कृषि क्याम्पस नेविसंघको शुभकामना कार्यक्रम

हाम्रो दमक

गौरादह,१७ असोज/  नजिकिएको दशै,तिहार तथा छैठ पर्वको अवसर पारेर नेविसंघले बुधबार गौराहदस्थित गौरादह कृषि क्याम्पसमा शुभकामना आदनप्रदानसहित सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।


नेपाल विद्यार्थी संघ गौरादह कृषि क्याम्पस एकाई समितिले एक कार्यक्रम गरि शुभकामना आदनप्रदानसहित सांस्कृतिक कार्यक्रम गरिएको संघका सभापति कुशल लामिछानेले बताए ।
नेबिसंघ झापाका सभापति रोशन बिष्टको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नेबिसंघका केन्द्रीय उपाध्यक्ष पबन यादव , नेपाल तरुण दल पूर्व केन्द्रीय महासचिव अनिल कृष्ण प्रसाईं ,गौरिगञ्ज गाँउपालिकाका उपाध्यक्ष दीपेन्द्र थापा , नेपाली कांग्रेस गौरादह नगर सभापति यादब राज सेडाई लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रमकाबीच विद्यार्थीहरुले आकर्षक नृत्यहरु प्रस्तुत गर्दै दर्शकहरुलाई रोमान्चित बनाएका थिए । त्रिभुवन विश्व विद्यालय कृषि तथा पशु बिज्ञान अध्ययन संस्थानको सम्बन्धन प्राप्त सो आंगिक क्याम्पस , गौरादह कृषि क्याम्पसमा देशका करिब ३४ जिल्लाबाट आएका हाल ४६ जना विद्यार्थीहरु बिएससी तहको प्राबिधिक कृषि शिक्षामा अध्ययनरत छन् ।

बुध, अशोज १७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

वाणी माविको ५३ औ बार्षिकोत्सव

 कमल  ,३ पुस । कमल गाँउपालिका ६ स्थित वाणी माध्यमिक विद्यालयले ५३ औं बार्षिकोत्सव विभिन्न कार्यक्रमहरु गरि मनाएको छ । तीन दिनसम्म विद्यालयले खेलकुदसहित अभिभावकहरुवीच मनोरञ्जनात्मक कार्यक्रमहरु गरि बार्षिकोत्सव मनाईएको प्रधानाध्यापक लक्ष्मी प्रसाद डाँगीले...

नर्सहरुको माग सम्बोधन, आन्दोलन स्थगित

दमक,३ पुस । आन्दोलनरत नर्सहरुको मागलाई सम्बोधन गर्ने लिखीत सहमति भएपछि दमकको लाइफलाइन अस्पतालमा आन्दोलित नर्सहरुको आन्दोलन स्थगित भएको छ । आन्दोलन पक्ष र अस्पताल प्रशासन पक्षवीच मंगलवार भएको सहमति पछि नर्सहरुले जारी राखेको आन्दोलन...

इस्टर्नस्टार बोर्डिङ्ग स्कुलको बार्षिकोत्सव सम्पन्न

दमक,२ पुस । दमक ७ स्थित इस्टर्नस्टार बोर्डिङ्ग स्कुलले सोमबार विभिन्न कार्यक्रमहरु गरि २४ औं बार्षिकोत्सव मनाएको छ । स्कुलको प्राङ्गगणमा भएको बार्षिकोत्सव कार्यक्रममा चार वटा हाउसको प्राइमेरी ,लोवर सेकेन्डरी र सेकेण्डरी स्तरिय विद्यार्थीहरुवीच नृत्य,गायन...

प्रदेश स्तरिय विश्वविद्यालय बनाउने : मन्त्री कार्की

गौरीगञ्ज ,२ पुस । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश स्तरिय विश्वविद्यालय बनाउन प्रदेश सरकार प्रयत्नशील भएको बताएका छन् । गौरीगञ्ज गाउँपालिकास्थित गौरीगञ्ज बहुमुखी क्याम्पसको २७ औ वार्षिकोत्सवको अवसरमा...

इलाममा पुस ५ देखि मेची पर्यटन महोत्सव

इलाम, २ पुस । जिल्लामा ‘मेची पर्यटन महोत्सव’ यही पुस ५ देखि १६ गतेसम्म हने भएको छ । विभिन्न जातजातिको लोप हुन लागेको संस्कृतिको जगेर्ना, दुर्लभ जीवजन्तुको र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नका लागि उक्त...

केर्खा– क्याम्पा बजार हँुदै बैगुनधुरासम्म जोड्ने सडक अवरुद्ध

 केर्खा , २ पुस । कमल गाउँपालिको केर्खा– क्याम्पा बजार हँुदै बैगुनधुरासम्म जोड्ने सडक एक वर्ष बढी समयदेखि मर्मतका लागी भत्काएर नबनाएको भन्दै स्थानीयहरुले सडक अवरुद्ध गरेका छन् । सडकबाट निस्किएको धुलोले आफुहरुको स्वास्थ्यमा समस्या...

दमक प्रज्ञा प्रतिष्ठान गठन

दमक,२ पुस । दमक नगरपालिकाले दमक प्रज्ञा प्रतिष्ठान गठन गरेको छ । दमकलाई कर्मथलो वनाएर नेपाली भाषा, साहित्य, कला र संगीतको क्षेत्रमा क्रियाशील सर्जकहरुलाई समेटेर नगरपालिकाले प्रतिष्ठान गरेको जनाएको छ । प््रतिष्ठानको अध्यक्षमा लामो समयदेखि...

साहित्यकार तथा शिक्षासेवी श्रेष्ठको निधन

दमक,२ पुस ।   दमक– ९ स्थित चियादोकान चौक निवासी साहित्यकार तथा शिक्षासेवी कर्णकुमार श्रेष्ठको निधन भएको छ । झापाको गौरादहस्थित जनता माध्यमिक बिद्यालयमा शिक्षण पेशा गरी अवकास पछि दमकको चियादोकान चौकमा बस्दै आएका साहित्यकार श्रेष्ठको...

शिवसताक्षीको दूधेमा विद्युत महशुल काउन्टर

दुधे,२ पुस । झापाको शिवसताक्षीस्थित दूधेमा विद्युत महशुल काउन्टर सञ्चालनमा ल्याईएको छ । शिवसताक्षीका बासिन्दालाई विद्युत महशुल बुझाउन सहजताका लागि नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रले दुधेमा विद्युत महशुल काउन्टर सञ्चालनमा ल्याँएको हो । आज...

मिस कोच इन्टरनेसनल २०१८ को उपाधि सदापलाई

बिर्तामोड । यसोदा फुड्स मिस कोच ईन्टरनेश्नल २०१८ को उपाधि भारत मेघालयकी हेरोलिन कोच सदापले हात पारेकि छन् । तिम्रो लागी तिम्रो करियर महत्वपुर्ण की तिम्रो परिवार भन्ने निर्णायकहरुको प्रश्नको जवाफमा उनले करियर र...