चाडपर्वमा सुरक्षा व्यवस्था सुढृण बनाउन जोड

हाम्रो दमक

दमक,२१ असोज / ईलाका प्रहरी कार्यालय दमकले नजिकिएका चाडपर्वलाई शान्ति सुरक्षा सुढृण बनाउने उद्देश्यले आज सरोकारवालाहरुसंग छलफल गरेको छ । प्रहरी कार्यालयमा आयोजना गरिएको छलफल कार्यक्रममा नगरसहित कमल गाउँपालिकाका वडाध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधिहरु, नागरिक समाजका अगुवा ,होटल व्यवसायी तथा पत्रकारहरु सहभागि थिए ।

छलफलमा सहभागिहरु ।

त्यस अवसरहमा सहभागिहरुले चाडपर्वमा अपराधिक गतिविधि बढ्न सक्ने औल्याउदै त्यस सम्बन्धी बिषेश सुरक्षा योजना बनाउन सुझाव दिएका थिए । चाडपर्वमा नागरिकहरु चाडको बढी रमाईलो गर्ने र नयाँ मानिसहरुको आगमन पनि धेरै हुने भएकाले चाडको समयमा आपराधिक घटनाहरु बढ्ने भन्दै त्यसमा गंभीर वन्नुपर्ने सहभागिहरुले औल्याए ।
छलफलमा बोल्दै कांग्रेस क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले प्रहरी प्रशासन चाडपर्वको बेला अझ सचेत हुनु पर्ने सुझाए । ‘ चाडपर्वमा अपराध हुने संभावना बढी हुन्छ’ सभापति भण्डारीले नागरिक स्वम चाडपर्वमा सचेत हुनुपर्ने आफनो दायित्व औल्याए ।
नेकपा नेता तिर्थराज बस्नेत शंकरले पर्वको समयमा मदिरा सेवन गरेर सवारी चलाउने क्रम बढ्ने भएकाले दुर्घटनाको जोखिम हुने बताउदै त्यसलाई नियन्त्रण गर्न सुरक्षा व्यवस्था सुढृण गर्न आवश्यकता औल्याए ।
छलफलमा आदिवासी जनजातिका अगुवा मोहन धिमाल, महासंघका नगर अध्यक्ष गुमानसिंह तामाङलगायतले पनि चाडपर्व लक्षित सुरक्षा व्यवस्था कडा पार्न सुझाव दिएका थिए ।
कार्यक्रममा दमकका अधिकांश वडाका वडाध्यक्षहरुले सुरक्षा योजनामा प्रहरीलाई सहयोग चाहिए आफुहरु सहयोग गर्न तयार रहेको बताएका थिए । वडाध्यक्षहरु प्रजापति सापकोटा,पशुपति राज गौतम, भीम पौडेल,ताराप्रसाद अधिकारी,
कार्यक्रममा ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले चाडपर्वलाई सुरक्षित बनाउन आफुहरुले योजना बनाईसकेकाले ढुक्क भएर चाडपर्व मनाउन नगरबासीहरुलाई आग्रह गरेका थिए । प्रहरी एक्लैको प्रयासले मात्रै अपराध नियन्त्रण गर्न नसक्ने भएकाले कुनै शंकास्पद गतिबिधि वा व्यक्ति देखे प्रहरीलाई खबर गर्न पनि उनले आग्रह गरेका थिए ।छलफलमा इप्रका दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेन, ट्राफिकका इन्चार्ज लगायतको उपस्थिति रहेको थियो ।

आइत, अशोज २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

वाणी माविको ५३ औ बार्षिकोत्सव

 कमल  ,३ पुस । कमल गाँउपालिका ६ स्थित वाणी माध्यमिक विद्यालयले ५३ औं बार्षिकोत्सव विभिन्न कार्यक्रमहरु गरि मनाएको छ । तीन दिनसम्म विद्यालयले खेलकुदसहित अभिभावकहरुवीच मनोरञ्जनात्मक कार्यक्रमहरु गरि बार्षिकोत्सव मनाईएको प्रधानाध्यापक लक्ष्मी प्रसाद डाँगीले...

नर्सहरुको माग सम्बोधन, आन्दोलन स्थगित

दमक,३ पुस । आन्दोलनरत नर्सहरुको मागलाई सम्बोधन गर्ने लिखीत सहमति भएपछि दमकको लाइफलाइन अस्पतालमा आन्दोलित नर्सहरुको आन्दोलन स्थगित भएको छ । आन्दोलन पक्ष र अस्पताल प्रशासन पक्षवीच मंगलवार भएको सहमति पछि नर्सहरुले जारी राखेको आन्दोलन...

