तामाङ समाज अमेरिका विवादमा, अध्यक्ष सानुमायाद्वारा प्रेस बिज्ञप्ति जारी

हाम्रो दमक

भाद्र २४, न्युयोर्क | तामाङ सोसाइटी अफ नर्थ अमेरिकाद्वारा हालै जारी विज्ञप्ति तथा विभिन्न मिडियामा प्रकाशित समाचारहरूप्रति तामाङ समाज अमेरिकाको गम्भीर ध्यानाकर्षण भएको बताएकोछ । तामाङ समाज अमेरिकाको अध्यक्ष सानुमाया तामाङले एक प्रेस विज्ञप्ति जारि गर्दै समाजको धारणा सार्वजनिक गरेकी हुन् ।

विज्ञप्तिमा यस्तो भनिएको छ, 

शैक्षिक तथा आर्थिक क्षेत्रमा समस्त तामाङ समुदायको समग्र विकासको लागि उल्लेखनीय योगदान गरी तामाङ संस्कार र संस्कृतिलाई अमेरिकामा बसोवास गर्दै अईरहेको नयाँ पुस्तालाई हस्तान्तरण गरि संस्कृति संरक्षण गर्ने र तामाङ समुदायलाई बिखण्डनकारी समुहबाट बचाउन विशेष भूमिका निर्वाह गर्दै नेपाली (प्रवासी) डायस्पोरामा सामुदायिक अगुवाई लिने पवित्र उद्देश्यका साथ अमेरिकी कानुन अन्तर्गत स्थापित यस “तामाङ समाज अमेरिका” र यस संस्थासँग आवद्ध व्यक्तित्वहरुको मान मर्दन गर्ने प्रकृतिको विज्ञप्ति प्रकाशित गरी अर्कोतर्फ विवाद समाधान कमिटि गठन भएको भन्ने विरोधाभासपूर्ण विज्ञप्तिले तामाङ सोसाइटी अफ नर्थ अमेरिकाको नेतृत्त्व पंक्तिको असक्षमता, अपरिपक्वता र अदूरदर्शिताको स्पष्ट चित्रण गर्दछ ।

यस्तो गन्तव्यहिन नेतृत्वबाट बृहत् समाज निर्माण र नेतृत्वको सम्भावना पुरै समाप्त भएको कुरा विज्ञप्तिको भ्रमपूर्ण र विरोधाभासपूर्ण विषय वस्तुले समेत स्पष्ट पार्दछ । तामाङ समाज अमेरिका र यस संस्थासँग आवद्ध व्यक्तिहरूको मानमर्दन गर्ने प्रकृतिको विज्ञप्ति प्रकाशित गर्ने र अर्को तर्फ तथाकिथत विवाद समाधान कमिटि गठन भएको भनेि विरोधाभास विज्ञप्ति मार्फत समाज र समुदायमा भम फैलाउने समाचार केही अनलाइन मेिडयामा प्रकाशन भएकोले तामाङ समाज अमेरिकाको गहिरो ध्यान आकर्षण भएको छ ।

तामाङ सामाज अमेरिकाको संरक्षकहरू भरत राज लामा, शानु बावु थोकर, लुईसाङ वाईबा र भोजराज थोकर लगायतलाई तामाङ सोसाइटी अफ नर्थ अमेरिकाको सल्लाहकारको भूमिका निर्वाह गरिदिन अनुरोध गरिएको भएता पनि उक्त प्रस्तावलाई हाम्रा अग्रजहरुले कहिल्यै स्वीकार नगरिएकोले तामाङ सोसाइटी अफ नर्थ अमेरिकाद्वारा गरिएको भनिएको कथित कारबाहीको कुनै अौचित्य नरहेको यथार्थ हामी यस विज्ञप्ति मार्फत स्पष्ट गर्दछौँ ।

तामाङ समाज अमेरिका कुनै पनि संस्थाको विरूद्ध नभै अमेरिकाको कानुन अन्तर्गत स्वतन्त्र रुपमा दर्ता भई हालै सम्पन्न प्रथम अधिवेशनबाट कार्यसमिति निर्वाचित भई स्पष्ट लक्ष्य र कार्यदिशाका साथ अघि बढिसकेको अवस्थामा तामाङ सोसाइटी अफ नर्थ अमेरिकाद्वारा गठित कथित समितिको कुनै औचित्य नभएको र त्यस्ता कथित वार्ता कमिटीसँग कुनै वार्ता नगरिने व्यहोरा यसै विज्ञप्ति मार्फत स्पष्ट पार्दै सर्वसाधारणलाई भ्रमित गर्ने कुन्ठित अभिलाषाबाट अभिप्रेरित उक्त भ्रमपूर्ण र विरोधाभास विज्ञप्तिबाट किन्चित पनि दिग्भ्रमित नहुनको लागि सम्पूर्ण सदस्य, विभिन्न संघ-संस्था र विश्व भरि फैलिएर रहेका तामाङ समुदायलाई हार्दिक अनुरोध गर्न चाहन्छौँ ।

बुध, अशोज २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रवास खबर बाट अन्य

हिन्दु मन्दिर तोडफोड, सबै मुर्ति नष्ट गर्दै ‘जिसस” लेखियो (भिडियो सहित)

विश्व हिन्दुहरुको पबित्र समय नवरात्रीको समय गत हप्ताको आइतबारको दिन अष्ट्रेलियाको सिड्नीमा रहेको एक हिन्दू मन्दिरमा तोडफोड भएको छ । सिड्नीमा रहेको भारतीय मन्दिरमा अज्ञात समूहले तोडफोड गरेका हुन् । उनीहरुले मन्दिरमा रहेका ३०...

