बुढी आमाका आशा

रमेश ढकाल

संसारका सारा सुखको सुरुवात र समाप्ति आमाको मायामा हुन्छ भन्ने कुरालाई हामीले सुनेका मात्र छैनौँ, धेरैले अनुभव पनि गरेका छौँ। आमा अर्थात हाम्रो जननी, सृष्टिकर्ता। विभिन्न कवि, लेखक, साहित्यकारहरुले आमाको गरिमाका बिषयमा थुप्रै कुरा लेखेका छन्। आमा सगरमाथा भन्दा अग्लि छिन्। पृथ्वीभन्दा महान र विशाल छिन्। समुन्द्र भन्दा गहिरी छिन्। आमा मायाकी खानी हुन्। धैर्यताकी प्रतिमूर्ति हुन्। सहनशीलताकी प्रतिक हुन्, आदि। आमाको बिषयमा जतिनै लेखी पनि अथवा आमाको महिमा जति नै गाए पनि हामीलाई सधैं यो अपुरो र अधुरोनै लाग्छ।

लेखक: रमेश ढकाल

आमा भित्र अपार शक्ति भरिएको हुन्छ। उनी नहेरेरै पनि आफ्नो बच्चा के गर्दै छ भनेर थाहापाउन सक्छिन्। बच्चा नबोले पनि उसका अनुहारमा शब्दहरु पढ्न सक्छिन। आमको चुम्बनमा हरेक पिडा हरण गर्ने जादु हुन्छ। एकजना चेलीले आफ्नो ट्विटरमा लेखेकी छन्, “मलाई अझै याद छ, सानोमा हाम्रो घर एयरपोर्ट नजिकै थियो, राती घर नजिकैबाट प्लेन उड्दा पनि मेरो मम्मी बिउँझिनुहुन्नथ्यो, तर म खाटमा कोल्टे फेर्दा मात्र नि आँखा खोल्नुहुन्थ्यो”। उनै अथवा यस्तै पूजनीय आमा संग जोडीएको एउटा प्रसंग यो लेख मार्फत यहाँहरु संग शेयर गर्दैछु (श्रोत: सामाजिक संजालमा उपलब्ध सामाग्री बाट अनुवादित)।

रागिनी (पत्नी), आउदो आइतबार मलाई पार्टीमा जानु छ, शुदेश (रागिनिको पति) तिमीलाई त थाहानै छ मेरा साथीहरु त्यस पार्टीमा कति सुन्दर सुन्दर ड्रैसमा सजिएर आएका हुन्छन्। तर मैले त आज सम्म पार्टीका लागि शपिङ् पनि गरेकी छुइन। सुदेश वास्तवमा म यो पटक शपिङ्का लागि लेट भएकि छु। शुदेश तिमी सुन्दै पनि छौ म के भनिरहेकि छु?

शुदेश थोरै चिडिएको भावमा उत्तर दिन्छन, अं म सुनिरहेको छु, मैले तिमीलाइ शपिङ्मा जानको लागि कहाँ रोकेको थिए’र, ड्राइभरलाई लिएर गएको भए पनि त हुने थियो। आफु कपडा लगाएर तयार भए संगै, अब अरु कति समय लाग्छ तिमीलाइ तयार हुनमा? मलाई आज नै अफीसमा स्टाफहरुको सेलरी पनि दिनु छ, संगसंगै अरु कामहरु पनि गर्नु छ भन्दै शुदेश कोठा बाट बाहिर निस्कन्छन्।

त्यतिनै खेर शुदेशको नजर, घर अगाडि रहेको सानो बगैचाको सीतल छहारीमा बसिरहेकी आमामा पर्छ। आमालाई देखे पश्चात शुदेश केहि सम्झे झै गरेर वापस रुम भित्र पस्छ र भन्छन् – रागिनी हामी शपिङ्का लागि गैरहेका छौ, तिमीले आमालाई सोधेउ, आमलाई पनि केहि चाहिएको थियो कि? रागिनीले भनिन्, छैन। खैर, यो उमेरमा आमालाई के नै पो चाहिन्छ होला’र! दुई छाक खान र दुईजोरी कपडा आमाका लागि काफी छ, यसमा आमालाई सोधिनै राख्नु पर्ने त्यस्तो के छ र ?

