सवारी दुर्घटना ब्यवस्थापन सम्बन्धी अन्तरकृया

हाम्रो दमक

दमक,३१ भदौं । सवारी सञ्चालन तथा दुर्घटना ब्यवस्थापन सम्बन्धी आइतबार यहाँ सरोकारवालाहरुवीच एक दिने अन्तरक्रियाको आयोजना गरिएको छ ।


युनाइटेड नेपाल ट्रान्सपोर्ट भलाई एण्ड इन्भेष्टमेन्ट प्रालिले दमकको कग्त्यानी होटलमा एक कार्यक्रम गरि अन्तरकृयाको आयोजना गरेको हो । यातायात क्षेत्रमा देखिएको बिद्यमान ,चुनौतीहरुलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने उद्देश्यले यातायात ब्यवसायी, मजदुर, सरोकारवाला तथा जनप्रतिनिधिहरुबीच अन्तरक्रियात्मक कार्यक्रम गरिएको प्रालिका दमक अध्यक्ष तुलसी खड्काले बताए ।

श्रमजीवि कर्मचारीहरुको आत्मनिर्भरतासहित स्थायित्वको ग्यारेन्टी गर्दै स्वस्थ यातायात सञ्चालन गर्ने उद्देश्यसहित प्रालि स्थापना भएको प्रालिका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद तिवारीले बताए । अध्यक्ष तिवारीले यस संस्थाले बिगत लामो समयदेखि यातायातमा भएको सिण्डिकेटको बिरुद्धमा आवाज उठाउदै आएको र भर्खरै सरकारले पनि सिण्डिकेटलाई खारेजी गरेकाले अव यातायात ब्यबसायीले पनि गुणस्तरिय सेवा दिनु पर्ने जोड दिए । कार्यक्रममा जनजीबिकाको लागी सामाजिक सुरक्षा ऐनलाई कार्यान्वयनतर्फ प्रभावकारीता आधार निर्माण गर्न लगायत बिभिन्न ७ बुँदामा छलफल गरिएको थियो ।
दमक नगरपालिकाको प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यलय झापाका प्रमुख राजेश राई , इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बा लगायतको सहभागिता रहेको थियो ।

आइत, भदौ ३१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

बोर्ड अफ ट्रष्टिचको नेतृत्व चयन

दमक,४ फागुन । दमक जेसीज बोर्ड अफ ट्रष्टिचको साधारणसभा सम्पन्न भएको छ । दमक जेसीज सचिवालयमा सम्पन्न साधारणसभाबाट बोर्ड अफ ट्रष्टिचको नयाँ कार्य समिति चयन भएको हो । वोर्ड अफ ट्रष्टिच दमक जेसीजका पूर्व...

शिक्षक संघको नगर परिषद सम्पन्न

गौरादह , ४ फागुन। नेपाल शिक्षक संघ गौरादह नगर समितिको प्रथम नगर परिषद भेला आज सम्पन्न भएको छ । सुर्योदय आधारभूत बिद्यालय धिमधिमेमा आयोजित कार्यक्रममा सहभागीहरुले पेशागत हितका लागि जिम्मेवारका साथ अगाडी वढ्नु पर्ने...

गौरीगंजमा सामूहिक सरसफाई

गौरीगंज ४, फागुन । गौरीगंज गाउँपालिका वार्ड नं ३ को बसपार्क देखि गौरीया खोेलाको पुलसम्मको बाटो आज सरसफाई गरिएको छ । प्रदेश नं १ भरिका सम्पुर्ण बसपार्क तथा बसबिसौनीहरूमा एकैसाथ सरसफाई गर्ने कार्यक्रम अन्तर्गत समुदाय...

बिर्तामोडलाई बन्दमुक्त गर्न पहल थालियो

बिर्तामोड, फागुन ४। उद्योग व्यवसाय तथा सुरक्षा क्षेत्रका प्रतिनिधिले सरोकारवालासँग समन्वय गरी बिर्तामोडलाई बन्दहड्ताल मुक्त गर्ने पहल थालेका छन् । आज शनिवार बिर्तामोडमा भएको छलफलमा सहभागीहरुले प्रदेश नं। १कै प्रमुख व्यापारिक केन्द्र तथा आधा दर्जन...

झापामा ३३ वटा अवैध मदिरा पसल वन्द

दमक ,४ फागुन । झापालाई मदिरा नियन्त्रित घोषणा गरिएपछि त्यसको प्रभावकारी देखिदैं गएको छ । प्रहरी प्रशासन, व्यवसायी, राज नीतिक दल तथा स्थानीय सरकारहरुको सहमतिमा माघ १ गते देखि जिल्लालाई मदिरा नियन्त्रित घोषणा गरिएको...

कमलमा आग्र्यनिक तरकारी विक्री सुरु

कमल,४ फागुन। झापाको कमल गाउँपालिका ३ स्थित उद्यमशिल जागरण महिला केन्द्रले उत्पादन गरेको आग्र्यनिक तरकारी आजबाट विक्रि गर्न सुरु गरेको छ । केन्द्रले सामूहिक रुपमा १० कठ्ठा जमिन भाडामा लिएर फुलकोपी र धनिया लगायतका तरकारी...

जातिगत पहिचान सुचिकृत गर्न माग

मोरङ ,४ फागुन । विराट राजवंशी समाज उत्थान समितिले आफ्नो जातिगत पहिचान सुचिकृत गर्न माग गर्दै बृहत भेला तथा खबरदारी सभा गर्ने भएको छ । समितिले नेपाल पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलन गरि सो बिषयमा जानकारी...

सङ्घीय ट्रेड युनियन महासंघको कनकाई समिति

दमक,४ फागुन । सङ्घीय लोकतान्त्रिक ट्रेडयुनियन महासंघको कनकाई नगर समिति गठन भएको छ । शनिबार आयोजित एक भेलाले उपेन्द्र घिमिरेको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश:...

युइईमा फूटबल प्रतियोगीता हुने

युएई, ४ फागुन । युएईमा एनआरएनए कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी फेब्रुवरी २२ (फागुन १० गते ) हुने भएको छ । यो युएईका नेपाली समुदायमा ठूलो धनराशीको फुटबल प्रतियोगिता हो । “नेपालीका लागि नेपाली...

दमकको मिशाल वजारमा यङ्गफेस फूटवेयर

दमक ,४ फागुन । दमकको मिशाल वजारमा स्थानीय एक युवाले विदेशी व्राण्डका जुत्ताचप्पल पसल सञ्चालनमा ल्याएका छन् ।गैरआवासीय फूटवेयर कलेक्सनको उद्घाटन गर्दे दमक उवासंघका अध्यक्ष ढकाल नेपाल संघ ( एनआरएन ं) चीनका सचिव समेत रहेका युवा...