नेशनल इलेक्ट्रोनिक्सको दशैं धमका

हाम्रो दमक

दमक,२२ असोज/ दमकमा रहेको नेशनल इलेक्ट्रोनिक्सले दशैको अवसर पारेर आर्कषक छुटसहित उपहार कार्यक्रम ल्याएको छ । अघिल्ला वर्ष झै यसवर्ष पनि नेशनलले इलेक्ट्रोनिक्स समानको खरिदमा छुटसहित उपहार कार्यक्रम ल्याएको हो ।
नेशनल इलेक्ट्रनिक्सका सञ्चालक रमेश लुईटेलका अनुसार दशैका अवसर पारेर आफना उपभोक्ताहरुका लागि आर्कषक अफर ल्याईएको छ ।

अफर कार्यक्रम अन्र्तगत असोज २४ – २६ गतेसम्म हरेक समान खरिदमा अधिकतम ३० प्रतिशत छुट , लक्की ड्र पाउने छन् । नेशनलले दुई वर्ष यता ब्राण्डेड कम्पन्नी सामसुङ ,यसुदा र साम्सुईका टिभी,फ्रिज,वासिङ मेसिन,एसी,कुलर,ओभन, कुकर जस्ता घरायसी समानहरुको विक्री गरिआएको छ । लक्की ड्रका विजेताले समेत आर्कषक गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
सञ्चालक लुईटेलले उपभोक्ताहरुको सुविधाका लागि हरेक समानहरुको खरिदमा दशै अफर योजना ल्याईएको बताए । गुणस्तरिय समान खरिदमा यस अफरले उपभोक्ताहरुलाई थोरै भएपनि राहत मिल्ने उनको भनाई छ । अफर योजनाका बारे जानकारी गराउदै सञ्चालक लुईटेलले समान खरिदमा आर्कषक छुटसहित होम डेलिभेरी,जडान शुल्क समेत निशुल्क गरिएको बताए ।
एक दशक बढीदेखि ब्राण्डेड डेल,लेनेभो कम्प्यूटर,ल्यापटप,प्रिन्टर लगायतका समानहरु विक्रीआएको नेशनलले दुई वर्षयता दमकको आकासे पुल नजिकै नेशनल इलेक्ट्रानिक्स सञ्चालनमा ल्याएको छ ।

सोम, अशोज २२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

मुसहर बस्तीको विकास ‘पहिलो प्राथमिकतामा’

बिर्तामोड, ५ फागुन। बिर्तामोड नगरपालिका वडा नं ३ र १० मा रहेको मुसहर बस्तीको विकासलाई पहिलो प्राथमिकतामा राख्ने स्थानीय जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । सरकारी तथा सार्वजनिक सेवाप्रदायक निकायसम्म पहुँच नभएका ७६ जना जनसंख्या रहेको...

बिर्तामोड शाखाबाट एकैदिन ११ वटा जोनडियर ट्याक्टर बिक्रि

बिर्तामोड । पछिल्लो समय कृषिको आधुनिकीकरणका लागि ट्याक्टरको प्रयोग अनिवार्यजस्तै बनेको छ । कृषिका लागि प्रयोग हुन थालेपछि नेपालमा ट्याक्टरको माग बढ्न थालेको हो । कृषिका अतिरिक्त सामान ढुवानीका लागि समेत प्रभावकारी हुने भएकाले...

बुढासुब्बा गोल्डकपको उपाधि डफिन्स क्यामारुनलाई

धरान ,४ फागुन । धरानमा सञ्चालित बुढासुब्बा गोल्डकपको उपाधि डफिन्स क्यामारुन क्लवले पाएको छ । २०५८ साल पछि पहिलो पटक बुढासुब्बा गोल्डकपमा फाइलनमा पुगेको आयोजक धरान फुटवल क्लवलाई हराउदै डफिन्स क्यामारुनले उपाधि जितेको हो...

पाँचथरमा चट्याङ लागेर एकको मृत्यु, १ घाईते

पाँचथर,४ फागुन । पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ पौवामा चट्याङले लागेर १ जनाको मृत्यु १ घाईते भएका छन् । आफ्नो घर नजिकै रहेको काकाको घरमा बसीरहेका बर्ष १७ को भगेन्द्र तामाङ र निजकै भाई बर्ष...

बोर्ड अफ ट्रष्टिचको नेतृत्व चयन

दमक,४ फागुन । दमक जेसीज बोर्ड अफ ट्रष्टिचको साधारणसभा सम्पन्न भएको छ । दमक जेसीज सचिवालयमा सम्पन्न साधारणसभाबाट बोर्ड अफ ट्रष्टिचको नयाँ कार्य समिति चयन भएको हो । वोर्ड अफ ट्रष्टिच दमक जेसीजका पूर्व...

शिक्षक संघको नगर परिषद सम्पन्न

गौरादह , ४ फागुन। नेपाल शिक्षक संघ गौरादह नगर समितिको प्रथम नगर परिषद भेला आज सम्पन्न भएको छ । सुर्योदय आधारभूत बिद्यालय धिमधिमेमा आयोजित कार्यक्रममा सहभागीहरुले पेशागत हितका लागि जिम्मेवारका साथ अगाडी वढ्नु पर्ने...

गौरीगंजमा सामूहिक सरसफाई

गौरीगंज ४, फागुन । गौरीगंज गाउँपालिका वार्ड नं ३ को बसपार्क देखि गौरीया खोेलाको पुलसम्मको बाटो आज सरसफाई गरिएको छ । प्रदेश नं १ भरिका सम्पुर्ण बसपार्क तथा बसबिसौनीहरूमा एकैसाथ सरसफाई गर्ने कार्यक्रम अन्तर्गत समुदाय...

बिर्तामोडलाई बन्दमुक्त गर्न पहल थालियो

बिर्तामोड, फागुन ४। उद्योग व्यवसाय तथा सुरक्षा क्षेत्रका प्रतिनिधिले सरोकारवालासँग समन्वय गरी बिर्तामोडलाई बन्दहड्ताल मुक्त गर्ने पहल थालेका छन् । आज शनिवार बिर्तामोडमा भएको छलफलमा सहभागीहरुले प्रदेश नं। १कै प्रमुख व्यापारिक केन्द्र तथा आधा दर्जन...

झापामा ३३ वटा अवैध मदिरा पसल वन्द

दमक ,४ फागुन । झापालाई मदिरा नियन्त्रित घोषणा गरिएपछि त्यसको प्रभावकारी देखिदैं गएको छ । प्रहरी प्रशासन, व्यवसायी, राज नीतिक दल तथा स्थानीय सरकारहरुको सहमतिमा माघ १ गते देखि जिल्लालाई मदिरा नियन्त्रित घोषणा गरिएको...

कमलमा आग्र्यनिक तरकारी विक्री सुरु

कमल,४ फागुन। झापाको कमल गाउँपालिका ३ स्थित उद्यमशिल जागरण महिला केन्द्रले उत्पादन गरेको आग्र्यनिक तरकारी आजबाट विक्रि गर्न सुरु गरेको छ । केन्द्रले सामूहिक रुपमा १० कठ्ठा जमिन भाडामा लिएर फुलकोपी र धनिया लगायतका तरकारी...