त्यस्तो होइन रागिनी, आमा पहिलो चोटि गर्मीको छुट्टीमा गाँउ बाट हाम्रोमा आएर बस्नु भएको छ, अन्यथा वहाँ सधैं गाँउमै बस्नु हुन्छ। त्यसैले केबल औपचारिकता पुरा गर्नकै लागि भए पनि सोधेको भए हुने थियो। रागिनी अलिक झर्केको स्वभावमा – तिमीलाई आफ्नि आमाको यति धेरै चिन्ता लागिराखेको भए, तिमी आँफै सोधन भन्दै आफ्नो काधमा ब्याग झुन्डियाउदै कोठा बाट बाहिर निस्कन्छिन्।

शुदेश आमाको छेउमा गएर सोध्छन् – आमा म र रागिनी उसको शपिङ्कका लागि बजार जादैछौ, तपाईंलाई पनि केहि चाहिएको छ? आमाले तुरुन्तै जवाफ दिन्छिन्, मलाई केहि पर्दैन छोरा। शुदेश आमालाई फेरी सोधछन्, सम्झनुस् केहि चाहिएको भए हामी लिएर आउनेछौँ। तेस पछि आमा भन्छिन्, तिमी यति धेरै कर नै गर्छौ भने, एकछिन रुक म तिमीलाई लेखेर दिन्छु। किन कि तिमी र बुहारी लाई थुप्रै कुराहरु किन्नु होला, त्यतिकैमा तिमीहरु बिर्सन पनि सक्छौँ।

यति भन्दै आमा आफ्नो कोठामा पस्छिन्। केहि समय पश्चात बाहिर आएर एउटा लिस्ट शुदेशलाई दिन्छिन्। लिस्ट हाथमा लिएर ड्राभिङ सिटमा बस्दै शुदेश भन्छन्, आमालाई पनि केहि चाहिएको रहेछ तर वहाँ भन्न मान्नु हुँदै थिएन, मैले अलिक जिद्दी गरे पछि यो लिस्ट बनाएर दिनु भयो। मानिस जतिखेर सम्म जिउदो रहन्छ, त्यतिखेर सम्म उसलाई दुई टाइमको रोटी र कपडाको अलवा अरु कुरा पनि चाहिन्छ!

यो सुनेर रागिनी भन्छिन् – ओके बाबा ठीक छ तर म पहिला आफुलाई चाहिएका सबै कुराहरु किन्छु त्यस पछि तिमी आफ्नि आमाका लागि लिस्टमा भएका कुराहरु किनौला भन्दै गाडी बाट बाहिर निस्किन्छिन् (त्यतिखेर सम्ममा उनिहरु मार्केट पुगिसकेका हुन्छन्)। आफुलाई चाहिएका सबै कुराहरु किनिसके पछि रागिनी भन्छिन् – म धेरै थाके, अब म गएर कारमा बस्छु, तिमी आमाका सामनहरु किन। यतिकैमा शुदेश तुरुन्तै भन्छन्, रागिनी मलाई पनि छिट्टै फर्कनु छ तिमी पनि एक छिन बस, आमाका सामनहरु किनेर संगै फर्कुला भन्दै आमाले दिएको लिस्ट पकेट बाट निकाल्छन्।

लिस्ट देखेर रागिनी भन्छिन् – राम राम लिस्ट त निक्कै लामो देखिन्छ, के के मगाउनु भएको होला? पका पनि आमाले गाँउमा रहने आफ्नो छोराको परिवारका लागि पनि थुप्रै कुरा किनी माग्नु भएको होला, तिमी चै श्रवणकुमार बनेर बस भन्दै रिसाएर सुदेश तिर हेर्छिन।

खैर, जब सुदेशले लिस्ट खोलेर पढ्न थाले, उनको आँखा बाट आँसु बग्न थाल्छन्। लिस्ट पकडिएका सुदेशका हातहरु काप्न थाल्छन्, सुदेशको सिंगो शरीर डगमगाउन थालेको हुन्छ। यो देखेर रागिनी चिन्तित हुँदै भन्छिन् के भयो तिमीलाई, यसरी किन कामिरहेको छौ? तिम्री आमाले त्यस्तो के मगाइन भन्दै सुदेशको हात बाट लिस्ट फुत्त संग तान्छिन्। लिस्ट हेरेर रागिनी चकित हुन्छिन्। लिस्टमा लेखिएको हुन्छ।

छोरा सुदेश, मलाई त्यस्तो केही पनी चाहिएको छैन। तर पनि तिमी जिद्दी गर्छौ र म आमाका लागि केहि किनी दिने रहर गर्छौ भने तिम्रो यो शहरका पसलहरुमा भेट्टिन्छ भने मेरा लागि तिम्रो थोरै फुर्सदका पलहरु किनेर ल्याइदेउ। म अब ढल्न लागेको सांझ जस्तै भएकी छु। मलाई हिजो आज अध्यारो संग डर लाग्न थालेको छ। मेरो उमेर संगै पल पल म तिर बढ्दै आएको मृत्‍युलाई देखेर मलाई धेरै डर लाग्न थालेको छ।

