Face of The Week, कर्तव्य र जिम्मेवारीको गरौं झोला बोकेर नथाक्ने पदम !

हाम्रो दमक

मानिसको भिड त्यसमा पनि सवारी साधनको यतिकै बाक्को ताँती, घरी घरी मन्द हावाले उडाउदै गरेको धुलो त्यस्मा थपिन्छ गाडीको कालो मुस्ला धुवाँ यहि काठमाडौ शहर जहाँ लाखौ मान्छेको सपनाका झिना आशाहरु अल्झिएका छन । अस्तव्यस्त सडकमा गुडिरहेका गाडीहरूले पनि कहाँ सास्ती पाइरहेको छर सबैलाइ आफ्नो गन्तव्य स्थानमा पुग्नु पर्ने छ । अनि त्यस्मा पनि ट्राफिक जाम ती नै भिढहरु लाई थिचोल्दै नया बानेश्वरको शान्तिनगर चोकमा आफैमा व्यस्त सडक अनि भ्याइनभ्याईको शहरमा सधै झै अफिसको समयमा हतारोमा कहिले पैदल कहिले, ट्याक्सिमा त कहिले सार्वजनिक यातायातमा भेटिमे पदम सुन्दर लिम्बू शहर त्यो मानिसका भिड जति व्यस्त छ त्यतिनै ब्यस्त अनि हतारमा भेटिन्छन ।

कर्तव्य र जिम्मेवारीको गरौं झोला बोकेर नथाक्ने ती काँध धेरै जसो अफिसकै कार्यमा व्यस्त भेटिन्छ्न पदम त्यही नै भोगाइ, अनुभुतिहरुको संगालो लाई समेट्न फुर्सदको समयमा हाम्रो दमक डटकमको Face of the week नया बानेश्वर स्थित शान्तीनगर निवासी पदम सुन्दर लिम्बू समक्ष पुगेको छ । उनि काठमाडौलाई कर्मथलो अर्थात कार्य क्षेत्र बनाउदै आफ्नो एक छोरा र श्रीमतीसङ्ग बसोबास गर्दै आइरहेका छन ।

को हुन पदम सुन्दर लिम्बू ?

काठमाडौलाइ कर्मभुमी बनाउदै आइरहेका पदम सुन्दर लिम्बू एक सामाजिक कर्मी हुन । झापा जिल्ला शिवसताक्षी नगरपालिका स्थित डुडामारीमा सन १९८३ सालमा बुवा अविधोन निङलेकु र आमा सुकमाया शेर्माको कोखबाट कान्छा छोराको रुपमा जन्म लिएका हुन । हाल सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा संस्थामा अनुगमन तथा मुल्यांकन अधिकृतको रुपमा कार्यरत छ्न । प्रारम्भिक शिक्षा श्री भगवती प्रा वि बाट सुरु भै युनिभर्सिटी अफ द पंजाव, पाकिस्तान बाट साउथ एसियन इष्ट्डिजमा एम फिल गरेकाछन । सन २०११ बाट एन जि ओ मा जागिरे जीवन यात्रा सुरु गरेका पदम सुन्दर स्पष्ट वक्ता साथै मिलनसार स्वभावका छन ।

नेपाल अविनास सेवा समाज रुपन्देही, सिदार्थ सेवा समाज भैरहवा, वल्ड भिजन इन्टरनेशनल नेपाल जस्ता सामाजिक संस्था बाट आफ्नो सामाजिक यात्रा सुरु गरेको बताउने पदम हाल सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा ललितपुरमा सेवा पुर्याउदै आइरहेका छन । बालबालिकाको अधिकार तथा सर्बाङिर्ण विकासका लागि काम गर्दै आइरहेका छन । सामान्य किसान परीवारमा हुर्केका पदम ६ छोराहरू भध्येको कान्छा छोरा हुन । सानो छदा आमा बाबाले आफुले पढ्न नपाएको कथा सुनेर नै पढ्नमा प्रेरित तथा रुचि रहेको बताउने पदम सानै देखि लगनशील र मिहेनतका साथ अध्यनलाई अगाडि बढाएको बताउछन ।

