दमक क्याम्पमा लागेको ताला अझै खुलेन

हाम्रो दमक

दमक | दमक बहुमुखी क्याम्पमा अध्यनरत आदिवासी जनजाती विद्यार्थीहरुले क्याम्पसमा आइतबार लगाएको तालाबन्दिलाई सोमबार पनि जारी राखेका छन् ।

उनिहरुले शुक्रबार प्रशासनलाई ४८ घण्टाको अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएका थिए तर मागको सुनुवाई नभएको भन्दै उनिहरुले हिजो क्याम्पस तालाबन्दि गरेका थिए ।

आदिवासी विद्यार्थीको हकमा शैक्षिक अभिबृद्धि तथा व्यक्तित्व विकाशका लागी क्याम्पसले गर्नुपर्ने कुनै पनि काम नगरेको, सेप तथा हप कार्यक्रम अन्तर्गत आदिवासी जनजाती विद्यार्थीको शैक्षिक तथा ब्यक्तित्व अभिबृद्धीका लागी बनेको १० लाखको अक्षयकोशबाट अहिले सम्म कुनै कार्यक्रम संचालन नगरेको, सातौ क्याम्पस सभामा उक्त अक्षय कोशको रकम आदिवासी विद्यार्थीको लागी खर्च गरीदै आएको भनि झुटो प्रतीवेदन पेश गरेको लगायतको बिषयमा असन्तुष्टि जनाउदै विद्यार्थीहरुले ज्ञापन पत्रमा बुझाएका थिए । पत्रमा क्याम्पस प्रमुखको स्पष्टिकरण माग गरेका थियो । आज क्याम्पसमा ताला खुलाउने प्रयास भए पनि संयुक्त बैठकबाट क्याम्पस प्रमुख उत्तम भट्राई बिनानिष्कर्ष बाहिरीए पछि सो तालाबन्दीलाई निरन्तरता दिनु परेको दमक क्याम्पसका विद्यार्थी तथा किरात राई विद्यार्थी संघ झापा जिल्ला अध्यक्ष सुनिल राईले बताए ।

आदिवासी विद्यार्थी महासंघ, किरातराई विद्यार्थी संघ, नेपाल तामाङ विद्यार्थी घेदुङ र लिम्बु विद्यार्थी मञ्चले संयुक्त रुपमा लगाएको तालालाई उनिहरुले आफ्नो माग सम्बोधन नभए सम्म निरन्तरता दिने बताएका छन् । निष्कर्ष बिहिन बैठकबाट बाहिरीदैँ उनिहरुले क्याम्पस प्रमुखको यो ब्यवहार गैरजिम्मेवार र अटेरी पन रहेको आरोप समेत लगाएका छन् । आउदो समयमा उनिहरुले आफ्नो आन्दोलनलाई अझ शसक्त रुपमा बढाउने पनि बताएका छन् ।

मङ्ल, अशोज ९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

बिर्तामोड शाखाबाट एकैदिन ११ वटा जोनडियर ट्याक्टर बिक्रि

बिर्तामोड । पछिल्लो समय कृषिको आधुनिकीकरणका लागि ट्याक्टरको प्रयोग अनिवार्यजस्तै बनेको छ । कृषिका लागि प्रयोग हुन थालेपछि नेपालमा ट्याक्टरको माग बढ्न थालेको हो । कृषिका अतिरिक्त सामान ढुवानीका लागि समेत प्रभावकारी हुने भएकाले...

बुढासुब्बा गोल्डकपको उपाधि डफिन्स क्यामारुनलाई

धरान ,४ फागुन । धरानमा सञ्चालित बुढासुब्बा गोल्डकपको उपाधि डफिन्स क्यामारुन क्लवले पाएको छ । २०५८ साल पछि पहिलो पटक बुढासुब्बा गोल्डकपमा फाइलनमा पुगेको आयोजक धरान फुटवल क्लवलाई हराउदै डफिन्स क्यामारुनले उपाधि जितेको हो...

पाँचथरमा चट्याङ लागेर एकको मृत्यु, १ घाईते

पाँचथर,४ फागुन । पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ पौवामा चट्याङले लागेर १ जनाको मृत्यु १ घाईते भएका छन् । आफ्नो घर नजिकै रहेको काकाको घरमा बसीरहेका बर्ष १७ को भगेन्द्र तामाङ र निजकै भाई बर्ष...

बोर्ड अफ ट्रष्टिचको नेतृत्व चयन

दमक,४ फागुन । दमक जेसीज बोर्ड अफ ट्रष्टिचको साधारणसभा सम्पन्न भएको छ । दमक जेसीज सचिवालयमा सम्पन्न साधारणसभाबाट बोर्ड अफ ट्रष्टिचको नयाँ कार्य समिति चयन भएको हो । वोर्ड अफ ट्रष्टिच दमक जेसीजका पूर्व...

शिक्षक संघको नगर परिषद सम्पन्न

गौरादह , ४ फागुन। नेपाल शिक्षक संघ गौरादह नगर समितिको प्रथम नगर परिषद भेला आज सम्पन्न भएको छ । सुर्योदय आधारभूत बिद्यालय धिमधिमेमा आयोजित कार्यक्रममा सहभागीहरुले पेशागत हितका लागि जिम्मेवारका साथ अगाडी वढ्नु पर्ने...

गौरीगंजमा सामूहिक सरसफाई

गौरीगंज ४, फागुन । गौरीगंज गाउँपालिका वार्ड नं ३ को बसपार्क देखि गौरीया खोेलाको पुलसम्मको बाटो आज सरसफाई गरिएको छ । प्रदेश नं १ भरिका सम्पुर्ण बसपार्क तथा बसबिसौनीहरूमा एकैसाथ सरसफाई गर्ने कार्यक्रम अन्तर्गत समुदाय...

बिर्तामोडलाई बन्दमुक्त गर्न पहल थालियो

बिर्तामोड, फागुन ४। उद्योग व्यवसाय तथा सुरक्षा क्षेत्रका प्रतिनिधिले सरोकारवालासँग समन्वय गरी बिर्तामोडलाई बन्दहड्ताल मुक्त गर्ने पहल थालेका छन् । आज शनिवार बिर्तामोडमा भएको छलफलमा सहभागीहरुले प्रदेश नं। १कै प्रमुख व्यापारिक केन्द्र तथा आधा दर्जन...

कमलमा आग्र्यनिक तरकारी विक्री सुरु

कमल,४ फागुन। झापाको कमल गाउँपालिका ३ स्थित उद्यमशिल जागरण महिला केन्द्रले उत्पादन गरेको आग्र्यनिक तरकारी आजबाट विक्रि गर्न सुरु गरेको छ । केन्द्रले सामूहिक रुपमा १० कठ्ठा जमिन भाडामा लिएर फुलकोपी र धनिया लगायतका तरकारी...

जातिगत पहिचान सुचिकृत गर्न माग

मोरङ ,४ फागुन । विराट राजवंशी समाज उत्थान समितिले आफ्नो जातिगत पहिचान सुचिकृत गर्न माग गर्दै बृहत भेला तथा खबरदारी सभा गर्ने भएको छ । समितिले नेपाल पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलन गरि सो बिषयमा जानकारी...

सङ्घीय ट्रेड युनियन महासंघको कनकाई समिति

दमक,४ फागुन । सङ्घीय लोकतान्त्रिक ट्रेडयुनियन महासंघको कनकाई नगर समिति गठन भएको छ । शनिबार आयोजित एक भेलाले उपेन्द्र घिमिरेको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश:...