पाकिस्तानी पीएमका पहलहरु प्रेरणादायक

रमेश ढकाल

-रमेश ढकाल

पाकिस्तान तेहरिक-ए-इंसाफ (पीटीआई) पार्टीका प्रमुख तथा राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान इमरान खानको नेतृत्वमा गठन भएको पाकिस्तानको नयाँ सरकारको जग हाम्रो देशको दुई तिहाई बहुमत सहितको सरकारको तुलनामा निक्कै नै कम्जोर होला। तर पनि त्यहँका नयाँ प्रधानमन्त्रीले सरकारको ओभरहेड लागत तथा अन्य सम्बन्धित खर्चहरू कम गर्नका लागि जे जस्ता पहलहरु गरिरहेका छन् जुन अत्यन्तै सराहनीय र अनुकरणीय लाग्दछन्। आउँदा दिनमा उनी कति सफल बन्लान अथवा उनको कार्यकाल कस्तो रहला त्यो त भोलीको समयले बताउला नै, जसका लागि हामीले पर्खनै पर्ने हुन्छ। खैर, उनै प्रधानमन्त्रीले आफ्नो मुलुका सिविल सर्भेन्ट्स अर्थात मुलुकको प्रशासनिक सेवामा रहेका उच्च पदाधिकारीहहरुको भेला बोलाएर गत हप्ता १४ सेप्टेम्बरका दिन इस्लामाबादमा सम्बोधन गर्दाको अनुवादित संस्करण हार्मो देशका नेता तथा मन्त्रीहरुका लागि पनि प्रेरणादायक बन्न सक्ने मनसायले मेरो बुताले भ्याए सम्म जस्ताको त्यस्तै यहाँ शेयर गर्ने कोशिस गरेको छु। यसक लागि हजुर पाठकहरुको प्रतिक्रिया पनि धेरै महत्त्वपूर्ण रहने छ।

सम्बोधनको अनुवादित संस्करण:- पाकिस्तानलाई कहिल्यै पनि यति धेरै तपाईंहरुको आवश्यकता थिएन जति आज छ। मैले तपाईंहरुलाई यहाँ यसकारण बोलाएको हुँ, किनकी मलाई यो देशको अवस्थाका बारेमा जति ज्ञान छ, त्यो भन्दा धेरै तपाईंहरुलाइ छ। हामी त सरकारमा आउछौँ जान्छौँ तर तपाईंहरु भनेको त यो देशको स्थायी सरकार हो। त्यसैले तपाईंहरुलाई यो देशको हरेक अवस्थाको बारेमा राम्रो ज्ञान छ, खासगरेर हाम्रो आर्थिक अवस्थाको बारेमा।

आर्थिक दृष्टिबाट पाकिस्तानलाई अहिले जस्तो च्यालेन्जेस् यो भन्दा पहिला कहिल्यै पनि थिएन। यो १० बर्षमा पाकिस्तानको ऋण ६ हजार अरब बाट ३० हजार अरबमा पुगेको छ। यो ऋणको हामीले हरेक दिन ६ अरब त ब्याज मात्र तिर्नु पर्छ। जब यो ऋणको किस्ता, हाम्रो देशको रक्षा मामिला संग जोडीएका खर्च लगायतका आवश्यकताहरु पुरा गर्छौँ, मुलुकको संचालन र बिकासका लागि भने हामीले अतिरिक्त ऋण लिनु पर्ने अवस्थाको जालमा अहिले हामी फसेका छौँ। यो जाल बाट बाहिर निस्कनका लागि हामीमा परिवर्तन ल्याउन आवश्यक छ। इश्वरले भनेका छन्, कोही त्यत्खेर सम्म बदल्न सक्दैन, जतिखेर सम्म ऊ स्वयम आफ्नो अवस्था बदल्नका लागि कोशिश गर्दैन।

त्यसैले यो कठिन अवस्था बाट बाहिर निस्कनका लागि हामीले आफुलाई बदल्नु छ। हामी राजनीतिज्ञहरु बद्लन आवश्यक छ। सारकारी कर्मचारीहरु बद्लन आवश्यक छ। यदि हामीले आफुलाई बदल्न दकेनौँ भने, अगाडि हामी ठुलो सङ्कटमा फस्ने छौँ। हामी संग मुलुक चलाऊनका लागि पैसा नै छैन। ६०% पाकिस्तानीहरुको उमेर ३० बर्ष भन्दा कमको छ। बेरोजगारीको अनुपात दैनिक वृद्धि हुँदै गएको अवस्था छ। अर्कोतर्फ समृद्धि हासिल गर्नका लागि हामीले ॠण लिएर मेट्रो लगायतका प्रोजेक्टहरुमा गरेको लगानि घाटमा गाइरहेको अवस्था छ। यहाँ बाट हामीलाई बाहिर निस्कनु छ।

