छमछमीको अडिसन भोलिदेखि झापाको बिर्तामोडमा हुदै

हाम्रो दमक

बिर्तामोड । नृत्यमा आधारित नेपालकै पहिलो चर्चित रियालिटी शो छमछमीको अडिसन भोलि असोज १३ गते झापाको बिर्तामोडमा शुरु हुदैछ । सम्पुर्ण दर्शकबिच लोकप्रिय बन्न सफल छमछमीको चौथो सिजनको झापा अडिसन बिर्तामोड स्थित आदर्श व्याङ्क्वेटमा शनिबार र आइतबार हुने भएको हो ।

नेपाल टेलिभिजनको नृत्यमा आधारित पहिलो रियालिटी शो टेलिभिजन कार्यक्रम ‘छमछमी’ नेपाली मौलिक संस्कृतिको संरक्षणमा ध्यान दिएर लोकप्रिय बन्न सफल भएको छ । नेपालीपन झल्किने मौलिक नृत्यलाई प्राथमिकता दिने आयोजकले जनाएको छ ।

छमछमीमा १४ वर्षमाथिकाले भाग लिन पाउनेछन् । नेपाल टेलिभिजनको रजत महोत्सवका उपलक्ष्यमा २०६६ सालदे शुरुवात भएको कार्यक्रमको निर्णायकमा नृत्याङ्गाना मिथिला शर्मा, राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरमा नृत्य मञ्चमा स्थापित महेश गोदार र नायिका सञ्चिता लुइँटेल रहने पनि आयोजकले जनाएको छ ।

काठमाडौंपछि बिर्तामोड, इटहरी, जनकपुर, हेटौँडा, चितवन, पोखरा, बुटवल, कोहलपुर, सुर्खेत र धनगढीमा अडिशन हुनेछ । आगामी कात्तिक ४ गतेदेखि साँझ ८ बजेर ५० मिनेटमा प्रशारण गरिने छमछमी–४ पनि दर्शकमाझ लोकप्रिय हुने विश्वास आयोजककोे छ।

दर्शकमाझ निकै लोकप्रिय रियालिटि शो मा यसअघि भएका सिजन १ मा झापा बिर्तामोडकी अनुजा अग्रवालले पहिलो सिजनको उपाधि जित्न सफल हुनुभएको थियो । त्यसैगरि सिजन–२ मा पनि पूर्वकै साजन तामाङले उपाधि हात पार्नु भएको थियो भने सिजन–३ मा हेटौँडाका सरोज प्रजा विजेता बन्नु भएको थियो ।

मेचीदेखि महाकालीसम्म करीब दुई हजार पाँच सय नृत्यप्रेमीले छमछमी–३ सम्म नाचेर सहभागिता जनाइसकेका छन् । यसैगरि १६ र १७ गते इटहरीमा र १९ र २० गते जनकपुरमा अडिसन हुने आयोकले जनाएको छ ।

नेपाल टेलिभिजनका अध्यक्ष डा. महेन्द्र विष्टले नेपाली प्रतिभाको प्रष्फुटन गर्ने उद्देश्यले शुरु गरिएको सो कार्यक्रममा नेपालीको मौलिक पहिचान झल्कने तथा मुलुकभित्रका १२५ जातजाति र १२३ भाषाभाषीको भेशभूषा देखिने बताउनु भएको छ । कार्यक्रम प्रस्तोतामा झापा मेचीनगरका राष्ट्रिय स्तरमा चर्चित कार्यक्रम प्रस्तोता नारायण कडरिया रहनु भएको छ ।

शुक्र, अशोज १२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरञ्जन बाट अन्य

परिवर्तन हुँदै काठमाडौं उपत्यकाका सार्वजनिक सवारीका रूट

काठमाडौं । यातायात व्यवस्था विभागले अव्यवस्थित रूटका कारण जाम बढेको भन्दै काठमाडौं उपत्यकाको सवारी जाम नियन्त्रण गर्न हाल सञ्चालनमा रहेका सार्वजनिक सवारी रूट परिमार्जन गर्ने तयारी गरेको छ। एसियाली विकास बैंकको सहयोगमा सञ्चालित काठमाडौं दिगो...