मलाई थाहा छ, मृत्‍यु बाट भाग्न सकिदैन, एक दिन त मर्नै पर्छ तर हिजो आज एक्लै कता कता डर लाग्न थालेको छ। त्यसैले छोरा म जब सम्म तिम्रो घरमा छु, थोरै समयका लागि भए पनि मेरो छेउमा बसीदेउ, केहि कुरा गर। यसो गरेर केही पलका लागि मात्र भए पनि, मेरो यो बुढेउलीको एक्लो पन आफु संग बाड्ने कोशिश गरिदियौ भने मलाई यो भन्दा अरु केही चाहिदैन।

यति गर्न सक्यौ भने, तिमीहरुले बत्ती नै नबाल्दा पनि मेरो जिन्दगीको साँझ उज्यालो बन्ने छ। म बुढी आमाका लागि यो भन्दा अरु केही चाहिएको छैन। यसको अतिरिक्त मैले चाहना गर्ने भनेको तिमीहरुको खुशी, सफलता, स्वास्थ्य र दीर्घायुका लागि इश्वर संग कामना! अन्त्यमा, तिमीलाई मेरा यि हातहरुले स्पर्श नगरेको पनि कयौं वर्ष बिति सके, एक चोटि फेरी यो बुढी आमाको काखमा केहि बेरका लागि भए पनि आफ्नो शिर राखिदेउ। म तिमीलाई नजिक बाट एकपटक स्पर्श गर्न चाहन्छु।

मेरो ल्यापटपको स्क्रिनमा प्ले हुँदै गरेको कथा यतिमै सकिन्छ। यहाँ एउटा कुरा स्पष्ट पार्न आवश्यक ठान्दछु, त्यो के भने यो एउटा काल्पनिक कथा भएका कारणले कथामा कसलाई कसरी प्रस्तुत गर्‍यो भन्दा पनि कथाले मुलरुपमा के सन्देश दिन खोजेको हो भन्ने कुरा महत्वपूर्ण हुन्छ, बाँकी कुराहरु गौण हुन्। केही अपवादका रुपामा सुनिने मात्र हो, अन्यथा हिजोआज सासु-बुहारी बिचको सम्बन्ध आमा-छोरीको भन्दा कम छैन र हुनु पनि हुँदैन भन्ने हामी सबैको मान्यता रहने गरेको छ। अर्को कुरा एउटी बुढीआमाले छोरालाई आफ्ना मनका आशा/इच्छा हरु लिखित रुपमा ब्यक्त गर्ने कुरा त्यति पत्यारिलो पनि होइन।

खैर, यो काल्पनिक कथाले, यहाँ कुनै सम्बन्धका बारेमा नभएर केवल हाम्रा बुढी आमाहरुका आशा तथा इच्छाहरुलाई प्रतिबिम्वित गरेको हामीले ठान्नु पर्छ र यसको मुल मर्म पनि यहीं नै हो। यो कथा सुने पश्चात सोच्दै छु, मेरी आठ दशक पार गर्नु भएकी आमालाई वर्षमा केहि दिनका लागि एक पटक भेट्छु। शायद मेरी आमाको मनमा पनि यो कथाकी आमामा जस्तै आशा/इच्छाहरु जाग्दा हुन्। छोरालाई फुर्सद नहोला, दु:ख होला, उसका अन्य काममा बाधा पुग्ला भनेर कति कुरा त भन्न चाहेर पनि नभन्नु हुँदो हो।

त्यसैले, जसरी बच्चा नबोले पनि उसका अनुहारमा झल्कने शब्दहरुलाई आमा पढ्न सक्छिन्, त्यसै गरी हामी छोराछोरीहरुले पनि आफ्नी बुढी आमका अनुहारमा झल्कने शब्दहरुलाई पढ्न सक्नु पर्छ अथवा पढ्ने कोशिश गर्नु पर्छ भन्ने कुरा यो छोटो कथाले महसुस गराएको/सम्झाएको छ। संसराका सबै आमा र पर्देशी छोराछोरीहरु प्रति समर्पित। अस्तु!

भद्रपुर-झापा (हाल दोहा-कतार)

शनि, अशोज २०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

विचार/ब्लग बाट अन्य

विद्यार्थी संगठनमा उमेर हदको प्रश्न

निशेष राई सत्यरुप बिगत लामो समयदेखि राजनितीक क्रान्तिको मुलधारमा रहेर आम नागरिकको आवाज बोल्दै अएका विद्यार्थी संगठनहरु पछिल्लो समय निक्कै आलोचित बन्दै गएका छन् । चाहे नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु, अखिल क्रान्तिकारी होस् या...

