वीरता जेसीजद्वारा अक्षयकोषसहित दुई पुरस्कारको स्थापना

१५/१५ हजार राशीको मदन ढकाल र दिलकुमार शर्मा स्मृति पुरस्कार

हाम्रो दमक

बिर्तामोड, असोज २४। झापाको बिर्तामोडस्थित वीरता जेसीजले दुई लाख रुपैयाँको अक्षयकोषसहित दुई जना पूर्व अध्यक्षको स्मृतिमा पुरस्कारको स्थापना गरेको छ ।

वीरता जेसीजको सचिवालयमा आज बुधबार आयोजित एक कार्यक्रमकाबीच पुरस्कार स्थापनाको घोषणासँगै अक्षयकोषका लागि रकम हस्तान्तरण सम्पन्न भएको हो । वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको समारोहमा संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतले दुई पुरस्कार स्थापनाको घोषणा गरेका थिए ।

पूर्व अध्यक्षहरुको स्मृतिमा ‘मदन ढकाल स्मृति वीरता जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कार’ र ‘दिलकुमार शर्मा स्मृति वीरता जेसीज सक्रिय पूर्व अध्यक्ष पुरस्कार’ स्थापना गरिएको हो । उक्त पुरस्कारका लागि स्व. ढकालको परिवारका तर्फबाट श्रीमती सावित्रा ढकाल तथा छोरा–बुहारी सिर्जन र एलिनाले अक्षयकोषको रकम हस्तान्तरण गरेका थिए ।

त्यस्तै स्व. शर्मा (घिमिरे)को परिवारबाट श्रीमती रेखा घिमिरे र भाइ लव घिमिरेले अक्षयकोषको रकम प्रदान गरेका थिए । हरेक वर्ष वीरता जेसीजको साधारणसभामा प्रदान गरिने दुबै पुरस्कारको राशी जनही १५ हजार रुपैयाँ रहेको छ । पुरस्कार यसै वर्षबाट वितरण शुरु गरिने बताइएको छ । समारोहमा स्व. ढकालका परिवारका तर्फबाट भाइ मोहन ढकाल र लक्ष्मण ढकालले जेसीजको अगुवाइमा हुन लागेको कार्यको प्रशंसा गरेका थिए ।

त्यस्तै, पत्रकार महासंघ प्रदेश नं. १ कार्यसमिति सदस्य तीर्थ सिग्देल र महासंघ झापाका सचिव सन्तोष आचार्यले समेत जेसीजको कार्यको प्रशंसा गर्दै आफ्ना सुझाव राखेका थिए । वीरता जेसीजका महासचिव विनोद पाण्डेले सञ्चालन गरेको कार्यक्रममा स्वागत कोषाध्यक्ष जीवनकुमार खड्का, जेसीआई मिसन भिजनको वाचन उपाध्यक्ष युवराज कुँवर र आस्था वाचन शाखा सम्पादक तुलसीप्रसाद निरौलाले गरेका थिए ।

वीरता जेसीजले छुट्टै बैंक खाता मार्फत अक्षयकोषको सञ्चालन गर्ने र त्यसका लागि आवश्यक कार्यविधि समेत बनाइने बताइएको छ । वीरता जेसीज तथा संस्थाको दीर्घकालीन योजना समिति र दाता परिवारको परामर्श र संलग्नतामा उक्त कार्यलाई अघि बढाइने अध्यक्ष गिरीले जानकारी दिए । पुरस्कृत प्रतिभा छनौटका लागि छुट्टै समिति मार्फत कार्य अघि बढाइने समेत बताइएको छ ।

वीरता जेसीजमा स्व. ढकाल र शर्माले पु¥याएको योगदानको कदर स्वरुप उहाँहरुको योगदानलाई कसैको विस्मृतिमा जान नदिन अक्षयकोषसहित पुरस्कार स्थापना गरिएको संस्थापक अध्यक्ष बस्नेतले बताए । मदन ढकाल सन् १९८४ र दिलकुमार शर्मा सन् १९८८ मा वीरता जेसीजको अध्यक्ष भएका थिए ।

स्व. मदन ढकाल स्मृति वीरता जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कार,

२००९ साल जेठ १९ गते जन्मनुभएका मदन ढकाल सन् १९८१मा वीरता जेसीजको संस्थापक महासचिव हुँदै सन् १९८४मा अध्यक्ष बनेका थिए । क्रमशः नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षसम्म भएका ढकाल झापाका अग्रज पत्रकार, साहित्यकार, समाजसेवीको रुपमा परिचित थिए । उनले लामो समय पूर्वाञ्चल दैनिकको प्रधानसम्पादक पदमा रहेर सेवा गरेका थिए । २०७३ मंसीर २३गते ६४ बर्षको अल्प उमेरमा उनको स्वर्गारोहण भयो । जेसीज र पत्रकारिता क्षेत्रमा उनको योगदानको कदर गर्दै यो पुरस्कार स्थापना गरिएको हो । वीरता जेसीज तथा जेसीज संस्थाको बारेमा उत्कृष्ट रिपोर्टिङ गर्ने एक जना पत्रकारलाई हरेक बर्ष यो पुरस्कार प्रदान गरिनेछ ।

स्व. दिलकुमार शर्मा स्मृति वीरता जेसीज सक्रिय पूर्वअध्यक्ष पुरस्कार,

२०१६ साल फागुन १५ गते जन्मिएका दिलकुमार शर्मा घिमिरे सन् १९८८मा वीरता जेसीजको अध्यक्ष बनेका थिए । जेसीज अभियानमा उनको विशिष्ठ योगदान रह्यो । २०६९ असार २४ गते ५३ बर्षको अल्प उमेरमा उनको स्वर्गारोहण भयो । जेसीजसँगै समाजसेवा तथा विभिन्न क्षेत्रमा सक्रिय उनको योगदानको कदर गर्दै यो पुरस्कार स्थापना गरिएको हो । वीरता जेसीजमा बर्षभरि सक्रिय रहने पूर्वअध्यक्षहरुमध्येबाट एक जनालाई हरेक बर्ष यो पुरस्कार प्रदान गरिनेछ ।

