तीन वटा सहकारीका साधारणसभा सम्पन्न

हाम्रो दमक

सामुदायिक र जनविश्वासमा नयाँ नेतृत्व

दमक,३० भदौ/  झापा दमकका तीन वटा सहकारी संस्थाले शनिवार छुट्टाछुट्टै आ–आफना बार्षिक साधारणसभा सम्पन्न गरेका छन् ।
दमक–६ स्थित सामुदायिक सहकारी बचत तथा ऋण कोष लिमीटेड र दमक–९ को जनविश्वास बचत तथा ऋण सहकारी संस्थाको सम्पन्न आ–आफना साधारणसभाले सञ्चालकसहित लेखा समिति सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ भने दमक–६ कैं उद्दार बचत तथा ऋण सहकारी संस्थाले आफनो आठौं बार्षिक साधारणसभा सम्पन्न गरेका हुन् ।

उद्दार शाकोसद्धारा उत्कृष्ठ शेयर सदस्यलाई सम्मान गरिदै

जनमुखी शाकोसको सभाहलमा उद्दारले आयोजना गरेको साधारणसभामा संस्थाका अध्यक्ष शेरवहादुर भट्टराईको अध्यक्षीय प्रतिवेदन र लेखा समितिका तर्फबाट संयोजक देवीभक्त निरौलाले प्रस्तुत गरेका लेखा प्रतिवदन वन्दसत्रले सुझावसहित पारित गरिएको थियो । जिल्ला सहकारी संघकी उपाध्यक्ष गीता कुँवरको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको उद्घाटनमा मेची सहकारी संस्थाका अध्यक्ष नारायण भट्टराई, जनमुखी शाकोसका सचिव नवोलचन्द्र गुरागाई, सहकारीकर्मी लीला ढुंगेल लगायतले सहकारीका बारेमा बोलेका थिए ।
सो अवसरमा संस्थाले गएको वर्षमा उत्कृष्ठ कारोवार गर्ने शेयर सदस्यहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत समेत गरिएको थियो । ५ सय ७३ शेयर सदस्य रहेको सो संस्थाको गतवर्ष कुल ८६ लाख ७३ हजार ६ सय शेयर पूंजी, निक्षेपमा ४ करोड ८५ लाख ५ हजार ४ सय १९ ,कर्जा लगानी २ करोड १० लाख ७९ हजार ३ सय ५७ र कर्जा असुली तर्फ २ करोड २७ लाख ७१ हजार ६ सय २१ रुपैयाको कारोवार गरिएको संस्थाको पारित प्रतिवेदनमा जनाइएको छ ।

                       सामुदायिक सहकारीमा पुनः वराल

यता ,सामुदायिक सहकारीको सञ्चालक समितिको अध्यक्षमा पुनः विजयप्रसाद वराल चुनिएका छन् । संस्थाको वन्दसत्रले बरालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएको हो । संस्थाको उपाध्यक्षमा पदमबहादुर वुढाथोकी,सचिवमा भगवान वस्नेत,सहसचिवमा कमल पोख्रेल र कोषाध्यक्षमा लद्दिमाया चौहान सवृसम्मत चुनिएका हुन् । यस्तै सदस्यहरुमा दुर्गाबहादुर खड्का,मनप्रसाद अधिकारी,रामचन्द्र ढकाल र पुरुषोत्तम खनाल रहेका छन् । निर्वाचन कार्यक्रममा ११ सदस्य छनौट गरि पदाधिकारी चुनिएको व्यवस्थापक गोपाल प्रसाद गुरागाईले बताए ।
यसैगरि ३ सदस्यीय लेखा समितिको संयोजकमा पुनः धर्मेन्द्र घिमीरेको संयोजक र सदस्यद्धयमा खगेन्द्र भण्डारी र निशा अधिकारी पोख्रेल चयन भएकी छन् ।
पशुपति मन्दिरको सभाहलमा सम्पन्न साधारणसभाको उद्घाटनमा संस्थाका संस्थापक अध्यक्ष पूर्णानन्द शर्मालाई सम्मान गर्नुका साथै उत्कृष्ठ बचत गर्ने १९ , उत्कृष्ठ कर्जा कारोवार गर्ने ५ ,एसइई परिक्षामा उत्कृष्ट हुने शेयर सदस्यका तीन जना विद्यार्थीलाई समेत पुरस्कृत गरियो । यस्तै,उत्कृष्ठ कर्मचारीका रुपमा गोपाल दंगाल पुरस्कृत तथा दुई जना ज्येष्ठ शेयर सदस्यलाई समेत प्रोत्साहन स्वरुप सम्मान गरिएको थियो । दमक नगर उपप्रमुख गीता अधिकारीको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको उद्घाटनमा दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल,सम्मानित शर्मा, बचत तथा ऋण सहकारी संघका जिल्ला उपाध्यक्ष तुलाराम न्यौपाने, दमक–६ का वडाध्यक्ष टेकबहादुर थापा लगायतले वोलेका थिए ।

