दमकसहित झापाका १३ वटा सडक अलपत्र

–नगेन्द्रमणी न्यौपाने

दमक, २२ असोज/  गएको निर्वाचन ताका प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका दमकको हाइवे सेतुमारी सडक कालोपत्रेका लागि बजेट नुहदाँ निर्माण कार्य अलपत्र बनेको छ ।

दमक– १० स्थित संगम चोकदेखि सेतुमारीको मावा खोला पुलसम्मको साढे ६ किलोमिटर लामो सडकको कालोपत्रे गर्ने काम बजेट अभाव हुदाँ अलपत्र परेको हो ।

दमकको हाइवे सेतुमारी सडक

डिभिजन सडक कार्यालय दमक झापा अन्र्तगत दमक हाईवे –सेतुमारी सडकको कालोपत्रेका लागि काम शुरु भएको थियो । सो सडकको रौताह, आर के जेभीले २०७३ साल पुष १ गते ६ करोड ४७ लाख ८६ हजार ९ सय ४७ रुपैया ४६ पैसा अनुमानित बजेटबाट ठेक्का मार्फत ३ करोड ७७ लाख ८८ हजार ८ सय १ रुपैया ७७ पैसामा नेपाल सरकारको बजेटबाट २०७५ साल मंसिर २९ गते कालोपेत्रको काम सम्पन्न गर्ने गरि ठेक्का मार्फत काम शुरु गरेको थियो ।

निर्माण कम्मनीले गतवर्ष सो सडकमा चार वटा कल्र्भट र कालोपत्रे गरिने सवैभागमा १ करोड ९४ लाख ९२ हजार २ सय १३ रुपैया ११ पैसा खर्च गरि सव बेसको काम गरिसकेको डिभिजन सडक दमकका इन्जिनियर दिपेन्द्र चौधरीले जानकारी दिए ।

निर्माण पक्षले गत वर्षनै सबवेसको काम गरिसकेको भएपनि सो आयोजना शिर्षकको बजेट नहुदाँ बाँकी काम अगाडि बढाउन समस्या भएको इन्जिनियर चौधरीले जानकारी दिए । उनका अनुसार प्राविधिक हिसाबले गत वर्ष गरिएको सव बेशमाथि कालोपत्रे गर्न नसकिने भएकाले पुन सवबेशको काम गर्नुपर्ने भएको छ । जसका कारण अब यो सडकलाई पूर्णता दिन पुरानो बजेटले नपुग्ने भएकाले लागत समेत बढ्ने चौधरीको अनुमान छ ।              

१३ वटा सडक अलपत्र

डिभिजन सडक कार्यालय दमकका प्रमुख राजेशकुमार यादवका अनुसार अहिले झापामा करिब ७ करोड बराबरका १३ सडकको बजेट अभाब हुदाँ कलोपत्रे गर्र्ने काम अघि बढ्न सकेको छैन् । जसमा दमकमा मात्र चार वटा सडक अलपत्र बनेका छन । दमकमा ति सडकको शिर्षक बजेट नहुदाँ हिमावि मधुमल्ला, कृष्ण मन्दिर– बेलडाँगी, हाइवे– सेतुमारी र दमक– चक्रपथ सडक रहेको डिभिजन सडक दमक प्रमुख यादबले बताए । यसैगरि पश्चिम झापाको लखनपुर– मंगलबारे मजुरभिटटा हुदै शिवगञ्ज, गौरादह बैगुनधुरा –कोरोवारी सडक, गौरादह मिलन चौक –फत्तेपुर सडक तथा धममपुरको राना मिल– कुन्जिवारी, धरमपुर बस्नेत चोक जोड्ने सडक रहेका छन् । झापाकै पूर्वी क्षेत्रको जलथल अधिकारी चोक– घेरावारी सडक , पाठामारी– बालुमारी सडक, पथरीया –सुकुना डिपदेबी घेरावारी सडक र केचना चक्रपथ रहेका छन् ।

काम अघि बढ्ने अन्यौल

डिभिजन सडक कार्यालय दमकका प्रमुख राजेशकुमार यादबका अनुुसार यी सडकको काम कहिलेबाट अघि बढ्छ भन्ने पनि अन्यौलमै रहेको छ । निर्माण कार्यमा देखिएको बजेट अभाबको समस्या झापामा मात्र नभएर मुलुक भरकै भएकाले कहिले यी सडकको शिर्षक बजेट आँउछ भन्ने यकिन भइनसकेको प्रमुख यादबको भनाई छ । झापामा योजनामा परेका सवै सडक निर्माणका लागि सम्बन्धित मन्त्रालय अन्र्तगतको विभागमा माग गरिएको पनि अहिलेसम्म ती काममा वजेटका बारे कुनै जानकारी प्राप्त नभएको प्रमुख यादबले बताए ।

सोम, अशोज २२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

यस्ता आठ प्रकारका सामाजिक सुरक्षा भत्ता बाँढ्दै सरकार ! कस्ता कस्ता नागरिकले पाउँदैछन भत्ता ?

