सतासीधाममा विजुली पुग्यो

हाम्रो दमक

झिलझिले ,७ असोज / पूर्वको पर्यटकीयस्थलका रुपमा चिनिने झापाको सतासीधाम धार्मिक स्थलमा विजुली पुगेको छ । नेपाल सरकारको ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तगर्त ती क्षेत्रमा विजुली सञ्चालनमा ल्याईएको हो ।
उर्जा मन्त्रालयबाट प्राप्त रु २७ लाखको लागतमा हालै सतासीधाममा विजुली जडान गरि सञ्चालनमा ल्याईएको नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रले जनाएको छ ।

जडित विजुलीको सामूहिक उद्घाटन गरिदै

आइतबार सतासीधाम स्थलमा एक कार्यक्रम गरि जडित विजुलीको औपचारिक रुपमा शुभारम्भ गरियो ।
जडित विजुलीको झापा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभाका सदस्य एलपी साँवा, प्रदेशसभा सदस्यहरु झलकसिंह दर्लामी ,हिरा थापा , नगरप्रमुख चन्द्रकुमार शेर्माले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
शिवसतासी नगरपालिका वडा नम्बर ११ मा अवस्थित सतासीधाम तीर्थस्लथमा हालसम्म विजुली पुगेको थिएन् । विजुली नहुदाँ त्यस क्षेत्रमा साँझपख तीर्थालु समस्यामा पर्देआएका स्थानीय दुर्गा नेम्बाङले वताए । यसअघि त्यहाँ सडक सोलार जडान गरिए पनि त्यसले खासै काम गर्न सकेको थिएन् ।
झिलझिले चौंकदेखि साढे ५ किलोमिटर उत्तर चुरे क्षेत्रमा पर्ने सतासीधाममा विजुली पुगेपछि त्यहाँ तीर्थालु तथा वटुवाहरु हर्सित भएको सतासीधाम मन्दिर विकास समितिका सचिव उदयप्रकाश राईले बताए । चौंकदेखि तीर्थस्थलसम्म सडकमा ६१ वटा पोल गाडिएको र दुई फेजमा विजुली वितरण शुरु गरिएको प्राधिकरण दमकका प्रमुख राजीव सिंहले बताए ।
सोहि अवसरमा विभिन्न दाताहरुले मन्दिर विकास समितिलाई पंखा समेत वितरण गरिएको संस्थाका अध्यक्ष प्रसाद सुब्बाले वताएका छन् ।

आइत, अशोज ७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

मुसहर बस्तीको विकास ‘पहिलो प्राथमिकतामा’

बिर्तामोड, ५ फागुन। बिर्तामोड नगरपालिका वडा नं ३ र १० मा रहेको मुसहर बस्तीको विकासलाई पहिलो प्राथमिकतामा राख्ने स्थानीय जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । सरकारी तथा सार्वजनिक सेवाप्रदायक निकायसम्म पहुँच नभएका ७६ जना जनसंख्या रहेको...

पाँचथरमा चट्याङ लागेर एकको मृत्यु, १ घाईते

पाँचथर,४ फागुन । पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ पौवामा चट्याङले लागेर १ जनाको मृत्यु १ घाईते भएका छन् । आफ्नो घर नजिकै रहेको काकाको घरमा बसीरहेका बर्ष १७ को भगेन्द्र तामाङ र निजकै भाई बर्ष...

बोर्ड अफ ट्रष्टिचको नेतृत्व चयन

दमक,४ फागुन । दमक जेसीज बोर्ड अफ ट्रष्टिचको साधारणसभा सम्पन्न भएको छ । दमक जेसीज सचिवालयमा सम्पन्न साधारणसभाबाट बोर्ड अफ ट्रष्टिचको नयाँ कार्य समिति चयन भएको हो । वोर्ड अफ ट्रष्टिच दमक जेसीजका पूर्व...

गौरीगंजमा सामूहिक सरसफाई

गौरीगंज ४, फागुन । गौरीगंज गाउँपालिका वार्ड नं ३ को बसपार्क देखि गौरीया खोेलाको पुलसम्मको बाटो आज सरसफाई गरिएको छ । प्रदेश नं १ भरिका सम्पुर्ण बसपार्क तथा बसबिसौनीहरूमा एकैसाथ सरसफाई गर्ने कार्यक्रम अन्तर्गत समुदाय...

बिर्तामोडलाई बन्दमुक्त गर्न पहल थालियो

बिर्तामोड, फागुन ४। उद्योग व्यवसाय तथा सुरक्षा क्षेत्रका प्रतिनिधिले सरोकारवालासँग समन्वय गरी बिर्तामोडलाई बन्दहड्ताल मुक्त गर्ने पहल थालेका छन् । आज शनिवार बिर्तामोडमा भएको छलफलमा सहभागीहरुले प्रदेश नं। १कै प्रमुख व्यापारिक केन्द्र तथा आधा दर्जन...

झापामा ३३ वटा अवैध मदिरा पसल वन्द

दमक ,४ फागुन । झापालाई मदिरा नियन्त्रित घोषणा गरिएपछि त्यसको प्रभावकारी देखिदैं गएको छ । प्रहरी प्रशासन, व्यवसायी, राज नीतिक दल तथा स्थानीय सरकारहरुको सहमतिमा माघ १ गते देखि जिल्लालाई मदिरा नियन्त्रित घोषणा गरिएको...

झिलझिलेमा इन्जिनियरिङ कलेज बन्ने

झिलझिले,  ४ फागुन। झापाको शिवसताक्षी नगरपालिका ११ स्थित झिलझिलेमा इन्जिनियरिङ कलेज स्थापना हुने भएको छ । झिलझिलेमा रहेको गणेशमान सिंह अध्ययन प्रतिष्ठान प्राविधिक तथा व्यवसायिक शिक्षालयले इन्जिनियरिङ कलेज स्थापना गर्न लागेको हो । शिलान्यास गर्दे...

जातिगत पहिचान सुचिकृत गर्न माग

मोरङ ,४ फागुन । विराट राजवंशी समाज उत्थान समितिले आफ्नो जातिगत पहिचान सुचिकृत गर्न माग गर्दै बृहत भेला तथा खबरदारी सभा गर्ने भएको छ । समितिले नेपाल पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलन गरि सो बिषयमा जानकारी...

सङ्घीय ट्रेड युनियन महासंघको कनकाई समिति

दमक,४ फागुन । सङ्घीय लोकतान्त्रिक ट्रेडयुनियन महासंघको कनकाई नगर समिति गठन भएको छ । शनिबार आयोजित एक भेलाले उपेन्द्र घिमिरेको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश:...

खुट्टो काट्नुपरेका बालकलाई अमेरिकाबाट एकलाख

दमक,४ फागुन । अमेरिकाको ओहयो एक्रोनबाट पुनर्वास भएका भुटानी शरणार्थीहरुले भाँच्चिएर खुट्टो काट्नु परेका झापा, दमकका एकजना बालकको उपचारको लागि १ लाख ७ हजार सहयोग गरेका छन् । ओहायोबाट नेपाल आएका उत्तम रसाइली, रनमाया गजमेर,...