संघीय लिम्बुवान मञ्च बुद्धशान्तिको अध्यक्षमा तवेगुङ्ग, सचिवमा राई

हाम्रो दमक

बुधबारे, असोज २१ । संघीय लिम्बुवान मञ्च नेपाल बुद्धशान्तिको प्रथम अधिवेशनले पूर्ण तवेगुङको अध्यक्षतामा २४ सदस्यीय कार्यसमिति चयन भएको छ । आइतबार बुधबारेमा भएको अधिवेशनले उपाध्यक्षमा डिल्लीनारायण श्रेष्ठ, सुजन बेघा, ज्ञानमाया लिम्बु, प्रदिप राई, मीरा योञ्जन र सन्तोष कुमार लिम्बुलाई चयन गरेको छ ।

त्यस्तै सचिवमा नन्दु राई, सहसचिवमा गजुहाङ योङहाङ, अर्थ सचिवमा देवेन्द्र लिम्बु चयन भएका छन् । सिनियर फिल्ड कमाण्डरमा पूर्ण सुहाङ चयन भएका छन् ।

बुद्धविर गुरुङको सभापतित्व तथा सांसद विष्णु तुम्बाहाम्फेको प्रमुख आतिथ्यमा भएको प्रथम अधिवेशनमा पहिचान सहितको १० प्रान्त र १ विशेष प्रान्त सहित ११ प्रान्तलाई संविधानले नै सुरक्षित गरिनुपर्ने जोडदार माग गरिएको छ । कार्यक्रममा पार्टी केन्द्रीय उपाध्यक्ष नन्दु विष्ट, केन्द्रीय महासचिव संगम खनाल, प्रान्तिय महासचिव शान्ता योङहाङ, जिल्ला अध्यक्ष धनबहादुर पङधाक, वरिष्ठ उपाध्यक्ष नगेन राई लगायतको आतिथ्यता रहेको थियो ।

आइत, अशोज २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

गुठीसम्बन्धी विधयेक पास हुन दिदैनौ: देउवा

काठमान्डाैं | नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गुठीसम्बन्धी विधयेक पास हुन नदिने बताउनुभएको छ । आज हेटौँडामा आयोजित नेपाल सांस्कृतिक सङ्घको जिल्ला सभापति एवं विधागत सङ्घका सभापतिको राष्ट्रिय प्रशिक्षण भेलामा पूर्वप्रधानमन्त्री देउवाले देशमा सांस्कृतिक...

गुठीको विरोधमा दमकमा लिम्बुवानको कोणसभा

दमक,३१ जेठ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालले सरकारले ल्याउन लागेको गुठी विधेयक, लोकसेवा आयोगले प्रकाशित गरेको असंवैधानिक विज्ञापनको विरोधमा कोणसभा गरेको छ ।दमकको गणतन्त्र चौंकमा भएको कोणसभामा बोल्दै वक्ताहरुले...

सरकारले अरिंगाललाई जिस्क्याउनुु, आफ्नै काल निम्त्याउनु हो : नेता श्रेष्ठ

काठमाडौँ, २७ जेठ । समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले गुथि विधेयकको नाममा जनताको धार्मिक साँस्कृतिक आस्थामाथि प्रहार गर्नु सरकारको ठूलो गल्ती भएको बताएको छ । उनले यो कुरा गुठी सम्बन्धी कानुनलाई एकीकरण...

झापाका स्थानीय सरकारलाई दलहरुको सुझाव

बिर्तामोड ,२४ जेठ । झापाका राजनीतिक दलका प्रमुख नेताहरुले स्थानीय सरकारका नीति, कार्यक्रम र बजेटमा उत्पादनमुखी कृषि तथा उद्योग, सिपमुलक शिक्षा, भरपर्दो स्वास्थ्य सेवा र रोजगारमुखी कार्यक्रमलाई प्राथमिकता दिन सुझाव दिएका छन् । आज बिर्तामोडमा...

जनमुक्तिको भ्रष्टचार विरुद्धको हस्ताक्षार अभियान

दमक,२२ जेठ । राष्ट्रिय जनमुक्ति पार्टीले झापामा बुधबारदेखि पार्टी संगठन सुढिढकरणसंगै भ्रष्टचार विरुद्धको राष्ट्रिय हस्ताक्षार अभियान शुरु गरेका छन् । दमकदेखि औपचारिक रुपमा उक्त एक हप्ते अभियान शुरुवात गरिएको पार्टीका जिल्ला अध्यक्ष पर्शुराम मगरले...

छायाँ सरकारले ओली सरकारको एक–एक हिसाब किताब राख्ने: देउवा

रुपन्देही | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी खरिद र बालुवाटार जग्गा प्रकरणबारे सुक्ष्म अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियन रुपन्देहीले आइतबार बिहान भैरहवा विमानस्थलमा आयोजना गरेको पत्रकार...

सरकार पाँचै वर्ष ओलीजीले चलाउनुहुन्छ: प्रचण्ड

धरान | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण ताका भएको गोप्य सहमतिलाई मिडियाले फरक ढङ्गले व्याख्या गरिदिएको भन्दैं गुनासो व्यक्त गरेका छन्। सुनसरी क्षेत्र नं–१ का कार्यकता प्रशिक्षण तथा भेटघाट कार्यक्रमलाई...

‘सहमतिलाई अतिरञ्जित रुपमा प्रचार गरियो’

मोरङ,१८ जेठ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकताको बेला भएका सहमतिलाई आफूले स्मरणमात्र गरेको कुरालाई अतिरञ्जित रुपमा प्रचार गरिएको बताएका छन् । यसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राम्रोसँग...

पार्टी एकता खलबल्याउने तत्वहरु सक्रिय भए: प्रधानमन्त्री ओली [भिडियो]

प्रचण्डको अन्तवरार्तापछि ओलीको अन्तरवार्ता लिएका धमलाले ओलीलाई प्रश्न गरेका थिए–तपाईलाई जनताले पाँच वर्षको लागि म्याण्डेट दिएको हो नि, तपाईले बिचमै छोड्ने सहमति भएको हो र ? ओलीको जवाफ यस्तो छ–यसमा म अहिले छलफल गर्न चाहन्न...

गणतन्त्र दिवसमा जिल्लाभरि दीपप्रज्वलन

दमक,१५ जेठ । १२ औ गणतन्त्र दिवसको अवसरमा नेपाली कांग्रेसले झापाको दमकसहित देशैभरि दीपप्रज्वनल गरेको छ । गणतन्त्र दिवसलाई उत्सवका मनाउन कांग्रेसले आज साँझ दमकको गणतन्त्र चौंकसहित जिल्लाका शहर,वजारहरुमा दीपप्रज्वलन गरेको हो । दमकको गणतन्त्र...