तीन दिन देखि दमकको खानेपानीमा ‘लेदो’

मेकानिकल समस्या, आजदेखिनै सुधार आउने : खानेपानी

विष्णु सुब्बा

दमक,८ असोज / झापाको दमकका दुई वटा वडामा तीन दिन देखि आइरनयुक्त पानी वितरण हुदैआएको पाईएको छ । खानेपानीको ट्यांकीमा जडित भल्वको समस्याका कारण तीनदिन देखि वितरित पानीमा लेदोसहितको फोहोर पाइएको हो । स्वच्छ पानी वितरणमा चासो नदिएको भन्दै उपभोक्ताहरु आक्रोसित भएका छन् ।

दमक–९ का उपभोक्ता टंक ढकालको धारामा आएको पानी

दमक खानेपानी तथा सरसफाई उपभोक्ता समितिले दोश्रो साना सहरी खानेपानी आयोजनाबाट निर्मीत पानीको टंयाकीमा ‘मेकानिकल’ समस्या आएपछि स्वच्छ पानी वितरण प्रभावित भएको हो । दमकको वडा नम्बर ८ र ९ का दुई हजार बढी उपभोक्ताहरुको अधिकांश धारामा स्वच्छ पानी वितरण हुन सकेको छैंन् । ती वडामा दमक–९ स्थित शान्तिमार्गको ट्यांकीबाट पानी वितरण हुदैआएको छ ।

दमक–९ का उपभोक्ता टंक ढकालले तीनदिनदेखि वितरित खानेपानी स्वच्छ नहुदाँ पनि खानेपानी कार्यालयले समयमै मर्मत संभार गर्न चासो नदिएको बताउँछन् । उनले पानी जस्तो विषयमा सम्बद्ध निकायले समयमा नै आवश्यक मर्मत नगर्दा यस क्षेत्रका बासिन्दाहरु दुषित पानी पिउन बाँध्य हुनुपरेको गुनासो गर्छन् । पानीको मुख्य स्रोत धारा मात्र भएको र त्यही धाराबाट आउने पानी यतिका दिनसम्म सुधार गर्न नसक्नु समितिको हेलचेक्राई नै भएको उनको जिकीर छ । उनले भने ,–‘ तिन,चार दिनसम्म स्वच्छ पानी नआउदाँ सयौं उपभोक्ताहरुmले साँस्ती खेप्नुपरेको छ ।’ ढकालले प्राविधिक रुपमा पानी वितरणमा समस्या आएपनि समितिले त्यसवारे सार्वजनिक रुपमा उपभोक्ताहरुलाई जानकारी नदिएर खेलवाड भएको दावी गर्छन् ।

खानेपानी उपभोक्ता समितिका कार्यालय प्रमुख कृष्ण थापाका अनुसार मेकानिकल समस्याका कारण स्वच्छ पानी वितरण गर्न कठिनाई भएको छ । फिल्टर हुदै ट्यांकीमा जाने पानीमा भल्वका समस्याका कारण पानीमा लेदो देखिएको उनले बताए । थापाले दुई दिनदेखि विग्रीएको संरचना मर्मतको काम भईरहेको र आज साँझदेखिनै खानेपानीमा सुधार आउने वताए । उनले भने ,–‘वितरित पानी पिउननै नहुने चाहि होइन् तर सोमबार साँझदेखि यस्तो समस्या विस्तारदै हट्ने छ ।’ ट्यांकीमा जम्मा भएको पानी धारा मार्फत जाने हुदाँ अझैं दुई,तीन दिनसम्ममा पानीमा सामान्य त्यस्तो समस्या फेरि पनि देखिन सक्ने इन्जिनियर समेत रहनुभएका थापाले जानकारी दिए ।

त्यस आयोजना गत २०७२ सालदेखि सञ्चालनमा आएको थियो । त्यस ट्यांकीबाट राजमार्ग दक्षिणका दमक–८ र ९ का २२ सय उपभोक्तालाई खानेपानी उपलव्ध गराउदैआएको छ ।

मङ्ल, अशोज ९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

यस्ता आठ प्रकारका सामाजिक सुरक्षा भत्ता बाँढ्दै सरकार ! कस्ता कस्ता नागरिकले पाउँदैछन भत्ता ?

काठमाडौँ। सरकारले चालू आर्थिक वर्ष ०७५/७६ मा विभिन्न ८ वर्गका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ। व्यवस्थापिका संसद्ले पास गरेको सामाजिक सुरक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनअनुसार यस्तो व्यवस्था हुन लागेको हो  । व्यवस्था...

