अन्सारी हत्याको घटनालाई गम्भीरतापूर्वक लिएको छु, दोषीलाई कारवाहीको दायरमा ल्याउछु: गृहमन्त्री

हाम्रो दमक

काठमाडौँ, ४ असोज | गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुनसरीका खुर्शिद अन्सारी हत्याको घटनालाई आफूले गम्भीरतापूर्वक लिएको बताउनुभएको छ ।

आज गृहमन्त्रालयमा नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले घटनाले आफूलाई स्तब्ध बनाएको बताउँदै दोषीलाई कारवाहीको दायरमा ल्याई छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री थापाले भन्नुभयो, “यो घटनालाई मैले गम्भीररुपमा लिएको छु, अपराधी जो सुकै भए पनि कारवाहीको दायरामा ल्याइछाड्छौँ ।” उहाँले नेपालमा रहेका मुस्लिम समुदायको सुरक्षालाई सरकारले विशेष प्राथमिकतामा राखेको बताउँदै उनीहरुको सुरक्षामा कुनै कसर बाँकी नराखिने प्रस्ट पार्नुभयो ।

मन्त्री थापाले मृतक अन्सारीप्रति श्रद्धाञ्जली तथा परिवारप्रति समवेदना प्रकट गर्दै मृतकका आफन्त तथा स्थानीयवासीलाई संयमित हुनसमेत आग्रह गर्नुभयो ।

सङ्गठनका प्रतिनिधिले मुस्लिम समुदायका अगुवामाथि विगत वर्षदेखि भइरहेका आक्रमणकै शृङ्खलाका रुपमा यो घटना भएको बताउँदै दोषीलाई तत्काल पक्राउ गर्नुपर्नेमा जोड दिनुभयो । मुस्लिम समुदायको सुरक्षामा सरकार गम्भीर हुनुपर्नेमा पनि उनीहरुले जोड दिनुभयो ।

अज्ञात समूहले अन्सारीलाई आज सुनसरीको भुताहामा गोली हानी हत्या गरेको छ ।

बिहि, अशोज ४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राष्ट्रिय खबर बाट अन्य

परिवर्तन हुँदै काठमाडौं उपत्यकाका सार्वजनिक सवारीका रूट

काठमाडौं । यातायात व्यवस्था विभागले अव्यवस्थित रूटका कारण जाम बढेको भन्दै काठमाडौं उपत्यकाको सवारी जाम नियन्त्रण गर्न हाल सञ्चालनमा रहेका सार्वजनिक सवारी रूट परिमार्जन गर्ने तयारी गरेको छ। एसियाली विकास बैंकको सहयोगमा सञ्चालित काठमाडौं दिगो...

यस्ता आठ प्रकारका सामाजिक सुरक्षा भत्ता बाँढ्दै सरकार ! कस्ता कस्ता नागरिकले पाउँदैछन भत्ता ?

काठमाडौँ। सरकारले चालू आर्थिक वर्ष ०७५/७६ मा विभिन्न ८ वर्गका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ। व्यवस्थापिका संसद्ले पास गरेको सामाजिक सुरक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनअनुसार यस्तो व्यवस्था हुन लागेको हो  । व्यवस्था...

मन्त्री स्थापितमाथि यौनहिंसाको संगिन आरोप ! भनेको नमान्दा जागिरै चैट

काठमाडौं, ५ कात्तिक। प्रदेश नम्बर ३ का भौतिक योजना तथा निर्माण मन्त्री तथा काठमाडौं महानगरका पूर्व मेयर केशव स्थापितमाथि यौनहिंसाको आरोप लागेको छ । लगभग १५ वर्ष पहिला स्थापित मेयर हुँदा उनले महिला कर्मचारीमाथि...

सर्यो प्राचीन बजार ग्वाल्डुब्बा १०० मिटर पर

ग्वाल्डुब्बा | गौरादह नगरपालिकाको प्राचीन बजार ग्वाल्डुब्बा साबिक स्थानबाट १०० मिटर पुर्व सरेको छ । नया बजारमा हाल ३ वटा ब्लकमा जम्मा ३० वटा टहरा निर्माण गरिदैछ । बजार स्थलमा आवस्यक पर्ने बिजुली,  खानेपानी, सार्बजनिक...

सावधान ! बजारमा छ्याप छ्याप्ती नक्कली नोट, यसरी चिन्ने र बच्ने

काठमाडौं । नेपाल प्रहरीले आइबार राजधानीमा नक्कली नोट र त्यसका कारोबारीहरुलाई सार्वजनिक गरेको छ । प्रहरीले नक्कली नेाटका बेही कारोबारीहरु त पक्राउ, गर्‍यो, तर बजारमा त्यस्ता नक्कली नोटहरु कति गइसकेका छन् भन्ने चाहिँ यकिन हुन...

सन्थाल नृत्यमा शिवसताक्षी समूह प्रथम

लखनपुर,४ कातिक /  झापाको कमल गाँउपालिका–५ स्थित मंगलवारे वजारमा आयोजना गरिएको सन्थाल नृत्यमा शिवसताक्षी सन्थाल समूह प्रथम भएको छ । बडादशैको अवसरमा एकादशीका दिन शनिवार लाग्दै प्रतियोगितात्मक सन्थाल नृत्यमा प्रथम भएसंगै विजेता समूहले नगद...

सडकमा परेका खाल्डाखुल्डीका कारण दैनिक दुर्घटनाको जोखिम बढ्दै

धरान | धरानका सडकमा परेका खाल्डाखुल्डीका कारण दिनप्रतिदिन दुर्घटनाको जोखिम बढ्दै गएको छ । खाल्डाखुल्डकै कारण दैनिकजसो साना तथा ठूला सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् । धरानका सडक जिर्ण बनेपछि तत्कालीन नगरप्रमुख स्व. तारा...

सुनसान बनेको मुख्य राजमार्ग तथा बजारहरुमा ह्वात्तै चहलपहल

दमक | दशै शुरुभएसंगै दुई दिन देखि सुनसान बनेको मुख्य राजमार्ग तथा बजारहरुमा ह्वात्तै चहलपहल बढेको छ । अष्टमी देखी दशमीको टिका लगाउने क्रम शुरु नभएसम्म सडक तथा शहर बजारहरु सुनसान बनेका थिए । यसवर्षको...

सजाय सुनाएको २९ वर्षपछि पक्राउ

खोटाङ १ कार्तिक | खोटाङमा कर्तव्य ज्यान मुद्दामा सजाय सुनाइएका अभियुक्त २९ वर्षपछि पक्राउ छन् । २०४६ सालमा स्थानीय ढकबहादुर कार्कीको हत्या गरेर फरार रहेका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की असोज...

यो सरकारलाई देवीशक्तिको आशिर्वाद मिलेको छ: प्रधानमन्त्री

झापा, कात्तिक १, | प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई देवीशक्तिको पनि आशिर्वाद मिलेको बताउनु भएको छ । विहिबार झापाको बिर्तामोडमा आफैले आयोजना गरेको दसैं शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले आफु...