एउटा कुरा दिमागमा राख्नु होला, जीवनमा कुनै पनि कुरा असम्भव छैन। म एउटा यस्तो उदाहरण तपाईंहरुको सामुन्ने खडा छु, जसलाई मानिसहरुले जीवनभर आफ्नो उदेश्यमा सफल हुदैनस् भनेर भनेका थिए। मलाई तिमी क्रिकेट खेल्न सक्दैनौ, तिमी राजनीति गर्न सक्दैनौ, तिमी हस्पिट बनाउन सक्दैनौँ तिमी युनिभर्सिटी बनाउन सक्दैनौँ, आदि भनेर भनेका थिए। राजनीतिमा पनि, विद्यमान दुईवटा पार्टीहरुको बिचमा, अर्को तेश्रो पार्टी आउन सक्दैन भनेर भन्ने गर्थे र म यस्तै कुराहरु मेरो अहिले सम्मको जीवनमा सुन्दै आएको छु। तर हामीले ठान्ने हो भने केही पनि असम्भव छैन। तर यसको लागि हामीले आफुलाई बदल्न सक्नु पर्छ।

डार्विनको थेउरी छ, सर्भाइवल अफ द फिटेस्ट। यसलाई अवस्था अनुसार हामी अपनाउनु पर्छ। एउटा सबै भन्दा महत्वपूर्ण कुरा के हो भने हामीले स्वतन्त्रता त प्राप्त गर्यौँ, तर हाम्रो मानसिकता भने आज सम्म पनि परिवर्तन हुन सकेन। जस्तो अंग्रेजले छोडेर गए, हाम्रा नेता तथा शासकहरुको मानसिकता आज पनि उस्तै छ। हामीले याद गर्नु पर्ने कुरा के हो भने अंग्रेजहरु यहाँ हामीलाई गुलाम मानेर राज गरिराखेका थिए। अंग्रेजको मुलुकमा त्यस्तो थिएन। उनिहरु यहाँ जुन शान शौकतका साथ बसिरहेका थिए त्यो सबै आम हिन्दूस्तानिहरुको रमाइलो गरिरहेका थिए। तर जब हामी स्वतन्त्र भयौँ। त्यस पछि सरकार आम जनता एउटै हुनु पर्ने थियो।

जतिखेर हामी जीवनमा चुनौतिहरुलाई सामना गर्ने हिम्मत राख्छौँ, तब मात्र हामी अघि बढ्न सक्छौँ। उदाहरणको रुपामा हामी जर्मनी र जापान लाई लिन सक्छौँ, जुन देशहरु दोश्रो विश्वयुद्ध पछि पूर्ण रुपमा तहस-नहस भएका थिए। तर १० बर्षको अवधिमा ति देशहरु माथि उठे। किन भने जब आम जनता र सरकार एउटै हुन्छन्, त्यस पछि कुनै चुनौती नै रहदैन।

हाम्रो फौज पनि त्यतिखेर मात्र प्रभावकारी बन्छ, जब उसको पछाडि आम जनता उभिन्छन्। जब जनतालाई यो सरकार हाम्रो हो, यो मुलुक हाम्रो हो भन्ने कुराको हामी विश्वाश दिलाउन सक्छौँ, त्यस पछि हाम्रो फौज ६ लाख हैन २० करोडको बन्छ। यसका लागि शासक अथवा सरकारमा रहनेहरुले देश र आम जनतालाई औपनिवेशिक मानसिकता नभएर आफ्नो पन देखाउन सक्नु पर्छ। यि तिनै आम जनता हरु हुन् जसले तिरेको कर बाट हामी माथि बसेका छौँ। उनिहरुले दिएको भोट बाट हामी जितेर माथि आएका छौँ। यि आम जनताहरु हाम्रा हुन् र यिनिहरु हाम्रा जिम्मेवारि हुन्।

