साइनो साकोसको साधारणसभा सम्पन्न, संचारकर्मी गोविन्द ल्वागुन पुरस्कृत

हाम्रो दमक

दमक | झापाको शिबसताक्षी–८ झिलझिलेमा रहेको साइनो बचत तथा ऋण सहकारी संस्थाले संचारकर्मी गोविन्द ल्वागुनलाई पुरस्कृत गरेको छ ।
संस्थाले आज आफ्नो चौथो बार्षिक साधरणसभाको अवसर परेर संचारकर्मी ल्वागुनलाई पुरस्कृत गरेको हो । उनलाई नगद र सम्मान पत्रले पुरस्कृत गरेको हो ।

पत्रकारिताबाट शिबसताक्षी नगरको स्थानीय गतिविधिहरु र सहकारी संस्थाको प्रवर्दनात्मक हुने सामाग्रीहरु प्रसारण र प्रकाशनमा महत्वपूर्ण योगदान पुरयाएको भन्दै संस्थाले पुरस्कृत गरेको संस्थाका सचिब सुमन थुलुङले बताए ।

ल्वागुन दमकमा रहेको हिमशिखर टेलिभिजनमा कार्यरत रहेका छन्  ।

शिबसताक्षी ११ स्थीत स्टनब्लु पाटी प्यालेसको सभाहलमा आयोजित साधारणसभाको उद्घाटनमा संस्थाका अध्यक्ष दीपककुमार म्यानेङबोले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन संस्थाको वन्दसत्रले सुझावसहित पारित गरिएको थियो । सो अवसरमा संस्थाले ४ जना उत्कृष्ट कारोवार गर्ने शेयर सदस्यहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको थियो भने २ जना उत्कृष्ट बाल बचतकर्ता तथा ३ जना शेयर सदस्य परिवारबाट शैक्षिक सत्र २०७४ मा प्लस टु उर्तिण गर्ने बिद्यार्थीहरुलाई समेत प्रोत्सहन वापत पुरस्कृत गरेकोे संस्थाका कोषध्यक्ष हरिशंकर सिल्वालले बताए ।

५सय १६ जना शेयर सदस्य रहेको सो संस्थाको हालसम्म शेयर पूंजी ६३लाख ४९हजार ४सय पुगेको छ र ३ करोड ५० लाख ४२ हजार १ सय ४३ रुपैया कुल कारोबार गरेको संस्थाका अध्यक्षद्धारा प्रस्तुत प्रतिवेदनमा जनाईएको छ ।

राष्ट्रिय शहकारी बैंकका दमक शाखा प्रबन्धक बिबेक डाँगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिबसताक्षीका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

मङ्ल, अशोज १६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

अर्थ/बाणिज्य बाट अन्य

पाडाजुंगीमा कामना बैकको शाखा विस्तार

दमक,३१ जेठ । कामना सेवा विकास बैंकले झापाको कमल गाँउपालिका ५ स्थित पाडाजुंगीमा ८८ औं शाखा विस्तार गरेको छ । विहीवार एक कार्यक्रमका बीच शाखाको बैंकका सञ्चालक विश्वेश्वर सुवेदी, सीईओ प्रविण बस्नेत र बैंकका...

कामना सेवा विकास बैंकको ८९ औं शाखा बुधबारेमा

बुधबारे । कामना सेवा विकास बैंकले झापाको बुद्धशान्ति स्थित बुधबारे बजारमा बिहिवार आप्mनो ८९ औं शाखा विस्तार गरेको छ । बैंकका संचालक बिश्वेश्वर सुवेदी, सीईओ प्रविन बस्नेत, बैंकका प्रदेश नम्बर १ प्रमुख सुजन छाराहाङ राई,...

इनर्जी ड्रिङक्स रेडव्लुमा उपहाररै उपहार

दमक,२९ जेठ । नेपालका लागि आधिकारिक आयातकर्ता रिलाएबल नेपाल एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालिले आयात गरिआएको इनर्जी ड्रिङक्स रेडव्लुमा पुरस्कार उपहार राखेको छ ।केहि महिना यता देखि नेपालमा भित्रीएको भियतनामबाट आयातीत उक्त इनर्जी ड्रिङक्स रेडव्लु...

रु १ लाख ५० हजारको रमेश कुमार स्मृति अक्षय कोषको स्थापना

बिर्तामोड । झापा दुहागढी स्थित वाल सुवोधिनि आधारभुत विद्यालयमा १ लाख ५० हजार रुपैयाको रमेश कुमार स्मृति अक्षय कोषको स्थापना गरीएको छ । स्थानिय समाजसेवी एवं विद्यालयकी शिक्षिका कमला कार्किका दिवंगत पती रमेश कुमार कार्कीको...

मृगौला पिडीत मनिषाको उपचारका लागि रकम संकलन सुरु

शान्तिनगर । दुवै मृगौला फेल भएर मृत्युसँग जुधिरहेकी झापा बुद्धशान्ति–४ की २० वर्षीया मनिषा ग्याङमी मगरको उपचारका लागि आर्थिक सहयोग जुट्न थालेको छ । उनलाई विभिन्न सहयोगी व्यक्ति तथा संस्थाबाट रकम प्रदान हुन थालेको...

दुधेमा सुनचाँदी ब्यबसायी संघको सपथग्रहण

दुधे,२६ जेठ । नेपाल सुनचाँदी ब्यबसायी संघ शिबसताक्षी शाखाको नयाँ कार्य समितिको सपथग्रहणसहित निर्वाचित प्रमाणपत्र प्रदान गरिएको छ । शनिबार दुधेमा एक कार्यक्रमका वीच नयाँ कार्यसमितिहरुलाई सपथग्रहणसहित निर्वाचित प्रमाणपत्र प्रदान गरिएको गठित निर्वाचन समितिका...

पूर्वमा पेट्रोलियम पदार्थको हाहाकार

दमक , २३ जेठ । पेट्रोलियम पदार्थको अभाव भएपछि पूर्वका चार जिल्लाका नागरिक प्रभावित भएका छन् । नेपालले आयात गर्दै आएको पेट्रोलियम पदार्थ भारतीय भन्सारले अनलाइन इन्ट्री प्रणाली लागू गर्ने नाममा पानीट्याङ्की नाकामा रोकेपछि...

कोषमार्फत डेढ करोड कर्जा प्रवाह

दमक,२१ जेठ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले साना युवा व्यवसायीहरुलाई स्वरोजगार वनाउन झापा, दमकका तीन वटा सहकारीलाई रु १ करोड ५० लाख सहुलियत कर्जा प्रवाह गरेको छ ।  दमकको दमक बहुमुखी सहकारी,...

फाल्गुनन्द शाकोसको विर्तामोडमा सेवा केन्द्र

दमक,१७ जेठ । झापाको दमक ६ स्थित लिङदेन मार्गमा रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले जिल्लाको विर्तामोडमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।  विर्तामोड ५ मा आज एक कार्यक्रम गरि संस्थाले आफनो पहिलो...

एक्सेल बैंकको दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन

विर्तामोड । एक्सेल डेभलपमेन्ट बैंक लि. ले आज विर्तामोडमा एक समारोह बिच दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेको छ । प्रशिक्षणको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेलले गर्नु भएको हो । प्रशिक्षण...