चन्द्रदर्शन शाकोसको साधारणसभा सम्पन्न

हाम्रो दमक

पाडाजुंगी ,१९ असोज/ कमल गाउँँपालिका–५ स्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले शुक्रवार आफनो आठौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

साधारणसभाको उद्घाटन गर्दे सहकारी बैककी सञ्चालक भट्टराई

संस्थाको प्राङगणमा एक कार्यक्रम गरि सहकारीले आफनो आठौं बार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभामा संस्थाका अध्यक्ष बालकृष्ण गौतमले सञ्चालक समितिका तर्फबाट अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष रोशन दाहालले आर्थिक प्रतिवेदन र लेखा संयोजक एकराज प्याकुरेलले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । तीनै प्रतिवेदन संस्थाको वन्दसत्रले सुझावसहित पारित गरिएको संस्थाका सचिव भोजकुमार राईले जानकारी दिए ।
सो अवसरमा संस्थाले उत्कृष्ठ बालबचततर्फ श्रोती खड्का,उदितवाली साम्पाङ,एसइई परिक्षामा उत्कृष्ठ हुने सोनिया राई र अनुप भट्टराई,स्थानीय उद्योगी तुलसीराम तिम्सीनालाई सम्मान गरेको छ ।
यसैगरि, सहकारीले उत्कृष्ठ ऋणी,उत्कृष्ठ बचत गर्ने ४६ जना शेयर सदस्यहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको थियो । त्यस्तै सहकारीका क्षेत्रबाट कलम चलाउने पत्रकार गोपाल झापालीलाई चन्द्रदर्शन सहकारी जागरण पुरस्कार र उत्कृष्ठ कर्मचारीका रुपमा मुना मगरलाई नगद,सम्मानपत्रसहित पुरस्कृत गरिएको संस्थाका व्यवस्थापक राजु थापाले बताए ।
राष्ट्रिय सहकारी बैककी सञ्चालक तथा तालिम संयोजक सरिता भट्टराईको प्रमुख आतिथ्यतामा भएको कमल गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष डम्बर निरौला, द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपक खरेललगायतले सहकारीको बारेमा बोलेका थिए ।
   कुल कारोवार साढे १२ करोड बढी
गौरादहमा समेत सेवा केन्द्र रहेको सो सहकारीमा ४६१ जना शेयर सदस्य छन् । गएको वर्षसम्म १ करोड ६७ लाख १३ हजार ८ सय शेयर पूंजी रहेको सहकारीले सोहि वर्ष कुल १२ करोड २७ लाख ५० हजार ८ सय २६ रुपैयाको कारोवार गरेको पारित प्रतिवेदनमा जनाईएको छ । गत आर्थिक बर्ष २०७३÷७४ को भन्दा ७ करोड ८२ लाख १८ हजार ७ सय ६२ रुपैया कारोवार भएकोमा यसवर्ष त्यसमा ४ करोड ४५ लाख ३२ हजार ६४ रुपैया बृद्धि भएको थियो ।
त्यसैगरि ८ करोड २३ लाख २० हजार ५ सय २४ रुपैया निक्षेप, १० करोड ७६ लाख ९ सय ८२ रुपैया कर्जा लगानी गरेको जनाईएको छ ।

शुक्र, अशोज १९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

परिवर्तन हुँदै काठमाडौं उपत्यकाका सार्वजनिक सवारीका रूट

काठमाडौं । यातायात व्यवस्था विभागले अव्यवस्थित रूटका कारण जाम बढेको भन्दै काठमाडौं उपत्यकाको सवारी जाम नियन्त्रण गर्न हाल सञ्चालनमा रहेका सार्वजनिक सवारी रूट परिमार्जन गर्ने तयारी गरेको छ। एसियाली विकास बैंकको सहयोगमा सञ्चालित काठमाडौं दिगो...

यस्ता आठ प्रकारका सामाजिक सुरक्षा भत्ता बाँढ्दै सरकार ! कस्ता कस्ता नागरिकले पाउँदैछन भत्ता ?