यो देशको नेतृत्वमा बस्नेहरुले जुनतरिकाले खर्च गरिराखेका छन्, त्यस मुलुका बच्चाहरु विश्वमा सबै भन्दा धेरै फोहर पानी पिउनु पर्दा लाग्ने बिमारीका कारण मर्ने गरेका छन्। यहाँका सुत्केरी महिलाहरु बच्चा जन्माउँदाका समयमा आधारभूत स्वास्थ्य अभावका कारण विश्वमा सबै भन्दा धेरै मर्ने गरेका छन्। उचित पोषणको कमीका कारणले यो देशका ४३% कुपोषण बाट ग्रसित छन्। यो त आम जानता माथिको अत्याचार हो।

६० को दौरमा हाम्रो मुलुक सबै भन्दा तेज गतीमा अघि बढ्दै थियो। जहाँँ अहिले हामी हाम्रा बच्चाहरुलाई आधारभूत पोषण सम्म उपलब्ध गराउन सक्दैनौँ, यो कुन प्रकारअको ग्रोथ हो? यो मुलुका ८ लाख बच्चा अग्रेजी स्कुल पड्छन। अर्को तर्फ साडे तीन करोड बच्चा उर्दू मिडियमा छन् भने २४ लाख बच्चा मद्रसामा छन्। हाम्रो मुलुकको व्यवस्था नै यस्तो बनेको छ जसका कारण यहाँका आम जनताहरु कहिल्यै माथि उठ्न सक्ने अवस्था छैन। यो यसकारण यस्तो भएको हो, किनकी अंग्रेजहरुले त छोडेर गए, तर हामीले उनिहरुले बनाएको सीस्टमलाई अहिले सम्म मानसिक रुपमा तोड्न नै सकेको छैनौँ। हाम्रो मानसिकतालाई परिवर्तन गर्न सकेको छैनौँ।

म त प्राइमिनिस्टर का लागि बनाइएको आलीशान हाउसमा एकदम एकदम आनन्द संग बस्नु पर्ने थियो। जहाँ मेरोलागी ५३४ मुलाजिमहरु तैनाथ थिए। मलाई वास्तवमा थाहा छैन त्यहाँ कतिवटा गाडीहरु छन्, ति मध्ये म १०० गाडीहरु हामी बेच्दै छौँ। ४ हिलेकप्टरहरु बेच्दै छौँ। ५ वटा त भैंसी पनि थिए जो पीएमका लागि खास दुध उपलब्ध गराउन पालिएको थियो। यो सबै हाम्रो मानसिकताको समस्या हो। जतिखेर सम्म हामी आफुले आफुलाई बादल्ने कोशिश गर्दैनौ त्यतिखेर सम्म हामीलाई भगवानअले पनि पद्लन सक्दैनन्।

हामी परिवर्तन हुन सक्छौ तर त्यतिखेर हुन सक्छौ जति खेर हामी सरकारको एक एक रुपया खर्च गर्नु भन्दा पहिला ति ढाइ करोड बच्चाहरुको बारेमा सोच्ने छौ जो अभवका कारण स्कुल जान सकेका छैनन्। यहाँ उच्च शिक्षाका लागि संस्थाहरू छैनन्। हाम्रो अगाडि सिंगापुर कहाँ बाट कहाँ पुग्यो। सिंगापुरले ३३० अरबको निर्यात गर्छ, हाम्रो २० अरब छ। ज्ञान नै अर्थव्यवस्था हो हो। हामी संग एउटा त्यस्तो विश्वबिद्यालय छैन, जो संसारका पाँच सय विश्वविद्यालयहरू भित्र पर्न सकुन्।

यस्तो मुलुकमा जब इमरान खान पीएम बन्छ उस्ले सरकारको एक एक रुपया खर्छ गर्नु भन्दा पहिला सोच्नु पर्ने हुन्छ कि जुन पैसा ऊ आफ्नो लागि खर्च गर्न खोज्दै छ, यो मेरा लागि खर्च गर्न कत्तिको आवश्यक छ? के म यसमा कुनै परिवर्तित गर्न सक्छु? के यो पैसा ति आमा जनताहरु सम्म पुग्न सक्छ? जो संग केही छैन। जो साँच्चै खाँचोमा परेका छन्। हामीले गम्भीरतासाथ सोच्नु पर्छ। मैले मेरा राजनीतिक दलका नेताहरुसंग पनि यही सोचको अपेक्षा राखेको छु संगसंगै तपाईंहरु यो देशको जो वास्तविक कार्यकारीहरु हुनुहुन्छ, मैले तपाईंहरुसंग बाट पनि यही अपेक्षा राखेक छु। हामी जति पनि नीतिनियमहरू बनाउछौँ, यदि तपाईंहरुले त्यसको कार्यन्यन गरिदिनु भएन भने हामी सफल हुन सक्दैनौ। यसको उत्तरदायित्व बिना त यो मुलुक बच्नै सक्दैन।

