सुर्यदर्शन सहकारीको कारोवार १ अर्ब १२ करोड बढी

हाम्रो दमक

दमक,८ असोज / दमक – ६ स्थित सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले सोमबार आफ्नो नवौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । स्थानीय कस्मिक पार्टी प्यालेसमा एक कार्यक्रमका वीच सुर्यदर्शन सहकारीले आफ्नो साधारणसभा सम्पन्न गरेको हो ।
जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारणसभामा उत्कृष्ट कारोबार गर्ने विभिन्न क्षेत्रका शेयर सदस्यहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको थियो ।

सभामा प्रतिवेदन प्रस्तुत गर्दे अध्यक्ष सापकोटा

सभाको उद्घाटनमा संस्थाका अध्यक्ष टिकाराज सापकोटाले सञ्चालक समितिका तर्फबाट अध्यक्षको प्रतिवेदन र लेखा संयोजक डिल्लीराम मुखियाले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
दुवैं प्रतिवेदन संस्थाको वन्द सत्रले सुझाव सहित पारित गरिएको थियो । सो अवसरमा सहकारी संघका अध्यक्ष ढकाल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष घनश्याम अधिकारी,दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल,मेची सहकारी संस्थाका अध्यक्ष नारायण भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
५ हजार ३ सय ९२ जना शेयर सदस्य रहेको सो संस्थाको ७ करोड ४८ लाख २६ हजार ५ सय शेयर पूंजी रहेको छ । सहकारीले गएको वर्ष कुल १ अर्ब १२ करोड ८३ लाख १८ हजार ७ सय ९९ रुपैयाको कुल कारोवार गरेको पारित प्रतिवेदनमा जनाईएको छ ।

पत्रकार राईलाई पुरस्कृत गरिदै

यसैगरि दमक–९ स्थित समता कृषि सहकारी संस्थाले आफ्नो सातौं बार्षिक साधारणसभा का अवसरमा उत्कृष्ट कारोबार गर्ने सदस्यहरुसहित पत्रकार अनिलदेव राईलाई पुरस्कृत गरिएको छ । सहकारीको क्षेत्रमा कलम चलाएर उत्कृष्ट कार्य गरेको भन्दै पत्रकार महासंघ झापा शाखाका कार्यसमिति सदस्य राईलाई सम्मान पत्र,नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै, संस्थाको नीति अनुसार गत बर्ष सुत्केरी भएका शेयर सदस्य दुई जनालाई पोषण भत्ताको रकम समेत उपलब्ध गराईएको थियो ।

सोम, अशोज ८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

मुसहर बस्तीको विकास ‘पहिलो प्राथमिकतामा’

बिर्तामोड, ५ फागुन। बिर्तामोड नगरपालिका वडा नं ३ र १० मा रहेको मुसहर बस्तीको विकासलाई पहिलो प्राथमिकतामा राख्ने स्थानीय जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । सरकारी तथा सार्वजनिक सेवाप्रदायक निकायसम्म पहुँच नभएका ७६ जना जनसंख्या रहेको...

बिर्तामोड शाखाबाट एकैदिन ११ वटा जोनडियर ट्याक्टर बिक्रि

बिर्तामोड । पछिल्लो समय कृषिको आधुनिकीकरणका लागि ट्याक्टरको प्रयोग अनिवार्यजस्तै बनेको छ । कृषिका लागि प्रयोग हुन थालेपछि नेपालमा ट्याक्टरको माग बढ्न थालेको हो । कृषिका अतिरिक्त सामान ढुवानीका लागि समेत प्रभावकारी हुने भएकाले...

बुढासुब्बा गोल्डकपको उपाधि डफिन्स क्यामारुनलाई

धरान ,४ फागुन । धरानमा सञ्चालित बुढासुब्बा गोल्डकपको उपाधि डफिन्स क्यामारुन क्लवले पाएको छ । २०५८ साल पछि पहिलो पटक बुढासुब्बा गोल्डकपमा फाइलनमा पुगेको आयोजक धरान फुटवल क्लवलाई हराउदै डफिन्स क्यामारुनले उपाधि जितेको हो...

पाँचथरमा चट्याङ लागेर एकको मृत्यु, १ घाईते

पाँचथर,४ फागुन । पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ पौवामा चट्याङले लागेर १ जनाको मृत्यु १ घाईते भएका छन् । आफ्नो घर नजिकै रहेको काकाको घरमा बसीरहेका बर्ष १७ को भगेन्द्र तामाङ र निजकै भाई बर्ष...

बोर्ड अफ ट्रष्टिचको नेतृत्व चयन

दमक,४ फागुन । दमक जेसीज बोर्ड अफ ट्रष्टिचको साधारणसभा सम्पन्न भएको छ । दमक जेसीज सचिवालयमा सम्पन्न साधारणसभाबाट बोर्ड अफ ट्रष्टिचको नयाँ कार्य समिति चयन भएको हो । वोर्ड अफ ट्रष्टिच दमक जेसीजका पूर्व...

शिक्षक संघको नगर परिषद सम्पन्न

गौरादह , ४ फागुन। नेपाल शिक्षक संघ गौरादह नगर समितिको प्रथम नगर परिषद भेला आज सम्पन्न भएको छ । सुर्योदय आधारभूत बिद्यालय धिमधिमेमा आयोजित कार्यक्रममा सहभागीहरुले पेशागत हितका लागि जिम्मेवारका साथ अगाडी वढ्नु पर्ने...

गौरीगंजमा सामूहिक सरसफाई

गौरीगंज ४, फागुन । गौरीगंज गाउँपालिका वार्ड नं ३ को बसपार्क देखि गौरीया खोेलाको पुलसम्मको बाटो आज सरसफाई गरिएको छ । प्रदेश नं १ भरिका सम्पुर्ण बसपार्क तथा बसबिसौनीहरूमा एकैसाथ सरसफाई गर्ने कार्यक्रम अन्तर्गत समुदाय...

बिर्तामोडलाई बन्दमुक्त गर्न पहल थालियो

बिर्तामोड, फागुन ४। उद्योग व्यवसाय तथा सुरक्षा क्षेत्रका प्रतिनिधिले सरोकारवालासँग समन्वय गरी बिर्तामोडलाई बन्दहड्ताल मुक्त गर्ने पहल थालेका छन् । आज शनिवार बिर्तामोडमा भएको छलफलमा सहभागीहरुले प्रदेश नं। १कै प्रमुख व्यापारिक केन्द्र तथा आधा दर्जन...

झापामा ३३ वटा अवैध मदिरा पसल वन्द

दमक ,४ फागुन । झापालाई मदिरा नियन्त्रित घोषणा गरिएपछि त्यसको प्रभावकारी देखिदैं गएको छ । प्रहरी प्रशासन, व्यवसायी, राज नीतिक दल तथा स्थानीय सरकारहरुको सहमतिमा माघ १ गते देखि जिल्लालाई मदिरा नियन्त्रित घोषणा गरिएको...

कमलमा आग्र्यनिक तरकारी विक्री सुरु

कमल,४ फागुन। झापाको कमल गाउँपालिका ३ स्थित उद्यमशिल जागरण महिला केन्द्रले उत्पादन गरेको आग्र्यनिक तरकारी आजबाट विक्रि गर्न सुरु गरेको छ । केन्द्रले सामूहिक रुपमा १० कठ्ठा जमिन भाडामा लिएर फुलकोपी र धनिया लगायतका तरकारी...