आमा बाबाले दुख गरेर आफ्ना सन्तानलाइ पढ्नका लागि निरन्तर साथ प्रेरणा रहदा पनि एस एल सि परीक्षामा फेल हुदा अत्यन्तै दुःखद् क्षण रहेको साथै नवीन उत्साह पनि प्राप्त भएको बताए, त्यही एउटा असालताले सफलतालाइ चुनौती दिन्छ साथै भविष्य प्रती आशावादी पदम परीश्रम गरे फल अवश्री प्राप्त हुन्छ भन्ने सोचाइले नै आज सम्म मिहेनतका साथ निरन्तर अघि बढिरहेको बताउछन । २००१ बाट दमक मल्टी क्याम्पबाट उच्च शिक्षा सुरु गरेका पदम २००४ मा बि ए सेकेन्ड टप्पर, २००६ मा त्रिभुवन विश्वविद्यालय किर्तिपुर बाट राजनीति शास्त्र बाट एम ए फस्ट डिभिजन र २०११ मा युनिभर्सिटी अफ द पंजाव र पाकिस्तानबाट साउथ एसियन इष्ट्डिजमा एमं फिलमा ए प्लस ग्रेड सहित सेकेन्ड टप्पर गरेका छन भने युनिभर्सिटी अफ द पंजाव, पाकिस्तान एम फिल फुल बाइट छात्रा वृद्धि पाकिस्तान सरकारबाट सार्क क्षेत्रका विधार्थिका लागि प्राप्त गरेका थिए ।

अध्यन र अनुसन्धानमा अत्यन्तै रुचि रहेको बताउने पदम हाल सम्म ४६ जिल्लाको भ्रमण, सामाजिक, सांस्कृतिक तथा आर्थिक अवस्थाको अनुभव बटुली सकेका छन । संस्थाको माध्यम द्वारा पदम प्रारम्भिक उमेरका बालबालिकाको क्षेत्रमा भौगोलिक कठिनाइ दुर्गम क्षेत्रमा गएर सेवा पुर्याउदै आइरहेका छन ।

समाज पारस्परिक सहयोग र सहकार्यबाट अगाडी बढ्छ भन्ने सोच राख्ने पदम मिहेनत लगनशील नै उनको जिवनको सफलताको शुत्र रहेको बताउछन् । जिवनका आरोह अनि अवरोहहरुमा विभिन्न उत्तर चढावहरुलाइ थिचोल्दै निरन्तर सामाजिक कार्यमा नै योगदान पुर्याइ रहने बताउछन पदम कहिले हिदको कठाङ्ग्रीने जाडो त कहिले वर्खा यामको झरी होस मौसमलाई नै चुनौती दिदै धेरै जसो काठमाडौ बाहिर नै रहन्छन, रुपन्देही, भैरहवा, मुगु, कालिकोट लगायतका बिकट गाउँमा योगदान पुर्याउदै आइरहेका छन । सो क्षेत्रका बालबालिकाका निमित्त आवाज नै बनेका छन पदम सुन्दर लिम्बू खुल्ला मन सहयोगी भावना रहेका उनी मानिसलाई सानो सहयोगले नै ठूलो सफलता प्राप्त हुन्छ भन्ने धारणा राख्दछन साथै संस्थाको तर्फ बाट र आफ्नो व्यक्तिगत तर्फ बाट हाम्रो दमक डट कम परीवार लाई धन्यवाद आभार व्यक्त गर्दछन पदम सुन्दर लिम्बु ।

शुक्र, अशोज १२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

यो हप्ताको अनुहार बाट अन्य

पत्रकारीता लोभको भाँडो हो जुन पेशालाई राजा देखि रैती सम्मले लोभ गरेका हुन्छ्न: भैरव रीसाल

सत्य तथ्य खोजमुलक पत्रकारीतामा विस्वास राख्ने जो कोहि पनि सायदै नहोलान अग्रज तथा वरीष्ठ पत्रकार भैरव रीसाललाई भेट्न नचहाने विरलै होलान त्यसै क्रममा रीसालसङ्ग विगत तथा वर्तमान परीवेशमा स्थापित नेपाली पत्रकारीता सम्बन्धमा केही चर्चा...

आजसम्म अविवाहित नै छु, मन पराउने धेरै होलान तर खाटी माया र प्रेममा भने परेकी छैन: गायिका तारा थेवे

प्रश्न नै प्रश्नको एउटा किताब रहेछ जीवन, उत्तर खोजिरहदा एउटा सोच्यो अर्कै भै दिने कस्तो भुलभुलैया रहेछ जीवन गायिका तारा थेवे काठमाडौको अनामनगरमा जंकाभेट भैरहदा जिन्दगीको परिभाषा यसरी गरीन । हाम्रो दमक डटकमको फेस...