हाम्रो मुलुकमा जुन तरिकाले भ्रष्टचार भैरहेको छ, अहिलेको हाम्रो मुख्य समस्यानै यही हो। भ्रष्टाचारले दुइटा नोक्सान गरी राकेहेको छ। एउटा त पैसा चोरि हुन्छ। दोश्रो त्यो पैसा चोरि गर्नको लागि जसरी सीस्टमलाई भात्काइन्छ, भ्रष्ट पारिन्छ, त्यसैले हाम्रो सिंगो मुलुकलाई नै बर्वाद पार्छ।

यदि मलाई भ्रष्टाचार गर्नु छ भने म सबै भन्दा पहिला प्राशासनिक संयन्त्रलाई बर्वाद गर्छु। हरेक संभाव्य ठाउमा मेरो मान्छे नियुक्ती गर्छु, जो मार्फत मलाई भ्रष्टचार गर्न अथवा मुलुकको पैसा छोरी गर्न सहज होस्। यसो नागरिकन मलाई भ्रष्टचार गर्न सम्भव हुँदैन, म पक्राउ पर्छु।

आज पश्चिमी लोकतान्त्रिक मुलुकहरुमा पारदर्शिता छ, भ्रष्टचार छैन यसको मतलब यो होइन कि त्यहाका नेता तथा कर्मचारीहरु हामी भन्दा इमान्दार छन्। बल्की त्यहाको संयन्त्र एकदमै चुस्त छ। जसले गर्दा त्यहा मान्छेहरु भ्रष्टचार गर्न डराउछन्। उनिहरुमा कुनै पनि अन्यमिता गरे पक्राउ परिन्छ भन्ने डर छ। त्यसैले ति देशहरुमा भ्रष्टाचार हुँदैन। त्यसैले हाम्रा ब्युरोक्राटिक संयन्त्रहरु पनि चुस्त र उत्तरदायी हुन एकदमै अनिवार्य छ।

यसो हुन सकेन भने हामी जतिसुकै र जस्तासुकै नितिनियमहरु बनाए पनि, यदि तलको ब्युरोक्राटले आम जनताको लागि काम गर्ने सकेन अथवा उनिहरुलाई सहि ढंगले काम गर्ने बातावरण बनाउन सकेनौँ भने हामी सफल हुन सक्दैनौँ। हाम्रा सुधारका सबै कार्यक्रमहरु कार्यान्वयनमा आउन सक्दैनन। त्यसैले तपाईंहरुलाई सहि ढंगले देश आम जनताका लागि काम गर्नका लागि आवश्यक परिस्थिति निर्माण गर्नका लागि म सैधै तपाईंहरुको साथमा रहने छु भन्ने कुरमा म आज तपाईंहरुलाई आश्वस्त पार्न चाहनुहुन्छ।

सहि नियत संग काम गर्दै गर्दा कहिले काहीं गलती पनि हुन सक्छ। कसले गल्ती गर्दैन? सबै भन्दा धेरै गलती त म बाट हुन सक्छ। तर तपाईंहरु परिवर्तन ल्याउनका लागि चान्स लिनुस्, भ्र्ष्टचार रोक्नका लागि काम गर्नुस, हरेक काम कार्वाइ गर्दा पारदर्शिता कायम राख्नुहोस्। यसो गर्दा गर्दै पनि तपाईंहरु बाट कुनै गल्ती हुन गयो भने त्यसका लागि म तपाईंहरुको साथमा सधैं उभिने छु। तपाहरु माथि कुनै प्रकारका गलत दबाबहरु पर्न नदिने अवस्थाको म सुनिश्चित गर्नेछु।

