शुभकामना शाकोसको छैठौं साधारणसभा सम्पन्न

हाम्रो दमक

दमक,२४ असोज / दमक–६ स्थित शुभकामना बचत तथा ऋण सहकारी संस्थाले बुधबार आफनो छैठौ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

पुरस्कार प्रदान गर्दे नगर प्रमुख ओली

स्थानीय मारवाडी सेवा समितिको सभाहलमा एक कार्यक्रम गरि आफनो साधारणसभा सम्पन्न गरेको हो ।  सभामा संस्थाका अध्यक्ष चन्द्र गजमेरले अध्यक्षको र लेखा संयोजक टिकाराम अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको वन्दसत्रले प्रस्तुत दुवै प्रतिवेदन सुझावसहित पारित गरिएको व्यवस्थापक उत्तम थापाले बताए ।
सो अवसरमा संस्थाले शेयर सदस्यका परिवारबाट एसईइ परिक्षामा उत्कृष्ठ अंक ल्याउने दुई जना, कक्षा १२ उत्तीर्ण हुने १ जना,उत्कृष्ठ कर्मचारीका रुपमा व्यवस्थापक थापा र शर्मिला वराइलीलाई नगद,सम्मानपत्रसहित पुरस्कृत गरिएको थियो । यस्तै, सहकारीले गएको वर्ष उत्कृष्ठ कारोवार गर्ने ३० जना, १० जना ज्येष्ठ सदस्यलाई समेत सम्मान गरेको थियो ।
सभामा नगर प्रमुख रोमनाथ ओली,दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल,सहकारीकर्मी मेघराज तिम्सीना,पत्रकार मनकुमार गदाललगायतले वोलेका थिए ।
८सय ४८ जना शेयर सदस्य रहेको सहकारीको हाल शेयर पूंजी ३६ लाख ९३ हजार २ सय रहेको छ ।   त्यस्तै ,संस्थाले सोहि अवधिमा ८ करोड ६५ लाख ४५ हजार २ सय २३ रुपैया वचत,१ करोड ७६ लाख १७ हजार ४ सय ८० रुपैया ऋण लगानी गरेको पारित प्रतिवेदनमा जनाईएको छ ।
                          पोख्रेललाई पत्रकारिता पुरस्कार
सहकारीले स्थापना गरेको पत्रकारिता पुरस्कारबाट पत्रकार बिष्णुप्रसाद पोखरेल पुरस्कृत भएका छन् ।
पोखरेललाई कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख ओली र संस्थाका अध्यक्ष गजमेरले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
पुरस्कृत पत्रकार गोरखापत्र दैनिकका समाचारदाता एवं सवाल नेपालका सम्पादक हुन् । पुरस्कारको राशि ५ हजार १ सय ११ सहित सम्मानपत्र रहेको छ ।

बुध, अशोज २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

टिफरको ठक्करवाट बालकको मृत्यु

गौरादह,२ असार । टिफरको ठक्करवाट झापाको गौरादहमा सोमबार एक जना बालकको ज्यान गएको छ ।  यसरी ज्यान जानेमा सुनसरीको तरहरा घर हाल गौरादह ७ स्थित आफन्तका घरमा बस्दैआएका १० बर्षिय ओमराज गिरी रहेको इलाका...

डिएसपीको कुर्सीमा बस्ने भारतीय नागरिक जेल चलान

विर्तामोड ,२ असार । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख (डीएसपी) को कुर्सीमा बसेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने म्यानपावर व्यवसायी पुर्पक्षका लागि जेल चलान भएका छन् । भारतको बैङ्ग्लोर घर भई हाल झापाको बिर्तामोडमा...

‘देशमा स्वस्थ्य राजनीतिको खडेरी छ   ’

दमक,१ असार । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले एक,दुई दशक भित्र देशमा नौलो किसिमको परिवर्तन हुनसक्ने वताएका छन् । समय अनुसार देशमा नसोचिएको परिवर्तन हुदैआएको वताउदै उनले अव छिटटै नौलो परिवर्तन आउने...

प्रदेश एकको ४२ अर्व २० करोड वजेट सार्वजनिक

विराटनगर,१ असार । प्रदेश एक सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्व २० करोड ४ लाख १२ हजारको बजेट विनियोजन गरेको छ । प्रदेश एक सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्गवोले...

जात्रीमा दमकमा सार्वजनिक विदाँ

दमक,१ असार । दमक नगरपालिकाले धिमाल जातिको महान पर्व सिरिजात ( जात्री पर्व )को अवसरमा भोलि एक दिनका लागि विदाँ दिएको छ । नगरपालिकाका कार्यवहाक प्रमुख बोधराज न्यौपानेले आज सूचना निकालेर भोलि सोमबार नगर क्षेत्र...

स्वर्णलक्ष्मी शाकोसद्धारा अग्नीपीडित दुई सदस्यलाई राहत

दमक,१ असार । आगोलागी पीडित आफना दुई जना शेयर सदस्य परिवारलाई दमक ८ को स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले नगद राहत प्रदान गरेको छ ।  दमक ५ स्थित आगलागी पीडित अमित किराना पसलका...

करदाताका लागि राजस्व कार्यालयमै वैक

दमक,१ असार । करदाताहरुको राजस्व लगायतका सुविधाका लागि झापाको दमकस्थित आन्तरिक राजस्व कार्यालयमा प्रभु बैकले एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । कार्यालयमा आज एक कार्यक्रम गरि काउण्टर सञ्चालनमा ल्याइएको बैकका प्रदेश नम्बर १ का...

इष्टुको प्रदेश समिति चयन

दमक,३२ जेठ । संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुको छाता संगठन संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले प्रदेश नं. १ प्रदेश कार्यसमिति चयन गरेको छ ।  शिक्षकहरुको पेशागत हकहितमा आवाज उठाउदै आएको इस्टुले यादव अधिकारीको अध्यक्षतामा...

विश्लेषक गिरी दमक आउदै

दमक,३२ जेठ । यूथ नेटवर्कको नियमित श्रृङखलामा सहभागि हुन भोलि नेपाली कांग्रेसका नेता तथा बिश्लेषक प्रदिप गिरी दमक आउदै छन् । स्थानीय गोरखा डिपार्टमेन्टल स्टोरमा भोलि आइतबार दिनको २ः३० वजेदेखि तीन घण्टा लामो सातौ...

दमकमा प्रथम नगर ब्याडमिन्टन प्रतियोगिता

दमक , ३२ जेठ । प्रथम दमक नगर ब्याडमिन्टन प्रतियोगिताको खुल्ला तर्फको उपाधि दमक ६को बद्री शाहको टिमले हात पारेको छ । बन्द्री र कमल शाहको टिमले वडानम्वर १को डिल्ली श्रेष्ठ र सरोज राईको टिमलाई...