जनकल्याण विद्यालयलाई लखनपुर लायन्सको सहयोग

हाम्रो दमक

लखनपुर, २२ असोज/ लायन्स क्लब अफ लखनपुरले गौरादह १ स्थित श्रीलाल जनकल्याण आधारभूत विद्यालयमा स्कूल सहयोग कार्यक्रम अन्तर्गत सिकाईमा मद्धत पुर्याँउन टेलिभिजन प्रदान गरेको छ ।
क्लबले सोमबार विद्यालयमा आयोजना गरेको कार्यक्रममा त्यहाँका बालबालिकाको अध्ययनमा सहजता होस भन्ने उदेश्यले सो सामाग्री हस्तान्तरण गरेको लायन्स क्लब लखनपुरका प्रथम उपाध्यक्ष ज्ञानु पौडेलले बताए ।

सहयोग हस्तान्तरण गरिएपछि लायन्सकर्मीहरु

सो अवसरमा गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहले सामुदायिक विद्यालयका बालबालिकाहरुलाई पनि समायनुकुल प्राविधिमैत्री कक्षा सञ्चालनमा यस किसिमका उपकरणको सहयोगले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा लायन लिडर डाक्टर तिलक खनालले लायन्स क्लबले अन्तराष्ट्रियस्तरमै यस किसिमका सहयोगका कार्यक्रमहरु लिएर अघि बढिरहेको बताए ।
त्यस्तै, सहयोग हस्तान्तरण कार्यक्रममा लायन्स क्लब लखनपुरका पूर्व अध्यक्ष धर्मानन्द भट्टराईले सेवाको भावबाट उत्प्रेरित भएर लायन्सकर्मीहरु जुटिरहेको बताए ।
क्लबका अध्यक्ष प्रमोद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा गौरादह १ का वडाध्यक्ष नगेन्द्र भण्डारी, लायन्स क्लब अफ गौरादहका अध्यक्ष भुपाल कट्वाल लगायतले पनि बोलेका थिए । क्लबका सेक्रेटरी हेमसिंह अधिकारीले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष राजु खड्कासहित क्लबका पदाधिकारी तथा सदस्यहरु, विद्यालयका शिक्षक, अभिभावक लगायतको सहभागिता थियो ।
त्यसैगरी लायन्स क्लब अफ दमक स्विट सिटीले इलामको चुलाचुलीस्थित बाँझोगाउँ माविका ९० जना बालबालिकाहरुलाई स्कूल ब्याग प्रदान गरेको क्लबका अध्यक्ष विश्वास कश्यपले बताए ।

सोम, अशोज २२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

परिवर्तन हुँदै काठमाडौं उपत्यकाका सार्वजनिक सवारीका रूट

काठमाडौं । यातायात व्यवस्था विभागले अव्यवस्थित रूटका कारण जाम बढेको भन्दै काठमाडौं उपत्यकाको सवारी जाम नियन्त्रण गर्न हाल सञ्चालनमा रहेका सार्वजनिक सवारी रूट परिमार्जन गर्ने तयारी गरेको छ। एसियाली विकास बैंकको सहयोगमा सञ्चालित काठमाडौं दिगो...

यस्ता आठ प्रकारका सामाजिक सुरक्षा भत्ता बाँढ्दै सरकार ! कस्ता कस्ता नागरिकले पाउँदैछन भत्ता ?

काठमाडौँ। सरकारले चालू आर्थिक वर्ष ०७५/७६ मा विभिन्न ८ वर्गका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ। व्यवस्थापिका संसद्ले पास गरेको सामाजिक सुरक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनअनुसार यस्तो व्यवस्था हुन लागेको हो  । व्यवस्था...

सर्यो प्राचीन बजार ग्वाल्डुब्बा १०० मिटर पर

ग्वाल्डुब्बा | गौरादह नगरपालिकाको प्राचीन बजार ग्वाल्डुब्बा साबिक स्थानबाट १०० मिटर पुर्व सरेको छ । नया बजारमा हाल ३ वटा ब्लकमा जम्मा ३० वटा टहरा निर्माण गरिदैछ । बजार स्थलमा आवस्यक पर्ने बिजुली,  खानेपानी, सार्बजनिक...

सावधान ! बजारमा छ्याप छ्याप्ती नक्कली नोट, यसरी चिन्ने र बच्ने

काठमाडौं । नेपाल प्रहरीले आइबार राजधानीमा नक्कली नोट र त्यसका कारोबारीहरुलाई सार्वजनिक गरेको छ । प्रहरीले नक्कली नेाटका बेही कारोबारीहरु त पक्राउ, गर्‍यो, तर बजारमा त्यस्ता नक्कली नोटहरु कति गइसकेका छन् भन्ने चाहिँ यकिन हुन...

सन्थाल नृत्यमा शिवसताक्षी समूह प्रथम

लखनपुर,४ कातिक /  झापाको कमल गाँउपालिका–५ स्थित मंगलवारे वजारमा आयोजना गरिएको सन्थाल नृत्यमा शिवसताक्षी सन्थाल समूह प्रथम भएको छ । बडादशैको अवसरमा एकादशीका दिन शनिवार लाग्दै प्रतियोगितात्मक सन्थाल नृत्यमा प्रथम भएसंगै विजेता समूहले नगद...

सडकमा परेका खाल्डाखुल्डीका कारण दैनिक दुर्घटनाको जोखिम बढ्दै

धरान | धरानका सडकमा परेका खाल्डाखुल्डीका कारण दिनप्रतिदिन दुर्घटनाको जोखिम बढ्दै गएको छ । खाल्डाखुल्डकै कारण दैनिकजसो साना तथा ठूला सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् । धरानका सडक जिर्ण बनेपछि तत्कालीन नगरप्रमुख स्व. तारा...

सुनसान बनेको मुख्य राजमार्ग तथा बजारहरुमा ह्वात्तै चहलपहल

दमक | दशै शुरुभएसंगै दुई दिन देखि सुनसान बनेको मुख्य राजमार्ग तथा बजारहरुमा ह्वात्तै चहलपहल बढेको छ । अष्टमी देखी दशमीको टिका लगाउने क्रम शुरु नभएसम्म सडक तथा शहर बजारहरु सुनसान बनेका थिए । यसवर्षको...

सजाय सुनाएको २९ वर्षपछि पक्राउ

खोटाङ १ कार्तिक | खोटाङमा कर्तव्य ज्यान मुद्दामा सजाय सुनाइएका अभियुक्त २९ वर्षपछि पक्राउ छन् । २०४६ सालमा स्थानीय ढकबहादुर कार्कीको हत्या गरेर फरार रहेका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की असोज...

प्रधानमन्त्री ओली झापामा

दमक | प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउनु भएको छ । प्रधानमन्त्री ओली आफैले विगत वर्ष देखि आयोजना गर्दै आउनु भएको शुभकामना आदान प्रदान तथा चियापान समारोहमा सहभागि हुन आज झापा...

बल आश्रमलाई सहयोग हस्तान्तरण

दमक, १ कातिक / झापा, दमक–२ मा निर्माणाधीन हाम्रो वाल आश्रमलाई विभिन्न क्षेत्रहरुबाट सहयोग जुट्ने क्रम बढ्दै गएको छ । यसैक्रममा दमक वजारमा सञ्चालन हुदैआएको सक्रिय युवा क्लव मेला व्यस्थापन समितिले पनि आश्रमको भवन निर्माणका...