घटस्थापना अवसरमा ठाँउ– ठाँउमा सरसफाई ( फोटो फिचर )

हाम्रो दमक

दमक,२४ असोज/  घटस्थापनाका अवसर पारेर आज दमकसहित जिल्लाका विभिन्न क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न भएका छन् ।
आफनो गाँउ,ठाँउलाई सधै सफासुग्घर राखौं भन्ने जनचेतनाका साथ विभिन्न संघसंस्थाहरुले सामूहिक रुपमा सरसफाईको आयोजना गरेका हुन् ।


यसैक्रममा कमल गाउँपालिका–५ र ६ मा वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको कमल –५ का वडाध्यक्ष डम्बर निरौलाले बताए । वडा कार्यालय,रेडक्रस लखनपुर उपशाखाको आयोजना तथा आधा दर्जन बढी विभिन्न संघसंस्थाहरुको सहभागितामा वृहत सरसफाई गरिएको थियो । सरसफाई त्यहाँको पाडाजुंगी, मंगलवारे,बसन्त चौक,सितापुरी,सावित्रामा एकैसाथ आयोजना गरिएको रेडक्रस लखनपुर उपशाखा सचिव पारषमणि राईले बताए । उनका अनुसार सरसफाईको समापन पाडाजुंगीमा आएर कोणसभा गरि समापन गरिएको थियो । रेडक्रसकी कार्यवहाक सभापति चन्द्रकला भण्डारीको अध्यक्षता तथा वडाध्यक्ष निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सरसफाई कार्यक्रममा स्थानीय सहकारी संस्थाहरु, सगुन युवा क्लव, आमा समूह,स्वर्गीक मार्ग संघ, जुनियर रेडक्रस ,कृतन मण्डली,शसस्त्र प्रहरी ,लगायतका संघसंस्थाहरुको सहभागिता रहेको थियो ।

यसैगरि दमकमा पनि होटल व्यवसायी संघसहितका विभिन्न संघसंस्थाहरुले सरसफाई सम्पन्न गरेका छन् । विभिन्न संघसंस्थाहरुको सहभागितामा दमकको चौंकमा सरसफाई गरिएको आयोजक होटल व्यवसायी संघ क्षेत्रीय समितिका अध्यक्ष राजन दंगालले बताएका छन् । सरसफाई कार्यक्रमलाई सफल बनाउन लायन्स क्लब अफ दमक ,दमक जेसीज ,दमक उद्योग बाणिज्य संघ ,पत्रकार मञ्च,दमक रन,गोरखा डिर्पाटमेन्ट दमक लगायतका संघसंस्था,व्यापारीक प्रतिष्ठानहरुको सहभागिता रहेको थियो ।
यसैगरि , शिवसताक्षीको दुधेमा आजनै विभिन्न संघसंस्थाहरुले दुधे वजार सरसफाई सम्पन्न गरेका छन् । त्यहाँका सहकारी संस्था,उद्योगी,व्यवसायीहरुको वृहत सहभागितामा दुधे वजार सरसफाई गरिएको स्थानीय पत्रकार छविलाल दवाडीले बताएका छन् ।

बुध, अशोज २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

वाणी माविको ५३ औ बार्षिकोत्सव

 कमल  ,३ पुस । कमल गाँउपालिका ६ स्थित वाणी माध्यमिक विद्यालयले ५३ औं बार्षिकोत्सव विभिन्न कार्यक्रमहरु गरि मनाएको छ । तीन दिनसम्म विद्यालयले खेलकुदसहित अभिभावकहरुवीच मनोरञ्जनात्मक कार्यक्रमहरु गरि बार्षिकोत्सव मनाईएको प्रधानाध्यापक लक्ष्मी प्रसाद डाँगीले...

नर्सहरुको माग सम्बोधन, आन्दोलन स्थगित

दमक,३ पुस । आन्दोलनरत नर्सहरुको मागलाई सम्बोधन गर्ने लिखीत सहमति भएपछि दमकको लाइफलाइन अस्पतालमा आन्दोलित नर्सहरुको आन्दोलन स्थगित भएको छ । आन्दोलन पक्ष र अस्पताल प्रशासन पक्षवीच मंगलवार भएको सहमति पछि नर्सहरुले जारी राखेको आन्दोलन...

