दमक नगरपालिकालाई स्मार्ट सिटी बनाउने, आजबाट खुल्ला दिसामुक्त शहर घोषणा

१५ स्थानीय तह रहेको झापामा खुल्ला दिसामुक्त घोषणा हुने दमक एघारौं स्थानीय तह हो ।

हाम्रो दमक

दमक | प्रधानमन्त्री के.पी. शर्मा ओलीको गृहनगर दमक सोमबार खुल्ला दिसामुक्त घोषणा भएको छ । १५ स्थानीय तह रहेको झापामा खुल्ला दिसामुक्त घोषणा हुने दमक एघारौं स्थानीय तह हो ।

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले दमक नगरपालिकालाई खुल्ला दिसामुक्त घोषणाको प्रमाणपत्र प्रदान गरे ।

उद्घाटन मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि पोर्तेलले सरसफाइ र स्वच्छता नागरिकको संवैधानिक हक भएकोले यसलाई विकास र अधिकारको एक प्रमुख सूचकको रुपमा लिनुपर्ने बताए । सडक, कल्भर्ट र पुल पुलेसालाईमात्र विकास मान्ने प्रवृत्ति र चिन्तनलाई परिवर्तन गरेर शिक्षा, क्षमता अभिवृद्धि, स्वास्थ्य, सरसफाइ र सामाजिक समुन्नतिलाई विकासको सूचक मान्नुपर्ने अवस्था आएको उनले उल्लेख गरे ।
मुलुकका प्रधानमन्त्रीदेखि मन्त्री र राजनीतिक एवम् कर्मचारीतन्त्रमा झापाले नेतृत्व गरेको भए पनि सरसफाइ अभियानमा झापा पछाडि रहेको उल्लेख गर्दै सामाजिक समुन्नति र रुपान्तरणको नेतृत्व पनि अब झापाले गर्नुपर्ने समेत उनले बताए ।

कार्यक्रमका अध्यक्ष एवम् दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले पूर्ण सरसफाइ प्रतिवद्धता प्रस्तुत गर्दै सार्वजनिक क्षेत्र व्यवस्थापन गर्दै पूर्ण सरसफाइको यात्रामा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । दमक नगरपालिकालाई स्मार्ट सिटी बनाउने सूचकमध्ये खुल्ला दिसामुक्त घोषणा समेत एक प्रमुख सूचक भएको उल्लेख गरे । नगरपालिकालाई आगामी २ वर्षभित्र बालमैत्री नगरपालिका घोषणा गर्दै क्रमशः महिलामैत्री र अपांगमैत्री नगरपालिका घोषणा गर्ने योजना समेत नगर प्रमुख ओलीले सुनाए ।

सामाजिक समुन्नतिका सन्दर्भमा बोल्दै नगर प्रमुख ओलीले १८ वर्ष नपुगेका नागरिकले मदिरा किनबेच र सेवन गर्न नपाउने र लागु पदार्थ सेवन गरी बाहिर हिड्न पनि नपाउने नियम बनाउने समेत उल्लेख गरे ।

ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका जिल्ला संयोजक विनोद शर्माले पूर्ण सरसफाइ अभियानलाई योजनावद्ध रुपमा अघि बढाउन नगरपालिकालाई अनुरोध गरे ।

१४ हजार ४ उय ५२ घरधुरी रहेको दमक नगरपालिकामा अघिल्लो वर्षसम्म १३ हजार ७ सय १० घरधुरीमा सुरक्षित शौचालय रहेका थिए । बाँकी ७ सय ४९ घरधुरीमा यस वर्ष शौचालय निर्माण गरी खुल्ला दिसामुक्त घोषणा गरिएको उपप्रमुख गीता अधिकारीवारा प्रस्तुत प्रगति प्रतिवेदनमा उल्लेख छ ।

घोषणा समारोहमा नगरपालिकालाई खुल्ला दिसामुक्त अवस्थामा पु¥याउन सहयोग गर्ने संघसंस्था, निकाय र व्यक्तिहरुलाई नगरपालिकाको तर्फबाट सम्मान गरिएको थियो ।

नेपालकै होचो स्थानमा रहेको कचनकवल गाउँपालिका यही असोज २४ गते खुल्ला दिसामुक्त घोषणा हुँदैछ । सदरमुकाम समेत रहेको भद्रपुर नगरपालिका, पूर्वको प्रवेशद्वारको रुपमा मेचीनगर र हल्दिबारी गाउँपालिका खुल्ला दिसामुक्त हुन नसकेका कारण यही असोज महिनामा जिल्ला खुल्ला दिसामुक्त घोषणा गर्ने जिल्लाको लक्ष्य असफल भएको छ ।

सोम, अशोज २२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

यस्ता आठ प्रकारका सामाजिक सुरक्षा भत्ता बाँढ्दै सरकार ! कस्ता कस्ता नागरिकले पाउँदैछन भत्ता ?

