बिर्तामोडमा ‘मिस्टर एण्ड मिस राजवंशी’ प्रतियोगिता हुने

हाम्रो दमक

बिर्तामोड, २९ भदौ / झापाको बिर्तामोडमा ‘मिस्टर एण्ड मिस राजवंशी २०१८’ प्रतियोगिता हुने भएको छ । भिप्रा एड्भरटाइजिङ्ग एण्ड मिडिया प्रालिले प्रतियोगिता आयोजना गर्न लागेको हो ।प्रतियोगिताको फाइनल राउण्ड आगामी मंसिर १ गते हुनेछ ।

प्रतियोगिताको लागि छनोट चरणको कार्यक्रम भने यही भदौं ३० गते शनिबारदेखि सुरु हुनेछ । अल्पसंख्यक राजवंशी समुदायका युवायुवतीको प्रतिभा प्रस्फुटन तथा उनीहरुको क्षमता अभिवृद्धिका लागि प्रतियोगिता आयोजना गर्न लागेको भिप्राका मेनेजिङ्ग डिरेक्टर विमल राजवंशीले बताए । मिस्टर राजवंशी दोस्रो तथा मिस राजवंशी तेस्रो पटक हुन लागेको हो । यसअघि सन् २०११ र १२ मा सोसियल अग्रनाइजेशन अफ राजवंशी एबोरिजिन्स (सोरा) ले मिस राजवंशी तथा बिएमएलएस ग्रुपले मिस्टर राजवंशीको पहिलो कार्यक्रम आयोजना गरेको थियो । यस पटकको प्रतियोगिता भिप्राले सोराको सहकार्यमा आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा सहभागी हुने युवायुवतीको छनोट चरण तीन चरणमा गर्न लागेको उनले बताए । उनका अनुसार १५ देखि २४ बर्ष उमेर समूहका राजवंशी युवायुवतीले भाग लिन पाउने छन् । ५ फिट उचाई भएका र एसईई उत्तीर्ण गरेकाले प्रतियोगितामा भाग लिन पाउने भिप्राका अध्यक्ष प्रतिमा राजवंशीले बताइन । छनोट भएका २५ युवा र २५ युवतीलाई बन्द प्रशिक्षणमा राखिने छ ।

प्रतियोगिताको उपाधि जित्न सफल भएका मिस्टर एण्ड मिस राजवंशीलाई जनही २५ हजार नगद र अन्य विभिन्न आकर्षक पुरस्कारको व्यवस्था गरेको अध्यक्षले बताईन ।

प्रतियोगितामा सहभागी भएर विभिन्न चरणमा उत्कृष्ट हुने प्रतियोगितालाई पनि पुरस्कारको व्यवस्था गरेको अध्यक्ष प्रतिमा राजवंशीले बताइन । उनले यस किसिमको प्रतियोगिताले राजवंशी समुदायका युवा पुस्ताको चौतर्फी विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन ।

शुक्र, भदौ २९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरञ्जन बाट अन्य

युनिटी युवा क्लब बर्ने धारागोला भ्यूटावर गोलकपको क्वाटर फाइनलमा ।

शान्तिनगर । युनिटी युवा क्लब बर्ने झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । मंगलबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा खुदुनाबारी युवा क्लब अर्जुनधारालाई २/१ गोल...

चारआली युवा क्लब क्वाटर फाइनलमा प्रबेश ।

शान्तिनगर । प्रतिभा युवा क्लब चारआली झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर गोल कप नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ । सोमबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा शनिश्चरे युवा क्लबलाई...

दमक क्याम्पमा लागेको ताला अझै खुलेन

दमक | दमक बहुमुखी क्याम्पमा अध्यनरत आदिवासी जनजाती विद्यार्थीहरुले क्याम्पसमा आइतबार लगाएको तालाबन्दिलाई सोमबार पनि जारी राखेका छन् । उनिहरुले शुक्रबार प्रशासनलाई ४८ घण्टाको अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएका थिए तर मागको सुनुवाई नभएको भन्दै...

गम्भिर रोग लागेका बिरामीलाई सहयोग

गौरादह,८असोज / झापाको गौरादह नगरपालिकाले नगर भित्रका तिनजना बिपन्न परिवारका बिरामीलाई रु ६१ हजार सहयोग उपलब्ध गराएको छ । बबिना ताजपुरियालाई सहयोग प्रदान गरिदै गौरादह – १ डिठ्ठाचौक निवासी शरिरमा रगत उत्पादन गर्न नसक्ने रोग...

दमकमा रात्रीकालिन बजार शुरु

दमक,८ असोज  /झापाको दमक–६ स्थित नमुना बजारमा आजदेखि रात्रीकालिन वजार सञ्चालनमा आएको छ । आज एक कार्यक्रमबीच नगर प्रमुख रोमनाथ ओलीले रात्रीकालिन बजार शुरुवात भएको घोषणा गरे । घोषणा कार्यक्रममा दमक उद्योग वाणिज्य संघ,...

सुर्यदर्शन सहकारीको कारोवार १ अर्ब १२ करोड बढी

दमक,८ असोज / दमक – ६ स्थित सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले सोमबार आफ्नो नवौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । स्थानीय कस्मिक पार्टी प्यालेसमा एक कार्यक्रमका वीच सुर्यदर्शन सहकारीले आफ्नो साधारणसभा सम्पन्न...

अन्तर्राष्ट्रिय झापाली समाजको दोस्रो सम्मेलन दक्षिण कोरियामा शुरु

इजरायल | विश्व भरी छरिएर रहेका झापालीहरूको एउटै साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजले आफ्नो दोस्रो सम्मेलन दक्षिण कोरियामा आजबाट शुरु भएको छ । सम्मेलन आगामी सेप्टेम्बर २६ सम्म चल्नेछ । ‘समृद्ध झापाको लागि अन्तर्राष्ट्रिय झापाली...

दमकमा यातायात तथा ट्राफिक व्यवस्थापन गरिँदै

दमक् ,७ असोज / दमक क्षेत्रमा यातायात तथा पार्किङ व्यवस्थापन समिति गठन भएको छ । दमक नगरपालिकाले दमक २ का वडाध्यक्ष प्रजापति सापकोटालाई यातायात तथा ट्राफिक व्यवस्थापनका लागि आवश्यक काम गर्ने अधिकार प्रत्यायोजन गरेसंगै...

रिङालुङको आफनै लगानीमा सडक स्तरन्नति

दमक,७ असोज /  झापाको शिवसताक्षी नगरपालिका वडानम्बर ११ स्थित गुम्बाडाँडादेखि माथिल्लो गाँउ जोडने सड्क स्थानीय एक जना सामाजिक युवा व्यक्तित्वले स्तरन्नति गरिदिएका छन् । बर्षाका कारण सो सडक जीर्णसंगै आवतजावतमा नै समस्या भएपछि युवा संघ...

‘मेरो टिभी’ जडानमा नयाँ योजना

दमक,७ असोज / जागृति नेशनल केवल नेटवर्क दमकले ‘मेरो टिभी’ जडानमा नयाँ योजना ल्याएको छ । चाडपर्व लक्षित बिशेष छुटका बारे जानकारीका लागी आज दमकमा र्याली समेत निकालिएको नेटवर्कले जनाएकोछ । टिभीमा डिजिटल सेटअप बक्स...