काठमाडौँ। सरकारले चालू आर्थिक वर्ष ०७५/७६ मा विभिन्न ८ वर्गका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ। व्यवस्थापिका संसद्ले पास गरेको सामाजिक सुरक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनअनुसार यस्तो व्यवस्था हुन लागेको हो  । व्यवस्था...

दमक हाइवे सेतुमारी सडकको सात घुम्तिमा, दुर्घटना जोखिम बढदो

नगेन्द्रमणी न्यौपाने, दमक झापाको दमक नगरपालिका स्थित हाईवे सेतुमारी सडक खण्डको सात घुम्तिमा दुर्घटनाको जोखिम वढदै गएको सर्वसाधारणहरुले गुनासो गरेका छन । दमक नगरको दक्षिणी क्षेत्रलाई जोडने मुख्य यो सडक खण्डमा ५ वटा एल आरकारका घुम्ति...

वडादशैँको मौलिकता हराउँदै

नेपालीहरुको महान् चाड बडादशैँको खुशी र उमङ्ग सबैतिर छाइरहँदा यसको मौलिकतामा भने पछिल्लो समय ह्रास हँुदै जान थालेकोप्रति चिन्ता व्यक्त गर्न थालिएको छ । पूजा आराधना, शक्तिको उपासना र आपसी सद्भावको महत्वपूर्ण पर्व बडादशैँमा अर्काको...

दमकको चौंकमा राखिएका गमलाका फूलहरु मर्न थाले

दमक,३ कातिक / संरक्षणमा चासो नदिदाँ झापाको दमकमा सडक आसपास रोपिएका फूलहरु मर्न थालेका छन् । पानी तथा मल समयमा दिन नसक्दा अधिकांस गमलाका फूलहरु मर्न थालेका हुन् । मुख्यतय दमक चौंकको सडक पेटिहरुमा राखिएका...

के दशैँ, के तिहार ! आफन्तबाट टाढिएका भुटानी शरणार्थीहरुको जिवन काहाली लाग्दो बन्दै

दमक | पुर्वी नेपालको झापा र मोरङका विभिन्न शिविरहरुमा करिब तिन दशकयता शरणागत भुटानी शरर्णाीहरुको यस वर्षको दँशै पनि खल्लो बनेकोछ । तेस्रो देश पूर्नवासशुरु भएयता हाल शिविरमा विभिन्न कारणले परिवार संग विछोडिए छु्टेका शरणार्थीहरुको...

दमकमा मात्र ३५ करोड बढिको मासु खपत

दमक | अन्य दिनको तुलनामा चाडपर्वको समयमा बजारमा अत्याधिक मासु खपत हुने गरेको छ । बडदो शहरीकरण संगै बदलिदो मानिसको आधुनिक जिवन शैली ले गर्दा आफुले घरमा पशु बली दिने चलन हराउदै जाँदा बजार...

यो सरकारलाई देवीशक्तिको आशिर्वाद मिलेको छ: प्रधानमन्त्री

झापा, कात्तिक १, | प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई देवीशक्तिको पनि आशिर्वाद मिलेको बताउनु भएको छ । विहिबार झापाको बिर्तामोडमा आफैले आयोजना गरेको दसैं शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले आफु...

दशैंमा मेलाको उल्लास

दमक, ३१ असोज / झापामा यसवर्षको दशैं मेला शुरु भएको छ । विशेषत दशैंका अवसरमा लाग्दैआएका यस्ता परम्परागत मेलाहरु जिल्लामा शुरु भईसकेका छन् । घटस्थापनादेखि औपचारिक रुपमा शुरु हुने दशै मेला नवमीदेखि पूर्णिमासम्म बढी लाग्दैआएका...

हिमशिखर मिडियाको दशै विशेष शुभकामना आदान प्रदान तथा चियापान समारोह

दमक | झापाको दमकमा रहेको हिमशिखर मिडिया ग्रुपले आज दमकमा दशै विशेष शुभकामना आदान प्रदान तथा चियापान समारोह सम्पन्न गरेको छ । मोफसलमा रहेर करिब एक दशकयता स्थानीय स्तर देखि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर...

आफ्नै देशमा छ, करोडको कारोवार हुने अल्लोको कपडा

संखुवासभा | प्रख्यात कोसेलीका रुपमा परिचित अल्लोको कपडाको माग बिदेशमा समेत बढेको छ । अलैची र कृषि पेसा घाटा लागेपछि अल्लो ब्यवसायले आकर्षित बनाएको छ । सभापोखरी गाउँपालिका विश्व लिम्बूले अल्लोको कपडा सिलाइ लिएपछि उनले...