मोडल र कञ्चनजंघा शाकोसका साधारणसभा सम्पन्न

हाम्रो दमक

दमक,२९ भदौं/ शुक्रवार दमकका दुई वटा सहकारी संस्थाले आफना बार्षिक साधारणसभा सम्पन्न गरेका छन् ।    दमक–६ को  मोडल बचत तथा ऋण सहकारी संस्था र दमक–८ को कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाले आ–आफना साधारणसभा सम्पन्न गरेका हुन् ।


दमक उद्योग वाणिज्य संघको सभाहलमा मोडल साकोसले आयोजना गरेको सातौं साधारणसभामा संस्थाका अध्यक्ष भोला बरालको अध्यक्षीय प्रतिवेदन र लेखा संयोजक विशेश्वर प्रसाद मिश्रले प्रस्तुत गरेका लेखा प्रतिवेदन सुझावसहित पारित गरिएको थियो । दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाको उद्घाटनमा आन्तरिक राजस्व कार्यालय दमकका प्रमुख तिलक थापा, राष्ट्रिय सहकारी कर्मचारी संघका केन्द्रीय सचिव खोमप्रसाद बगालेलगायतले सहकारीका बारेमा बोलेका थिए । साधाणसभामा संस्थाले उत्कृष्ठ कारोवार गर्ने शेयर सदस्यहरुलाई सम्मान गरेको थियो । संस्थामा ६७४ जना शेयर सदस्य छन् ।
गएको आर्थिक बर्षमा १ करोड ५७ लाख २२ हजार ८ सय शेयर पूंजी रहेको सो संस्थाले सोहि बर्ष ४ करोड ९२ लाख ९२ हजार ९ सय ७९ निक्षेप मौज्दात र कर्जा लगानी ६ करोड ९ लाख ९४ हजार ४ सय ९९ कारोवार गरिएको पारित प्रतिवेदनमा जनाईएको छ ।

यसैगरि स्थानीय पशुपति मन्दिरको सभाहलमा कञ्चनजंघा शाकोसले आफनो १८ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । राष्ट्रिय सहकारी वैंकका अध्यक्ष रमेश पोख्रेलको प्रमुख आतिथ्यता र जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको विशिष्ट आतिथ्यतामा सम्पन्न साधारणसभाको उद्घाटनमा वक्ताहरुले सहकारी वित्तियसंगै समाजिक रुपान्तरणमा समेत सक्रिय वन्नुपर्ने खाँचो औल्याएका थिए ।
त्यस अवसरमा संस्थाले कञ्चन शिक्षा पुरस्कारवाट ४ जना, कर्जा तर्फ ३, बचत तर्फ १८ जना शेयर सदसयहरुलाई पुरस्कृत गरिएको थियो । संस्थाको उद्घाटन सत्रमा सञ्चालक समितिका तर्फबाट अध्यक्ष मणिकुमार भण्डारीले अध्यक्षको प्रतिवेदन र लेखा संयोजक हरिप्रसाद न्यौपानेले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन संस्थाको वन्द सत्रले सुझावसहित पारित गरिएको व्यवस्थापक निलकण्ठ निरौलाले बताए ।
झापाको गौरादह र शिवसताक्षीको डुडाँमारीमा सेवा केन्द्र समेत रहेको सो संस्थाको गत वर्षसम्म ३ करोड १३ लाख २४ हजार शेयर पूंजी रहेको छ । त्यस्तै, कोषमा २ करोड २५ लाख १४ हजार ७ सय २४ रुपैया , ३ करोड ९२ लाख ८० हजार ७ सय ९५ रुपैया बाह्य कर्जा र निक्षेपमा २६ करोड ५४ लाख १३ हजार ४ सय ८७ रुपैयाको आर्थिक कारोवार भएको संस्थाको प्रतिवेदनमा जनाइएको छ ।

शुक्र, भदौ २९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

युनिटी युवा क्लब बर्ने धारागोला भ्यूटावर गोलकपको क्वाटर फाइनलमा ।

शान्तिनगर । युनिटी युवा क्लब बर्ने झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । मंगलबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा खुदुनाबारी युवा क्लब अर्जुनधारालाई २/१ गोल...