काठमाडौँ। सरकारले चालू आर्थिक वर्ष ०७५/७६ मा विभिन्न ८ वर्गका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ। व्यवस्थापिका संसद्ले पास गरेको सामाजिक सुरक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनअनुसार यस्तो व्यवस्था हुन लागेको हो  । व्यवस्था...

सर्यो प्राचीन बजार ग्वाल्डुब्बा १०० मिटर पर

ग्वाल्डुब्बा | गौरादह नगरपालिकाको प्राचीन बजार ग्वाल्डुब्बा साबिक स्थानबाट १०० मिटर पुर्व सरेको छ । नया बजारमा हाल ३ वटा ब्लकमा जम्मा ३० वटा टहरा निर्माण गरिदैछ । बजार स्थलमा आवस्यक पर्ने बिजुली,  खानेपानी, सार्बजनिक...

सावधान ! बजारमा छ्याप छ्याप्ती नक्कली नोट, यसरी चिन्ने र बच्ने

काठमाडौं । नेपाल प्रहरीले आइबार राजधानीमा नक्कली नोट र त्यसका कारोबारीहरुलाई सार्वजनिक गरेको छ । प्रहरीले नक्कली नेाटका बेही कारोबारीहरु त पक्राउ, गर्‍यो, तर बजारमा त्यस्ता नक्कली नोटहरु कति गइसकेका छन् भन्ने चाहिँ यकिन हुन...

सन्थाल नृत्यमा शिवसताक्षी समूह प्रथम

लखनपुर,४ कातिक /  झापाको कमल गाँउपालिका–५ स्थित मंगलवारे वजारमा आयोजना गरिएको सन्थाल नृत्यमा शिवसताक्षी सन्थाल समूह प्रथम भएको छ । बडादशैको अवसरमा एकादशीका दिन शनिवार लाग्दै प्रतियोगितात्मक सन्थाल नृत्यमा प्रथम भएसंगै विजेता समूहले नगद...

सडकमा परेका खाल्डाखुल्डीका कारण दैनिक दुर्घटनाको जोखिम बढ्दै

धरान | धरानका सडकमा परेका खाल्डाखुल्डीका कारण दिनप्रतिदिन दुर्घटनाको जोखिम बढ्दै गएको छ । खाल्डाखुल्डकै कारण दैनिकजसो साना तथा ठूला सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् । धरानका सडक जिर्ण बनेपछि तत्कालीन नगरप्रमुख स्व. तारा...

दमकमा मात्र ३५ करोड बढिको मासु खपत

दमक | अन्य दिनको तुलनामा चाडपर्वको समयमा बजारमा अत्याधिक मासु खपत हुने गरेको छ । बडदो शहरीकरण संगै बदलिदो मानिसको आधुनिक जिवन शैली ले गर्दा आफुले घरमा पशु बली दिने चलन हराउदै जाँदा बजार...

सुनसान बनेको मुख्य राजमार्ग तथा बजारहरुमा ह्वात्तै चहलपहल

दमक | दशै शुरुभएसंगै दुई दिन देखि सुनसान बनेको मुख्य राजमार्ग तथा बजारहरुमा ह्वात्तै चहलपहल बढेको छ । अष्टमी देखी दशमीको टिका लगाउने क्रम शुरु नभएसम्म सडक तथा शहर बजारहरु सुनसान बनेका थिए । यसवर्षको...

सजाय सुनाएको २९ वर्षपछि पक्राउ

खोटाङ १ कार्तिक | खोटाङमा कर्तव्य ज्यान मुद्दामा सजाय सुनाइएका अभियुक्त २९ वर्षपछि पक्राउ छन् । २०४६ सालमा स्थानीय ढकबहादुर कार्कीको हत्या गरेर फरार रहेका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की असोज...

प्रधानमन्त्री ओली झापामा

दमक | प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउनु भएको छ । प्रधानमन्त्री ओली आफैले विगत वर्ष देखि आयोजना गर्दै आउनु भएको शुभकामना आदान प्रदान तथा चियापान समारोहमा सहभागि हुन आज झापा...