प्रथम धारागोला भ्यूटावर गोल्डकपको उपाधी गोधुली युवा क्लब धाईजनलाई

हाम्रो दमक

शान्तिनगर । प्रथम धारागोला भ्यूटावर गोल्डकप फुटबल प्रतियोगिताको उपाधी गोधुली युवा क्लब धाईजनले उचालेको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा सम्पन्न उपाधि भिडन्तमा आयोजक धारागोला फुटबल क्लबलाई १-० ले पराजित गर्दै प्रतियोगितको उपाधि गोधुली युवा क्लब धाईजनले उचालेको हो । उपाधि उचाल्न गोधुली युवा क्लब धाईजनका सञ्जिव लिम्बुले पहिलो हाफको १८ औ मिनेटमा गरेको गोल नै निर्णायक बनेको समितिका सदस्य सुमन लेप्चा वाङ्चुले जानकारी दिए ।

उपाधि उचाले सँगै गोधुली युवा क्लब धाईजनले नगद ३० हजार रुपैयाँ ट्रफि, प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बन्दै आयोजकले नगद २० हजार रुपैयाँ, ट्रफि प्रमाण–पत्रमा चित्त बुझाएको छ । त्यसैगरि प्रतियोगिताको उत्कृष्ट खेलाडि आयोजकका उज्वल शेर्मा, उत्कृष्ट रक्षा पंक्तिमा विजेता टिमका विक्की चौधरी, उत्कृष्ट गोल रक्षक विजेता टिमकै राज कुमार लिम्बु र उच्च गोलकर्ता आयोजकका विवेक राई घोषित भए । विजेता, उपविजेता र उत्कृष्ट खेलाडिलाई कार्यक्रमका प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश कुमार भुजेल, समितिका अध्यक्ष धनमान लिम्बु लगायतले पुरस्कार वितरण गरेका थिए ।

यसअघि मनास्लु युवा क्लब कालिस्थानलाई पराजित गर्दै आयोजक फाइनलमा प्रबेश गरेको थियो भने गोधुली क्लबले बहुवन युवा क्लब इलामलाई पाखा लगाउदै फाइनलमा आयोजकसंग भेट पक्का गरेको थियो। त्यस्तै आजै बुद्धशान्ति गाउँपालिका र आयोजक समितिका पदाधिकारीबिच भएको मैत्रिपुर्ण खेल बुद्धशान्ति गाउँपालिकाले जितेको छ ।

पछिल्लो समय चर्चामा रहेको प्रमुख पर्यटकीय स्थल धारागोला भ्यूटावरको प्रचार–प्रसारका साथै स्थानीय स्तरबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सहयोग पुर्याउने र खेल मैदानको स्तर उन्नती गर्ने उद्धेश्यले सो फुटबल प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका अध्यक्ष धनमान लिम्बुले जानकारी दिए । प्रतियोगितामा झापा र इलामका गरि १६ वटा टोलीले सहभागिता जनाएका थिए ।

बिहि, अशोज १८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

खेलकुद बाट अन्य

स्पेनिस ला लिगा फुटबलमा तीन साताका लागि मैदानबाट बाहिरिए मेस्सी

काठमाडौँ। स्पेनिस ला लिगा फुटबलको आइतबारको खेलमा ‘लिग लिडर’ बार्सिलोनाले सजिलो जित हात पारे पनि आफ्ना स्टार खेलाडी लियोनल मेसीलाई भने केही समयका लागि गुमाउनु परेको छ। बार्सिलोनाले घरेलु मैदानमा सेभिललाई ४—२ गोलले हराएको...

दोश्रो फुलबारी च्यालेन्ज कपको उपाधि दमकलाई

धरमपुर,१ कार्तिक / झापाको धरमपुरमा बुधबार सम्पन्न दोश्रो फुलबारी च्यालेन्ज कप फुट्बल प्रतियोगिताको उपाधि दमक टे«निङ्ग सेन्टरले जितेको छ । धरमपुरस्थित फुलबारी खेल मैदानमा भएको सो खेलमा दमकले जिओन स्पोर्टिङ्ग क्लब विर्तामोड लाई टाइब्रेकरमा...