एउटा सबै भन्दा महत्वपूर्ण कुरा, तपाईंहरु कुन राजनीतिक दललाई मन पराउनु हुन्छ यो तपाईंको नितान्त आ-आफ्नो रोजाइ र छनौटको बिषय हो, यसमा मेरो कुनै दखलअन्दाजी हुने छैन। तपाइहरु म र मेरो पार्टीलाई मन पराउनु हुन्छ या हुँदैन यो मेरो चिन्ता वा मतलबको बिषय रहेन। मलाई त केवल तपाईंहरुको पर्फमेन्स्को बारेमा मतलब छ, चिन्ता छ। तपाईंहरु यो मुलुक र यहाँका आम जनताका लागि कामा गर्नुस्, म सधैँ तपाहरुको साथमा खडा रहने छु र सहयोग गर्ने छु। तपाइहरुको काम कार्बाइमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप हुन दिने छैन।

६०-७० को दशमा हामीलाई हाम्रो ब्युरोक्रेट माथि गर्व हुने गर्थ्यो। र हाम्रो दुर्भाग्य, अहिले हाम्रा सरकारी संयन्त्र ब्यूरोक्रेटस राजनीतिक हस्तक्षेपका कारण तबाह भएका छन। म हाम्रा सरकारी संयन्त्र ब्यूरोक्रेटसलाई पुरानै अवस्थामा फर्काउन चाहन्छु। हामीले गुमाएको त्यो महिमालाई पुन: प्राप्त गर्न चाहन्छु। त्यसैले आज तपाईंहरु सबैलाई सबै प्रकारको राजनीतिक दबाबबाट मुक्त भएर, स्वतन्त्ररुपमा मुलुक र आमजनताको हितमा काम गर्नका लागि आवहान गर्दछु। तपाहरुको काममा कुनै पनि गलत प्रकारको राजनीतिक हस्तक्षेप हुन दिने छुइन। हरेक सरकारी संयन्त्र प्रहरी बल, सेना, प्रशाशनिक तन्त्र आदि सबै क्षेत्रमा सरुवा बढुवा जस्ता कार्यहरु कर्मचारीहरुको पर्फमेन्स् र योग्यताका आधारमा हुनेछन्। यसका लागि मेरो साथ र सहयोग सधैं तपाईंहरुको साथ रहने छ।

जब कुनै पनि संस्था संयन्त्र त्यहा काम गर्ने मान्छेहरुको पर्फमेन्स् र योग्यताका आधारमा चल्न थाल्ने छ, त्यहा कुनै प्रकारको राजनीतिक हस्तक्षेप हुँदैन, तब त्यस्ता संस्था संयन्त्रहरु स्वतः माथि आउने छन्। तिनीहरूको पर्फमेन्स् उत्कृष्ट हुनेछ। अत: म हाम्रो ब्युरोकेसी लगायतका अन्य सरकारी संस्था संयन्त्रहरुलाई यसै गरेर प्रोटक्ट गर्ने छु। म तपाईंहरुलाई सबै प्रकारका राजनीतिक दबाब बाट अलग राख्ने छु। व्यक्तिगत र राजनीतिक लाभका कारण हुनेगरेका सरुवा बढुवालाई पूर्णरुपमा रोक्ने छु, जस्ले हाम्रो ब्युरोकेसी स्टमलाई तबाह गरेर राखेको छ। यसमा हामी सुधार गर्ने छौ र यसलाई विश्वका अन्य उदाहरणिय देशहरुको तुलनामा लैजाने प्रयास गर्ने छौँ। यस्ता प्रकारका सुधारहरु सबै तपाईंहरुलाई विश्वासमा लिएर गर्नेछौँ। यसमा तपाईंहरु कसैले पनि डराउनु हुँदैन। यो सबै तपाहरुका लागि लाभदायी हुनेछ।

म तपाहरुको सेलरी स्टक्चरका बारेमा पनि सचेत छु। एक जमाना थियो, जतिखेर एउटा कमिसनरले आफ्नो एकमहिनाको सेलरीले बाट ७० तोला सुन किन्न सक्थ्यो। सन १९५० मा एउटा इन्जिनियर आफ्नो एक महिनाको सेलरीले आफ्नो लागि एउटा गाडी किन्न सक्थ्यो। त्यसैले त्यो जमनामा कर्मचारीहरुमा कुनै प्रकारको प्रलोभन थिएन। तर आजका कर्मचारीहरुको सेलरी त्यस्तो छैन। आज तपाहरुलाई आफ्नो सेलरी बाट गुजरा चलाउन कठिन छ। मैले यसलाई राम्ररी बुझेको छु। तर म तपाहरुलाई आश्वस्त रहन निवेदन गर्दछु कि यो कठिन अवस्था अब लामो समयसम्म रहनेछैन। किन कि अहिले म अध्ययन गरी राखेको छु र सम्बन्धित निकाय बाट जुन जानकारीहरु मलाई प्राप्त भैरहेका छन्, जस अनुसार हाम्रो अहिलेको अवस्थामा सुधार ल्याउनका लागि हरेक क्षेत्रमा हामीसँग प्रसस्त सम्भावनाहरु छन्।

