बस्ती विकास शाकोसको साधारणसभा सम्पन्न

हाम्रो दमक

कमल,२० असोज / कमल गाउँपालिका–५ स्थित बस्ती विकास बचत तथा ऋण सहकारी संस्थाले आन शनिवार आफनो तेश्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । स्थानीय गुरागाई वंश प्रतिष्ठानको सभाहलमा एक कार्यक्रम गरि सहकारीले आफनो साधारणसभा सम्पन्न गरेको हो ।

साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्दे अध्यक्ष ताजपुरिया

सभामा सहकारीका अध्यक्ष तीर्थकुमार ताजपुरियाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको र लेखा संयोजक शुरेस शर्माले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन संस्थाको वन्दसत्रले सुझावसहित पारित गरिएको व्यवस्थापक दुर्गा नेपालले बताए ।
सो अवसरमा सहकारीले बालबचत तर्फ दिपीका रेग्मी,गौरव कटुवाल ,एञ्जल सहनी, उत्कृष्ठ कर्जातर्फ प्रेमसिंह पाख्रिन,साधारण बचत तर्फ रामकुमार शाह र ज्येष्ठ नागरिकतर्फ भिक्देल ताजपुरियालाई सम्मान गरिएको थियो । यसैगरि संस्थाले उत्कृष्ठ कर्मचारीतर्फ ललिता न्यौपानेलाई नगद,प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
रष्ट्रिय सहकारी वैक दमक शाखाका प्रमुख विवेक डाँगीको प्रमुख आतिथ्यतामा भएको सभाको उद्घाटनमा चन्द्रदर्शन बचत तथा ऋण सहकारीका अध्यक्ष बालकृष्ण गौतम, हाम्रो सुरक्षा बचत तथा ऋण सहकारीका अध्यक्ष गोविन्द तिवारी,संम्झौता शाकोसका उपाध्यक्ष यागेन्द्र बाँस्तोलालगायतले सहकारीको साधारणसभाको सफलताको शुभकामना गरेका थिए ।
३८४ जना शेयर सदस्य रहेको सहकारीले गएको आर्थिक वर्षसम्म २७ लाख ४१ हजार ६ सय शेयर पूंजी पुगेको छ । त्यस्तै सोहि वर्ष संस्थाले विभिन्न शीर्षकमा बचत ६ करोड ४१ लाख ४४ हजार १ सय १७ निक्षेप, फिर्ता ५ करोड ४५ लाख ७२ हजार ४ सय ११ ,कर्जा लगानी ३ करोड ८० लाख ३७ हजार,३५ रुपैयाको कारोवार गरेको पारित प्रतिवेदनमा जनाईएको छ ।

शनि, अशोज २०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

बिर्तामोड शाखाबाट एकैदिन ११ वटा जोनडियर ट्याक्टर बिक्रि

बिर्तामोड । पछिल्लो समय कृषिको आधुनिकीकरणका लागि ट्याक्टरको प्रयोग अनिवार्यजस्तै बनेको छ । कृषिका लागि प्रयोग हुन थालेपछि नेपालमा ट्याक्टरको माग बढ्न थालेको हो । कृषिका अतिरिक्त सामान ढुवानीका लागि समेत प्रभावकारी हुने भएकाले...

बुढासुब्बा गोल्डकपको उपाधि डफिन्स क्यामारुनलाई

धरान ,४ फागुन । धरानमा सञ्चालित बुढासुब्बा गोल्डकपको उपाधि डफिन्स क्यामारुन क्लवले पाएको छ । २०५८ साल पछि पहिलो पटक बुढासुब्बा गोल्डकपमा फाइलनमा पुगेको आयोजक धरान फुटवल क्लवलाई हराउदै डफिन्स क्यामारुनले उपाधि जितेको हो...

पाँचथरमा चट्याङ लागेर एकको मृत्यु, १ घाईते

पाँचथर,४ फागुन । पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ पौवामा चट्याङले लागेर १ जनाको मृत्यु १ घाईते भएका छन् । आफ्नो घर नजिकै रहेको काकाको घरमा बसीरहेका बर्ष १७ को भगेन्द्र तामाङ र निजकै भाई बर्ष...

बोर्ड अफ ट्रष्टिचको नेतृत्व चयन

दमक,४ फागुन । दमक जेसीज बोर्ड अफ ट्रष्टिचको साधारणसभा सम्पन्न भएको छ । दमक जेसीज सचिवालयमा सम्पन्न साधारणसभाबाट बोर्ड अफ ट्रष्टिचको नयाँ कार्य समिति चयन भएको हो । वोर्ड अफ ट्रष्टिच दमक जेसीजका पूर्व...

शिक्षक संघको नगर परिषद सम्पन्न

गौरादह , ४ फागुन। नेपाल शिक्षक संघ गौरादह नगर समितिको प्रथम नगर परिषद भेला आज सम्पन्न भएको छ । सुर्योदय आधारभूत बिद्यालय धिमधिमेमा आयोजित कार्यक्रममा सहभागीहरुले पेशागत हितका लागि जिम्मेवारका साथ अगाडी वढ्नु पर्ने...

गौरीगंजमा सामूहिक सरसफाई

गौरीगंज ४, फागुन । गौरीगंज गाउँपालिका वार्ड नं ३ को बसपार्क देखि गौरीया खोेलाको पुलसम्मको बाटो आज सरसफाई गरिएको छ । प्रदेश नं १ भरिका सम्पुर्ण बसपार्क तथा बसबिसौनीहरूमा एकैसाथ सरसफाई गर्ने कार्यक्रम अन्तर्गत समुदाय...

बिर्तामोडलाई बन्दमुक्त गर्न पहल थालियो

बिर्तामोड, फागुन ४। उद्योग व्यवसाय तथा सुरक्षा क्षेत्रका प्रतिनिधिले सरोकारवालासँग समन्वय गरी बिर्तामोडलाई बन्दहड्ताल मुक्त गर्ने पहल थालेका छन् । आज शनिवार बिर्तामोडमा भएको छलफलमा सहभागीहरुले प्रदेश नं। १कै प्रमुख व्यापारिक केन्द्र तथा आधा दर्जन...

कमलमा आग्र्यनिक तरकारी विक्री सुरु

कमल,४ फागुन। झापाको कमल गाउँपालिका ३ स्थित उद्यमशिल जागरण महिला केन्द्रले उत्पादन गरेको आग्र्यनिक तरकारी आजबाट विक्रि गर्न सुरु गरेको छ । केन्द्रले सामूहिक रुपमा १० कठ्ठा जमिन भाडामा लिएर फुलकोपी र धनिया लगायतका तरकारी...

जातिगत पहिचान सुचिकृत गर्न माग

मोरङ ,४ फागुन । विराट राजवंशी समाज उत्थान समितिले आफ्नो जातिगत पहिचान सुचिकृत गर्न माग गर्दै बृहत भेला तथा खबरदारी सभा गर्ने भएको छ । समितिले नेपाल पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलन गरि सो बिषयमा जानकारी...

सङ्घीय ट्रेड युनियन महासंघको कनकाई समिति

दमक,४ फागुन । सङ्घीय लोकतान्त्रिक ट्रेडयुनियन महासंघको कनकाई नगर समिति गठन भएको छ । शनिबार आयोजित एक भेलाले उपेन्द्र घिमिरेको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश:...