शिवसताक्षीमा कांग्रेसले ज्ञापनपत्र बुझायो

हाम्रो दमक

 शिवगञ्ज ,२१ असोज  /  बृद्धि गरिएका कर फिर्ता लगायतका विभिन्न माग राखेर नेपाली कांग्रेस शिवसताक्षीले नगरपालिकालाई आइतबार ज्ञापनपत्र बुझाएको छ । नगरपालिकाले जनतालाई राहत दिनको सट्टा दैनिक जनजीविकामाथि नै आघात पुग्ने गरि कर बृद्धि गरेको भन्दै कांग्रेस नेतृत्वले नगरपालिकाको ध्यानाकर्षण गराएका हुन् ।

र्यालीमा सहभागिहरु

कांग्रेसले विभिन्न १७ वुदाँ उल्लेख गरि त्यस्तो माग गरिएको नगर सभापति पर्शुराम ढुंगानाले बताए । नाराजुलुससहित पुगेको सो टोलीले नगर प्रमुख चन्द्रकुमार शेर्मालाई सामूहिक रुपमा ज्ञापनपत्र बुझाएका थिए ।
कांग्रेसले दोहोरो कर,एकीकृत सम्पत्ति कर पूर्नमूल्याङकन गर्न उपभोक्ता समिति गठनमा पार्टीगत भर्तिकेन्द्र बनाएको, विषयगत समिति गठनमा एकलौटी गरिएको भन्दैं त्यसलाई सच्चाउन माग गरेका छन् । त्यसैगरि शिक्षा ऐनमा अदालतले फैसला गरे अनुसार सञ्चालन नभएको तथा नगर प्रमुखले बोर्डको निर्णय भन्दै आफूखुसी निर्णय गरि राजनीति गरेकाले त्यसको खारेजी गर्न माग गरिएको कांग्रेस नगर सहसंयोजक विनोद ढकालले बताए ।

दलबदलसहित कांग्रेस नेतृत्व नगरपालिका कार्यालय प्रवेश गर्दे ।

त्यसैगरि, नगरपालिकाले आफूखुसी पार्टी कार्यकर्ता नियुक्ति गरेको, विस्तृत परियोजना प्रतिवेदन ( डिपीआर ) नाममा भएको संस्थागत अनियमितता गरेको ,नगर भित्रका ऐतिहासिक योजनाहरुको वजेटमा समान व्यवहार नगरेको भन्दै नगर प्रमुख चन्द्रकुमार शेर्मालाई ज्ञापनपत्र बुझाईएको सभापति ढुंगानाले जानकारी दिए । त्यस क्रममा कांग्रेसका महाधिबेशन प्रतिनिधि शिवकुमार योङया, महासमिति सदस्य भक्ति प्रसाद सिटौलाले कांग्रेसले उठाएका माग पूरा नभए कडा आन्दोलन गर्न बाँध्य हुने बताएका थिए ।
ज्ञापनपत्र बुझ्दै नगर प्रमुख शेर्माले कांग्रेसले बुझाएको जायज मागहरुलाई सम्बोधन गर्न नगरपालिका तयार रहेको बताएका थिए । ज्ञापनपत्र बुझाउन कांग्रेसका नेता,कार्यकर्ताहरुको ठुलो संख्यामा उपस्थिति रहेको थियो ।

आइत, अशोज २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

वाणी माविको ५३ औ बार्षिकोत्सव

 कमल  ,३ पुस । कमल गाँउपालिका ६ स्थित वाणी माध्यमिक विद्यालयले ५३ औं बार्षिकोत्सव विभिन्न कार्यक्रमहरु गरि मनाएको छ । तीन दिनसम्म विद्यालयले खेलकुदसहित अभिभावकहरुवीच मनोरञ्जनात्मक कार्यक्रमहरु गरि बार्षिकोत्सव मनाईएको प्रधानाध्यापक लक्ष्मी प्रसाद डाँगीले...

नर्सहरुको माग सम्बोधन, आन्दोलन स्थगित

दमक,३ पुस । आन्दोलनरत नर्सहरुको मागलाई सम्बोधन गर्ने लिखीत सहमति भएपछि दमकको लाइफलाइन अस्पतालमा आन्दोलित नर्सहरुको आन्दोलन स्थगित भएको छ । आन्दोलन पक्ष र अस्पताल प्रशासन पक्षवीच मंगलवार भएको सहमति पछि नर्सहरुले जारी राखेको आन्दोलन...

