दमकमा रात्रीकालिन बजार शुरु

हाम्रो दमक

दमक,८ असोज  /झापाको दमक–६ स्थित नमुना बजारमा आजदेखि रात्रीकालिन वजार सञ्चालनमा आएको छ । आज एक कार्यक्रमबीच नगर प्रमुख रोमनाथ ओलीले रात्रीकालिन बजार शुरुवात भएको घोषणा गरे । घोषणा कार्यक्रममा दमक उद्योग वाणिज्य संघ, प्रहरी,विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

नमुना वजारमा निर्मीत पानीको फोहरा

नमुना वजार व्यवस्थापन समितिका संयोजक तथा सो वडाका वडाध्यक्ष टेकबहादुर थापाका अनुसार दमकलाई पर्यटन ,प्रवद्र्धन तर्फ आर्कषित गराउन नमुना वजार क्षेत्रमा रात्रीकालीन वजार सञ्चालनमा ल्याईएको छ । नमुना वजार नगरपालिकाको सहयोगमा करिव रु २ करोड बढी खर्चिएर पूर्वाधारयुक्त संरचना निर्माण गरिएको समितिले जनाएको छ । त्यहाँ चारपाङग्रे सवारी सधान निषेध गरिनुका साथै वजार हातामा पानीको फोहरासंगै बिश्रामस्थल निर्माण गरिएको छ ।
दमकको मुख्य बजार नमुना बजारमा अब राती १० बजेसम्म पसल तथा ब्यापार ब्यवसाय सञ्चालन हुनेछन् । रात्रीकालीन वजारमा फाष्टफुडका पसलहरु तथा बच्चाका लागि चिल्ड्रेन पार्क वनाइृ खेल सामाग्रीहरु राख्ने समेत व्यवस्था गरिएको वडाध्यक्ष थापाले बताए ।
रात्रीको समयमा समेत त्यसस्थलमा मोटरसाईकल लगायतका साधनहरु समेत निषेध गरिएको छ । नमुना वजार थोरै ठाँउभए पनि पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने उद्देश्यले रात्री वजार सञ्चालनमा ल्याईएको वडा सदस्य लक्ष्मी दाहालले बताए ।

सोम, अशोज ८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

दमकमा सवैभन्दा बढी आत्महत्याका घटना

दमक,२ असार । झापाको दमकमा सवैभन्दा बढी आत्महत्याका घटना भएको पाईएको छ । गएको चार महिनामा जिल्लामा भएका आत्महत्याका घटना विवरण अनुसार दमकमा आत्महत्याको संख्या बढी भएको पाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको...

टिफरको ठक्करवाट बालकको मृत्यु

गौरादह,२ असार । टिफरको ठक्करवाट झापाको गौरादहमा सोमबार एक जना बालकको ज्यान गएको छ ।  यसरी ज्यान जानेमा सुनसरीको तरहरा घर हाल गौरादह ७ स्थित आफन्तका घरमा बस्दैआएका १० बर्षिय ओमराज गिरी रहेको इलाका...

डिएसपीको कुर्सीमा बस्ने भारतीय नागरिक जेल चलान

विर्तामोड ,२ असार । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख (डीएसपी) को कुर्सीमा बसेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने म्यानपावर व्यवसायी पुर्पक्षका लागि जेल चलान भएका छन् । भारतको बैङ्ग्लोर घर भई हाल झापाको बिर्तामोडमा...

‘देशमा स्वस्थ्य राजनीतिको खडेरी छ   ’

दमक,१ असार । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले एक,दुई दशक भित्र देशमा नौलो किसिमको परिवर्तन हुनसक्ने वताएका छन् । समय अनुसार देशमा नसोचिएको परिवर्तन हुदैआएको वताउदै उनले अव छिटटै नौलो परिवर्तन आउने...

जात्रीमा दमकमा सार्वजनिक विदाँ

दमक,१ असार । दमक नगरपालिकाले धिमाल जातिको महान पर्व सिरिजात ( जात्री पर्व )को अवसरमा भोलि एक दिनका लागि विदाँ दिएको छ । नगरपालिकाका कार्यवहाक प्रमुख बोधराज न्यौपानेले आज सूचना निकालेर भोलि सोमबार नगर क्षेत्र...

‘दउवासंघ’को नेतृत्वमा आंकाक्षीहरुको चर्चा

दमक,१ असार । दुई महिना पछि दमकमा हुन लागेका व्यवसायीहरुको नेतृत्वदारी संस्था दमक उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै गएपछि व्यवसायीहरु माँझ चर्चा हुन थालेको छ ।नेतृत्वका लागि दलीय आकांक्षीहरुको नाम बाहिर आउन थालेको छ...

स्वर्णलक्ष्मी शाकोसद्धारा अग्नीपीडित दुई सदस्यलाई राहत

दमक,१ असार । आगोलागी पीडित आफना दुई जना शेयर सदस्य परिवारलाई दमक ८ को स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले नगद राहत प्रदान गरेको छ ।  दमक ५ स्थित आगलागी पीडित अमित किराना पसलका...

करदाताका लागि राजस्व कार्यालयमै वैक

दमक,१ असार । करदाताहरुको राजस्व लगायतका सुविधाका लागि झापाको दमकस्थित आन्तरिक राजस्व कार्यालयमा प्रभु बैकले एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । कार्यालयमा आज एक कार्यक्रम गरि काउण्टर सञ्चालनमा ल्याइएको बैकका प्रदेश नम्बर १ का...

इष्टुको प्रदेश समिति चयन

दमक,३२ जेठ । संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुको छाता संगठन संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले प्रदेश नं. १ प्रदेश कार्यसमिति चयन गरेको छ ।  शिक्षकहरुको पेशागत हकहितमा आवाज उठाउदै आएको इस्टुले यादव अधिकारीको अध्यक्षतामा...

विश्लेषक गिरी दमक आउदै

दमक,३२ जेठ । यूथ नेटवर्कको नियमित श्रृङखलामा सहभागि हुन भोलि नेपाली कांग्रेसका नेता तथा बिश्लेषक प्रदिप गिरी दमक आउदै छन् । स्थानीय गोरखा डिपार्टमेन्टल स्टोरमा भोलि आइतबार दिनको २ः३० वजेदेखि तीन घण्टा लामो सातौ...