पारसको आक्रामक अर्धशतक र सन्दिपको ५ विकेटमा नेपालको शानदार जीत

हाम्रो दमक

काठमांडौ । मलेसियामा जारि आइसीसी टि -२० विश्वकप एसिया रिजन ( पूर्वी ) छनौट प्रतियोगिता अन्तर्गत नेपालले लगातार दोश्रो जित हात पार्ने क्रममा मलेसियालाई सहजै ८ विकेटले पराजित छ। यस अघि नेपालले पहिलो खेलमा म्यानमारलाई पनि ८ विकेटलेनै पराजित गरेको थियो।

खेलमा टस जितेर ब्याटिंग रोजेको मलेसियाले दिएको १०१ रनको लक्ष्य नेपालले २ विकेट गुमाएर १२.४ ओभरमा पुरा गरेको हो। लक्ष्य पछ्याउने क्रममा नेपालको लागि कप्तान पारस खड्काले अविजित अर्धशतकीय इनिंग खेले। आक्रमक ब्याटिंग गरेका खड्काले ५२ रन बनाउन ३७ बलमा २ छक्का र ५ चौका प्रहार गरे। यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले अविजित २७ रन बनाए जुन क्रममा २४ बलमा २ चौका र १ छक्का प्रहार गरे।

यस अघि नेपालले पहिलो २ विकेट ३२ रनको योगफलमा गुमाएको थियो जुन क्रममा  अनिल साह १ र बिनोद भण्डारी १२ रन बनाएर आउट भए। मलेसिया बलर सयद एजाज र पभनदिप सिंहले १/१ विकेट लिए।

सन्दिपको शानदार बलिङ्ग 

यस अघि पहिलो इनिंगमा सन्दिप लामिछानेले उत्कृस्ट बलिंग प्रदर्शन गर्दै ५ विकेट हात पारेपछि मलेसिया १०० रनमा समेटिएको थियो।बायुमास ओभल मैदानमा टस जित्दै ब्याटिंग गर्न उत्रिएको मलेसियाले १९.३ ओभरमा सबै विकेट गुमाएर १०० रन मात्र जोड्न सक्यो। उसको इनिंगमा शफिक शरिफले सर्वाधिक ४९ रन जोड्न बाहेक अन्यको प्रदर्शन सुखद रहन सकेन। ओपनिंग गर्न उत्रिएका शरिफले ३७ बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए।

३६ रनको स्कोरमा २ विकेट गुमाएपछि मलेसियाका लागि अहमद फैज र शफिक शरिफले तेस्रो विकेटका लागि ३९ रनको साझेदारी गर्दै इनिंग उकास्ने प्रयास गरेका थिए। तर आफ्नो दोस्रो स्पेलमा बलिंग गर्न आएका सोमपाल कामीले लगातार दुई बलमा दुई विकेट लिंदै मलेसियाको ब्याटिंग धरासायी बनाएका थिए।

नेपालको बलिंगमा सन्दिप लामिछानेले सर्वाधिक ५ विकेट हात पारे।  आफ्नो ४ ओभरको स्पेलमा सन्दिपले २० रन खर्चिएर ५ विकेट चट्काए।  यसअघि म्यान्मार बिरुद्धको पहिलो खेलमा समेत सन्दिपले व्यक्तिगत ४ विकेट हात पारेका थिए।

यस्तै सोमपाल कामीले ३ विकेट हात पार्न १६ रन तथा पारस खड्काले १ विकेट हात पार्न १४ रन खर्चिए। नेपालले मलेसियाको १ विकेट भने रन आउट स्वरूप हात पारेको थियो।

सन्दिपको उत्कृस्ट ५ बलिङ्ग स्पेल

५ विकेट (४-०-२०-५) बिरुद्ध मलेसिया (आईसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया (पूर्वी) )
५ विकेट ( १०-२-२७-५ ) बिरुद्ध हंगकंग ( एसिया कप छनौट , २०१८ )
५ विकेट ( १०-५-२०-५ ) बिरुद्ध केन्या ( आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ , २०१८ )
४ विकेट ( ८.२-२-१८-४ ) बिरुद्ध नामिबिया ( आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ , २०१८ )
४ विकेट ( ८-०-२९-४ ) बिरुद्ध पपुवा न्यु गिनी ( आईसीसी बिश्वकप छनौट , २०१८ )

प्रतियोगिता अन्तर्गत नेपालले आगामी खेलमा आइतबार थाईल्याण्डको सामना गर्नेछ।

विकेटनेपालबाट

शनि, अशोज २०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

परिवर्तन हुँदै काठमाडौं उपत्यकाका सार्वजनिक सवारीका रूट

काठमाडौं । यातायात व्यवस्था विभागले अव्यवस्थित रूटका कारण जाम बढेको भन्दै काठमाडौं उपत्यकाको सवारी जाम नियन्त्रण गर्न हाल सञ्चालनमा रहेका सार्वजनिक सवारी रूट परिमार्जन गर्ने तयारी गरेको छ। एसियाली विकास बैंकको सहयोगमा सञ्चालित काठमाडौं दिगो...

