नवनासो कथा विशेषाङ्कको सामान्य विकास मन्त्री घिमिरेद्वारा बिमोचन

हाम्रो दमक

झापा | झापाको शिबसताक्षी नगरपालिकाको वडा नं १ धरमपुर चौकमा आयोजित एक कार्यक्रममा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले नवनासो साहित्य प्रतिष्ठान धरमपुरले प्रकाशन गरेको नवनासो कथा विशेषाङ्कको शनिबार बिमोचन गरेका छन्।

विमोचन पश्चात उनले कला, साहित्य र संस्कृतिकर्मीहरुको निम्ति धरमपुर अध्यन र अनुसन्धान गर्ने विशेष स्थल भएको बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य झलकसिहं दर्लामी मगरले राजनिति आन्दोलन र परिर्वतनको पक्षमा कला, साहित्यको भूमिका महत्वपूर्ण रहेको बताए । उनले राजनिति जाँगरमा गाउँ–गाउँबाट जनमत सृजना गर्न कला, साहित्य र संस्कृतिको योगदान अर्थपूर्ण रहेको जनाए ।

कार्यक्रममा शिबसताक्षी नगर प्रमुख चन्द्रकुमार शेर्माले कला, संस्कृति र साहित्य मार्फत समाजलाई चित्रण गर्न सकिने बताए । उनले शिबसताक्षी नगरमा बहुसाँस्कृति, धार्मीक र ऐतिहासिक पक्षहरु भएकोले त्यसको उचित संरक्षण र प्रवर्दनमा कला, साहित्य मार्फत चित्रण गरिनुपर्नेमा जोड दिए ।

प्रतिष्ठानका अध्यक्ष दिलिप घिमिरेको अध्यक्षतामा कार्यक्रम भएको थियो । सो अवसरमा नवरङ्ग साहित्य पुरस्कारबाट कवि एबम् साहित्यकार अभागी थेगुवा र नवनासो साहित्य पुरस्कारबाट गजलकार विबश बलिभद्र कोइराला पुरस्कृत भएका छन् ।

पुरस्कृत थेगुवा र कोइरालालाई कार्यक्रमका प्रमुख अतिथि मन्त्री घिमिरे, विशिष्ट अतिथि प्रदेशसभा सदस्य दर्लामी र नगर प्रमुख शेर्माले संयुक्त रुपमा अविर तथा दोसल्ला लगाएर नगदसहित सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा पुरस्कृत व्यक्तित्वहरुको बारेमा साहित्यकार मुनाराज शेर्मा र केशब आर्चायले चर्चा गरेका थिए ।

कार्यक्रममा हास्यव्यङ्ग साहित्यकार तथा नवरङ्ग साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष डम्बर घिमिरे, साहित्यकार शोभा लामा, टंक विकल्प, लिला अनमोल, मेची पुत्र, श्याम सिंघक, बिराट किराती, राजकुमार सुब्बा, सुन्दर कुरुप, टंक भण्डारी, गणेश घिमिरे मार्मिक लगायतका कवि, गजलकार तथा साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा तेजेन्द्र घिमिरेले सञ्चालन र कृष्ण सेलिड्ले स्वागत मन्तव्य राखेका थिए ।

यो पनि हेर्नुहोस, 

 उक्त कार्यक्रममा मन्त्री घिमिरेले प्रदेश १ को राजधानी र नामकरण छनौट गर्न कुनै विबाद नरहको बताएक छन् ।

 

आइत, अशोज १४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

टिफरको ठक्करवाट बालकको मृत्यु

गौरादह,२ असार । टिफरको ठक्करवाट झापाको गौरादहमा सोमबार एक जना बालकको ज्यान गएको छ ।  यसरी ज्यान जानेमा सुनसरीको तरहरा घर हाल गौरादह ७ स्थित आफन्तका घरमा बस्दैआएका १० बर्षिय ओमराज गिरी रहेको इलाका...

