छैन ।

लेखक अनेरास्ववियु जिल्ला कमिटी इलामका सदस्य हुन् ।

सोम, अशोज २९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

विचार/ब्लग बाट अन्य

अबको ८२ दिन पछि म यो सरकारको तारिफ नै तारिफ गर्न चाहान्छु: रवि लामिछाने

सरकारका काम कारवाहीमा प्रश्न जिज्ञासा, शंका, प्रतिक्रिया अभिव्यक्त गर्नु एकदमै स्वभाविक र सामान्य कुरा हो । त्यो भन्दा पनि ठूलो कुरा यो आम मानिसको अधिकार हो, संचार माध्यमको धर्म हो । सरकारले के बिराउँछ...

“म जन्मिएको दिन” – सुमन लेप्चा (वाङ्गचु)

म जन्मिएको दिन आकाश गर्जिएको थियो रे हुरि बतास चलेको थियो रे बादल रुएको थियो रे भन्छ्न म जन्मिएकै दिन त्यो पारी गाउँमा पहिरो पनि गएको थियो रे त्यसैले मलाई मेरो रिस्तेदारहरुले क्रोधित भएको बेलामा कसैले चैते बाँदर भन्छन कसैले हुरिबतास भन्छन त्यसमाथी ढाट्ने दिनमा जन्मिएर कतिले गिज्याएर सिरिया...

हाम्रो लागि प्रश्नहरु !

प्रतिक राई विभिन्न सञ्चारमाध्यम अनि सामाजिक सञ्जालहरुमा लेखिएको र देखिएको परदेसी भूमिमा नेपाली दाजुभाइ दिदीबहिनीको पीडाले सबै नेपालमा अनि संसारमा छरिएर बसेका नेपालीहरुलाई मार्मिक बनाएको छ । उच्च शिक्षा आर्जन अनि आँखाभरी सपना बोकी अति...

कोटा र आरक्षणमा नै रमाउने बानी परिसक्यो

महिलाका लागि सुरक्षीत समाजको परिकल्पना गर्ने हो भने शबैभन्दा पहिला महिलालाई हेर्ने दृष्टिकोण ,गर्ने व्यवहार र उनिहरुको अधिकारको पक्षमा परिवर्तन आउन निकै जरुरि छ । वर्तमान महिलाको अवस्था धरै राम्रो छ र आजको दिनमा...

भारतसगको ५० को मैत्री तथा शान्ति सन्धि यथावत, मोदी सरकार दङ्ग ओली सरकारका दाँतमा ढुंगा !

डिराज कोइराला भारतीय कृपाबाट बहुदल र गणतन्त्र भित्र्याएर सत्ता कब्जा गर्ने उद्देश्य लिएका यो देशका तात्कालिन अराष्ट्रियतत्व अर्थात टेररिष्टहरूले भारतलाई खुशी राख्नकालागि परराष्ट्र मन्त्रालयको जैसी कोठामा र नारायणहिटी राजदरवारको लाल बाकसमा सुरक्षित रहेको तथाकथित २...

हाम्रो सोच, शरीर र स्वास्थ्य

कुनै विशेष अवसर वा घटनाहरुलाई छोडेर हाम्रो सामान्य दिनचर्यामा के कस्ता अवस्थारपरिस्थितिमा हामी भित्र सुख वा दुस्खको अनुभूति हुने गर्छरु अर्थात हामी कुन अवस्थामा सुखको अनुभुति गर्ने गर्छौ अनि कुन अवस्थामा दुस्खकोरु यस्ता प्रश्नहरुको...

डिएसपी साहेव, नाका निगरानी किन सुस्त, कि सेटिङ्ग भयो ?

खगेन्द्र घिमिरे करिब दश वर्ष भएछ मैले पत्रकारीता गरेको । अझ पूर्वी नाका काँकरभिट्टाको बारेमै केन्द्रित भएर लेख्न थालेको पनि पाँच वर्ष नाघेछ । यो बीचमा प्रहरी प्रशासनमा धेरै प्रमुखहरु फेरिए । सबैले नाकामा हुने...

सरकार हैन संस्कार परिवर्तनको खाँचोे

राणा शासन, राजतन्त्र, प्रजातन्त्र हुँदै आज हामी सङ्घीय लोकतान्त्रिक शासन प्रणालीमा आएका छौँ। ’जनताको, जनताद्वारा र जनताकै हितका लागि बनाइएको शासन प्रणालीलाई लोकतन्त्र भनिन्छ’ भनेर अब्राहम लिङ्कनले भनेका थिए’रे। खैर, यहाँ सम्म आइपुग्नलाई हाम्रा...

बुढी आमाका आशा

संसारका सारा सुखको सुरुवात र समाप्ति आमाको मायामा हुन्छ भन्ने कुरालाई हामीले सुनेका मात्र छैनौँ, धेरैले अनुभव पनि गरेका छौँ। आमा अर्थात हाम्रो जननी, सृष्टिकर्ता। विभिन्न कवि, लेखक, साहित्यकारहरुले आमाको गरिमाका बिषयमा थुप्रै कुरा...

सर्वेन्द्रको रहस्यमय मौनता र खरेलको सम्झना !

सूर्य बस्याल मंगलबार पोखरामा फेरि एउटा बालिकाको बलात्कारपछि हत्या भयो । अब सायदै कुनै यस्तो बार नहोला, जुन दिन नेपालमा बलात्कार र हत्या नभएको होस । देशनै हल्लाएको कञ्चनपुरकि १३ वर्षीया बालिका निर्मला पन्तको हत्या...