बिर्तामोड रन वेमा गायक स्वप्न सुमन आउदै

हाम्रो दमक

बिर्तामोड । कलाकारिताको क्षेत्रमा उर्वरभूमि मानिएको झापामा विभिन्न प्रकारका मनोरञ्जनात्मक कार्यक्रहरु बाक्लो हुने गरेको पाइन्छ । सुन्दरी प्रतियोगितादेखि विभिन्न ब्यान्डहरुको कर्न्सट त पुरानै परम्परा हो । तर, झापामा यसपटक नयाँ स्वादको कार्यक्रमको आयोजना हुने भएको छ । जसको नाम हो, ‘बिर्तामोड रन वे २०१८ विथ म्युजिकल नाइट’ । पछिल्लो समय युवाबीच फेसन र मोडलिङमा झुकाव बढ्दै गइरहेका बेला यस प्रकारको कार्यक्रमले नयाँ स्वाद चखाउने छ । इन्नोभेटिभ मार्केटर्स एन्ड प्रमोटर्सले आयोजना गरेको यस कार्यक्रम सौन्दर्य प्रतियोगितामा मात्र सीमित नभई विशेष आकर्षणसहित भरपुर मनोरञ्जन दिने उद्देश्यले रहेको आयोजकतर्फका सञ्जय बस्नेतले बताउनुभयो ।

कार्यक्रममा गायक स्वप्न सुमन आउने हुनुभएको छ । उहासँगै नायिका तथा मोडल परमिता पाण्डेको प्रस्तुति रहने आयोजकले जनाएको छ । पछिल्ला दिनहरुमा धेरैको रोजाइमा परेका गायक स्वप्न सुमन आउने भएपछि कार्यक्रमप्रति धेरैजनाको उत्साह थपिएको छ । मोडलिङलाई जोडेर विभिन्न शीर्षकमा प्रतियोगिताहरु आयोजना भइरहे पनि खासगरीर् याम्प वाक, रनवे लगायतका कन्सेप्ट र यसलाई म्युजिकल नाइटसँग समायोजन गरी नयाँ शैलीको कार्यक्रम पहिलोपटक बिर्तामोडमा आयोजना गरिएको कार्यक्रम संयोजक कमल सेडाईंले बताउनुभयो।

असोज १८ गते होटल ग्रान्ड पिसमा सम्पन्न हुने यस कार्यक्रमको प्रतियोगीहरुको छनोट चरण सम्पन्न भइसकेको छ । अहिले उनीहरुलाई ग्रुमिङ र ट्रेनिङका कक्षाहरु भइरहेको बताइएको छ । यस प्रतियोगिताको विजेतालाई पुरस्कारको प्रलोभन मात्र नदेखाई व्यावसायिक रुपमा मोडलिङ र ग्लामरको क्षेत्रमा स्थापित गराउने प्रमुख उद्देश्य रहेको प्रतियोगीताका सञ्चार संयोजक दिपेन भेटवालले बताउनुभयो ।

शुक्र, अशोज १२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

बिर्तामोड शाखाबाट एकैदिन ११ वटा जोनडियर ट्याक्टर बिक्रि

बिर्तामोड । पछिल्लो समय कृषिको आधुनिकीकरणका लागि ट्याक्टरको प्रयोग अनिवार्यजस्तै बनेको छ । कृषिका लागि प्रयोग हुन थालेपछि नेपालमा ट्याक्टरको माग बढ्न थालेको हो । कृषिका अतिरिक्त सामान ढुवानीका लागि समेत प्रभावकारी हुने भएकाले...

बुढासुब्बा गोल्डकपको उपाधि डफिन्स क्यामारुनलाई

धरान ,४ फागुन । धरानमा सञ्चालित बुढासुब्बा गोल्डकपको उपाधि डफिन्स क्यामारुन क्लवले पाएको छ । २०५८ साल पछि पहिलो पटक बुढासुब्बा गोल्डकपमा फाइलनमा पुगेको आयोजक धरान फुटवल क्लवलाई हराउदै डफिन्स क्यामारुनले उपाधि जितेको हो...

पाँचथरमा चट्याङ लागेर एकको मृत्यु, १ घाईते

पाँचथर,४ फागुन । पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ पौवामा चट्याङले लागेर १ जनाको मृत्यु १ घाईते भएका छन् । आफ्नो घर नजिकै रहेको काकाको घरमा बसीरहेका बर्ष १७ को भगेन्द्र तामाङ र निजकै भाई बर्ष...

बोर्ड अफ ट्रष्टिचको नेतृत्व चयन

दमक,४ फागुन । दमक जेसीज बोर्ड अफ ट्रष्टिचको साधारणसभा सम्पन्न भएको छ । दमक जेसीज सचिवालयमा सम्पन्न साधारणसभाबाट बोर्ड अफ ट्रष्टिचको नयाँ कार्य समिति चयन भएको हो । वोर्ड अफ ट्रष्टिच दमक जेसीजका पूर्व...

शिक्षक संघको नगर परिषद सम्पन्न

गौरादह , ४ फागुन। नेपाल शिक्षक संघ गौरादह नगर समितिको प्रथम नगर परिषद भेला आज सम्पन्न भएको छ । सुर्योदय आधारभूत बिद्यालय धिमधिमेमा आयोजित कार्यक्रममा सहभागीहरुले पेशागत हितका लागि जिम्मेवारका साथ अगाडी वढ्नु पर्ने...

गौरीगंजमा सामूहिक सरसफाई

गौरीगंज ४, फागुन । गौरीगंज गाउँपालिका वार्ड नं ३ को बसपार्क देखि गौरीया खोेलाको पुलसम्मको बाटो आज सरसफाई गरिएको छ । प्रदेश नं १ भरिका सम्पुर्ण बसपार्क तथा बसबिसौनीहरूमा एकैसाथ सरसफाई गर्ने कार्यक्रम अन्तर्गत समुदाय...

बिर्तामोडलाई बन्दमुक्त गर्न पहल थालियो

बिर्तामोड, फागुन ४। उद्योग व्यवसाय तथा सुरक्षा क्षेत्रका प्रतिनिधिले सरोकारवालासँग समन्वय गरी बिर्तामोडलाई बन्दहड्ताल मुक्त गर्ने पहल थालेका छन् । आज शनिवार बिर्तामोडमा भएको छलफलमा सहभागीहरुले प्रदेश नं। १कै प्रमुख व्यापारिक केन्द्र तथा आधा दर्जन...

कमलमा आग्र्यनिक तरकारी विक्री सुरु

कमल,४ फागुन। झापाको कमल गाउँपालिका ३ स्थित उद्यमशिल जागरण महिला केन्द्रले उत्पादन गरेको आग्र्यनिक तरकारी आजबाट विक्रि गर्न सुरु गरेको छ । केन्द्रले सामूहिक रुपमा १० कठ्ठा जमिन भाडामा लिएर फुलकोपी र धनिया लगायतका तरकारी...

जातिगत पहिचान सुचिकृत गर्न माग

मोरङ ,४ फागुन । विराट राजवंशी समाज उत्थान समितिले आफ्नो जातिगत पहिचान सुचिकृत गर्न माग गर्दै बृहत भेला तथा खबरदारी सभा गर्ने भएको छ । समितिले नेपाल पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलन गरि सो बिषयमा जानकारी...

सङ्घीय ट्रेड युनियन महासंघको कनकाई समिति

दमक,४ फागुन । सङ्घीय लोकतान्त्रिक ट्रेडयुनियन महासंघको कनकाई नगर समिति गठन भएको छ । शनिबार आयोजित एक भेलाले उपेन्द्र घिमिरेको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश:...