सभ्यसमाजले ऋण लगानी १ करोड ६६ लाख बढी पुर्याँउने

हाम्रो दमक

दमक,१८ असोज /  दमक–९ स्थित सभ्यसमाज कृषि सहकारी संस्थाले आज आफनो दोश्रो बार्षिक साधारणसभा सम्पन्न गरेको छ । स्थानीय कन्काई पार्टी प्यालेसमा एक कार्यक्रम गरि साधारणसभा सम्पन्न गरेको हो । सभाको उद्घाटनमा उत्कृष्ठ कारोवार गर्ने २८ जनालाई शेयर सदस्यहरुलाई पुरस्कृत गरेको छ ।

साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्दे अध्यक्ष कामत

सहकारीले उत्कृष्ठ बाल बचत तर्फ ३ जनासहित उत्कृष्ठ ऋण्ी तर्फ ९ जना र १६ जना प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको संस्थाका सचिव पुण्यप्रसाद खनालले बताए । त्यस अवसरमा संस्थाका अध्यक्ष रमेशकुमार कामतले सञ्चालक समितिको प्रतिवेदन र लेखा संयोजक प्रहर क्षेत्रीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन संस्थाको वन्दसत्रले सुझावसहित पारित गरिएको संस्थाका व्यवस्थापक आदेश ताजपुरियाले बताए । सभामा प्रमुख अतिथि जिल्ला सहकारी संघका लेखा समिति सदस्य चुडामणी ओझा, दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, रोटरी क्लव अफ दमकका अध्यक्ष मोहन ढकाल लगायतले सहकारीले कृषि क्षेत्रमा आफनो पहुँच बृद्धि गर्न सुझाव दिएका थिए ।

संस्थाका कोषाध्यक्ष सुरज धिमालले स्वागत मन्तव्य राखेका सो सभामा दमक बहुमुखी क्याम्पसका सञ्चालक सदस्य रोशन विष्ट, निम्स हस्पिटलका अध्यक्ष बलभद्र कोइराला,दमक जेसीजका अध्यक्ष चन्द्र खत्रीलगायतको उपस्थिति रहेको थियो ।

५ सय ८६ जना शेयर सदस्य रहेको सो कृषि सहकारीको शेयर पूंजी ४४ लाख ७४ हजार ६ सय पुगेको छ । सहकारीले चालु बर्षमा १ करोड ६६ लाख ८४ हजार ५ सय पुर्याँउने लक्ष्य लिएको छ । आज सम्पन्न सहकारीको वन्दसत्रले संस्थाको कारोवार बृद्धि गर्न विभिन्न ऋण शीर्षकमा सो रकमको लक्ष्य पारित गरेको हो ।

बिहि, अशोज १८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

परिवर्तन हुँदै काठमाडौं उपत्यकाका सार्वजनिक सवारीका रूट

काठमाडौं । यातायात व्यवस्था विभागले अव्यवस्थित रूटका कारण जाम बढेको भन्दै काठमाडौं उपत्यकाको सवारी जाम नियन्त्रण गर्न हाल सञ्चालनमा रहेका सार्वजनिक सवारी रूट परिमार्जन गर्ने तयारी गरेको छ। एसियाली विकास बैंकको सहयोगमा सञ्चालित काठमाडौं दिगो...

यस्ता आठ प्रकारका सामाजिक सुरक्षा भत्ता बाँढ्दै सरकार ! कस्ता कस्ता नागरिकले पाउँदैछन भत्ता ?

काठमाडौँ। सरकारले चालू आर्थिक वर्ष ०७५/७६ मा विभिन्न ८ वर्गका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ। व्यवस्थापिका संसद्ले पास गरेको सामाजिक सुरक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनअनुसार यस्तो व्यवस्था हुन लागेको हो  । व्यवस्था...

सर्यो प्राचीन बजार ग्वाल्डुब्बा १०० मिटर पर

ग्वाल्डुब्बा | गौरादह नगरपालिकाको प्राचीन बजार ग्वाल्डुब्बा साबिक स्थानबाट १०० मिटर पुर्व सरेको छ । नया बजारमा हाल ३ वटा ब्लकमा जम्मा ३० वटा टहरा निर्माण गरिदैछ । बजार स्थलमा आवस्यक पर्ने बिजुली,  खानेपानी, सार्बजनिक...

सावधान ! बजारमा छ्याप छ्याप्ती नक्कली नोट, यसरी चिन्ने र बच्ने

काठमाडौं । नेपाल प्रहरीले आइबार राजधानीमा नक्कली नोट र त्यसका कारोबारीहरुलाई सार्वजनिक गरेको छ । प्रहरीले नक्कली नेाटका बेही कारोबारीहरु त पक्राउ, गर्‍यो, तर बजारमा त्यस्ता नक्कली नोटहरु कति गइसकेका छन् भन्ने चाहिँ यकिन हुन...

सन्थाल नृत्यमा शिवसताक्षी समूह प्रथम

लखनपुर,४ कातिक /  झापाको कमल गाँउपालिका–५ स्थित मंगलवारे वजारमा आयोजना गरिएको सन्थाल नृत्यमा शिवसताक्षी सन्थाल समूह प्रथम भएको छ । बडादशैको अवसरमा एकादशीका दिन शनिवार लाग्दै प्रतियोगितात्मक सन्थाल नृत्यमा प्रथम भएसंगै विजेता समूहले नगद...

सडकमा परेका खाल्डाखुल्डीका कारण दैनिक दुर्घटनाको जोखिम बढ्दै

धरान | धरानका सडकमा परेका खाल्डाखुल्डीका कारण दिनप्रतिदिन दुर्घटनाको जोखिम बढ्दै गएको छ । खाल्डाखुल्डकै कारण दैनिकजसो साना तथा ठूला सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् । धरानका सडक जिर्ण बनेपछि तत्कालीन नगरप्रमुख स्व. तारा...

दमकमा मात्र ३५ करोड बढिको मासु खपत

दमक | अन्य दिनको तुलनामा चाडपर्वको समयमा बजारमा अत्याधिक मासु खपत हुने गरेको छ । बडदो शहरीकरण संगै बदलिदो मानिसको आधुनिक जिवन शैली ले गर्दा आफुले घरमा पशु बली दिने चलन हराउदै जाँदा बजार...

सुनसान बनेको मुख्य राजमार्ग तथा बजारहरुमा ह्वात्तै चहलपहल

दमक | दशै शुरुभएसंगै दुई दिन देखि सुनसान बनेको मुख्य राजमार्ग तथा बजारहरुमा ह्वात्तै चहलपहल बढेको छ । अष्टमी देखी दशमीको टिका लगाउने क्रम शुरु नभएसम्म सडक तथा शहर बजारहरु सुनसान बनेका थिए । यसवर्षको...

सजाय सुनाएको २९ वर्षपछि पक्राउ

खोटाङ १ कार्तिक | खोटाङमा कर्तव्य ज्यान मुद्दामा सजाय सुनाइएका अभियुक्त २९ वर्षपछि पक्राउ छन् । २०४६ सालमा स्थानीय ढकबहादुर कार्कीको हत्या गरेर फरार रहेका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की असोज...

प्रधानमन्त्री ओली झापामा

दमक | प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउनु भएको छ । प्रधानमन्त्री ओली आफैले विगत वर्ष देखि आयोजना गर्दै आउनु भएको शुभकामना आदान प्रदान तथा चियापान समारोहमा सहभागि हुन आज झापा...