वैदेशीक लगानि बाहेक, जो हाम्रो आफ्नै पाकिस्तानीहरु विदेमा हुनुहुन्छ। तपाहरु कल्पना गर्न सक्नुहुन्न, वहाँहरु संग मात्रै यति धेरै पैसा छ,जो आफ्नै देशमा लगानी गर्न एकदमै उत्साहित हुनुहुन्छ। हाम्रो खराब शासन ब्यवस्था र प्रशासनकि संरचनाहरूका कारण त्यस्तो लगानि यहाँ भित्रिन सकेको छैन। यदि हामीले हाम्रो शासन ब्यवस्था र प्रशासनकि संरचनाहरू चुस्त र विश्वसनीय बनाउन सक्यौँ भने आउदो दुई बर्ष भित्रमा हामी धेरै माथि आउनेछौँ। यहाँहरुले कुनै चिन्ता लिनु पर्दैन। त्यस पछि हामी तपाहरुको सेलरी संरचनामा पनि त्यो स्तरमा पुर्याउने छौँ, जतिखेर तपाहरुले एउटा बेहतर जीवन जिउनका लागि कुनै पनि प्रकारको चिन्ता गर्नु पर्ने अवस्था रहने छैन।

यि सबै कुराहरुलाई ध्यानमा राख्दै, म तपाईंहरुललाई धेरै भन्दा धेरै अबको दुई वर्ष सम्म एउटा विश्वास र धैर्यताका साथ अहिलेको यो कठिन अवस्था संग सामना गर्दै देश र जनताको हितका पक्षमा, सुशासनका पक्षमा, हाम्रो आउँदो पीढीको पक्षमा काम गर्न अवहान गर्दछु। र यसका लागि तपाहरुलाई मेरो साथ र सहयोग सधैं रहने कुरामा आश्वस्त पार्न चाहन्छु।

तपाईंहरु आजको दिनमा यो कुरा लेखेर राख्नुस्, अगाडि उल्लेखित शैलिमा हामीले काम गर्न सकेको खण्डमा हामी आजको यो बढ्दो ऋण लिने र चुकाउने समस्या बाट चाँडै छुटकरा पाउनेछौं। हाम्रो देश बैदेशिक लगानी र पर्यटनका लागि गन्तव्य बन्ने छ। देशमा ब्यप्त बेरोजगारीका समस्याहरु धेरै हल भएर जानेछन्। हामी समृद्धिको दिशामा अगाडि बढ्ने छौँ।

तर यि महत्वाकांक्षी लक्ष्यहरू तपाहरुको साथ र सहयोग बिना प्राप्त गर्न असम्भव छ। अर्थात यि महत्वाकांक्षी लक्ष्यहरू प्राप्त गर्नका लागि तपाईंहरुको साथ र सहयोग अपरिहार्य छ। यस कार्यका लागि यहाँहरु सबैलाई सम्पूर्ण रुपमा साथ र सहयोग गर्नका लागि हार्दिक अपिल गर्दछु। किनकि यो साथ र सहयोग तपाईं हाम्रो लागि नभएर हाम्रा बच्चाहरु, हाम्रो आउने पीढीहरुको भविष्यका लागि हो। धन्यवाद !

भद्रपुर-झापा (हाल: दोहा-कतार)

आइत, अशोज ७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

विचार/ब्लग बाट अन्य

विद्यार्थी संगठनमा उमेर हदको प्रश्न

निशेष राई सत्यरुप बिगत लामो समयदेखि राजनितीक क्रान्तिको मुलधारमा रहेर आम नागरिकको आवाज बोल्दै अएका विद्यार्थी संगठनहरु पछिल्लो समय निक्कै आलोचित बन्दै गएका छन् । चाहे नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु, अखिल क्रान्तिकारी होस् या...