सरकार हैन संस्कार परिवर्तनको खाँचोे

राणा शासन, राजतन्त्र, प्रजातन्त्र हुँदै आज हामी सङ्घीय लोकतान्त्रिक शासन प्रणालीमा आएका छौँ। ’जनताको, जनताद्वारा र जनताकै हितका लागि बनाइएको शासन प्रणालीलाई लोकतन्त्र भनिन्छ’ भनेर अब्राहम लिङ्कनले भनेका थिए’रे। खैर, यहाँ सम्म आइपुग्नलाई हाम्रा...

सर्वेन्द्रको रहस्यमय मौनता र खरेलको सम्झना !

सूर्य बस्याल मंगलबार पोखरामा फेरि एउटा बालिकाको बलात्कारपछि हत्या भयो । अब सायदै कुनै यस्तो बार नहोला, जुन दिन नेपालमा बलात्कार र हत्या नभएको होस । देशनै हल्लाएको कञ्चनपुरकि १३ वर्षीया बालिका निर्मला पन्तको हत्या...

पाकिस्तानी पीएमका पहलहरु प्रेरणादायक

-रमेश ढकाल पाकिस्तान तेहरिक-ए-इंसाफ (पीटीआई) पार्टीका प्रमुख तथा राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान इमरान खानको नेतृत्वमा गठन भएको पाकिस्तानको नयाँ सरकारको जग हाम्रो देशको दुई तिहाई बहुमत सहितको सरकारको तुलनामा निक्कै नै कम्जोर होला।...

के अचेल मनाउने जस्तै हो त तीजको वास्तविक रुप ?

सविता सापकोटा नेपाली नारीहरुको महान चाड तीज । तीजसँगै माईती गाउँ आउने चेली । सासूको रुखो वचन, नन्दको होच्याउने प्रबृत्ति, जेठानीको हेपाहा बोली, यस्तै पीर मर्का फुकाउने जमघट बन्दै आएको छ तीज । “ आफूलाई...

छोराछोरीहरु प्रति, अभिभावकको भूमिका कस्तो हुनुपर्छ ?

रमेश ढकाल हिजोआज छोराछोरीहरुलाई हुर्काउने बढाउने क्रममा प्राय अधिकांश अभिभावकहरुको एउटै विचार रहने गरेको पाईन्छ यानी “हाम्रा छोराछोरीहरुलाई ति तमाम कुराहरु प्राप्त हुन सकुन जुन हिजो हामीलाई प्राप्त हुन सकेन।” त्यसैले हामी हाम्रा छोराछोरीहरुका...

म एक सञ्चारकर्मी, राज्यको चौथो अंगको विल्ला भिरेको पहरेदार, रोटि बिनाको खेतालो

केशव राज भण्डारी भन्न पनि लाज भएर आउँछ समाज वदल्ने प्रयासमा हिँडेको म एक पत्रकार । दिनभरी थोरै विकाइमा धेरै मिहेनत लगाएर आफ्नै सञ्चारमाध्यम लाइ चित्त वुझाउन नसकेको थाकेको ज्यानमा थोत्रो झोला भिरेर हिडेको म...

बलात्कार

दिपक राज जोशी  नेपालमा छोरी हुनु भनेको आमा, बाबा, दाइ लाई चिन्ताको विषय भएको छ। छोरी भएपछि घर बाहिर एक्लै कहिल्यै हिँड्न नमिल्ने, सूर्य अस्ताउन भन्दा अगाडि घर आउनु पर्ने, लुगा विचार पुर्याएर लगाउनु...

भ्रष्टाचार रोक्न असल नियत र नियमको खाँचो

रमेश ढकाल सामान्यतया आर्थिक हिनामिना हुनु/गर्नु अथवा घुस लिनु/दिनु जस्ता अवैध कार्यलाई मात्र भ्रष्टाचार भएको भन्ने आम जनमानसको बुझाई रहने गरेको पाईन्छ। तर जानकारहरुका अनुसार भ्रष्टाचार भनेको यति मात्र हैन, यो बिषयमा आम जनमानसको बुझाई...

औकात भन्दा माथि उठ्ने संकल्प

जीवनका भिन्न भिन्न कालखण्डमा भिन्न भिन्न मानिसहरुले गरेका भिन्न भिन्न अनुभुतिका आधारमा सफलताको अर्थ पनि भिन्न भिन्न नै हुने गरेको हामीले सुनेका छौँ, अनुभव गरेका छौँ। जस्तै कसैका लागि नाम कमाउनु, कसैका लागि पैसा...