स्पेनिस ला लिगा फुटबलमा तीन साताका लागि मैदानबाट बाहिरिए मेस्सी

काठमाडौँ। स्पेनिस ला लिगा फुटबलको आइतबारको खेलमा ‘लिग लिडर’ बार्सिलोनाले सजिलो जित हात पारे पनि आफ्ना स्टार खेलाडी लियोनल मेसीलाई भने केही समयका लागि गुमाउनु परेको छ। बार्सिलोनाले घरेलु मैदानमा सेभिललाई ४—२ गोलले हराएको...

यस्ता आठ प्रकारका सामाजिक सुरक्षा भत्ता बाँढ्दै सरकार ! कस्ता कस्ता नागरिकले पाउँदैछन भत्ता ?

काठमाडौँ। सरकारले चालू आर्थिक वर्ष ०७५/७६ मा विभिन्न ८ वर्गका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ। व्यवस्थापिका संसद्ले पास गरेको सामाजिक सुरक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनअनुसार यस्तो व्यवस्था हुन लागेको हो  । व्यवस्था...

सर्यो प्राचीन बजार ग्वाल्डुब्बा १०० मिटर पर

ग्वाल्डुब्बा | गौरादह नगरपालिकाको प्राचीन बजार ग्वाल्डुब्बा साबिक स्थानबाट १०० मिटर पुर्व सरेको छ । नया बजारमा हाल ३ वटा ब्लकमा जम्मा ३० वटा टहरा निर्माण गरिदैछ । बजार स्थलमा आवस्यक पर्ने बिजुली,  खानेपानी, सार्बजनिक...

सावधान ! बजारमा छ्याप छ्याप्ती नक्कली नोट, यसरी चिन्ने र बच्ने

काठमाडौं । नेपाल प्रहरीले आइबार राजधानीमा नक्कली नोट र त्यसका कारोबारीहरुलाई सार्वजनिक गरेको छ । प्रहरीले नक्कली नेाटका बेही कारोबारीहरु त पक्राउ, गर्‍यो, तर बजारमा त्यस्ता नक्कली नोटहरु कति गइसकेका छन् भन्ने चाहिँ यकिन हुन...

सन्थाल नृत्यमा शिवसताक्षी समूह प्रथम

लखनपुर,४ कातिक /  झापाको कमल गाँउपालिका–५ स्थित मंगलवारे वजारमा आयोजना गरिएको सन्थाल नृत्यमा शिवसताक्षी सन्थाल समूह प्रथम भएको छ । बडादशैको अवसरमा एकादशीका दिन शनिवार लाग्दै प्रतियोगितात्मक सन्थाल नृत्यमा प्रथम भएसंगै विजेता समूहले नगद...

सडकमा परेका खाल्डाखुल्डीका कारण दैनिक दुर्घटनाको जोखिम बढ्दै

धरान | धरानका सडकमा परेका खाल्डाखुल्डीका कारण दिनप्रतिदिन दुर्घटनाको जोखिम बढ्दै गएको छ । खाल्डाखुल्डकै कारण दैनिकजसो साना तथा ठूला सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् । धरानका सडक जिर्ण बनेपछि तत्कालीन नगरप्रमुख स्व. तारा...

सुनसान बनेको मुख्य राजमार्ग तथा बजारहरुमा ह्वात्तै चहलपहल

दमक | दशै शुरुभएसंगै दुई दिन देखि सुनसान बनेको मुख्य राजमार्ग तथा बजारहरुमा ह्वात्तै चहलपहल बढेको छ । अष्टमी देखी दशमीको टिका लगाउने क्रम शुरु नभएसम्म सडक तथा शहर बजारहरु सुनसान बनेका थिए । यसवर्षको...

सजाय सुनाएको २९ वर्षपछि पक्राउ

खोटाङ १ कार्तिक | खोटाङमा कर्तव्य ज्यान मुद्दामा सजाय सुनाइएका अभियुक्त २९ वर्षपछि पक्राउ छन् । २०४६ सालमा स्थानीय ढकबहादुर कार्कीको हत्या गरेर फरार रहेका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की असोज...

प्रधानमन्त्री ओली झापामा

दमक | प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउनु भएको छ । प्रधानमन्त्री ओली आफैले विगत वर्ष देखि आयोजना गर्दै आउनु भएको शुभकामना आदान प्रदान तथा चियापान समारोहमा सहभागि हुन आज झापा...