राष्ट्रिय महिला सशक्तीकरणमा राजवंशी

हाम्रो दमक

गौरीगञ्ज ३१, भदौ / राष्ट्रिय महिला सशक्तीकरण संस्था गौरीगञ्जको अध्यक्षमा फुलवती राजवंशी चुनिएकी छन् । आइतबार सम्पन्न प्रारम्भिक साधारणसभाले राजवंशीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । समितिको उपाध्यक्षमा शर्मिला राजवंशी, सचिवमा पुष्पलता राजवंशी, कोषाध्यक्षमा मिना पासवान र सदस्यहरुमा गिता शर्मा, तिला मुर्मू, भावना राजवंशी, नैना भुजेल र रेखा गिरी चुनिएकी छन् ।


त्यसैगरी वसन्त लक्ष्मी उदासको संयोजकत्वमा ७ सदस्यीय एक सल्लाहकार समिति समेत गठन गरिएको छ । समितिको सदस्यमा दिपिन्द्र थापा,लिला गन्गाई , नुना चम्लागाई, देवीमाया खतिवडा, हेमा आचार्य, सरिता शेर्पा रहेकी छन् ।
गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापा, ग्रामीण तथा शहरी विकास संस्थाकी अध्यक्ष वसन्त लक्ष्मी उदासले महिला हत्या,हिंसा, बलात्कार जस्ता जघन्य अपराध गर्ने जो कोहीलाई पनि कानुनी कठघरामा पुर्याउन यस संस्थाले अग्रणी भुमिका खेल्नुपर्ने जोड दिएका थिए ।
कार्यक्रममा ग्रामीण तथा शहरी विकास संस्थाका जिल्ला संयोजक पुण्य संग्रैौला , ग्रामीण तथा शहरी विकास संस्थाका उपाध्यक्ष सन्तोष कुमार श्रेष्ठ, महिला सशक्तीकरण गौरादहकी अध्यक्ष भरीपूर्ण राई, वार्ड नं ६ का अध्यक्ष बद्री नारायण यादव, वार्ड नं २ का अध्यक्ष अग्नु राजवंशी, वार्ड नं ५ का वडा अध्यक्ष विजय सिंह, राप्रपा पार्टी प्रतिनिधि देवी थापा, नेकपा पार्टी प्रतिनिधि मोनिका राई, न्यायिक समितिका सदस्य हेमा आचार्य , कार्यपालिका सदस्य लिला गन्गाई, सरिता शेर्पा, प्रहरी सहायक निरीक्षक केशव कुमार कोईराला, सामाजिक परिचालक पुष्पलता राजवंशी, पत्रकार आत्माराम राजवंशीलगायतको उपस्थिति थियो ।

आइत, भदौ ३१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

युनिटी युवा क्लब बर्ने धारागोला भ्यूटावर गोलकपको क्वाटर फाइनलमा ।

शान्तिनगर । युनिटी युवा क्लब बर्ने झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । मंगलबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा खुदुनाबारी युवा क्लब अर्जुनधारालाई २/१ गोल...

चारआली युवा क्लब क्वाटर फाइनलमा प्रबेश ।

शान्तिनगर । प्रतिभा युवा क्लब चारआली झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर गोल कप नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । सोमबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा शनिश्चरे युवा क्लबलाई...

भौगोलीक सुचना प्रणाली सम्बन्धी तालिम सम्पन्न

बिर्तामोड । भौगोलीक सुचना प्रणाली सम्बन्धी  तिन दिने तालिम झापाको बिर्तामोडमा सम्पन्न भएको छ  । वातावरण संरक्षण मच नेपालले आयोजना गरिएको तालिममा झापाका  विभिन्न क्षेत्रबाट आएका बिद्याथीहरुको सहभागिता रहेको थियो । तालिममा कसरी भौगोलीक...

दमक क्याम्पमा लागेको ताला अझै खुलेन

दमक | दमक बहुमुखी क्याम्पमा अध्यनरत आदिवासी जनजाती विद्यार्थीहरुले क्याम्पसमा आइतबार लगाएको तालाबन्दिलाई सोमबार पनि जारी राखेका छन् । उनिहरुले शुक्रबार प्रशासनलाई ४८ घण्टाको अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएका थिए तर मागको सुनुवाई नभएको भन्दै...

गम्भिर रोग लागेका बिरामीलाई सहयोग

गौरादह,८असोज / झापाको गौरादह नगरपालिकाले नगर भित्रका तिनजना बिपन्न परिवारका बिरामीलाई रु ६१ हजार सहयोग उपलब्ध गराएको छ । बबिना ताजपुरियालाई सहयोग प्रदान गरिदै गौरादह – १ डिठ्ठाचौक निवासी शरिरमा रगत उत्पादन गर्न नसक्ने रोग...

दमकमा रात्रीकालिन बजार शुरु

दमक,८ असोज  /झापाको दमक–६ स्थित नमुना बजारमा आजदेखि रात्रीकालिन वजार सञ्चालनमा आएको छ । आज एक कार्यक्रमबीच नगर प्रमुख रोमनाथ ओलीले रात्रीकालिन बजार शुरुवात भएको घोषणा गरे । घोषणा कार्यक्रममा दमक उद्योग वाणिज्य संघ,...

सुर्यदर्शन सहकारीको कारोवार १ अर्ब १२ करोड बढी

दमक,८ असोज / दमक – ६ स्थित सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले सोमबार आफ्नो नवौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । स्थानीय कस्मिक पार्टी प्यालेसमा एक कार्यक्रमका वीच सुर्यदर्शन सहकारीले आफ्नो साधारणसभा सम्पन्न...

अन्तर्राष्ट्रिय झापाली समाजको दोस्रो सम्मेलन दक्षिण कोरियामा शुरु

इजरायल | विश्व भरी छरिएर रहेका झापालीहरूको एउटै साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजले आफ्नो दोस्रो सम्मेलन दक्षिण कोरियामा आजबाट शुरु भएको छ । सम्मेलन आगामी सेप्टेम्बर २६ सम्म चल्नेछ । ‘समृद्ध झापाको लागि अन्तर्राष्ट्रिय झापाली...

दमकमा यातायात तथा ट्राफिक व्यवस्थापन गरिँदै

दमक् ,७ असोज / दमक क्षेत्रमा यातायात तथा पार्किङ व्यवस्थापन समिति गठन भएको छ । दमक नगरपालिकाले दमक २ का वडाध्यक्ष प्रजापति सापकोटालाई यातायात तथा ट्राफिक व्यवस्थापनका लागि आवश्यक काम गर्ने अधिकार प्रत्यायोजन गरेसंगै...

‘ विहेको जन्ति र मलामी एकै क्षण बन्यो’

– विष्णु सुब्बा चुलाचुली,७ असोज / घरमा नातीको विहेको रौनक सकिएकै थिएन । रंगीचंगी माहोलमा निम्तालुहरु रमाउँदै थिए । त्यो रमाइलो क्षण केहि समय मात्र रहन पुग्यो । परिवारका ज्येष्ठ सदस्य ८३ बर्षिय हजुरवुवा...