उर्लाबारी एफसी फुलबारी च्यालेन्ज कपको सेमिफाइनलमा

हाम्रो दमक

धरमपुर,२४ असोज /  झापाको शिवसताक्षी नगरपालिकास्थित धरमपुरमा आजबाट शुरु भएको दोश्रो फुलबारी च्यालेन्ज कप फुट्बल प्रतियोगितामा उर्लाबारी फुट्बल क्लब मोरङ्ग विजयी भएको छ ।


उसले धुलाबारी फुट्बल क्लब झापालाई एक शुन्यले पराजित गर्दैै जित हासिल गरेको हो । विजयी टिमका लागि जर्सी नम्बर ११ का रोमन दनुवारले गोल गरे । पहिलो हाफ सम्म गोल रहित बराबरी खेलेको उर्लाबारीका लागि दोश्रो हाफको २५ औं मिनेटमा रोमनले गोल गरेका थिए ।
उनले जर्सी नम्बर ७ का अरुण लिम्बुले डिबक्स भित्र दिएको पासमा बललाई जाली चुमाएका थिए । खेलको शुरुवात देखि नै उत्कृष्ट प्रदर्शन गरेका दुबै टिमले गोल गर्ने आधा दर्जन बढी अवसर खेर फालेका थिए । खेलको म्यान अफ दि म्याच विजयी टिमका जर्सी नम्बर ७ का अरुण लिम्बु भए ।
उनले नगद २ हजारसँगै ट्रफी हात पारे । उनलाइ सो पुरस्कार शिवसताक्षी नगरपालिकाका मेयर चन्द्र कुमार शेर्माले प्रदान गरेका थिए । यसअघि रेफ्री लक्ष्मण जसवाललाइ बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका मेयरले कार्यक्रमा सम्बोधन आगामी बजेटमा नगरको खेलकुद विकासका लागि ५० लाख रुपैया छुट्याउने घोषणा गरे .
प्रतियोगितामा भोलि विहीवार जिओन स्पोर्टिङ्ग क्लब विर्तामोड र आयोजक फुलबारी सेवा संगम क्लब प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले नगद एक लाख र उप–विजेताले नगद ५० हजार र ट्रफी हात पार्नेछन् ।

बुध, अशोज २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

परिवर्तन हुँदै काठमाडौं उपत्यकाका सार्वजनिक सवारीका रूट

काठमाडौं । यातायात व्यवस्था विभागले अव्यवस्थित रूटका कारण जाम बढेको भन्दै काठमाडौं उपत्यकाको सवारी जाम नियन्त्रण गर्न हाल सञ्चालनमा रहेका सार्वजनिक सवारी रूट परिमार्जन गर्ने तयारी गरेको छ। एसियाली विकास बैंकको सहयोगमा सञ्चालित काठमाडौं दिगो...

स्पेनिस ला लिगा फुटबलमा तीन साताका लागि मैदानबाट बाहिरिए मेस्सी

काठमाडौँ। स्पेनिस ला लिगा फुटबलको आइतबारको खेलमा ‘लिग लिडर’ बार्सिलोनाले सजिलो जित हात पारे पनि आफ्ना स्टार खेलाडी लियोनल मेसीलाई भने केही समयका लागि गुमाउनु परेको छ। बार्सिलोनाले घरेलु मैदानमा सेभिललाई ४—२ गोलले हराएको...

यस्ता आठ प्रकारका सामाजिक सुरक्षा भत्ता बाँढ्दै सरकार ! कस्ता कस्ता नागरिकले पाउँदैछन भत्ता ?

काठमाडौँ। सरकारले चालू आर्थिक वर्ष ०७५/७६ मा विभिन्न ८ वर्गका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ। व्यवस्थापिका संसद्ले पास गरेको सामाजिक सुरक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनअनुसार यस्तो व्यवस्था हुन लागेको हो  । व्यवस्था...

सर्यो प्राचीन बजार ग्वाल्डुब्बा १०० मिटर पर

ग्वाल्डुब्बा | गौरादह नगरपालिकाको प्राचीन बजार ग्वाल्डुब्बा साबिक स्थानबाट १०० मिटर पुर्व सरेको छ । नया बजारमा हाल ३ वटा ब्लकमा जम्मा ३० वटा टहरा निर्माण गरिदैछ । बजार स्थलमा आवस्यक पर्ने बिजुली,  खानेपानी, सार्बजनिक...

सावधान ! बजारमा छ्याप छ्याप्ती नक्कली नोट, यसरी चिन्ने र बच्ने

काठमाडौं । नेपाल प्रहरीले आइबार राजधानीमा नक्कली नोट र त्यसका कारोबारीहरुलाई सार्वजनिक गरेको छ । प्रहरीले नक्कली नेाटका बेही कारोबारीहरु त पक्राउ, गर्‍यो, तर बजारमा त्यस्ता नक्कली नोटहरु कति गइसकेका छन् भन्ने चाहिँ यकिन हुन...

सन्थाल नृत्यमा शिवसताक्षी समूह प्रथम

लखनपुर,४ कातिक /  झापाको कमल गाँउपालिका–५ स्थित मंगलवारे वजारमा आयोजना गरिएको सन्थाल नृत्यमा शिवसताक्षी सन्थाल समूह प्रथम भएको छ । बडादशैको अवसरमा एकादशीका दिन शनिवार लाग्दै प्रतियोगितात्मक सन्थाल नृत्यमा प्रथम भएसंगै विजेता समूहले नगद...

सडकमा परेका खाल्डाखुल्डीका कारण दैनिक दुर्घटनाको जोखिम बढ्दै

धरान | धरानका सडकमा परेका खाल्डाखुल्डीका कारण दिनप्रतिदिन दुर्घटनाको जोखिम बढ्दै गएको छ । खाल्डाखुल्डकै कारण दैनिकजसो साना तथा ठूला सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् । धरानका सडक जिर्ण बनेपछि तत्कालीन नगरप्रमुख स्व. तारा...

सुनसान बनेको मुख्य राजमार्ग तथा बजारहरुमा ह्वात्तै चहलपहल

दमक | दशै शुरुभएसंगै दुई दिन देखि सुनसान बनेको मुख्य राजमार्ग तथा बजारहरुमा ह्वात्तै चहलपहल बढेको छ । अष्टमी देखी दशमीको टिका लगाउने क्रम शुरु नभएसम्म सडक तथा शहर बजारहरु सुनसान बनेका थिए । यसवर्षको...

सजाय सुनाएको २९ वर्षपछि पक्राउ

खोटाङ १ कार्तिक | खोटाङमा कर्तव्य ज्यान मुद्दामा सजाय सुनाइएका अभियुक्त २९ वर्षपछि पक्राउ छन् । २०४६ सालमा स्थानीय ढकबहादुर कार्कीको हत्या गरेर फरार रहेका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की असोज...

प्रधानमन्त्री ओली झापामा

दमक | प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउनु भएको छ । प्रधानमन्त्री ओली आफैले विगत वर्ष देखि आयोजना गर्दै आउनु भएको शुभकामना आदान प्रदान तथा चियापान समारोहमा सहभागि हुन आज झापा...