           जनविश्वास सहकारीको दशौ बार्षिक साधारणसभा

यसैगरि दमक–९ स्थित जनविश्वास बचत तथा ऋण सहकारीको दशौ बार्षिक साधारणसभा समेत सम्पन्न भएको छ । वडाध्यक्ष रामबहादुर धिमालको प्रमुख आतिथ्यतामा तथा संस्थाकी अध्यक्ष मीना श्रेष्ठको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको उद्घाटनमा अध्यक्ष श्रेष्ठले सञ्चालक समितिका तर्फबाट अध्यक्षको र लेखा संयोजक राजु तामाङले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन संस्थाको वन्द सत्रले सुझावसहित पारित गरिएको व्यवस्थापक अशोक श्रेष्ठले जानकारी दिए । सो अवसरमा संस्थाले गतवर्ष उत्कृष्ठ कारोवार गर्ने एक दजैन बढी शेयर सदस्यहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत समेत गरिएको थियो ।
६२ लाख ७७ हजार ७ सय शेयर पूंजी रहेको सो संस्थाले गतवर्ष २ करोड ४५ हजार २ सय २२ बचत गर्यो भने २ करोड ३१ लाख २४ हजार ४ सय ९३ रुपैया ऋण लगानी गरेको संस्थाको पारित प्रतिवेदनमा उल्लेख छ ।

शनि, भदौ ३०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

बोर्ड अफ ट्रष्टिचको नेतृत्व चयन

दमक,४ फागुन । दमक जेसीज बोर्ड अफ ट्रष्टिचको साधारणसभा सम्पन्न भएको छ । दमक जेसीज सचिवालयमा सम्पन्न साधारणसभाबाट बोर्ड अफ ट्रष्टिचको नयाँ कार्य समिति चयन भएको हो । वोर्ड अफ ट्रष्टिच दमक जेसीजका पूर्व...

शिक्षक संघको नगर परिषद सम्पन्न

गौरादह , ४ फागुन। नेपाल शिक्षक संघ गौरादह नगर समितिको प्रथम नगर परिषद भेला आज सम्पन्न भएको छ । सुर्योदय आधारभूत बिद्यालय धिमधिमेमा आयोजित कार्यक्रममा सहभागीहरुले पेशागत हितका लागि जिम्मेवारका साथ अगाडी वढ्नु पर्ने...

गौरीगंजमा सामूहिक सरसफाई

गौरीगंज ४, फागुन । गौरीगंज गाउँपालिका वार्ड नं ३ को बसपार्क देखि गौरीया खोेलाको पुलसम्मको बाटो आज सरसफाई गरिएको छ । प्रदेश नं १ भरिका सम्पुर्ण बसपार्क तथा बसबिसौनीहरूमा एकैसाथ सरसफाई गर्ने कार्यक्रम अन्तर्गत समुदाय...

बिर्तामोडलाई बन्दमुक्त गर्न पहल थालियो

बिर्तामोड, फागुन ४। उद्योग व्यवसाय तथा सुरक्षा क्षेत्रका प्रतिनिधिले सरोकारवालासँग समन्वय गरी बिर्तामोडलाई बन्दहड्ताल मुक्त गर्ने पहल थालेका छन् । आज शनिवार बिर्तामोडमा भएको छलफलमा सहभागीहरुले प्रदेश नं। १कै प्रमुख व्यापारिक केन्द्र तथा आधा दर्जन...

झापामा ३३ वटा अवैध मदिरा पसल वन्द

दमक ,४ फागुन । झापालाई मदिरा नियन्त्रित घोषणा गरिएपछि त्यसको प्रभावकारी देखिदैं गएको छ । प्रहरी प्रशासन, व्यवसायी, राज नीतिक दल तथा स्थानीय सरकारहरुको सहमतिमा माघ १ गते देखि जिल्लालाई मदिरा नियन्त्रित घोषणा गरिएको...

कमलमा आग्र्यनिक तरकारी विक्री सुरु

कमल,४ फागुन। झापाको कमल गाउँपालिका ३ स्थित उद्यमशिल जागरण महिला केन्द्रले उत्पादन गरेको आग्र्यनिक तरकारी आजबाट विक्रि गर्न सुरु गरेको छ । केन्द्रले सामूहिक रुपमा १० कठ्ठा जमिन भाडामा लिएर फुलकोपी र धनिया लगायतका तरकारी...

जातिगत पहिचान सुचिकृत गर्न माग

मोरङ ,४ फागुन । विराट राजवंशी समाज उत्थान समितिले आफ्नो जातिगत पहिचान सुचिकृत गर्न माग गर्दै बृहत भेला तथा खबरदारी सभा गर्ने भएको छ । समितिले नेपाल पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलन गरि सो बिषयमा जानकारी...

सङ्घीय ट्रेड युनियन महासंघको कनकाई समिति

दमक,४ फागुन । सङ्घीय लोकतान्त्रिक ट्रेडयुनियन महासंघको कनकाई नगर समिति गठन भएको छ । शनिबार आयोजित एक भेलाले उपेन्द्र घिमिरेको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश:...

युइईमा फूटबल प्रतियोगीता हुने

युएई, ४ फागुन । युएईमा एनआरएनए कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी फेब्रुवरी २२ (फागुन १० गते ) हुने भएको छ । यो युएईका नेपाली समुदायमा ठूलो धनराशीको फुटबल प्रतियोगिता हो । “नेपालीका लागि नेपाली...

दमकको मिशाल वजारमा यङ्गफेस फूटवेयर

दमक ,४ फागुन । दमकको मिशाल वजारमा स्थानीय एक युवाले विदेशी व्राण्डका जुत्ताचप्पल पसल सञ्चालनमा ल्याएका छन् ।गैरआवासीय फूटवेयर कलेक्सनको उद्घाटन गर्दे दमक उवासंघका अध्यक्ष ढकाल नेपाल संघ ( एनआरएन ं) चीनका सचिव समेत रहेका युवा...