१२ भन्दा बढ़ी देशका नागरिकहरूले नेपालीहरूलाई दिए उनीहरूकै भाषामा दशैको शुभकामना, भिड़ीयो सहित

सबै देशका नागरिकलाई आफ्नो भाषा संस्कृति र चाडपर्व महत्वपूर्ण लाग्छ । चाडपर्वहरूले विभिन्न देशमा छरीएका नेपालीहरू होस या अन्य कुनै देशका नागरिकहरूलाई नजिक ल्याउने काम गर्दछ । दशै तिहार, बुद्द जयन्ती, क्रिस्मस ईद पर्वहरू...

युएईमा एक झापालीले गरे आत्महत्या

युएई । युएईमा एक नेपालीले आत्महत्या गरेका छन् । दुवईको बर्केली कम्पनीमा क्लीनर काममा कार्यरत झापा खुदुनावारीका ३२ वर्षीय रुद्र प्रसाद ढकालले आत्महत्या गरेको सोही कम्पनीमा कार्यरत खुदुनावारीका धर्मलाल नायकले जानकारी दिए । नायकले जनाएअनुसार...

नि: शुल्क प्राथमिक उपचार भाग-२ झापामा सम्पन्न

असोज २२, झापा, नि:शुल्क प्राथमिक उपचार तालिम भाग-२ गत असोज १३ गते शुरु भएर आज झापामा भव्यताका साथमा सम्पन्न भएको छ । झापाको केन्द्रबिन्दु, बन्दमुक्त र शैक्षिक हब सुरुङ्गाको कनकाई बहुमुखी क्याम्पसको सभाहलमा आयोजित...

झापा मिलन समाज दक्षिण कोरियाको नाम र लोगो परिवर्तन

कोरिया | झापा मिलन समाज दक्षिण कोरियाले आफ्नो अफिसल नाम र लोगो परिवर्तन गरेको छ । बैदेशिक रोजगारीको शिलसिलामा द. कोरिया पुगेका झापालीहरुले २००७ मा स्थापना गरेका झापा मिलन समाजले आजबाट नाम र लोगो परिवर्तन गर्दै...

दक्षिण कोरियामा सम्पन्न प्रथम कन्काई कप फुटवल प्रतियोगिताको आय-ब्यय सार्वजनिक

हेम सुवेदी ७ अक्टोबर २०१८ सिओल झापा मिलन समाज दक्षिण कोरिया तथा झापा एफ सीद्वारा गत २०१८ जुलाई २९ तारिखका दिन सउलको सोयोसान मैदानमा भएको फुटबल प्रतियोगीताको आय-ब्यय विवरण सार्वजनिक गरेको छ । झापा मिलन समाजले सार्वजनिक...

१ अर्ब लगानीको लक्ष्य पुर्याउने घोषणा गर्दै अझासको दोस्रो सम्मेलन कोरियामा सम्पन्न

दक्षिण कोरिया | दोहा सम्मेलनको ५० करोडको उत्पादनशील क्षेत्रमा लगानीको लक्ष्यलाई १ अर्ब पुर्याउने घोषणा गर्दै ‘अन्तर्राष्ट्रिय झापाली समाज’ को दोस्रो सम्मेलन कोरियामा सम्पन्न भएको छ। सेप्टेम्बर २४, २५ र २६ मा सिओलमा सम्पन्न सम्मेलनले...

अमेरिकामा अन्तर्राष्ट्रिय तामाङ समन्वय समिति गठन

न्युयोर्क । तामाङ समाज अमेरिकाको अध्यक्ष सानुमाया तामाङको अध्यक्षतामा बसेको कार्यकारिणी बोर्डको प्रथम बैठकले तीन जना बोर्ड अफ डिरेक्टर मनोनयन गरेको छ । मनोनित हुनेहरुमा सुरेन्द्र लामा, मोतीलाल तामाङ र राजु तामाङ छन् । तामाङ...

अन्तर्राष्ट्रिय झापाली समाजको दोस्रो सम्मेलन दक्षिण कोरियामा शुरु

इजरायल | विश्व भरी छरिएर रहेका झापालीहरूको एउटै साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजले आफ्नो दोस्रो सम्मेलन दक्षिण कोरियामा आजबाट शुरु भएको छ । सम्मेलन आगामी सेप्टेम्बर २६ सम्म चल्नेछ । ‘समृद्ध झापाको लागि अन्तर्राष्ट्रिय झापाली...

तनहुँ सेवा समाज युएईको प्रथम साधारण भेला सप्पन्न । अध्यक्षमा पौडेल ।

युएई- वैदेशिक रोजगारीका लागि युएईमा रहेका तनहुवासीहरु एकजुट भएका छन् । आपसी हित, दुखसुखमा सहयोग गर्ने र जिल्लाको समग्र विकासमा यथासक्य योगदान गर्ने उदेश्यले तनहु सेवा समाज गठन गरेको नवगठित समाजका अध्यक्ष कृष्ण पौडेलले जानकारी...