दुईरिङ्गे कृषि सहकारीको साधारणसभा

हाम्रो दमक

बुधबारे । दुईरिङ्गे कृषि सहकारी संस्था बुद्धशान्ति- ३ ले आफ्नु दसौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष महेन्द्र तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोष अनुगमन तथा समन्वय सचिव सन्तोष सापकोटाको प्रमुख आतिथ्य रहेको थियो ।

प्रमुख अतिथी सापकोटाले गमलामा निमको बिरुवा रोपेर उद्घाटन गरेका थिए ।

उद्घाटन पश्चात् सभामा बोल्दै बिगत बर्ष भन्दा यस आर्थिक बर्षमा संस्थाले उल्लेखनीय कारोबार गरेकोमा खुसी व्यक्त गरेका थिए । नेपाल सरकार स्वरोजगार कोषले सहकारीलाई दिएको ३५ लाख सहि सदुपयोग गर्दै २५ जना भन्दा बढी युवालाई बिदेश पलायन हुनबाट रोकेर उत्पादन मुलक व्यवसायमा लगानी गरेको भन्दै आगामी दिनमा समेत यो भन्दा बढी सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नेपाल बैंक लि बुधबारे शाखाका प्रमुख भक्तराज भगत, सनराईज बैंक लि बुधबारे शाखाका प्रमुख तेजबहादुर थापामगरले पछिल्लो समय नेपाल सरकारको नीति अनुसार करिव १० प्रतिशत लगानी कृषि क्षेत्रमा गर्नुपर्ने नियम बनाएसगै अब सहकारी र बैंकको समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए ।

साधारणसभाकै अवसर पारेर उत्कृष्ट बाल बचतकर्ता रिदम गहतराज, बचतकर्ता बेगमाया राई, सोममाया तामाङ र उत्कृष्ट ऋणि सुवास तामाङ , प्रतीक्षा ढुङ्गाना,असल शेयर सदस्यमा धनपती भण्डारी तथा जेष्ठ शेयर सदस्यमा तुलसिराम खतिवडालाई प्रमुख अतिथी तथा विशिस्ट अतिथिले दोसल्ला तथा सम्मान पत्रले सम्मान गरेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष तिम्सिनाले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने लेखा समित संयोजक राजकुमार राईले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । सदस्य भवानीशंखर उप्रेतिले स्वागत गरेको कार्यक्रमको संचालन व्यवस्थापक सुमन रेग्मी तथा आशिष् पौडेलले संयुक्त रुपमा गरेका थिए ।

अध्यक्षमा पुनः तिम्सिना

साधारणसभाकै अवसर पारेर नयाँ कार्यसमिती समेत चयन गरिएको छ । समितिको अध्यक्ष पुनः महेन्द्र तिम्सिना सर्वसम्मत चयन भएका छन् । त्यस्तै उपाध्यक्ष शैलेजा रिजाल र सदस्यहरुमा खड्गप्रसाद खतिवडा, सन्तोसकुमार मिश्र, सरु राई, कुल बहादुर बुढाथोकी, रस्मिप्रसाद नेपाल, ईगिन्द्र भण्डारि र सुनकुमारी लिम्बू चयन भएको व्यवस्थापक सुमन रेग्मिले बताए ।

आइत, अशोज २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

अर्थ/बाणिज्य बाट अन्य

प्रदेश एकको ४२ अर्व २० करोड वजेट सार्वजनिक

विराटनगर,१ असार । प्रदेश एक सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्व २० करोड ४ लाख १२ हजारको बजेट विनियोजन गरेको छ । प्रदेश एक सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्गवोले...

स्वर्णलक्ष्मी शाकोसद्धारा अग्नीपीडित दुई सदस्यलाई राहत

दमक,१ असार । आगोलागी पीडित आफना दुई जना शेयर सदस्य परिवारलाई दमक ८ को स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले नगद राहत प्रदान गरेको छ ।  दमक ५ स्थित आगलागी पीडित अमित किराना पसलका...