इस्टर्नस्टार बोर्डिङ्ग स्कुलको बार्षिकोत्सव सम्पन्न

दमक,२ पुस । दमक ७ स्थित इस्टर्नस्टार बोर्डिङ्ग स्कुलले सोमबार विभिन्न कार्यक्रमहरु गरि २४ औं बार्षिकोत्सव मनाएको छ । स्कुलको प्राङ्गगणमा भएको बार्षिकोत्सव कार्यक्रममा चार वटा हाउसको प्राइमेरी ,लोवर सेकेन्डरी र सेकेण्डरी स्तरिय विद्यार्थीहरुवीच नृत्य,गायन...

इलाममा पुस ५ देखि मेची पर्यटन महोत्सव

इलाम, २ पुस । जिल्लामा ‘मेची पर्यटन महोत्सव’ यही पुस ५ देखि १६ गतेसम्म हने भएको छ । विभिन्न जातजातिको लोप हुन लागेको संस्कृतिको जगेर्ना, दुर्लभ जीवजन्तुको र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नका लागि उक्त...

केर्खा– क्याम्पा बजार हँुदै बैगुनधुरासम्म जोड्ने सडक अवरुद्ध

 केर्खा , २ पुस । कमल गाउँपालिको केर्खा– क्याम्पा बजार हँुदै बैगुनधुरासम्म जोड्ने सडक एक वर्ष बढी समयदेखि मर्मतका लागी भत्काएर नबनाएको भन्दै स्थानीयहरुले सडक अवरुद्ध गरेका छन् । सडकबाट निस्किएको धुलोले आफुहरुको स्वास्थ्यमा समस्या...

दमक प्रज्ञा प्रतिष्ठान गठन

दमक,२ पुस । दमक नगरपालिकाले दमक प्रज्ञा प्रतिष्ठान गठन गरेको छ । दमकलाई कर्मथलो वनाएर नेपाली भाषा, साहित्य, कला र संगीतको क्षेत्रमा क्रियाशील सर्जकहरुलाई समेटेर नगरपालिकाले प्रतिष्ठान गरेको जनाएको छ । प््रतिष्ठानको अध्यक्षमा लामो समयदेखि...

साहित्यकार तथा शिक्षासेवी श्रेष्ठको निधन

दमक,२ पुस ।   दमक– ९ स्थित चियादोकान चौक निवासी साहित्यकार तथा शिक्षासेवी कर्णकुमार श्रेष्ठको निधन भएको छ । झापाको गौरादहस्थित जनता माध्यमिक बिद्यालयमा शिक्षण पेशा गरी अवकास पछि दमकको चियादोकान चौकमा बस्दै आएका साहित्यकार श्रेष्ठको...

शिवसताक्षीको दूधेमा विद्युत महशुल काउन्टर

दुधे,२ पुस । झापाको शिवसताक्षीस्थित दूधेमा विद्युत महशुल काउन्टर सञ्चालनमा ल्याईएको छ । शिवसताक्षीका बासिन्दालाई विद्युत महशुल बुझाउन सहजताका लागि नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रले दुधेमा विद्युत महशुल काउन्टर सञ्चालनमा ल्याँएको हो । आज...

मिस कोच इन्टरनेसनल २०१८ को उपाधि सदापलाई

बिर्तामोड । यसोदा फुड्स मिस कोच ईन्टरनेश्नल २०१८ को उपाधि भारत मेघालयकी हेरोलिन कोच सदापले हात पारेकि छन् । तिम्रो लागी तिम्रो करियर महत्वपुर्ण की तिम्रो परिवार भन्ने निर्णायकहरुको प्रश्नको जवाफमा उनले करियर र...

झापामा धान उत्पादनमा वृद्धि

दमक,१ पुस । झापामा यसवर्ष धान उत्पादनमा वृद्धि भएको छ । समयमै भएको वर्षा र डुवान नभएकाले उत्पादनमा वृद्धि भएको हो । यस वर्ष ७ हजार ५२५ मेट्रिक टन धान उत्पादन बढेकोे जिल्ला कृषि...