दमक हाइवे सेतुमारी सडकको सात घुम्तिमा, दुर्घटना जोखिम बढदो

नगेन्द्रमणी न्यौपाने, दमक झापाको दमक नगरपालिका स्थित हाईवे सेतुमारी सडक खण्डको सात घुम्तिमा दुर्घटनाको जोखिम वढदै गएको सर्वसाधारणहरुले गुनासो गरेका छन । दमक नगरको दक्षिणी क्षेत्रलाई जोडने मुख्य यो सडक खण्डमा ५ वटा एल आरकारका घुम्ति...

वडादशैँको मौलिकता हराउँदै

नेपालीहरुको महान् चाड बडादशैँको खुशी र उमङ्ग सबैतिर छाइरहँदा यसको मौलिकतामा भने पछिल्लो समय ह्रास हँुदै जान थालेकोप्रति चिन्ता व्यक्त गर्न थालिएको छ । पूजा आराधना, शक्तिको उपासना र आपसी सद्भावको महत्वपूर्ण पर्व बडादशैँमा अर्काको...

दमकको चौंकमा राखिएका गमलाका फूलहरु मर्न थाले

दमक,३ कातिक / संरक्षणमा चासो नदिदाँ झापाको दमकमा सडक आसपास रोपिएका फूलहरु मर्न थालेका छन् । पानी तथा मल समयमा दिन नसक्दा अधिकांस गमलाका फूलहरु मर्न थालेका हुन् । मुख्यतय दमक चौंकको सडक पेटिहरुमा राखिएका...

के दशैँ, के तिहार ! आफन्तबाट टाढिएका भुटानी शरणार्थीहरुको जिवन काहाली लाग्दो बन्दै

दमक | पुर्वी नेपालको झापा र मोरङका विभिन्न शिविरहरुमा करिब तिन दशकयता शरणागत भुटानी शरर्णाीहरुको यस वर्षको दँशै पनि खल्लो बनेकोछ । तेस्रो देश पूर्नवासशुरु भएयता हाल शिविरमा विभिन्न कारणले परिवार संग विछोडिए छु्टेका शरणार्थीहरुको...

दमकमा मात्र ३५ करोड बढिको मासु खपत

दमक | अन्य दिनको तुलनामा चाडपर्वको समयमा बजारमा अत्याधिक मासु खपत हुने गरेको छ । बडदो शहरीकरण संगै बदलिदो मानिसको आधुनिक जिवन शैली ले गर्दा आफुले घरमा पशु बली दिने चलन हराउदै जाँदा बजार...

यो सरकारलाई देवीशक्तिको आशिर्वाद मिलेको छ: प्रधानमन्त्री

झापा, कात्तिक १, | प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई देवीशक्तिको पनि आशिर्वाद मिलेको बताउनु भएको छ । विहिबार झापाको बिर्तामोडमा आफैले आयोजना गरेको दसैं शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले आफु...

दशैंमा मेलाको उल्लास

दमक, ३१ असोज / झापामा यसवर्षको दशैं मेला शुरु भएको छ । विशेषत दशैंका अवसरमा लाग्दैआएका यस्ता परम्परागत मेलाहरु जिल्लामा शुरु भईसकेका छन् । घटस्थापनादेखि औपचारिक रुपमा शुरु हुने दशै मेला नवमीदेखि पूर्णिमासम्म बढी लाग्दैआएका...

हिमशिखर मिडियाको दशै विशेष शुभकामना आदान प्रदान तथा चियापान समारोह

दमक | झापाको दमकमा रहेको हिमशिखर मिडिया ग्रुपले आज दमकमा दशै विशेष शुभकामना आदान प्रदान तथा चियापान समारोह सम्पन्न गरेको छ । मोफसलमा रहेर करिब एक दशकयता स्थानीय स्तर देखि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर...

आफ्नै देशमा छ, करोडको कारोवार हुने अल्लोको कपडा

संखुवासभा | प्रख्यात कोसेलीका रुपमा परिचित अल्लोको कपडाको माग बिदेशमा समेत बढेको छ । अलैची र कृषि पेसा घाटा लागेपछि अल्लो ब्यवसायले आकर्षित बनाएको छ । सभापोखरी गाउँपालिका विश्व लिम्बूले अल्लोको कपडा सिलाइ लिएपछि उनले...