भ्रष्ट कर्मचारीलाई कारबाही गरे मालपोत र नापी खाली हुन्छः अख्तियार प्रमुख

हाम्रो दमक

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले मालपोत र नापी कार्यालयहरुम्ाा भ्रष्टाचार व्याप्त रहेको रहेको स्वीकार गरेका छन् ।

भ्रष्टाचारमा सलग्न कर्मचारीलाई कारबाही गर्दा कार्यालय नै खाली हुने अवस्था रहेको उनले बताए । ‘काठमाडौंको गोट्ठारमा रहेको ४० रोपनी जग्गा कर्मचारीले अभिलेखमा नराखी व्यक्तिका नाममा दर्ता गरिदिएका रहेका रहेछन्’ घिमिरेले अगाडि भने, त्यसमा ८० जनासम्म संलग्न छन् । सबैलाई एकैचोटी निलम्बना गरौं भन्दा कर्मचारी व्यवस्था गरादिनुस् भन्ने आयो ।’

बुधबार राज्य व्यवस्था समितिमा उपस्थित घिमिरेले धादिङमा एउटै मुद्दामा ४७ जनाविरुद्ध मुद्धा चलाएको सुनाए । भ्रष्टाचारको अनुसन्धान गर्दै जाँदा मालपोत र नापीमा कर्मचारी नै नहरने अवस्था आएको भन्दै उनले यो अख्तियार, नागरिकसमाज सबैका लागि चुनौती भएको बताए ।
नापी र मालपोतका कर्मचारीले सेवाग्राहीसँग सिधै घुस नलिएर नयाँनयाँ उपाय खोजेको उनले बताए ।

सेनालाई निमार्ण आयोजना दिँदा सरकारले सोचोस्

अख्तियार प्रमुख घिमिरेले कुनैपनि आयोजना निमार्णको जिम्मा नेपाली सेनालाई दिँदा ख्याल गर्न सरकारलाई आग्रह गरेका छन् ।

‘जाजरकोट दुलही सडक निमार्णका क्रममा निमार्ण व्यावसायीहरुले ठूला ढुङ्गाहरु, चट्टानहरु फुटाउन सकेनन । त्यस्ता कठिन कार्यमा आर्मीलाई प्रयोग गर्नु एउटा कुरा हो’ अख्तियार प्रमुख घिमिरेले भने, ‘तर अन्य तराईका क्षेत्रहरुमा आर्मी प्रयोग गर्नु उपयुक्त हो कि होइन, सरकारले सोचोस् ।’

नेपाली सेना अख्तियारको क्षेत्राधिकारभित्र पर्दैन । आफूले विगतमा रक्षा सचिव र गृहसचिव भएर समेत काम गरेको अनुभव सुनाउँदै प्रमुख आयुक्त घिमिरेले आफूहरु संवैधानिक दायरामा रहेको बताए ।

डिआइजीविरुद्ध ३ करोड भ्रष्टाचारको मुद्धा !

घिमिरेले अख्तियारले साना माछा मात्रै समात्यो र ठूला माछा हेरेन भन्ने आरोप सत्य नरहेको बताए । दुई रुपयाँ भ्रष्टाचार भएको भएपनि त्यो अपराध हो भनेर काम गरिरहेको उनले बताए ।

भैरहवाको एउटा मुद्धामा डीआईजीले ३ करोड भ्रष्टाचार गरेको विषयमा अनुसन्धान भइरहेको उनले बताए । तर, उनले यसबारे थप खुलाएनन् । कुनैपनि मुद्धा दर्ता हुने वित्तिकै नाम लिस्टसहित सार्वजनिक नगर्ने र व्यक्तिको सार्वजनिक प्रतिष्ठालाई ख्याल गर्ने उनले बताए ।

बिहि, अशोज १८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

अपराध बाट अन्य

विप्लवको शैक्षिक हड्तालले देशरभरका विद्यालयको पढाइ प्रभावित

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीनिकट अखिल (क्रान्तिकारी) ले घोषणा गरेको आम शैक्षिक हड्तालका कारण आज देशभरका अधिकांश सामुदायिक र निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ । नेपाल सरकारले विद्यालयमा बन्द, हड्ताल नगर्न...