५० रुपैयाले कलाकार बनेकी दिप शिखा !

सानैदेखि निकै चुलबुले स्वभाव भएकोले सबैले चटपटे भन्दै जिस्काउने गर्दथिए अनि जब लक्ष्यको अर्थ बुझ्ने उमेर भयो त्यही क्षणदेखि नै कलाकार बन्ने सपना मानस पटलमा बस्न थाल्यो । बाल्यकाललाई यसरी स्मरण गरिन नायिका दिपशिखा...

Face of The Week, १०४ पिन्ट रगतदान गरि सकेका राजकुमार अझै हटाकटा

पछिल्लो समय बढदो सवारी दुर्घटना र आकस्मिक दुर्घटनाहरु साथै मानिसहरुमा लाग्ने विभिन्न रोगहरुको उपचार तथा शल्यक्रिया गर्नु पर्दा अस्पतालहरुमा धेरै नै रगतको माग हुने गरेको छ । जटिल अवस्थामा उपचाररत विरामीहरुकलागि अवाश्यक रगत जति...

विदेश त्यागेर स्वदेशमा रमाएका पवन

२२/२३ बर्षको कलिलो उमेरमै वैदेशिक रोजगारको अनुभव लिए झापा,कमल गाँउपालिका– ६ का पवन लुइँटेलले । विदेशको मोह त्यागेर आफनै ठाँउमा फर्किएका लुईटेलले छोटो अवधिमा यतिखेर युवा व्यवसायीका रुपमा कहलिएका छन्।   संयुक्त अरब इमरेट्सको एक कम्पनीमा...

Face of The Week, केपी बाको रेलैमा गीत ल्याएर ह्वातै चर्चामा आएकी रमा थापा !

के गाउँ के शहर तिजको रौनकताले छाएको छ, अस्तव्यस्त रहने काठमाडौका प्रत्येक सडकमा रातो साडी, कुर्ता लगाएर सिङ्गारीएर हिडिरहेका नारी समुहहरु भेटिन्छन् । गाँउबस्तीहरुमा चाड्पर्वको भारी भन्दा पनि धेरै कामको भारीले फुर्सद नहुदोहो, आधुनिक...

Face of The Week, सुन्दर मनका समाजसेवी सुन्दर !

सुरुवाति दिनमा ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्थे सुन्दर श्रेष्ठ । भनिन्छ, जीवन संघर्ष हो । सुन्दरको नाम समाजसेवीका रूपमा सुन्दर अक्षरले लेखिनुमा उनको संघर्षले ठूलो भूमिका खेलेको छ । मोरङ राजघाटका—७ हाल उर्लाबारी ९...

Face of The Week [विष्णु कटुवाल] सिंगो राष्ट्रको प्रतिनिधित्व गर्दै १६ औ एसियन गेम खेलेका खेलाडी

२०४२ सालमा सप्तरीको फत्तेपुर वडा नं ३ मा जन्मिएका विष्णु कटुवाल गोबिन्द कटुवालका जेठा छोरा हुन । गोबिन्दका तीन सन्तान मध्येका जेठा छोरा विष्णु कटुवाल नेपाल प्रहरीका राष्ट्रिय व्याटमिन्टन खेलाडी हुन । विष्णुले फत्तेपुर...

Face of The Week [भावना अयेर] अन्यायमा परेकाहरुको न्यायका निमित्त लड्छु !

कंचनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरमा बुबा स्वर्गीय जगत बहादुर अयेर र आमा अनिया अयेरको कोखबाट २०४८ सालमा जन्मनु भएकी भावना अयेर सामाजिककर्मी हुन । उनी बालबालिका, महिला र युवाहरु सगं सम्बन्धित समस्याहरूको समाधानका निमित्त काम...

Face of The Week [सुर्य नेम्बाङ] नेपाल प्रहरी देखी गोर्खाभर्ती सम्म !

८० किलोको भारी बोकेर तीन दिनको बाटो खाली खुट्टा हिडेको त्यो नरमाईलो क्षण आहिले आएर आफ्नै कारमा ३ घण्टामा गन्तव्य पुग्न सकिने बर्तमान यथार्थ सम्झदै भावुक बन्छन सुर्य नेम्बाङ । पाँचथर जिल्लाको पवित्र स्थल...