संरक्षण नहुदाँ गमला ‘लथालिङ’

हाम्रो दमक

– नगेन्द्रमणी न्यौपाने
दमक,५ असोज/ झापाको दमक नगरपालिकामा गतवर्ष सम्पन्न चौथो दमक महोत्सवका लागि खरिद गरिएका गमलाको उचित संरक्षण हुन सकेको छैन् । संरक्षण नहुदाँ गमला लथालिङ बन्दैगएको छ ।
महोत्सव आयोजक दमक उद्योग बाणिज्य संघले २ लाख रुपैया बढि रकम खर्चिएर महोत्सवलाई आर्कषण दिन २ सय बढि गमला खरिद गरेको थियो ।

दमक चौंकमा फुटाइएको एक गमला ।

गतवर्षको पुष २७ देखि माघ ८ मा सम्पन्न महोत्सवपछि गमलालाई दमकको मुख्य चौक आसपासमा व्यवस्थापन गरिएको थियो । दमक नगरपालिकाले संरक्षण गर्ने गरि संघले २ सय बढि गमला चोक आसपास तथा मुख्य राजमार्गको दायाँबायाँ राखेको थियो । दमकलाई हरित नगरि बनाउने अभिप्रायले गमलालाई व्यवस्थापन गरिएको भएपनि पछिल्लो समय यसको उचित संरक्षण हुन नसक्दा गमला फुटेर नष्ट हुने क्रम बढेको छ ।
गमला राखिएको शुरु शरुका समय फुलमा पानी लगाउने तथा गोडमेल गर्ने र मरेका ठाँउ पुन फुल रोप्ने होडबाजी जस्तै चलेको भएपनि अहिले आएर यी गमला कसैको पनि सरोकारको विषय बन्न छोडेको छ । हालसम्म कतिवटा गमलामा क्षतिपुग्यो भन्ने सम्मको पनि तंथ्याक न त नगरपालिकासंग नै छ न त बाणिज्य संघसंग ।
विभिन्न संघसंस्था शिक्षण संस्था तथा नगरवासी र केहिदाताहरुले समेत गमलाको संरक्षण र सम्बद्र्धनमा केहि समय निकै चासो दिएका भएपनि अहिले यी गमला कसैको पनि चासोको बिषय बन्न छोडेको छ । जीवन चक्र समाज ,आस्था कलेजलगायतका संघसंस्थाहरुले केहि समय गमला व्यवस्थापनमा सक्रिय भएपनि अभियान निरन्तरता दिन सकिरहेका छैनन् । जीवन चक्र समाजका अध्यक्ष गणेश गौतमले दमकलाई हरित वनाउने अभियानमा सवैंको साथ बन्न सकेमात्र प्रभावकारी वन्न सक्ने औल्याए । ‘ गमला संरक्षण गर्ने दायित्व हाम्रो हो ’ अध्यक्ष गौतमले भने,–‘ गमलाको व्यवस्थापन नियमितता दिन सरोकारवाला पक्ष गंभीर हुनुपर्छ ।’
बाणिज्य संघले निकै मोटो रकम खर्चिए र दुई प्रकार गमला खरिद गरेको थियो । गमलामा विभिन्न जातका विरुवाहरु संरक्षित छन् । चौंकमा गमलाको सुन्दरता देखिएपनि त्यसलाई आवश्यक मलजल दिने तर्फ सरोकारवालाले चासो नदिए ती संरचना नष्ट ह्ुने क्रम बढदै गएको छ ।

शुक्र, अशोज ५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

मुसहर बस्तीको विकास ‘पहिलो प्राथमिकतामा’

बिर्तामोड, ५ फागुन। बिर्तामोड नगरपालिका वडा नं ३ र १० मा रहेको मुसहर बस्तीको विकासलाई पहिलो प्राथमिकतामा राख्ने स्थानीय जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । सरकारी तथा सार्वजनिक सेवाप्रदायक निकायसम्म पहुँच नभएका ७६ जना जनसंख्या रहेको...