डिएसपीको कुर्सीमा बस्ने भारतीय नागरिक जेल चलान

विर्तामोड ,२ असार । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख (डीएसपी) को कुर्सीमा बसेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने म्यानपावर व्यवसायी पुर्पक्षका लागि जेल चलान भएका छन् । भारतको बैङ्ग्लोर घर भई हाल झापाको बिर्तामोडमा...

‘देशमा स्वस्थ्य राजनीतिको खडेरी छ   ’

दमक,१ असार । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले एक,दुई दशक भित्र देशमा नौलो किसिमको परिवर्तन हुनसक्ने वताएका छन् । समय अनुसार देशमा नसोचिएको परिवर्तन हुदैआएको वताउदै उनले अव छिटटै नौलो परिवर्तन आउने...

जात्रीमा दमकमा सार्वजनिक विदाँ

दमक,१ असार । दमक नगरपालिकाले धिमाल जातिको महान पर्व सिरिजात ( जात्री पर्व )को अवसरमा भोलि एक दिनका लागि विदाँ दिएको छ । नगरपालिकाका कार्यवहाक प्रमुख बोधराज न्यौपानेले आज सूचना निकालेर भोलि सोमबार नगर क्षेत्र...

स्वर्णलक्ष्मी शाकोसद्धारा अग्नीपीडित दुई सदस्यलाई राहत

दमक,१ असार । आगोलागी पीडित आफना दुई जना शेयर सदस्य परिवारलाई दमक ८ को स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले नगद राहत प्रदान गरेको छ ।  दमक ५ स्थित आगलागी पीडित अमित किराना पसलका...

करदाताका लागि राजस्व कार्यालयमै वैक

दमक,१ असार । करदाताहरुको राजस्व लगायतका सुविधाका लागि झापाको दमकस्थित आन्तरिक राजस्व कार्यालयमा प्रभु बैकले एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । कार्यालयमा आज एक कार्यक्रम गरि काउण्टर सञ्चालनमा ल्याइएको बैकका प्रदेश नम्बर १ का...

इष्टुको प्रदेश समिति चयन

दमक,३२ जेठ । संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुको छाता संगठन संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले प्रदेश नं. १ प्रदेश कार्यसमिति चयन गरेको छ ।  शिक्षकहरुको पेशागत हकहितमा आवाज उठाउदै आएको इस्टुले यादव अधिकारीको अध्यक्षतामा...

विश्लेषक गिरी दमक आउदै

दमक,३२ जेठ । यूथ नेटवर्कको नियमित श्रृङखलामा सहभागि हुन भोलि नेपाली कांग्रेसका नेता तथा बिश्लेषक प्रदिप गिरी दमक आउदै छन् । स्थानीय गोरखा डिपार्टमेन्टल स्टोरमा भोलि आइतबार दिनको २ः३० वजेदेखि तीन घण्टा लामो सातौ...

दमकमा प्रथम नगर ब्याडमिन्टन प्रतियोगिता

दमक , ३२ जेठ । प्रथम दमक नगर ब्याडमिन्टन प्रतियोगिताको खुल्ला तर्फको उपाधि दमक ६को बद्री शाहको टिमले हात पारेको छ । बन्द्री र कमल शाहको टिमले वडानम्वर १को डिल्ली श्रेष्ठ र सरोज राईको टिमलाई...

गुठीसम्बन्धी विधयेक पास हुन दिदैनौ: देउवा

काठमान्डाैं | नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गुठीसम्बन्धी विधयेक पास हुन नदिने बताउनुभएको छ । आज हेटौँडामा आयोजित नेपाल सांस्कृतिक सङ्घको जिल्ला सभापति एवं विधागत सङ्घका सभापतिको राष्ट्रिय प्रशिक्षण भेलामा पूर्वप्रधानमन्त्री देउवाले देशमा सांस्कृतिक...