चारआली युवा क्लब क्वाटर फाइनलमा प्रबेश ।

शान्तिनगर । प्रतिभा युवा क्लब चारआली झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर गोल कप नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । सोमबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा शनिश्चरे युवा क्लबलाई...

भौगोलीक सुचना प्रणाली सम्बन्धी तालिम सम्पन्न

बिर्तामोड । भौगोलीक सुचना प्रणाली सम्बन्धी  तिन दिने तालिम झापाको बिर्तामोडमा सम्पन्न भएको छ  । वातावरण संरक्षण मच नेपालले आयोजना गरिएको तालिममा झापाका  विभिन्न क्षेत्रबाट आएका बिद्याथीहरुको सहभागिता रहेको थियो । तालिममा कसरी भौगोलीक...

दमक क्याम्पमा लागेको ताला अझै खुलेन

दमक | दमक बहुमुखी क्याम्पमा अध्यनरत आदिवासी जनजाती विद्यार्थीहरुले क्याम्पसमा आइतबार लगाएको तालाबन्दिलाई सोमबार पनि जारी राखेका छन् । उनिहरुले शुक्रबार प्रशासनलाई ४८ घण्टाको अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएका थिए तर मागको सुनुवाई नभएको भन्दै...

गम्भिर रोग लागेका बिरामीलाई सहयोग

गौरादह,८असोज / झापाको गौरादह नगरपालिकाले नगर भित्रका तिनजना बिपन्न परिवारका बिरामीलाई रु ६१ हजार सहयोग उपलब्ध गराएको छ । बबिना ताजपुरियालाई सहयोग प्रदान गरिदै गौरादह – १ डिठ्ठाचौक निवासी शरिरमा रगत उत्पादन गर्न नसक्ने रोग...

दमकमा रात्रीकालिन बजार शुरु

दमक,८ असोज  /झापाको दमक–६ स्थित नमुना बजारमा आजदेखि रात्रीकालिन वजार सञ्चालनमा आएको छ । आज एक कार्यक्रमबीच नगर प्रमुख रोमनाथ ओलीले रात्रीकालिन बजार शुरुवात भएको घोषणा गरे । घोषणा कार्यक्रममा दमक उद्योग वाणिज्य संघ,...

सुर्यदर्शन सहकारीको कारोवार १ अर्ब १२ करोड बढी

दमक,८ असोज / दमक – ६ स्थित सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले सोमबार आफ्नो नवौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । स्थानीय कस्मिक पार्टी प्यालेसमा एक कार्यक्रमका वीच सुर्यदर्शन सहकारीले आफ्नो साधारणसभा सम्पन्न...

अन्तर्राष्ट्रिय झापाली समाजको दोस्रो सम्मेलन दक्षिण कोरियामा शुरु

इजरायल | विश्व भरी छरिएर रहेका झापालीहरूको एउटै साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजले आफ्नो दोस्रो सम्मेलन दक्षिण कोरियामा आजबाट शुरु भएको छ । सम्मेलन आगामी सेप्टेम्बर २६ सम्म चल्नेछ । ‘समृद्ध झापाको लागि अन्तर्राष्ट्रिय झापाली...

दमकमा यातायात तथा ट्राफिक व्यवस्थापन गरिँदै

दमक् ,७ असोज / दमक क्षेत्रमा यातायात तथा पार्किङ व्यवस्थापन समिति गठन भएको छ । दमक नगरपालिकाले दमक २ का वडाध्यक्ष प्रजापति सापकोटालाई यातायात तथा ट्राफिक व्यवस्थापनका लागि आवश्यक काम गर्ने अधिकार प्रत्यायोजन गरेसंगै...

‘ विहेको जन्ति र मलामी एकै क्षण बन्यो’

– विष्णु सुब्बा चुलाचुली,७ असोज / घरमा नातीको विहेको रौनक सकिएकै थिएन । रंगीचंगी माहोलमा निम्तालुहरु रमाउँदै थिए । त्यो रमाइलो क्षण केहि समय मात्र रहन पुग्यो । परिवारका ज्येष्ठ सदस्य ८३ बर्षिय हजुरवुवा...