इस्टर्नस्टार बोर्डिङ्ग स्कुलको बार्षिकोत्सव सम्पन्न

दमक,२ पुस । दमक ७ स्थित इस्टर्नस्टार बोर्डिङ्ग स्कुलले सोमबार विभिन्न कार्यक्रमहरु गरि २४ औं बार्षिकोत्सव मनाएको छ । स्कुलको प्राङ्गगणमा भएको बार्षिकोत्सव कार्यक्रममा चार वटा हाउसको प्राइमेरी ,लोवर सेकेन्डरी र सेकेण्डरी स्तरिय विद्यार्थीहरुवीच नृत्य,गायन...

इलाममा पुस ५ देखि मेची पर्यटन महोत्सव

इलाम, २ पुस । जिल्लामा ‘मेची पर्यटन महोत्सव’ यही पुस ५ देखि १६ गतेसम्म हने भएको छ । विभिन्न जातजातिको लोप हुन लागेको संस्कृतिको जगेर्ना, दुर्लभ जीवजन्तुको र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नका लागि उक्त...

केर्खा– क्याम्पा बजार हँुदै बैगुनधुरासम्म जोड्ने सडक अवरुद्ध

 केर्खा , २ पुस । कमल गाउँपालिको केर्खा– क्याम्पा बजार हँुदै बैगुनधुरासम्म जोड्ने सडक एक वर्ष बढी समयदेखि मर्मतका लागी भत्काएर नबनाएको भन्दै स्थानीयहरुले सडक अवरुद्ध गरेका छन् । सडकबाट निस्किएको धुलोले आफुहरुको स्वास्थ्यमा समस्या...

दमक प्रज्ञा प्रतिष्ठान गठन

दमक,२ पुस । दमक नगरपालिकाले दमक प्रज्ञा प्रतिष्ठान गठन गरेको छ । दमकलाई कर्मथलो वनाएर नेपाली भाषा, साहित्य, कला र संगीतको क्षेत्रमा क्रियाशील सर्जकहरुलाई समेटेर नगरपालिकाले प्रतिष्ठान गरेको जनाएको छ । प््रतिष्ठानको अध्यक्षमा लामो समयदेखि...

साहित्यकार तथा शिक्षासेवी श्रेष्ठको निधन

दमक,२ पुस ।   दमक– ९ स्थित चियादोकान चौक निवासी साहित्यकार तथा शिक्षासेवी कर्णकुमार श्रेष्ठको निधन भएको छ । झापाको गौरादहस्थित जनता माध्यमिक बिद्यालयमा शिक्षण पेशा गरी अवकास पछि दमकको चियादोकान चौकमा बस्दै आएका साहित्यकार श्रेष्ठको...

शिवसताक्षीको दूधेमा विद्युत महशुल काउन्टर

दुधे,२ पुस । झापाको शिवसताक्षीस्थित दूधेमा विद्युत महशुल काउन्टर सञ्चालनमा ल्याईएको छ । शिवसताक्षीका बासिन्दालाई विद्युत महशुल बुझाउन सहजताका लागि नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रले दुधेमा विद्युत महशुल काउन्टर सञ्चालनमा ल्याँएको हो । आज...

दमकको लाइफलाइन अस्पतालका नर्सहरु आन्दोलित

दमक,२ पुस । पेशागत हकहित लगायतका विभिन्न मागहरु राख्दै झापा ,दमकस्थित लाइफलाइन अस्पतालका नर्सहरु आन्दोलित भएका छन् । आइतबारदेखि अस्पतालमा कार्यरत एक सय बढी नर्सहरु विभिन्न सेवा,सुविधाहरु माग राख्दै आन्दोलित भएका हुन् । कार्यरत नर्सहरु...

मिस कोच इन्टरनेसनल २०१८ को उपाधि सदापलाई

बिर्तामोड । यसोदा फुड्स मिस कोच ईन्टरनेश्नल २०१८ को उपाधि भारत मेघालयकी हेरोलिन कोच सदापले हात पारेकि छन् । तिम्रो लागी तिम्रो करियर महत्वपुर्ण की तिम्रो परिवार भन्ने निर्णायकहरुको प्रश्नको जवाफमा उनले करियर र...