झापामा ३३ वटा अवैध मदिरा पसल वन्द

दमक ,४ फागुन । झापालाई मदिरा नियन्त्रित घोषणा गरिएपछि त्यसको प्रभावकारी देखिदैं गएको छ । प्रहरी प्रशासन, व्यवसायी, राज नीतिक दल तथा स्थानीय सरकारहरुको सहमतिमा माघ १ गते देखि जिल्लालाई मदिरा नियन्त्रित घोषणा गरिएको...

झिलझिलेमा इन्जिनियरिङ कलेज बन्ने

झिलझिले,  ४ फागुन। झापाको शिवसताक्षी नगरपालिका ११ स्थित झिलझिलेमा इन्जिनियरिङ कलेज स्थापना हुने भएको छ । झिलझिलेमा रहेको गणेशमान सिंह अध्ययन प्रतिष्ठान प्राविधिक तथा व्यवसायिक शिक्षालयले इन्जिनियरिङ कलेज स्थापना गर्न लागेको हो । शिलान्यास गर्दे...

दमकमा पर्यटन महोत्सव शुरु

दमक ,१ फागुन । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले प्रदेशको पर्यटन प्रवद्र्धनका लागि संस्थागत संरचना विकासलाई प्राथमिकता दिईने बताएका छन् । दमकमा बुधबारदेखि आयोजना भएको पाँचौ फूडफेष्टिबल तथा सांस्कृतिक पर्यटन...

दमकको खानेपानी देशकै उत्कृष्ठ

दमक, २९ माघ ।यहाँस्थित दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्था देशकै उत्कृष्ठ खानेपानी संस्थाका रुपमा छनौट भएको छ । आयोजनाको उद्घाटन गर्दे प्रम केपी ओली ( फोटो फायल ) नगर विकास कोषले ऋण लगानी गरेका देशभरिका...

झापाको माइपश्चिममा नै रंगशाला बनाउन माग

दमक, २८ माघ । झापाको दमक नगरपालिका, कमल गाँउपालिका र शिवसतासी नगरपालिकाका खेलकुदसंग सम्बद्ध संस्था तथा खेलाडी हरुले कमल गाँउपालिकाको लखनपुरमा नै सुविधासम्पन्न रंगशाला वनाउन माग गरेका छन् । प्रस्तावित रंगशालालाई अन्यत्र सार्न लागिएको चर्चा...

दमकमा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा

दमक,२७ माघ । होटल व्यवसायी संघको आयोजनामा दमकमा शुरु हुन लागेको पाँचौ दमक फूडफेस्टिवल तथा सांस्कृतिक पर्यटन महोत्सव २०७५ को तयारी अन्तिम चरणमा पुगेको छ । यहि फागुन १ गतेदेखि १२ गतेसम्म दमकमा हुन लागेको...

पूर्व राजदम्पत्ती शाह दमकमा

दमक,२३ माघ । पूर्व राजदम्पत्ती आज अपरान्ह झापाको दमक आएका छन् । एक महिने लामो बसाईको कार्यक्रम लिएर पूर्व राजा ज्ञानेन्द्रसहित पूर्व रानी कोमल शाह अपरान्ह ४ बजे तिर दमक आएका हुन् । राष्ट्रिय प्रजातन्त्र...

गौरीगञ्जको कुन्जीवारीमा बम फेला,गाँउले त्रसित

गौरीगञ्ज ,२३ माघ । झापाको गौरीगञ्ज १ कुञ्जीबारीस्थित न्यू युनिभर्सल एकाडेमीलाई लक्षित गर्दै अज्ञात समूहले बम राखेको सूचना दिएपछि अहिले त्यस क्षेत्रको जनजीवन आतकिंत बनेको छ । बाँस झ्याङमा बम जस्तो देखिने शकांस्पद बस्तु विद्यालयको उत्तर...

माघ २६ गते दमकमा मिनी म्याराथन

दमक,२३ माघ ।     झापाको दमकमा यहि माघ २६ गते मिनी म्याराथन प्रतियोगिता हुनेभएको छ । दमक रन समूहले आफनो तेश्रो बार्षिकोत्सवका अवसर पारेर मिनी म्याराथनको आयोजना गर्ने भएको हो । स्वास्थ्यका लागि दौडसहित...