गौरीगञ्जको कुन्जीवारीमा बम फेला,गाँउले त्रसित

गौरीगञ्ज ,२३ माघ । झापाको गौरीगञ्ज १ कुञ्जीबारीस्थित न्यू युनिभर्सल एकाडेमीलाई लक्षित गर्दै अज्ञात समूहले बम राखेको सूचना दिएपछि अहिले त्यस क्षेत्रको जनजीवन आतकिंत बनेको छ । बाँस झ्याङमा बम जस्तो देखिने शकांस्पद बस्तु विद्यालयको उत्तर...

बिर्तासिटी हस्पिटलको लापरबार्हीका कारण बालकको मृत्यु, आफ्न्तद्धारा तोडफोड

बिर्तामोड । झापाको बिर्तामोड स्थित बिर्ता सिटि हस्पिटलका डाक्टर र नर्सको लापरबार्हीका कारण एक बालकको मृत्यु भएको भन्दै आफ्न्तले प्रर्दशन गरेका छन् । मेचीनगर–१३ स्थित काली झोडाका उमङ राजवंशीका दुई वर्षीय बालक जेनित राजवंशीको इजेक्सन...

दमकमा छोराको कुटपिटबाट बाबुको मृत्यु

दमक, ९ माघ । झापाको दमकमा छोराको कुटपीटबाट बाबुको मृत्यु भएको छ । दमक–  ६ स्थित रातो पुल बस्ने राजन न्यौपाने र छोरा विशाल न्यौपाने वीच घरायसी विषयमा बुधबार दिउँसो झगडा हुदाँ छोराको कुटपीटबाट ५८...

दुई महिलालाई खुकुरी प्रहार गरी, आफ्नै घाँटी रेटेर आत्महत्या

विर्तामोड,५ माघ । झापाको अर्जुनधारा नगरपालिका–१० कालिझोडाका ४४ वर्षीय खडानन्द पोखरेलले छिमेकी दुई महिलालाई खुकुरीले प्रहार गरी आफूले आत्महत्या गरेका छन् । मृतकलाई आज बिहान छिमेकी महिलाको घर नजिक खोल्सीमा घाँटी सेरिएर मृत्यु भइसकेको अवस्थामा...

करणी गरेकोआरोपमा चौधरी पक्राउ

 दमक,२ माघ । बृद्धालाई जर्वजस्ती करणी गरेको अभियोगमा झापाबाट आज एक युवा पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय कुमोरखोदका अनुसार यसरी पक्राउ पर्नेमा झापा गाउँपालिका–२ का १९ बर्षिय लक्ष्मण चौधरी रहेका छन् । मंगलवार...

बोतल प्रहारबाट श्रीमतीको मृत्यु

ईलाम,२८ पुस । बोतल प्रहारबाट इलाममा एक जना महिलाको मृत्यु भएको छ । ईलाम,सन्दकपुर गाउपालिका–५ बतासे बस्ने ३५ बर्षिय सोम बहादुर गुरुङले श्रीमतीसंग विवादका क्रममा वोतल प्रहार गर्दा निजकै ३५ बर्षिया श्रीमती निरमाया गुरुङको...

हत्या आरोपमा दुई कारागार चलान

ताप्लेजुङ, २८ पुस । ताप्लेजुङको मिक्वाखोला–४ का प्रतापसिंह सावाँ लिम्बूको हत्या गरेको आरोपमा सोही ठाउँकै १८ वर्षका विनम लिम्बू र अर्का १९ वर्षका रोशन लिम्बूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालतको आदेशअनुसार...

बुद्धशान्तिको आइतबारेमा नवजात शिशुको शव फेला

शान्तिनगर । झापाको बुद्धशान्ति गाउँपालिका–४ आइतवारेमा नवजात शिशुको शव फेला परेको छ । स्थानीय शंकर रेग्मीको जग्गामा एउटा खुट्टा देखिने गरी शिशुको शव गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख कृष्णप्रसाद हुमागाईंले...

खैरो हेरोइन बिक्री गर्ने दम्पत्तिसहित ४ जना पक्राउ

झापा,१५ पुस । झापाका छुट्टाछुट्टै स्थानबाट प्रहरीले २ सय २३ ग्राम खैरो हेरोइनसहित ४ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ बाट १ जनालाई पक्राउ गरेको हो...