बुध, अशोज २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

पर्यटन/रोजगार बाट अन्य

बिर्तामोड महोत्सव : व्यवस्थित र उत्कृष्ट

बिर्तामोड । बिर्तामोडमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव व्यवस्थित र उत्कृष्ट रहेको अवलोकनकर्ताहरुले प्रतिक्रिया दिएका छन् । महोत्सवका अवलोकनकर्ता तथा स्टलका सामान खरिदकर्ताहरुले बिर्तामोड महोत्सवको प्रशंसा गरेका हुन् । ११ माघदेखि सञ्चालनमा आएको महोत्सवमा टाढा–टाढादेखिका...

बिर्तामोड महोत्सव : हेलिकप्टर चढ्नेमा बच्चादेखि ९७ वर्षीय सम्म

बिर्तामोड । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हेलिकप्टर चढ्नेको संख्या बढ्दै गएको छ । महोत्सवको आकर्षणका रुपमा माउण्टेन एयरको हेलिकप्टर ल्याइएसँगै हेलिकप्टर चढेर विभिन्न स्थान अवलोकन गर्नेहरुको संख्या बढेको हो । बिर्तामोड उद्योग वाणिज्य संघका...

आजदेखि बिर्तामोडमा सुरु भएको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको प्रदेशका मुख्यमन्त्रि राईद्धारा उद्घाटन

बिर्तामोड । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुक्रबारदेखि सुरु भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन एक नम्बर प्रदेशका मख्यमन्त्री शेरधन राईले गरे । मुख्यमन्त्री राईले शान्तिका प्रतिक परेवा...

१ करोड ५० लाखको गुलाफ ‘भ्यालेन्टाइन डे’ का लागि आयात गरिँदै

प्रेम गर्नेहरुका लागि विशेष दिन फेब्रुअरी १४ अर्थात् ‘भ्यालेन्टाइन डे’ । तर्क गर्नेहरु भन्छन्, ‘यो पश्चिमा संस्कृति हो । आयतित संस्कृति हो ।’ तर, प्रेमका पक्षपातीहरू भन्छन्, ‘प्रेमको कुनै भूगोल हुँदैन । प्रेमको कुनै...

प्रदेश नं १ कै उत्कृष्ट पर्यटकीय गन्तव्य: कञ्चनजंघा हिमालतर्फ अघि बढ्ने पर्यटकीय पदमार्ग मासियो

प्रदेश नं १ कै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना बोकेको तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्र हुँदै कञ्चनजंघा हिमालतर्फ अघि बढ्ने पर्यटकीय पदमार्ग मासिएको छ । यहाँको प्राकृतिक सम्पदा, पर्यटन र पर्यावरणलाई वास्तै नगरी भएको सडक...

आदर्श नमूना सामुदायिक वनको २३ औं साधारण सभा सम्पन्न

बुद्धशान्ति । आदर्श नमूना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति २ र ३ को २३ औं बार्षिक साधारण सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारण सभाको सभापति समितिका अध्यक्ष तिलनारायण रिजाल थिए भने प्रमुख अतिथि...

अग्रज पत्रकार भण्डारी अन्तराष्ट्रिय भाषा सम्मान पुरस्कारबाट पुरस्कृत

अग्रज पत्रकार तथा बरिष्ठ संञ्चारकर्मी चन्द्र भण्डारी अन्तराष्ट्रिय भाषा सम्मान पुरस्कारबाट पुरस्कृत भएका छन् । भारतको सिलगढीमा “सिलगढी नन्दी तिवारी स्मृति प्रतिष्ठान” द्धारा आयोजित “नन्दी तिवारी स्मृति पुरस्काकार अलङकरण समारोहमा भण्डारी आइतबार सम्मानित हुनु...

युवाहरुको सामुहिक लगानीमा बर्गर हाउस खोल्ने तयारीमा कुसुम

पुर्वी पहाडी जिल्ला धनकुटाको महालक्ष्मी नगरपालिकाका कुसुम तुम्बा यतिबेला युवाहरुको सामुहिक लगानीमा पुर्वको प्रमुख शहर इटहरीमा बरगर हाउस संचालनको तयारीमा संघर्षरत छन । युवाहरूलाई रोजगारी दिलाउने उदेश्यका निम्ति युवाहरूको निजि लगानीमा सो बर्गर हाउस संचालनको...

पुस १४ गतेदेखि २० गतेसम्म लाग्ने धारागोला महोत्सवको तयारी तीव्र

शान्तिनगर। बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा सात दिवसीय धारागोला भ्यूटावर जरेवर तथा बुद्धशान्ति महोत्सवको तयारी तीव्र पारिएको छ । यही पुस १४ गतेदेखि २० गतेसम्म लाग्ने महोत्सवको तयारी तीव्र पारिएको महोत्सव आयोजक समितिका अध्यक्ष चक्र सेर्माले...

थोप्लेविरानको अध्यक्षमा कृष्ण कोइराला निर्वाचित

धुलावारी । थोप्लेविरान सामुदायिक वनको अध्यक्षमा लोकतान्त्रिक गठबन्धनका कृष्ण कोइराला निर्वाचित भएका छन् । वनको शनिवार सम्पन्न निर्वाचनमा बाम गठबन्धनका प्रत्यासी श्याम पाठकलाई १ सय ३८ को फराकिलो मतान्तरले पछि पार्दै आगामी ३ वर्षका...