काठमाडौँ। सरकारले चालू आर्थिक वर्ष ०७५/७६ मा विभिन्न ८ वर्गका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ। व्यवस्थापिका संसद्ले पास गरेको सामाजिक सुरक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनअनुसार यस्तो व्यवस्था हुन लागेको हो  । व्यवस्था...

दमक हाइवे सेतुमारी सडकको सात घुम्तिमा, दुर्घटना जोखिम बढदो

नगेन्द्रमणी न्यौपाने, दमक झापाको दमक नगरपालिका स्थित हाईवे सेतुमारी सडक खण्डको सात घुम्तिमा दुर्घटनाको जोखिम वढदै गएको सर्वसाधारणहरुले गुनासो गरेका छन । दमक नगरको दक्षिणी क्षेत्रलाई जोडने मुख्य यो सडक खण्डमा ५ वटा एल आरकारका घुम्ति...

वडादशैँको मौलिकता हराउँदै

नेपालीहरुको महान् चाड बडादशैँको खुशी र उमङ्ग सबैतिर छाइरहँदा यसको मौलिकतामा भने पछिल्लो समय ह्रास हँुदै जान थालेकोप्रति चिन्ता व्यक्त गर्न थालिएको छ । पूजा आराधना, शक्तिको उपासना र आपसी सद्भावको महत्वपूर्ण पर्व बडादशैँमा अर्काको...

दमकको चौंकमा राखिएका गमलाका फूलहरु मर्न थाले

दमक,३ कातिक / संरक्षणमा चासो नदिदाँ झापाको दमकमा सडक आसपास रोपिएका फूलहरु मर्न थालेका छन् । पानी तथा मल समयमा दिन नसक्दा अधिकांस गमलाका फूलहरु मर्न थालेका हुन् । मुख्यतय दमक चौंकको सडक पेटिहरुमा राखिएका...

के दशैँ, के तिहार ! आफन्तबाट टाढिएका भुटानी शरणार्थीहरुको जिवन काहाली लाग्दो बन्दै

दमक | पुर्वी नेपालको झापा र मोरङका विभिन्न शिविरहरुमा करिब तिन दशकयता शरणागत भुटानी शरर्णाीहरुको यस वर्षको दँशै पनि खल्लो बनेकोछ । तेस्रो देश पूर्नवासशुरु भएयता हाल शिविरमा विभिन्न कारणले परिवार संग विछोडिए छु्टेका शरणार्थीहरुको...

दमकमा मात्र ३५ करोड बढिको मासु खपत

दमक | अन्य दिनको तुलनामा चाडपर्वको समयमा बजारमा अत्याधिक मासु खपत हुने गरेको छ । बडदो शहरीकरण संगै बदलिदो मानिसको आधुनिक जिवन शैली ले गर्दा आफुले घरमा पशु बली दिने चलन हराउदै जाँदा बजार...

यो सरकारलाई देवीशक्तिको आशिर्वाद मिलेको छ: प्रधानमन्त्री

झापा, कात्तिक १, | प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई देवीशक्तिको पनि आशिर्वाद मिलेको बताउनु भएको छ । विहिबार झापाको बिर्तामोडमा आफैले आयोजना गरेको दसैं शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले आफु...

दशैंमा मेलाको उल्लास

दमक, ३१ असोज / झापामा यसवर्षको दशैं मेला शुरु भएको छ । विशेषत दशैंका अवसरमा लाग्दैआएका यस्ता परम्परागत मेलाहरु जिल्लामा शुरु भईसकेका छन् । घटस्थापनादेखि औपचारिक रुपमा शुरु हुने दशै मेला नवमीदेखि पूर्णिमासम्म बढी लाग्दैआएका...

हिमशिखर मिडियाको दशै विशेष शुभकामना आदान प्रदान तथा चियापान समारोह

दमक | झापाको दमकमा रहेको हिमशिखर मिडिया ग्रुपले आज दमकमा दशै विशेष शुभकामना आदान प्रदान तथा चियापान समारोह सम्पन्न गरेको छ । मोफसलमा रहेर करिब एक दशकयता स्थानीय स्तर देखि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर...

आफ्नै देशमा छ, करोडको कारोवार हुने अल्लोको कपडा

संखुवासभा | प्रख्यात कोसेलीका रुपमा परिचित अल्लोको कपडाको माग बिदेशमा समेत बढेको छ । अलैची र कृषि पेसा घाटा लागेपछि अल्लो ब्यवसायले आकर्षित बनाएको छ । सभापोखरी गाउँपालिका विश्व लिम्बूले अल्लोको कपडा सिलाइ लिएपछि उनले...