फस्टाउदै दमकमा रात्री बजार

हाम्रो दमक

नगेन्द्रमणी न्यौपाने

दमक | पछिल्लो समय व्यापार गर्ने शैलिमा पनि निकै फेरबदल आएको छ । बदलिदो समाजिक परिवेश संगै व्यापार गर्ने तरिकामा पनि निकै परिवर्तन भएको हो । झापाको दमकस्थित नमुना बजारमा शुरुभएको रात्रि बजारमा पनि यस्तै फरक शैलिमा व्यापार गर्नेहरुको संख्या थपिदै गएको छ ।

दमक २ का कुमार श्रेष्ठले पनि अहिले रात्री बजारमा फरक शैलि अपनाएर व्यापार शुरुगर्नु भएको छ । सिद्धि मार्केटमा होटल व्यावसाय गर्दैै आउनु भएका श्रेष्ठले विगत ६ महिनायता सिटि सफारीमा मुवाइल फुड भ्यानसर्भिस शुरु गर्नुभएको छ । श्रेष्ठले अभाष कफि एण्ड फास्टफुड रेष्टुरेण्ट नामको मोवाइल पसल शुरु गर्नुभएको छ ।

श्रेष्ठले यो पसलबाट सडकमानै मम, चाउमिन, माछाका परिकार, ससेस, कफि, लगायतका आइक्रिमका परिकारहरु विक्रि गर्दै आएको श्रेष्ठले बताउनु भयो । मानिसहरुको बढिनै आवत जावत हुने मुख्य बजारमा शुरु भएको रात्री बजारलाई लक्षित गरि मुबाइल पसलमा थप परिकारहरुको सेवा समेत दिन शुरुको श्रेष्ठले बताउनु भयो ।

श्रेष्ठ जस्तै दमक १ की मेरी उप्रतीले पनि सिटि सफारीमा मुवाइल पसल शुरु गर्नुभएको छ । केहि समय अघिसम्मपनि एउटा एन्जिओको जागिर गर्नु भएकी उप्रेतीले भर्खरै मात्र नमुना फ्रेस जुश एण्ड कफि पसल शुरु गर्नुभएको हो । उप्रेतीले पनि रात्रि बजारलाई लक्षित गरि यो पसल संचालनमा ल्याएको बताउनु भयो । निश्चित कुनै एउटा स्थानमा बसेर पसलगर्नुको सटा फरक शैलि अपनाएर यो व्यवसाय शुरु गरेको उप्रेतीले बताउनु भयो ।

बजारमा विषादी मिसावट बस्तुहरु छाप्प छाप्ती बन्दैगएपछि शुद्ध अर्गानिक फ्रेस जुस तथा कफि विक्रि गर्ने उदेश्यले मोवाइल पसल शुरु गरेको उप्रेतीले बताउनु भयो । आफु अनुकुल ग्राहकहरुको चाहना अनुसार स्थान परिवर्तन गरेर पनि व्यावसाय गर्न सकिने भएकाले यो उपाय रोजेको उहाँले बताउनु भयो ।

यसैगरि दमक ६ का गु्मानसिंह तामाङले पनि सिटि सफारीमा मुबाइले पसल संचालनमा ल्याउनु भएको छ । तामाङले पनि दमकमा शुुरु भएको रात्रि बजारलाई लक्षित गरि यो व्यावसाय शुरु गर्नुभएको हो । मुस्कान चिप्स एण्ड पप्कन नाम दिएर घुम्ति मुवाईल पसल संचालनमा ल्याएको उहाँले बताउनु भयो । चिप्स, पप्कन, चटपटे र पानी पुरी बिक्रिगर्ने उदेश्य सहित यो यो व्यावसाय शुरु गरेको बताउनु भयो । कुनै एउटा घरमा निश्चित भएर पसल गर्नुभन्दा मुवाई घम्ति पसल संचालन गर्दा सहज हुने भएकाले पनि यो शैलि अपनाएको तामाङले बताउनु भयो ।

बिहि, अशोज ११, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

दमकको लाइफलाइन अस्पतालका नर्सहरु आन्दोलित

दमक,२ पुस । पेशागत हकहित लगायतका विभिन्न मागहरु राख्दै झापा ,दमकस्थित लाइफलाइन अस्पतालका नर्सहरु आन्दोलित भएका छन् । आइतबारदेखि अस्पतालमा कार्यरत एक सय बढी नर्सहरु विभिन्न सेवा,सुविधाहरु माग राख्दै आन्दोलित भएका हुन् । कार्यरत नर्सहरु...

