धरमपुरमा ‘प्रदेश स्तरीय दोस्रो फूलबारी च्यालेञ्ज कप’ हुने

हाम्रो दमक

धरमपुर, ३० भदौं/ झापाको शिबसताक्षी–१ धरमपुरमा आगामी असोज २१ गतदेखि ३० गतेसम्म ‘प्रदेश स्तरीय दोस्रो फूलबारी च्यालेञ्ज फूटबल कप’ हुने भएको छ । स्थानीय प्रस्तावित फूलबारी रङ्गशालामा हुने आयोजक फूलबारी सेवा संगम क्लवले जनाएको छ । प्रतियोगितामा झापा, मोरङ र इलामका ८ टिमको सहभागि रहने जनाईएको छ ।

प्रतियोगिताको बारेमा आयोजकले जानकारी गराउदैं ।

शनिबार झिलझिलेमा क्लवले पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारीका बारेमा जानकारी दिएको हो । आयोजक क्लवका अध्यक्ष दिलबहादुर सेरेङले मोफसलमा रहेका फुटबल क्लव र खेलाडीहरुको क्षमता बृद्धि र विकासको निम्ति प्रतियोगिता सञ्चालन गर्न लागिएको बताए ।
प्रतियोगितामा बिजेता टिमले रु एक लाख नगद पुरस्कारसहित ट्रफी, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्ने छन् । त्यस्तै, प्रतियोगितामा उपबिजेता टिमले रु ५० हजार नगदसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताका संयोजक प्रेम शेर्माले प्रतियोगितामा रु १४ लाख २५ हजार अनुमानित खर्च हुने र रु पाँच लाख बचत हुने लक्ष्य राखिएको जनाए । बचत भएको रुपैयाँले स्थानीय फुलबारी सिमसारको संरक्षण र सम्बर्दनमा खर्च गरिने लक्ष्य राखिएको शेर्माले बताए ।
प्रतियोगितामा म्यान अफ द सिरिज रु १० हजार, हाइ स्कोर रु ५ हजार र प्रत्येक खेलमा रु २ हजार नगद म्यान अफ द म्याचको पुरस्कार प्रदान गरिने शेर्माले जानकारी दिए ।
प्रतियोगितामा धुलाबारी ट्रेनिङ सेन्टर–धुलाबारी, बिर्तामोड फुटबल क्लब–बिर्तामोड, दमक ट्रेनिङ सेन्टर–दमक, इलाम–११ इलाम, सतासीधाम स्पोटिङ क्लब–(शिबसताक्षी) झिलझिले, उर्लाबारी फुटबल क्लब–मोरङ, जलथल एफ.सी–जलथल र आयोजक फूलबारी सेवा संगम क्लब–धरमपुरले सहभागि जनाउने भएका छन् ।

आइत, भदौ ३१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

मंसिरमा विवाह गर्ने सोचमा हुनुहुन्छ? यसरी छान्नुहोस् जिवनसाथी

 मंसिर महिना लाग्यो अर्थात विवाहको महिना शुरु भयो । लगनको महिना, नयाँ नाता स्थापित हुने त कती दिलहरु तोडिने समय, कतै हजार खुशी बोकेर आउने त कतै खुशी सारा खुषी खोसेर लिने जे होस्...

दौडको उपाधी जितेन्द्र दनुवारलाई

झापा । कमल गाउँपालीका ३ मा रहेको श्री नम्बर २१ बाहिनी अड्डाले आयोजना गरेको १० किलो मिटर दौडको उपाधी जितेन्द्र दनुवारले जितेका छन । वाक एण्ड रन फष्ट फिटनेस मुल नारा सहित श्री नम्बर २१...

शरणार्थीलाई व्लिसनको सहयोग

दमक,१ मंसीर । कलाकार विह्लन विक्रम राईले दमकको भुटानी शरणार्थी शिविर भित्रका ज्येष्ठ नागरिक र विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन् । शनिवार शिविरमै पुगेर कलाकार राईले ती नगद सहयोग हस्तान्तरण गरेका छन् । उनले शरणार्थी...

दमकमा करिव १० हजार व्यवसायी करको दायरा बाहिर

दमक,१ मंसीर । झापाको दमकमा करिव १० हजार व्यवसायीहरु करको दायरामा आएका छैनन् । आन्तरिक राजस्व कार्यालय दमकमा करिव ४ हजार व्यवसायीहरु मात्र करको दायरामा आएको तथ्यांकले देखाँउछ । कार्यालयले पर्याप्त नियगमन गर्न नस्कदा...

बुद्धशान्तिमा आगामी सोमबारदेखि प्रदेश नम्बर १ स्तरीय भलिवल प्रतियोगिता हुँदै

बुद्धशान्ति । झापाको बुद्धशान्ति– ३ बुधबारेमा आगामी सोमबारबाट प्रदेश नम्बर १ स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । शनिबार रेडक्रस भवनमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुरा बताइएको हो । राष्ट्रिय युवा समाज बुद्धशान्तिको...

म रहर र साेख नभइ बाध्यताले विदेश भ्रमण गए जुन मेरो नितान्त व्यक्तिगत खर्चमा: मुख्यमन्त्रि राई

इटहरी | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफू रहरले विदेश नगएको बताएका छन्। विदेश भ्रमण कुनै रहर र साेख नभइ बाध्यताले गएकाे बताए। आज एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो अमेरीका भ्रमणको विषयमा...

देउँसीभैलीको रकम हाम्रो बालआश्रमलाई

दमक ,३० कार्तिक । यहाँस्थित शुभकामना बचत तथा ऋण सहकारीले देउँसीभैलीबाट संकलन गरेको रकम स्थानीय हाम्रो बाल आश्रमलाई प्रदान गरेको छ । दीपावालीमा सहकारीले निर्माणाधिन आश्रममा सहयोग पुरयाँउन आफना शेयर सदस्यहरुका घरमा देउसीभैली खेलेको...

थापालाई फिर्ता बोलाएर इजरायलको राजदूतमा सिफारिस भईन प्रधानमन्त्री ओलीकी ‘साली’ !

काठमाडौँ । सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएर इजरायलका लागि राजदूत सिफारिस गरेको छ अञ्जान शाक्यलाई । राप्रपाका नेता थापालाई तत्कालिन प्रचण्ड सरकारले राजदूत बनाएको थियो । कात्तिक २५ गते बसेको मन्त्रिपरिषद्...

सगुन सांगीतिक साँझ सम्पन्न

लखनपुर,२९ कार्तिक । झापाको कमल गाँउपालिका ५ मंगलवारेमा बुधबार सगुन सांगीतिक साँझको आयोजना गरिएको छ ।सगुन युवा क्लवले बर्सेनी दीपावलीका अवसरमा आयोजना गरिआएको सगुन साँझ यसवर्ष पनि भव्य रुपले सम्पन्न भएको क्लवका अध्यक्ष देवेन्द्र...

छिन्ताङ्ग हत्या काण्डको सम्झनामा सहिद स्मृती सभा सम्पन्न

धनकुटा । स्मृती सभा छिन्ताङ्ग हत्या काण्डमा मारीएका ब्याक्तिहरुको सम्झनामा धनकुटाको छिन्ताङ्ग आज सहिद स्मृती सभा गरीएको छ । २०३६ सालमा घटेको छिन्ताङ्ग हत्याकाण्डका सहिदहरुको सम्झनामा ४० औ स्मृती सभा गरिएको हो । कार्यक्रममा सहिदको सालिकमा...