मंगलवारेमा रक्तदान,५५ पिन्ट रगत

हाम्रो दमक

मंगलवारे,३१ भदौं /  झापाको कमल गाउँपालिका–५ स्थित मंगलवारेमा आज आयोजना गरिएको रक्तदानमा ५५ पिन्ट रगत संकलन भएको छ । रेडक्रस दिवस तथा रेडक्रस झापाको स्वर्णमहोत्सवको अवसर पारेर रेडक्रस लखनपुर उपशाखा र लायन्स क्लव अफ लखनपुरले संयुक्त रुपमा आयोजना गरेको रक्तदानमा ७ महिलासहित ५५ जनाले रगतदान गरेका थिए ।

रक्तसञ्चार सेवा केन्द्रलाई रगत व्याग हस्तान्तरण गरिदै ।

रक्तदानमा साविक मेचीकै अग्रज रक्तदाता दमकका राजकुमार श्रेष्ठले १०४ औं पटक रगत दिएका थिए । त्यस्तै,कमल गाउँपालिका –५ का युवा शैक्षिक व्यक्तित्व ओमप्रकाश गौतमले ३४ औं पटक रगतदान दिएका थिए । रक्तदानमा उनीहरुसंगै आयोजक रेडक्रस उपशाखाका सचिव पारसमणि राई,प्राचिन धमला,बाबरी वान्तवालगायतले रगतदान गरेका रेडक्रस उपशाखाका उपसचिव विष्णु सुब्बाले बताए । रक्तदान दमकस्थित रेडक्रसको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको थियो ।

रक्तदानमा सहभागि हुदै सर्वसाधारणहरु ।

कमल गाउँपालिका– ५ का वडाध्यक्ष डम्बरवहादुर निरौलाको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रमको उद्घाटनमा समाजसेवी पूर्णानन्द शर्मालगायतले रक्तदानको महत्वका बारेमा चर्चा गरेका थिए । उपशाखा सभापति चन्द्र शाहको अध्यक्षतामा भएको सो रक्तदान कार्यक्रममा लायन्स क्लव अफ लखनपुरका अध्यक्ष प्रमोद दाहालले स्वागत मन्तव्य राखेका थिए ।

आइत, भदौ ३१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

बोर्ड अफ ट्रष्टिचको नेतृत्व चयन

दमक,४ फागुन । दमक जेसीज बोर्ड अफ ट्रष्टिचको साधारणसभा सम्पन्न भएको छ । दमक जेसीज सचिवालयमा सम्पन्न साधारणसभाबाट बोर्ड अफ ट्रष्टिचको नयाँ कार्य समिति चयन भएको हो । वोर्ड अफ ट्रष्टिच दमक जेसीजका पूर्व...

शिक्षक संघको नगर परिषद सम्पन्न

गौरादह , ४ फागुन। नेपाल शिक्षक संघ गौरादह नगर समितिको प्रथम नगर परिषद भेला आज सम्पन्न भएको छ । सुर्योदय आधारभूत बिद्यालय धिमधिमेमा आयोजित कार्यक्रममा सहभागीहरुले पेशागत हितका लागि जिम्मेवारका साथ अगाडी वढ्नु पर्ने...

गौरीगंजमा सामूहिक सरसफाई

गौरीगंज ४, फागुन । गौरीगंज गाउँपालिका वार्ड नं ३ को बसपार्क देखि गौरीया खोेलाको पुलसम्मको बाटो आज सरसफाई गरिएको छ । प्रदेश नं १ भरिका सम्पुर्ण बसपार्क तथा बसबिसौनीहरूमा एकैसाथ सरसफाई गर्ने कार्यक्रम अन्तर्गत समुदाय...

बिर्तामोडलाई बन्दमुक्त गर्न पहल थालियो

बिर्तामोड, फागुन ४। उद्योग व्यवसाय तथा सुरक्षा क्षेत्रका प्रतिनिधिले सरोकारवालासँग समन्वय गरी बिर्तामोडलाई बन्दहड्ताल मुक्त गर्ने पहल थालेका छन् । आज शनिवार बिर्तामोडमा भएको छलफलमा सहभागीहरुले प्रदेश नं। १कै प्रमुख व्यापारिक केन्द्र तथा आधा दर्जन...

झिलझिलेमा इन्जिनियरिङ कलेज बन्ने

झिलझिले,  ४ फागुन। झापाको शिवसताक्षी नगरपालिका ११ स्थित झिलझिलेमा इन्जिनियरिङ कलेज स्थापना हुने भएको छ । झिलझिलेमा रहेको गणेशमान सिंह अध्ययन प्रतिष्ठान प्राविधिक तथा व्यवसायिक शिक्षालयले इन्जिनियरिङ कलेज स्थापना गर्न लागेको हो । शिलान्यास गर्दे...

कमलमा आग्र्यनिक तरकारी विक्री सुरु

कमल,४ फागुन। झापाको कमल गाउँपालिका ३ स्थित उद्यमशिल जागरण महिला केन्द्रले उत्पादन गरेको आग्र्यनिक तरकारी आजबाट विक्रि गर्न सुरु गरेको छ । केन्द्रले सामूहिक रुपमा १० कठ्ठा जमिन भाडामा लिएर फुलकोपी र धनिया लगायतका तरकारी...

जातिगत पहिचान सुचिकृत गर्न माग

मोरङ ,४ फागुन । विराट राजवंशी समाज उत्थान समितिले आफ्नो जातिगत पहिचान सुचिकृत गर्न माग गर्दै बृहत भेला तथा खबरदारी सभा गर्ने भएको छ । समितिले नेपाल पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलन गरि सो बिषयमा जानकारी...

सङ्घीय ट्रेड युनियन महासंघको कनकाई समिति

दमक,४ फागुन । सङ्घीय लोकतान्त्रिक ट्रेडयुनियन महासंघको कनकाई नगर समिति गठन भएको छ । शनिबार आयोजित एक भेलाले उपेन्द्र घिमिरेको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश:...

युइईमा फूटबल प्रतियोगीता हुने

युएई, ४ फागुन । युएईमा एनआरएनए कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी फेब्रुवरी २२ (फागुन १० गते ) हुने भएको छ । यो युएईका नेपाली समुदायमा ठूलो धनराशीको फुटबल प्रतियोगिता हो । “नेपालीका लागि नेपाली...

दमकको मिशाल वजारमा यङ्गफेस फूटवेयर

दमक ,४ फागुन । दमकको मिशाल वजारमा स्थानीय एक युवाले विदेशी व्राण्डका जुत्ताचप्पल पसल सञ्चालनमा ल्याएका छन् ।गैरआवासीय फूटवेयर कलेक्सनको उद्घाटन गर्दे दमक उवासंघका अध्यक्ष ढकाल नेपाल संघ ( एनआरएन ं) चीनका सचिव समेत रहेका युवा...