नेपालकै सबैभन्दा ठुलो नुडल्स प्लान्ट झापाबाट ‘मगमग’ चाउचाउको उत्पादन शुरु

हाम्रो दमक

झापा | मनसा थाई फुडस् प्रालिले मेची अञ्चलमानै पहिलो पटक ठुलो लगानीमा झापामा ‘मगमग’ चाउचाउ उद्योग सञ्चालनमा ल्याएको छ ।

मेचीनगर १४ स्थित दुवागढीमा एकसय करोडको लागानीमा अत्याधुनिक प्रविधीको प्रयोग गरि उद्योग सञ्चालनमा ल्याएको प्रालिले जनाएको छ । मनसाको आफ्नो उत्पादन मगमग चाउचाउ बजारमा ल्याएको छ । मनसाले संचालनमा ल्याएको यो उद्योगमा प्रयोग गरिएको नुडल्स प्लान्ट नेपालकै सबैभन्दा ठुलो रहेको प्रालिका म्यानेजर रमेश प्याकुरेलले दाबि गरे ।

दैनिक ७ लाख ५० हजार प्याकेट चाउचाउ उत्पादन गर्ने उद्योगको क्षमता रहेको प्याकुरेलले बताउनु भयो । हाल उद्योगले आंशिक रुपमामात्र उत्पादन शुरुगरेको भएपनि पूर्ण रुपमा सञ्चालनमा आएपछि उद्योगमा दैनिक २ सय ५० देखि ३ सय जनाले प्रत्यक्ष रोजगारी समेत पाउने जनाइएको छ ।

यो कम्पनीले उत्पादन गरेको चाउचाउ नेपालका ७ वटै प्रदेश सहित छिमेकी राष्ट्र भारतमा समेत पु¥याउने लक्ष रहेको सञ्चालक अजय अग्रवालले जानकारी दिए । भविष्यमा अमेरिका र अष्ट्रेलियामा समेत आफ्ना उत्पादन पु¥याउने लक्षका साथ गुणस्तरियता र मानव स्वास्थ्यलाई ख्यालमा राखि उत्पादनन सुरु गरेको संचालनक अग्रवालको भनाई छ ।

यो उद्योगले मगमग सहित प्यारी, रेलिमाई र गट्टुबट्टु लगायतका स्न्याक्स र चीजबल, चीजरिङ, कुटुकुटु लगायतका खाद्यबस्तु उत्पादन गर्ने बताईएको छ । कम्पनीले उत्पादन पछि पहिलो पटक बजारमा बठाएको मगमग चाउचाउको माग उच्च हुदै गएको संचालक अग्रवालले बताए ।

बुध, अशोज १०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

अर्थ/बाणिज्य बाट अन्य

प्रदेश एकको ४२ अर्व २० करोड वजेट सार्वजनिक

विराटनगर,१ असार । प्रदेश एक सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्व २० करोड ४ लाख १२ हजारको बजेट विनियोजन गरेको छ । प्रदेश एक सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्गवोले...

स्वर्णलक्ष्मी शाकोसद्धारा अग्नीपीडित दुई सदस्यलाई राहत

दमक,१ असार । आगोलागी पीडित आफना दुई जना शेयर सदस्य परिवारलाई दमक ८ को स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले नगद राहत प्रदान गरेको छ ।  दमक ५ स्थित आगलागी पीडित अमित किराना पसलका...

पाडाजुंगीमा कामना बैकको शाखा विस्तार

दमक,३१ जेठ । कामना सेवा विकास बैंकले झापाको कमल गाँउपालिका ५ स्थित पाडाजुंगीमा ८८ औं शाखा विस्तार गरेको छ । विहीवार एक कार्यक्रमका बीच शाखाको बैंकका सञ्चालक विश्वेश्वर सुवेदी, सीईओ प्रविण बस्नेत र बैंकका...

कामना सेवा विकास बैंकको ८९ औं शाखा बुधबारेमा

बुधबारे । कामना सेवा विकास बैंकले झापाको बुद्धशान्ति स्थित बुधबारे बजारमा बिहिवार आप्mनो ८९ औं शाखा विस्तार गरेको छ । बैंकका संचालक बिश्वेश्वर सुवेदी, सीईओ प्रविन बस्नेत, बैंकका प्रदेश नम्बर १ प्रमुख सुजन छाराहाङ राई,...

इनर्जी ड्रिङक्स रेडव्लुमा उपहाररै उपहार

दमक,२९ जेठ । नेपालका लागि आधिकारिक आयातकर्ता रिलाएबल नेपाल एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालिले आयात गरिआएको इनर्जी ड्रिङक्स रेडव्लुमा पुरस्कार उपहार राखेको छ ।केहि महिना यता देखि नेपालमा भित्रीएको भियतनामबाट आयातीत उक्त इनर्जी ड्रिङक्स रेडव्लु...

रु १ लाख ५० हजारको रमेश कुमार स्मृति अक्षय कोषको स्थापना

बिर्तामोड । झापा दुहागढी स्थित वाल सुवोधिनि आधारभुत विद्यालयमा १ लाख ५० हजार रुपैयाको रमेश कुमार स्मृति अक्षय कोषको स्थापना गरीएको छ । स्थानिय समाजसेवी एवं विद्यालयकी शिक्षिका कमला कार्किका दिवंगत पती रमेश कुमार कार्कीको...

मृगौला पिडीत मनिषाको उपचारका लागि रकम संकलन सुरु

शान्तिनगर । दुवै मृगौला फेल भएर मृत्युसँग जुधिरहेकी झापा बुद्धशान्ति–४ की २० वर्षीया मनिषा ग्याङमी मगरको उपचारका लागि आर्थिक सहयोग जुट्न थालेको छ । उनलाई विभिन्न सहयोगी व्यक्ति तथा संस्थाबाट रकम प्रदान हुन थालेको...

दुधेमा सुनचाँदी ब्यबसायी संघको सपथग्रहण

दुधे,२६ जेठ । नेपाल सुनचाँदी ब्यबसायी संघ शिबसताक्षी शाखाको नयाँ कार्य समितिको सपथग्रहणसहित निर्वाचित प्रमाणपत्र प्रदान गरिएको छ । शनिबार दुधेमा एक कार्यक्रमका वीच नयाँ कार्यसमितिहरुलाई सपथग्रहणसहित निर्वाचित प्रमाणपत्र प्रदान गरिएको गठित निर्वाचन समितिका...

पूर्वमा पेट्रोलियम पदार्थको हाहाकार

दमक , २३ जेठ । पेट्रोलियम पदार्थको अभाव भएपछि पूर्वका चार जिल्लाका नागरिक प्रभावित भएका छन् । नेपालले आयात गर्दै आएको पेट्रोलियम पदार्थ भारतीय भन्सारले अनलाइन इन्ट्री प्रणाली लागू गर्ने नाममा पानीट्याङ्की नाकामा रोकेपछि...

कोषमार्फत डेढ करोड कर्जा प्रवाह

दमक,२१ जेठ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले साना युवा व्यवसायीहरुलाई स्वरोजगार वनाउन झापा, दमकका तीन वटा सहकारीलाई रु १ करोड ५० लाख सहुलियत कर्जा प्रवाह गरेको छ ।  दमकको दमक बहुमुखी सहकारी,...