आश्रमलाई इष्टर्न लायन्सको सहयोग

हाम्रो दमक

दमक,२२ असोज /  झापाको दमक –२ मा रहेको निर्माणाधिन हाम्रो बाल आश्रमलाई स्थानीय लायन्स क्लब अफ दमक इष्टर्न लायनले रु ३० हजार रुपैयाँ सहयोग दिएको छ ।

 

आश्रम सञ्चालकलाई इष्र्टन लायन्सले सहयोग हस्तान्तरण गर्दे ।

आज आश्रम परिसरमा क्लबले एक कार्यक्रम गरि सो रकम बराबरको चेक आश्रमका अध्यक्ष प्रकाश थापालाई हस्तान्तरण गरेको हो ।
लायन्स क्लबको रिजन चेयर पर्सन प्रहर क्षेत्रीको प्रमुख आतिथ्यता र क्लबका अध्यक्ष विमल शर्माको अध्यक्षतामा भएको सो सहयोग हस्तान्तरण गरिएको थियो । कार्यक्रममा आश्रमका अध्यक्ष थापाले संस्थाको उद्देश्य असहाय तथा अनाथ , अपाङग बालबालिकाहरुलाई संरक्षण गरि संस्थाकै अभिभावकत्वमा शिक्षा,दिक्षा दिलाउने र पालनपोषण गर्ने रहेको बताए ।
सो आश्रम दमकका युवाहरुको सक्रियतामा करीब रु ३५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने क्रममा रहेको अध्यक्ष थापाले बताए । अव आश्रमलाई सम्पन्न गर्न थप रु ५ लाख रुपैयाँ आवश्यक रहेको आश्रमका सञ्चालक सदस्य तुलसीराम तिम्सिनाले जानकारी दिए ।

सोम, अशोज २२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

मुसहर बस्तीको विकास ‘पहिलो प्राथमिकतामा’

बिर्तामोड, ५ फागुन। बिर्तामोड नगरपालिका वडा नं ३ र १० मा रहेको मुसहर बस्तीको विकासलाई पहिलो प्राथमिकतामा राख्ने स्थानीय जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । सरकारी तथा सार्वजनिक सेवाप्रदायक निकायसम्म पहुँच नभएका ७६ जना जनसंख्या रहेको...

बिर्तामोड शाखाबाट एकैदिन ११ वटा जोनडियर ट्याक्टर बिक्रि

बिर्तामोड । पछिल्लो समय कृषिको आधुनिकीकरणका लागि ट्याक्टरको प्रयोग अनिवार्यजस्तै बनेको छ । कृषिका लागि प्रयोग हुन थालेपछि नेपालमा ट्याक्टरको माग बढ्न थालेको हो । कृषिका अतिरिक्त सामान ढुवानीका लागि समेत प्रभावकारी हुने भएकाले...

बुढासुब्बा गोल्डकपको उपाधि डफिन्स क्यामारुनलाई

धरान ,४ फागुन । धरानमा सञ्चालित बुढासुब्बा गोल्डकपको उपाधि डफिन्स क्यामारुन क्लवले पाएको छ । २०५८ साल पछि पहिलो पटक बुढासुब्बा गोल्डकपमा फाइलनमा पुगेको आयोजक धरान फुटवल क्लवलाई हराउदै डफिन्स क्यामारुनले उपाधि जितेको हो...

पाँचथरमा चट्याङ लागेर एकको मृत्यु, १ घाईते

पाँचथर,४ फागुन । पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ पौवामा चट्याङले लागेर १ जनाको मृत्यु १ घाईते भएका छन् । आफ्नो घर नजिकै रहेको काकाको घरमा बसीरहेका बर्ष १७ को भगेन्द्र तामाङ र निजकै भाई बर्ष...

बोर्ड अफ ट्रष्टिचको नेतृत्व चयन

दमक,४ फागुन । दमक जेसीज बोर्ड अफ ट्रष्टिचको साधारणसभा सम्पन्न भएको छ । दमक जेसीज सचिवालयमा सम्पन्न साधारणसभाबाट बोर्ड अफ ट्रष्टिचको नयाँ कार्य समिति चयन भएको हो । वोर्ड अफ ट्रष्टिच दमक जेसीजका पूर्व...

शिक्षक संघको नगर परिषद सम्पन्न

गौरादह , ४ फागुन। नेपाल शिक्षक संघ गौरादह नगर समितिको प्रथम नगर परिषद भेला आज सम्पन्न भएको छ । सुर्योदय आधारभूत बिद्यालय धिमधिमेमा आयोजित कार्यक्रममा सहभागीहरुले पेशागत हितका लागि जिम्मेवारका साथ अगाडी वढ्नु पर्ने...

गौरीगंजमा सामूहिक सरसफाई

गौरीगंज ४, फागुन । गौरीगंज गाउँपालिका वार्ड नं ३ को बसपार्क देखि गौरीया खोेलाको पुलसम्मको बाटो आज सरसफाई गरिएको छ । प्रदेश नं १ भरिका सम्पुर्ण बसपार्क तथा बसबिसौनीहरूमा एकैसाथ सरसफाई गर्ने कार्यक्रम अन्तर्गत समुदाय...

बिर्तामोडलाई बन्दमुक्त गर्न पहल थालियो

बिर्तामोड, फागुन ४। उद्योग व्यवसाय तथा सुरक्षा क्षेत्रका प्रतिनिधिले सरोकारवालासँग समन्वय गरी बिर्तामोडलाई बन्दहड्ताल मुक्त गर्ने पहल थालेका छन् । आज शनिवार बिर्तामोडमा भएको छलफलमा सहभागीहरुले प्रदेश नं। १कै प्रमुख व्यापारिक केन्द्र तथा आधा दर्जन...

झापामा ३३ वटा अवैध मदिरा पसल वन्द

दमक ,४ फागुन । झापालाई मदिरा नियन्त्रित घोषणा गरिएपछि त्यसको प्रभावकारी देखिदैं गएको छ । प्रहरी प्रशासन, व्यवसायी, राज नीतिक दल तथा स्थानीय सरकारहरुको सहमतिमा माघ १ गते देखि जिल्लालाई मदिरा नियन्त्रित घोषणा गरिएको...

कमलमा आग्र्यनिक तरकारी विक्री सुरु

कमल,४ फागुन। झापाको कमल गाउँपालिका ३ स्थित उद्यमशिल जागरण महिला केन्द्रले उत्पादन गरेको आग्र्यनिक तरकारी आजबाट विक्रि गर्न सुरु गरेको छ । केन्द्रले सामूहिक रुपमा १० कठ्ठा जमिन भाडामा लिएर फुलकोपी र धनिया लगायतका तरकारी...