समयमा सडकको काम नभएपछि स्थानीयहरु आन्दोलित

दमक,१ पुस। दमक ५ मा निर्माणाधीन दीपीनी मार्ग सडकको स्तरनन्तिको काम समयमा सम्पन्न नभएको भन्दै स्थानीयहरु आन्दोलित भएका छन् । दोश्रो पटक थपिएको समयसीमा मंसिर मसान्तसम्म पनि कालोपत्रेको काम सम्पन्न नभएपछि स्थानीयहरु आन्दोलित भएका...

ट्याक्टर राम्रो चलाउने चालकहरु सम्मानित

दमक,२९ मंसिर । ट्याक्टर राम्रो चलाउने तीन जना चालकहरु आज झापाको दमकमा सम्मानित भएका छन् । झापा कन्काई माई ट्याक्टर संघले वर्सेनी राम्रो ट्याक्टर चलाउने चालकहरुलाई प्रोत्साहन स्वरुप सम्मान गर्दे आएकोमा यसवर्ष संघमा आवद्ध...

मोटरसाइकलले ठक्कर दिदाँ साईकलयात्रीको मृत्यु

दमक,२८ मंसिर । पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका ५ स्थित पाडाजुंगी सडकखण्डमा आज दिउसो सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । आज दिउँसो पौने २ बजे...

दुई अलग दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु

दमक,२५ मंसिर । दमकमा सोमबार एकैदिन दुई अलग दुर्घटनामा बाबुछोरासहित तीन जनाको मृत्युभएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार दिउँँसो दमक चौंक र साँझमा चियादोकान सडकखण्डमा भएका दुर्घटनामा परेर...

थोप्लेविरानको अध्यक्षमा कृष्ण कोइराला निर्वाचित

धुलावारी । थोप्लेविरान सामुदायिक वनको अध्यक्षमा लोकतान्त्रिक गठबन्धनका कृष्ण कोइराला निर्वाचित भएका छन् । वनको शनिवार सम्पन्न निर्वाचनमा बाम गठबन्धनका प्रत्यासी श्याम पाठकलाई १ सय ३८ को फराकिलो मतान्तरले पछि पार्दै आगामी ३ वर्षका...

थापा विरुद्ध अभद्र व्यवहार सम्बन्धी उजुरी

दमक,२४ मंसिर । दमक २ निवासी युवा संघका पूर्व क्षेत्रीय अध्यक्ष राजकुमार थापा विरुद्ध स्थानीय एक जना व्यवसायीले सुरक्षाको माग गर्दे उजुरी गरेका छन् । थापाले ज्यान मार्ने धम्कीसहित निर्माणाधीन दमकको क्याम्पसमोडदेखि आम्दा–पाङ्गमी चौंक...

शिविरमा स्वदेश फिर्तीको माग राख्दै प्रर्दशन

दमक,२४ मंसिर । विश्व मानव अधिकारको दिवसको अवसर पारेर भुटानी शरणार्थीहरुले सोमबार यहाँ स्वदेश फिर्ती र राहतको माग गर्दै प्रर्दशन गरेका छन् । शरणार्थी समस्या सुल्झाउन दवाव पुरयाँउन उद्देश्यले शरणार्थीहरुले शिविरमा प्रर्दशन गरि विरोध स्वरुप...

प्रदेश एककै नमुना बौद्ध गुम्बाको निर्माण कार्य धमाधम

शान्तिनगर । पूर्वी नेपालको सुगम जिल्ला झापा त्यसमा पनि पर्यटनको धेरै सम्भावना बोकेको बुद्धशान्ति गाँउपालिकालाई विश्वसामु चिनाउन प्रदेश नम्बर एककै नमुना बौद्ध गुम्बा बनाउन थालिएको छ । वडा नम्बर ४ मालामा पढ्ने विद्यालय (सेडा)...

दमकमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

दमक,२४ मंसिर । पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज दिउँसो स्कुल बसको ठक्करबाट एक जना पैदलयात्री महिलाको मृत्यु भएको छ । पूर्वबाट दमक तर्फआउदै गरेको दमकस्थित ग्लोवल एजुकेशन एकाडेमीको को.१...