सरकार हैन संस्कार परिवर्तनको खाँचोे

राणा शासन, राजतन्त्र, प्रजातन्त्र हुँदै आज हामी सङ्घीय लोकतान्त्रिक शासन प्रणालीमा आएका छौँ। ’जनताको, जनताद्वारा र जनताकै हितका लागि बनाइएको शासन प्रणालीलाई लोकतन्त्र भनिन्छ’ भनेर अब्राहम लिङ्कनले भनेका थिए’रे। खैर, यहाँ सम्म आइपुग्नलाई हाम्रा...

बुढी आमाका आशा

संसारका सारा सुखको सुरुवात र समाप्ति आमाको मायामा हुन्छ भन्ने कुरालाई हामीले सुनेका मात्र छैनौँ, धेरैले अनुभव पनि गरेका छौँ। आमा अर्थात हाम्रो जननी, सृष्टिकर्ता। विभिन्न कवि, लेखक, साहित्यकारहरुले आमाको गरिमाका बिषयमा थुप्रै कुरा...

सर्वेन्द्रको रहस्यमय मौनता र खरेलको सम्झना !

सूर्य बस्याल मंगलबार पोखरामा फेरि एउटा बालिकाको बलात्कारपछि हत्या भयो । अब सायदै कुनै यस्तो बार नहोला, जुन दिन नेपालमा बलात्कार र हत्या नभएको होस । देशनै हल्लाएको कञ्चनपुरकि १३ वर्षीया बालिका निर्मला पन्तको हत्या...

के अचेल मनाउने जस्तै हो त तीजको वास्तविक रुप ?

सविता सापकोटा नेपाली नारीहरुको महान चाड तीज । तीजसँगै माईती गाउँ आउने चेली । सासूको रुखो वचन, नन्दको होच्याउने प्रबृत्ति, जेठानीको हेपाहा बोली, यस्तै पीर मर्का फुकाउने जमघट बन्दै आएको छ तीज । “ आफूलाई...

छोराछोरीहरु प्रति, अभिभावकको भूमिका कस्तो हुनुपर्छ ?

रमेश ढकाल हिजोआज छोराछोरीहरुलाई हुर्काउने बढाउने क्रममा प्राय अधिकांश अभिभावकहरुको एउटै विचार रहने गरेको पाईन्छ यानी “हाम्रा छोराछोरीहरुलाई ति तमाम कुराहरु प्राप्त हुन सकुन जुन हिजो हामीलाई प्राप्त हुन सकेन।” त्यसैले हामी हाम्रा छोराछोरीहरुका...

म एक सञ्चारकर्मी, राज्यको चौथो अंगको विल्ला भिरेको पहरेदार, रोटि बिनाको खेतालो

केशव राज भण्डारी भन्न पनि लाज भएर आउँछ समाज वदल्ने प्रयासमा हिँडेको म एक पत्रकार । दिनभरी थोरै विकाइमा धेरै मिहेनत लगाएर आफ्नै सञ्चारमाध्यम लाइ चित्त वुझाउन नसकेको थाकेको ज्यानमा थोत्रो झोला भिरेर हिडेको म...

बलात्कार

दिपक राज जोशी  नेपालमा छोरी हुनु भनेको आमा, बाबा, दाइ लाई चिन्ताको विषय भएको छ। छोरी भएपछि घर बाहिर एक्लै कहिल्यै हिँड्न नमिल्ने, सूर्य अस्ताउन भन्दा अगाडि घर आउनु पर्ने, लुगा विचार पुर्याएर लगाउनु...

भ्रष्टाचार रोक्न असल नियत र नियमको खाँचो

रमेश ढकाल सामान्यतया आर्थिक हिनामिना हुनु/गर्नु अथवा घुस लिनु/दिनु जस्ता अवैध कार्यलाई मात्र भ्रष्टाचार भएको भन्ने आम जनमानसको बुझाई रहने गरेको पाईन्छ। तर जानकारहरुका अनुसार भ्रष्टाचार भनेको यति मात्र हैन, यो बिषयमा आम जनमानसको बुझाई...

औकात भन्दा माथि उठ्ने संकल्प

जीवनका भिन्न भिन्न कालखण्डमा भिन्न भिन्न मानिसहरुले गरेका भिन्न भिन्न अनुभुतिका आधारमा सफलताको अर्थ पनि भिन्न भिन्न नै हुने गरेको हामीले सुनेका छौँ, अनुभव गरेका छौँ। जस्तै कसैका लागि नाम कमाउनु, कसैका लागि पैसा...