पाडाजुंगीमा कामना बैकको शाखा विस्तार

दमक,३१ जेठ । कामना सेवा विकास बैंकले झापाको कमल गाँउपालिका ५ स्थित पाडाजुंगीमा ८८ औं शाखा विस्तार गरेको छ । विहीवार एक कार्यक्रमका बीच शाखाको बैंकका सञ्चालक विश्वेश्वर सुवेदी, सीईओ प्रविण बस्नेत र बैंकका...

कामना सेवा विकास बैंकको ८९ औं शाखा बुधबारेमा

बुधबारे । कामना सेवा विकास बैंकले झापाको बुद्धशान्ति स्थित बुधबारे बजारमा बिहिवार आप्mनो ८९ औं शाखा विस्तार गरेको छ । बैंकका संचालक बिश्वेश्वर सुवेदी, सीईओ प्रविन बस्नेत, बैंकका प्रदेश नम्बर १ प्रमुख सुजन छाराहाङ राई,...

इनर्जी ड्रिङक्स रेडव्लुमा उपहाररै उपहार

दमक,२९ जेठ । नेपालका लागि आधिकारिक आयातकर्ता रिलाएबल नेपाल एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालिले आयात गरिआएको इनर्जी ड्रिङक्स रेडव्लुमा पुरस्कार उपहार राखेको छ ।केहि महिना यता देखि नेपालमा भित्रीएको भियतनामबाट आयातीत उक्त इनर्जी ड्रिङक्स रेडव्लु...

रु १ लाख ५० हजारको रमेश कुमार स्मृति अक्षय कोषको स्थापना

बिर्तामोड । झापा दुहागढी स्थित वाल सुवोधिनि आधारभुत विद्यालयमा १ लाख ५० हजार रुपैयाको रमेश कुमार स्मृति अक्षय कोषको स्थापना गरीएको छ । स्थानिय समाजसेवी एवं विद्यालयकी शिक्षिका कमला कार्किका दिवंगत पती रमेश कुमार कार्कीको...

मृगौला पिडीत मनिषाको उपचारका लागि रकम संकलन सुरु

शान्तिनगर । दुवै मृगौला फेल भएर मृत्युसँग जुधिरहेकी झापा बुद्धशान्ति–४ की २० वर्षीया मनिषा ग्याङमी मगरको उपचारका लागि आर्थिक सहयोग जुट्न थालेको छ । उनलाई विभिन्न सहयोगी व्यक्ति तथा संस्थाबाट रकम प्रदान हुन थालेको...

दुधेमा सुनचाँदी ब्यबसायी संघको सपथग्रहण

दुधे,२६ जेठ । नेपाल सुनचाँदी ब्यबसायी संघ शिबसताक्षी शाखाको नयाँ कार्य समितिको सपथग्रहणसहित निर्वाचित प्रमाणपत्र प्रदान गरिएको छ । शनिबार दुधेमा एक कार्यक्रमका वीच नयाँ कार्यसमितिहरुलाई सपथग्रहणसहित निर्वाचित प्रमाणपत्र प्रदान गरिएको गठित निर्वाचन समितिका...

पूर्वमा पेट्रोलियम पदार्थको हाहाकार

दमक , २३ जेठ । पेट्रोलियम पदार्थको अभाव भएपछि पूर्वका चार जिल्लाका नागरिक प्रभावित भएका छन् । नेपालले आयात गर्दै आएको पेट्रोलियम पदार्थ भारतीय भन्सारले अनलाइन इन्ट्री प्रणाली लागू गर्ने नाममा पानीट्याङ्की नाकामा रोकेपछि...

कोषमार्फत डेढ करोड कर्जा प्रवाह

दमक,२१ जेठ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले साना युवा व्यवसायीहरुलाई स्वरोजगार वनाउन झापा, दमकका तीन वटा सहकारीलाई रु १ करोड ५० लाख सहुलियत कर्जा प्रवाह गरेको छ ।  दमकको दमक बहुमुखी सहकारी,...