यस्ता आठ प्रकारका सामाजिक सुरक्षा भत्ता बाँढ्दै सरकार ! कस्ता कस्ता नागरिकले पाउँदैछन भत्ता ?

काठमाडौँ। सरकारले चालू आर्थिक वर्ष ०७५/७६ मा विभिन्न ८ वर्गका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ। व्यवस्थापिका संसद्ले पास गरेको सामाजिक सुरक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनअनुसार यस्तो व्यवस्था हुन लागेको हो  । व्यवस्था...

सर्यो प्राचीन बजार ग्वाल्डुब्बा १०० मिटर पर

ग्वाल्डुब्बा | गौरादह नगरपालिकाको प्राचीन बजार ग्वाल्डुब्बा साबिक स्थानबाट १०० मिटर पुर्व सरेको छ । नया बजारमा हाल ३ वटा ब्लकमा जम्मा ३० वटा टहरा निर्माण गरिदैछ । बजार स्थलमा आवस्यक पर्ने बिजुली,  खानेपानी, सार्बजनिक...

सावधान ! बजारमा छ्याप छ्याप्ती नक्कली नोट, यसरी चिन्ने र बच्ने

काठमाडौं । नेपाल प्रहरीले आइबार राजधानीमा नक्कली नोट र त्यसका कारोबारीहरुलाई सार्वजनिक गरेको छ । प्रहरीले नक्कली नेाटका बेही कारोबारीहरु त पक्राउ, गर्‍यो, तर बजारमा त्यस्ता नक्कली नोटहरु कति गइसकेका छन् भन्ने चाहिँ यकिन हुन...

सन्थाल नृत्यमा शिवसताक्षी समूह प्रथम

लखनपुर,४ कातिक /  झापाको कमल गाँउपालिका–५ स्थित मंगलवारे वजारमा आयोजना गरिएको सन्थाल नृत्यमा शिवसताक्षी सन्थाल समूह प्रथम भएको छ । बडादशैको अवसरमा एकादशीका दिन शनिवार लाग्दै प्रतियोगितात्मक सन्थाल नृत्यमा प्रथम भएसंगै विजेता समूहले नगद...

चलचित्र गोलको गीत पलपलको भिडीयो सार्बजनिक ।

नेपाली कथानक चलचित्र गोलको ‘पल पल’ बोलको गीतको भिडियो रिलीज भएको छ । गीतमा मेलिना राईको स्वर, भिम बस्नेतको संगीत तथा मुकुन्द प्रयास र भिम बस्नेतको शब्द रहेका छन् । २०७५ मंसीर २८ गते...

सडकमा परेका खाल्डाखुल्डीका कारण दैनिक दुर्घटनाको जोखिम बढ्दै

धरान | धरानका सडकमा परेका खाल्डाखुल्डीका कारण दिनप्रतिदिन दुर्घटनाको जोखिम बढ्दै गएको छ । खाल्डाखुल्डकै कारण दैनिकजसो साना तथा ठूला सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् । धरानका सडक जिर्ण बनेपछि तत्कालीन नगरप्रमुख स्व. तारा...

सुनसान बनेको मुख्य राजमार्ग तथा बजारहरुमा ह्वात्तै चहलपहल

दमक | दशै शुरुभएसंगै दुई दिन देखि सुनसान बनेको मुख्य राजमार्ग तथा बजारहरुमा ह्वात्तै चहलपहल बढेको छ । अष्टमी देखी दशमीको टिका लगाउने क्रम शुरु नभएसम्म सडक तथा शहर बजारहरु सुनसान बनेका थिए । यसवर्षको...

सजाय सुनाएको २९ वर्षपछि पक्राउ

खोटाङ १ कार्तिक | खोटाङमा कर्तव्य ज्यान मुद्दामा सजाय सुनाइएका अभियुक्त २९ वर्षपछि पक्राउ छन् । २०४६ सालमा स्थानीय ढकबहादुर कार्कीको हत्या गरेर फरार रहेका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की असोज...

प्रधानमन्त्री ओली झापामा

दमक | प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउनु भएको छ । प्रधानमन्त्री ओली आफैले विगत वर्ष देखि आयोजना गर्दै आउनु भएको शुभकामना आदान प्रदान तथा चियापान समारोहमा सहभागि हुन आज झापा...