स्वतन्त्र शाकोसको सञ्चालक समिति चयन

हाम्रो दमक

दमक,१४ असोज / निर्माण मजदुरहरुद्धारा सञ्चालित दमक–६ स्थित स्वतन्त्र बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः इन्द्रकुमार राई चुनिएका छन् । शनिवार संस्थाको सातौ बार्षिक साधारणसभाको वन्दसत्रले आगामी तीन वर्षे कार्यकालका लागि राईको अध्यक्षतामा सञ्चालक समिति चयन गरिएको हो ।

स्वतन्त्र शाकोसका नवनिर्वाचित अध्यक्ष इन्द्र राई

निर्वाचन समितिका संयोजक छत्रपति पाठकका अनुसार सञ्चालक समितिको उपाध्यक्षमा सर्जु धिमाल, सचिवमा सुमन काफ्ले,कोषाध्यक्षमा भिमराज बेघा चुनिएका छन् । यस्तै सदस्यहरुमा कर्णसिंह तामाङ, मणिलाल राई,दुर्गामाया राई,बिमला कुमाल, हरिवहादुर राई,जमानसिंह खड्का र राजेन्द्र भट्टराई रहेका छन् । यसैगरि गंगाप्रसाद प्रसाईको संयोजकत्वमा भरत राई र प्रकाश राजवंशी रहेको लेखा समिति समेत सर्वसम्मत चयन गरिएको निर्वाचन संयोजक पाठकले जानकारी दिए ।
निर्वाचित समितिलाई आइतबार संस्थाको कार्यालयमा एक कार्यक्रम गरि सपथग्रहण गराएको थियो । ७६ लाख ६४ हजार ८ सय रुपैया शेयर पूंजी रहेको संस्थाले गएको वर्ष ३ करोड ९ लाख २६ हजार ७३ रुपैया निक्षेप, कर्जा लगानी ३ करोड २६ लाख ११ हजार २ सय ७५ गरेको पारित प्रतिवेदनमा जनाईएको छ । संस्थाको कुल शेयर सदस्य ९०५ रहेको जनाईएको छ ।

आइत, अशोज १४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

टिफरको ठक्करवाट बालकको मृत्यु

गौरादह,२ असार । टिफरको ठक्करवाट झापाको गौरादहमा सोमबार एक जना बालकको ज्यान गएको छ ।  यसरी ज्यान जानेमा सुनसरीको तरहरा घर हाल गौरादह ७ स्थित आफन्तका घरमा बस्दैआएका १० बर्षिय ओमराज गिरी रहेको इलाका...

डिएसपीको कुर्सीमा बस्ने भारतीय नागरिक जेल चलान

विर्तामोड ,२ असार । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख (डीएसपी) को कुर्सीमा बसेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने म्यानपावर व्यवसायी पुर्पक्षका लागि जेल चलान भएका छन् । भारतको बैङ्ग्लोर घर भई हाल झापाको बिर्तामोडमा...

‘देशमा स्वस्थ्य राजनीतिको खडेरी छ   ’

दमक,१ असार । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले एक,दुई दशक भित्र देशमा नौलो किसिमको परिवर्तन हुनसक्ने वताएका छन् । समय अनुसार देशमा नसोचिएको परिवर्तन हुदैआएको वताउदै उनले अव छिटटै नौलो परिवर्तन आउने...

प्रदेश एकको ४२ अर्व २० करोड वजेट सार्वजनिक

विराटनगर,१ असार । प्रदेश एक सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्व २० करोड ४ लाख १२ हजारको बजेट विनियोजन गरेको छ । प्रदेश एक सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्गवोले...

जात्रीमा दमकमा सार्वजनिक विदाँ

दमक,१ असार । दमक नगरपालिकाले धिमाल जातिको महान पर्व सिरिजात ( जात्री पर्व )को अवसरमा भोलि एक दिनका लागि विदाँ दिएको छ । नगरपालिकाका कार्यवहाक प्रमुख बोधराज न्यौपानेले आज सूचना निकालेर भोलि सोमबार नगर क्षेत्र...

स्वर्णलक्ष्मी शाकोसद्धारा अग्नीपीडित दुई सदस्यलाई राहत

दमक,१ असार । आगोलागी पीडित आफना दुई जना शेयर सदस्य परिवारलाई दमक ८ को स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले नगद राहत प्रदान गरेको छ ।  दमक ५ स्थित आगलागी पीडित अमित किराना पसलका...

करदाताका लागि राजस्व कार्यालयमै वैक

दमक,१ असार । करदाताहरुको राजस्व लगायतका सुविधाका लागि झापाको दमकस्थित आन्तरिक राजस्व कार्यालयमा प्रभु बैकले एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । कार्यालयमा आज एक कार्यक्रम गरि काउण्टर सञ्चालनमा ल्याइएको बैकका प्रदेश नम्बर १ का...

इष्टुको प्रदेश समिति चयन

दमक,३२ जेठ । संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुको छाता संगठन संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले प्रदेश नं. १ प्रदेश कार्यसमिति चयन गरेको छ ।  शिक्षकहरुको पेशागत हकहितमा आवाज उठाउदै आएको इस्टुले यादव अधिकारीको अध्यक्षतामा...

विश्लेषक गिरी दमक आउदै

दमक,३२ जेठ । यूथ नेटवर्कको नियमित श्रृङखलामा सहभागि हुन भोलि नेपाली कांग्रेसका नेता तथा बिश्लेषक प्रदिप गिरी दमक आउदै छन् । स्थानीय गोरखा डिपार्टमेन्टल स्टोरमा भोलि आइतबार दिनको २ः३० वजेदेखि तीन घण्टा लामो सातौ...

दमकमा प्रथम नगर ब्याडमिन्टन प्रतियोगिता

दमक , ३२ जेठ । प्रथम दमक नगर ब्याडमिन्टन प्रतियोगिताको खुल्ला तर्फको उपाधि दमक ६को बद्री शाहको टिमले हात पारेको छ । बन्द्री र कमल शाहको टिमले वडानम्वर १को डिल्ली श्रेष्ठ र सरोज राईको टिमलाई...