इस्टर्नस्टार बोर्डिङ्ग स्कुलको बार्षिकोत्सव सम्पन्न

दमक,२ पुस । दमक ७ स्थित इस्टर्नस्टार बोर्डिङ्ग स्कुलले सोमबार विभिन्न कार्यक्रमहरु गरि २४ औं बार्षिकोत्सव मनाएको छ । स्कुलको प्राङ्गगणमा भएको बार्षिकोत्सव कार्यक्रममा चार वटा हाउसको प्राइमेरी ,लोवर सेकेन्डरी र सेकेण्डरी स्तरिय विद्यार्थीहरुवीच नृत्य,गायन...

इलाममा पुस ५ देखि मेची पर्यटन महोत्सव

इलाम, २ पुस । जिल्लामा ‘मेची पर्यटन महोत्सव’ यही पुस ५ देखि १६ गतेसम्म हने भएको छ । विभिन्न जातजातिको लोप हुन लागेको संस्कृतिको जगेर्ना, दुर्लभ जीवजन्तुको र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नका लागि उक्त...

केर्खा– क्याम्पा बजार हँुदै बैगुनधुरासम्म जोड्ने सडक अवरुद्ध

 केर्खा , २ पुस । कमल गाउँपालिको केर्खा– क्याम्पा बजार हँुदै बैगुनधुरासम्म जोड्ने सडक एक वर्ष बढी समयदेखि मर्मतका लागी भत्काएर नबनाएको भन्दै स्थानीयहरुले सडक अवरुद्ध गरेका छन् । सडकबाट निस्किएको धुलोले आफुहरुको स्वास्थ्यमा समस्या...

दमक प्रज्ञा प्रतिष्ठान गठन

दमक,२ पुस । दमक नगरपालिकाले दमक प्रज्ञा प्रतिष्ठान गठन गरेको छ । दमकलाई कर्मथलो वनाएर नेपाली भाषा, साहित्य, कला र संगीतको क्षेत्रमा क्रियाशील सर्जकहरुलाई समेटेर नगरपालिकाले प्रतिष्ठान गरेको जनाएको छ । प््रतिष्ठानको अध्यक्षमा लामो समयदेखि...

साहित्यकार तथा शिक्षासेवी श्रेष्ठको निधन

दमक,२ पुस ।   दमक– ९ स्थित चियादोकान चौक निवासी साहित्यकार तथा शिक्षासेवी कर्णकुमार श्रेष्ठको निधन भएको छ । झापाको गौरादहस्थित जनता माध्यमिक बिद्यालयमा शिक्षण पेशा गरी अवकास पछि दमकको चियादोकान चौकमा बस्दै आएका साहित्यकार श्रेष्ठको...

शिवसताक्षीको दूधेमा विद्युत महशुल काउन्टर

दुधे,२ पुस । झापाको शिवसताक्षीस्थित दूधेमा विद्युत महशुल काउन्टर सञ्चालनमा ल्याईएको छ । शिवसताक्षीका बासिन्दालाई विद्युत महशुल बुझाउन सहजताका लागि नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रले दुधेमा विद्युत महशुल काउन्टर सञ्चालनमा ल्याँएको हो । आज...

दमकको लाइफलाइन अस्पतालका नर्सहरु आन्दोलित

दमक,२ पुस । पेशागत हकहित लगायतका विभिन्न मागहरु राख्दै झापा ,दमकस्थित लाइफलाइन अस्पतालका नर्सहरु आन्दोलित भएका छन् । आइतबारदेखि अस्पतालमा कार्यरत एक सय बढी नर्सहरु विभिन्न सेवा,सुविधाहरु माग राख्दै आन्दोलित भएका हुन् । कार्यरत नर्सहरु...

मिस कोच इन्टरनेसनल २०१८ को उपाधि सदापलाई

बिर्तामोड । यसोदा फुड्स मिस कोच ईन्टरनेश्नल २०१८ को उपाधि भारत मेघालयकी हेरोलिन कोच सदापले हात पारेकि छन् । तिम्रो लागी तिम्रो करियर महत्वपुर्ण की तिम्रो परिवार भन्ने निर्णायकहरुको प्रश्नको जवाफमा उनले करियर र...