सेतुमारी– बालुवथान जोड्ने पुलको काम पुनः शुरु

–नगेन्द्रमणी न्यौपाने

दमक,२३ असोज/  झापाको दमक– १० स्थित सेतुमारीबाट गौरादह–९ स्थित बालुबथान जोड्ने रतुवा खोलामा पुल निर्माण कार्य पुनः अघि बढेको छ ।

ठेकेदार कम्पनी शर्मा एण्ड अनक जेभीले पुल निर्माण गरिरहेको हो । नेपाल सरकारको ३३ करोड ४२ रुपैयाको बजेटमा डिजाइनसहितको ठेक्का मार्फत गत बर्षको फागुनबाट ठेकेदार कम्पनीले पुलको पाईलिङको काम थालेको थियो ।

गएको वर्ष काम गर्नमा समस्या आएपछि पुल निर्माणको काम वीचमा रोकेको भएपनि अहिले पुनः निर्माणलाई निरन्तरता दिइरहेको छ ।

३०० मिटर लम्बाई र फुटपाथ समेत रहने गरि साढे दश मिटर चौडाको पुल निर्माण गरिन लागिएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर गुरुप्रसाद ढुङानाले जानकारी दिए । सडक बिभाग पुल महाशाखा आयोजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ धरानको प्रत्यक्ष निगरानीमा पुल निर्माण भइरहेको जनाइएको छ ।

पुल निर्माणका लागि डिजाईनसहित पुल १३ वटा पिलर रहने गरि निर्माण भइरहेको पुलको पाइलिङ गत वर्ष नै सकिएको र अहिले बेुस निर्माणको काम भइरहेको निर्माणपक्षले जनाएको छ ।

नर्माण गर्न २०७३ असार मा शर्मा एण्ड अनक जेभीले ठेक्का संझौता गरेको थियो । आउदो २०७६ सालको असार समसान्त सम्ममा सम्पूर्ण निर्माण पूरागरि सक्ने गरि ठेक्का संझौता गरिएको भएपनि सो अवधिमा पुल निर्माण सम्पन्न नहुने निर्माण पक्षले जनाएको छ । निर्माण पक्षका प्रोजेक्ट म्यानेजर ढुङेलका अनुसार ठेक्का संझौता अनुसार २०७६ को असार मसान्तमा पुल निर्माण सम्पन्न गरिसक्नु पर्ने भएपनि पहिलो डिजाईन स्वकृत नभए पछि पुनः स्थान परिवर्तन गरि अर्को डिजाईन गनुपर्ने प्राबिधिक समस्या भएपछि केहि समय बिलम्ब हुदाँ ठेक्का अवधिमै निर्माण सम्पन्न गर्न समस्या भएको बताए । शर्मा एण्ड अनक जेभीले हाल झापाको रतुवा र मावा खोलामा गरि ४ वटा पुल निर्माण गरिरहेको जनाएको छ ।

मङ्ल, अशोज २३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

बिर्तामोड शाखाबाट एकैदिन ११ वटा जोनडियर ट्याक्टर बिक्रि

बिर्तामोड । पछिल्लो समय कृषिको आधुनिकीकरणका लागि ट्याक्टरको प्रयोग अनिवार्यजस्तै बनेको छ । कृषिका लागि प्रयोग हुन थालेपछि नेपालमा ट्याक्टरको माग बढ्न थालेको हो । कृषिका अतिरिक्त सामान ढुवानीका लागि समेत प्रभावकारी हुने भएकाले...

बुढासुब्बा गोल्डकपको उपाधि डफिन्स क्यामारुनलाई

धरान ,४ फागुन । धरानमा सञ्चालित बुढासुब्बा गोल्डकपको उपाधि डफिन्स क्यामारुन क्लवले पाएको छ । २०५८ साल पछि पहिलो पटक बुढासुब्बा गोल्डकपमा फाइलनमा पुगेको आयोजक धरान फुटवल क्लवलाई हराउदै डफिन्स क्यामारुनले उपाधि जितेको हो...

पाँचथरमा चट्याङ लागेर एकको मृत्यु, १ घाईते

पाँचथर,४ फागुन । पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ पौवामा चट्याङले लागेर १ जनाको मृत्यु १ घाईते भएका छन् । आफ्नो घर नजिकै रहेको काकाको घरमा बसीरहेका बर्ष १७ को भगेन्द्र तामाङ र निजकै भाई बर्ष...

बोर्ड अफ ट्रष्टिचको नेतृत्व चयन

दमक,४ फागुन । दमक जेसीज बोर्ड अफ ट्रष्टिचको साधारणसभा सम्पन्न भएको छ । दमक जेसीज सचिवालयमा सम्पन्न साधारणसभाबाट बोर्ड अफ ट्रष्टिचको नयाँ कार्य समिति चयन भएको हो । वोर्ड अफ ट्रष्टिच दमक जेसीजका पूर्व...

शिक्षक संघको नगर परिषद सम्पन्न

गौरादह , ४ फागुन। नेपाल शिक्षक संघ गौरादह नगर समितिको प्रथम नगर परिषद भेला आज सम्पन्न भएको छ । सुर्योदय आधारभूत बिद्यालय धिमधिमेमा आयोजित कार्यक्रममा सहभागीहरुले पेशागत हितका लागि जिम्मेवारका साथ अगाडी वढ्नु पर्ने...

गौरीगंजमा सामूहिक सरसफाई

गौरीगंज ४, फागुन । गौरीगंज गाउँपालिका वार्ड नं ३ को बसपार्क देखि गौरीया खोेलाको पुलसम्मको बाटो आज सरसफाई गरिएको छ । प्रदेश नं १ भरिका सम्पुर्ण बसपार्क तथा बसबिसौनीहरूमा एकैसाथ सरसफाई गर्ने कार्यक्रम अन्तर्गत समुदाय...

बिर्तामोडलाई बन्दमुक्त गर्न पहल थालियो

बिर्तामोड, फागुन ४। उद्योग व्यवसाय तथा सुरक्षा क्षेत्रका प्रतिनिधिले सरोकारवालासँग समन्वय गरी बिर्तामोडलाई बन्दहड्ताल मुक्त गर्ने पहल थालेका छन् । आज शनिवार बिर्तामोडमा भएको छलफलमा सहभागीहरुले प्रदेश नं। १कै प्रमुख व्यापारिक केन्द्र तथा आधा दर्जन...

कमलमा आग्र्यनिक तरकारी विक्री सुरु

कमल,४ फागुन। झापाको कमल गाउँपालिका ३ स्थित उद्यमशिल जागरण महिला केन्द्रले उत्पादन गरेको आग्र्यनिक तरकारी आजबाट विक्रि गर्न सुरु गरेको छ । केन्द्रले सामूहिक रुपमा १० कठ्ठा जमिन भाडामा लिएर फुलकोपी र धनिया लगायतका तरकारी...

जातिगत पहिचान सुचिकृत गर्न माग

मोरङ ,४ फागुन । विराट राजवंशी समाज उत्थान समितिले आफ्नो जातिगत पहिचान सुचिकृत गर्न माग गर्दै बृहत भेला तथा खबरदारी सभा गर्ने भएको छ । समितिले नेपाल पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलन गरि सो बिषयमा जानकारी...

सङ्घीय ट्रेड युनियन महासंघको कनकाई समिति

दमक,४ फागुन । सङ्घीय लोकतान्त्रिक ट्रेडयुनियन महासंघको कनकाई नगर समिति गठन भएको छ । शनिबार आयोजित एक भेलाले उपेन्द्र घिमिरेको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश:...