मिडिया कप कात्तिक तेस्रो सातामा

बिर्तामोड, असोज २८ । झापाको पुरानो दैनिक विवेचनाको वार्षिकोत्सवमा आयोजना गरिँदै आएको झापा मिडिया कपको दोस्रो संस्करण कात्तिक तेस्रो साता हुने भएको छ । मिडिया कपको खेल समितिले आइतबार पत्रकार सम्मेलन गरी कात्तिक १५, १६...

मिडियाकप फुटसलको उपाधि कसारलाई (फोटो फिचर )

दमक,२७ असोज / दमकमा सञ्चालित मिडियाकप फुटसल प्रतियोगिताको उपाधि गौरादहको कसार साप्ताहिकले जितेको छ । शनिवार दमक–९ स्थित रणभूमि फुटसल मैदानमा सम्पन्न उपाधि खेलमा दमकको समदर्शी मासिकलाई १ का विरुद्ध ५ गोल गरि जित...

मिडियाकप फुटसल प्रतियोगिताको तयारी पूरा

दमक,२६ असोज / भोलि दमकमा हुने प्रथम मिडियाकप फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ । स्थानीय रणभूमि फुटसल खेल मैदानमा हुने एकदिवसीय फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको हो । वडादशै–२०७५ को उपलक्ष्यमा नेपाल प्रेस...

उर्लाबारी एफसी फुलबारी च्यालेन्ज कपको सेमिफाइनलमा

धरमपुर,२४ असोज /  झापाको शिवसताक्षी नगरपालिकास्थित धरमपुरमा आजबाट शुरु भएको दोश्रो फुलबारी च्यालेन्ज कप फुट्बल प्रतियोगितामा उर्लाबारी फुट्बल क्लब मोरङ्ग विजयी भएको छ । उसले धुलाबारी फुट्बल क्लब झापालाई एक शुन्यले पराजित गर्दैै जित हासिल...

लगातार दोश्रो खेलमा सन्दिप बने म्यान अफ द म्याच

काठमांडौ । लगातार दोश्रो जित हात पार्दा स्टार नेपाली लेग स्पिनर सन्दिप लामिछाने दुवै पटक म्यान अफ द म्याच चुनिएका छन्। यसअघि प्रतियोगितामा आफ्नो पहिलो खेलमा समेत सन्दिपले म्यान्मार बिरुद्ध मात्र २ ओभरमा ४ विकेट हात पारेका थिए। २...

पारसको आक्रामक अर्धशतक र सन्दिपको ५ विकेटमा नेपालको शानदार जीत

काठमांडौ । मलेसियामा जारि आइसीसी टि -२० विश्वकप एसिया रिजन ( पूर्वी ) छनौट प्रतियोगिता अन्तर्गत नेपालले लगातार दोश्रो जित हात पार्ने क्रममा मलेसियालाई सहजै ८ विकेटले पराजित छ। यस अघि नेपालले पहिलो खेलमा म्यानमारलाई पनि ८...

टी २० विश्वकपको छनौट खेलमा नेपालद्धारा म्यानमार ८ विकेटले पराजित ।

बिर्तामोड । आईसीसी टी–२० विश्वकप अन्तर्गत एसिया सब–रिजनको छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार भएको खेलमा नेपालले म्यानमारलाई ८ विकेटले पाखा लगायो । मलेसियाको बायुमास ओभल मैदानमा पहिले ब्याटिङ गरेको म्यानमार १० ओभरमा...

शिवसताक्षीमा नगरस्तरिय भेट्रान शुरु

झिलझिले,१७ असोज । झापाको शिवसताक्षीमा आजदेखि नगरस्तरीय भेट्रान फुटबल प्रतियोगिता शुरु भएको छ । रुखमाया लिम्बुको स्मृतिमा सञ्चालन भएको सो प्रतियोगिता समाजसेबी युवा क्लब झिलझिलेले आयोजना गरेको हो । झिलझिलेको खेलमैदानमा शुरु भएको प्रतियोगिताको वडानम्बर...